२९ खोजी नतिजाहरु
(१) दर्ताको जग्गा हो भन्ने कुराको सबूत प्रमाण पुर्याभई अदालतबाट हक कायम गराउने विषय भएको र रिट क्षेत्रबाट सबूत प्रमाण बुझी निर्णय गर्न नमिल्ने भएकोले प्रस्तुत रिट निवेदनपत्र खारेज हुने ।
(प्रकरण नं. १२)
पूर्ण पाठ हेर्नुहोस्
(१) रैकर हो वा गुठी हो, हक बेहकमा नालिस दिन ३५ दिन भित्र अदालतमा जानु भनी परेको फैसला बमोजिम मयाद भित्र नालेस नपरी हद म्याद नघाई परेको फिराद खारेज गर्ने निर्णय सदर हुने ।
(प्रकरण नं. १२)
पूर्ण पाठ हेर्नुहोस्
(१) आमा मरेकोबाट अपुताली हक हुनआएको भन्ने देखाई गरेको प्रस्तुत जालसाजी मुद्दा अ.बं.८२ नं.अनुसार वादीको फिराद लाग्दैन भन्न नमिल्नेमा फिराद लाग्न नसक्ने भन्ने गरेको इन्साफ त्रुटिपूर्ण देखिने ।
(प्रकरण नं. १३)
पूर्ण पाठ हेर्नुहोस्
(१) लिखत रजिष्ट्रेशन पारित भएको देखिन नआएकोले जालसाजी नगरेको ठहराई पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको निर्णय मनासिव देखिने ।
(प्रकरण नं. १५)
पूर्ण पाठ हेर्नुहोस्
(१) हक बेहक गर्ने काम बाँकी छँदै बीचमा राजीनामा लिएको देखिएकोले विवादको जग्गा हुँदा सो जग्गा राजीनामा गरी दिने अधिकार नपुग्ने गरी दिएको राजीनामाबाटै मेरो हक हुनआएको भन्न वादी दावी पुग्ने नदेखिने ।
(प्रकरण नं. १३)
पूर्ण पाठ हेर्नुहोस्
(१) भूमिसम्बन्धी ऐनले तोकेको कानुनी प्रकृया पूरा नगरी मोहियानी हक प्राप्त हुन नसक्ने।
(प्रकरण नं. १०)
पूर्ण पाठ हेर्नुहोस्
(१) निवेदकको हकको पाताल जग्गा हो वा गुठीको जग्गा हो त्यो विषय अदालतबाट निर्णय हुने विषय भएको ।
(प्रकरण नं. ८)
पूर्ण पाठ हेर्नुहोस्
पुनरावेदक/ प्रतिवादी : श्री ५ को सरकार अर्थ मन्त्रालय, कर विभाग कर कार्यालय विराटनगर बिरुद्ध विपक्षी/वादी : जि.मोरड्ड विराटनगर स्थित अरूणोदय उद्योग प्रा.लि.का तर्फबाट ऐ.का सञ्चालक जि.मोरड्ड विराटनगर न.पं.वार्ड नं.४ बस्ने मदनलाल अग्रवाल
(१) कर फछ्र्यौट आयोगले व्यक्तिगत धारणा बनाई अजमाइसी आधारमा आयात इजाजतपत्रको मोलको तीस प्रतिशतले खूद आय कायम गर्ने गरेको कर फछ्र्यौट आयोगको निर्णय र सो आधारमा कर कार्यालय विराटनगरले गरेको आयकर निर्धारण आदेश समेत नमिल्ने ।
(प्रकरण नं. २२)
पूर्ण पाठ हेर्नुहोस्
(१) अन्य कानुनी बाटो अवलम्बन गरी सकेकीलाई संविधानको धारा ७१ अन्तर्गत असाधारण अधिकारक्षेत्रको प्रयोग गरी यस अदालतले मद्दत गर्न नमिल्ने ।
(प्रकरण नं. २७)
पूर्ण पाठ हेर्नुहोस्