विस्तृत खोजी

 
 
 
 
 
      

३२ खोजी नतिजाहरु

निर्णय नं. ३४२४ - बन्दी–प्रत्यक्षीकरण

 फैसला मिति:२०४५/०३/२८  संयुक्त इजलास  २०५
 पुनरावेदक/ प्रतिवादी : जि. दैलेख गा.पं. विशालपुर वडा नं. ४ घर भई हाल कारागार शाखा दैलेखमा थुनामा रहेका धर्मराज रेग्मीका हकमा निजको छोरा पुण्यप्रसाद रेग्मी बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ वडा नं. ८ घर भई रा.वा. बैड्ढ दैलेख शाखाको गणक पदमा कार्यरत टिकाराम न्यौपानेसमेत

(१) भ्र.नि.ऐन, २०१७ को दफा १९(३) मा गिरफ्तार गरिएको व्यक्तिलाई प्रचलित प्रहरी सम्बन्धी कानूनले दिएको अधिकार भन्दा बढी समयसम्म हिरासतमा राख्न परे विशेष प्रहरी अधिकृतले यो ऐन अन्तर्गत तोकिएको वा गठित अदालतको न्यायाधीशको अनुमति लिई थप ३ महीनासम्म हिराशतमा राख्न सक्नेछ भन्ने व्यवस्था गरिएको पाइने, सो व्यवस्था मुताविक ३ महीनाभन्दा बढी समयसम्म विशेष प्रहरी अधिकृतले कुनै हालतमा पनि अनुसन्धानको लागि हिराशतमा राख्न नसक्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३४२३ - कर्तव्य ज्यान

 फैसला मिति:२०४५/०२/३०  संयुक्त इजलास  १८९
 पुनरावेदक/ प्रतिवादी : माधवप्रसाद अधिकारीको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जि. झापा महेशपुर गा.पं. वडा नं. ५ बस्ने गायत्रीदेवी काफ्ले

(१) प्रहरी समक्ष आफू सावित भई अदालतमा मात्र कसूरमा इन्कार रहेको सह–अभियुक्तले गरेको पोल अरु कतैबाट स्वतन्त्र रुपमा पुष्टी भएको देखिन नआएकोले सफाई पाउने ठहर्‍याएको इन्साफ सदर गरेको फैसला मनासिव ठहर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३४२२ - उत्प्रेषण

 फैसला मिति:२०४५/०२/२०  संयुक्त इजलास  १७८
 पुनरावेदक/ प्रतिवादी : जि. सप्तरी गा.पं. कोइलाडी वडा नं. २ मौजे कोइलाडी बस्ने राधादेवी राजपुतनी बिरुद्ध विपक्षी/वादी : श्री भूमिसुधार अधिकारी, भूमिसुधार कार्यालय सप्तरीसमेत

(१) केवल मिति नखुलेको कारणले मात्र एकपटक प्रकाशित भइसकेको २ नं. अनुसूचीलाई प्रकाशित भएको होइन भन्न नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३४२१ - कर्तव्य ज्यान

 फैसला मिति:२०४५/०२/१९  संयुक्त इजलास  २१५
 पुनरावेदक/ प्रतिवादी : सुमत्रा तेलीको जाहेरीले श्री ५ सरकार बिरुद्ध विपक्षी/वादी : नवलपरासी गुठीसूर्यपूरा गा.पं.वा.नं. ९ बस्ने काशीनाथ गुप्तासमेत

(१) जाहेरवालीले चिनेको भनी बकपत्र गरेको हकमा अघिदेखि बेइज्जती मुद्दा प्रतिवादीहरूसँग परेको देखिएबाट केवल उनको बकपत्रलाई मुख्य आधार मानेर कसूरदार ठहर्‍याउन नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३४२० - लिखत बदर

 फैसला मिति:२०४५/०३/२९  संयुक्त इजलास  १८६
 पुनरावेदक/ प्रतिवादी : चिवतन, चैनपुर गा.पं. वडा नं. ६ बस्ने चीनबहादुर लामा बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ बस्ने हर्षमाया तामाङनीसमेत

(१) आफ्नो हक स्थापित गराउने प्रमाण नै कानूनी रुपबाट निस्कृय भई गएपछि त्यस्तो निस्कृय प्रमाणबाट हक स्थापित हुन नसक्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३४१९ - आफूलाई गैरकानूनी फाइदा नेपाल बैंकलाई हानी पुर्‍याए

 फैसला मिति:२०४५/०२/२७  संयुक्त इजलास  ३२५
 पुनरावेदक/ प्रतिवादी : भक्तपुर कटुन्जे गा.पं. वडा नं. ६ बस्ने माधवप्रसाद तिमिल्सीना बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार विशेष प्रहरी विभाग

(१) राष्ट्र सेवक वा कुनै व्यक्तिले आफूलाई गैरकानूनी फाइदा र सरकारी मान्यता प्राप्त कुनै संस्थालाई गैरकानूनी हानी पुर्‍याउने कुनै काम कुरो गरेमा भ्रष्टाचारको आरोप या अभियोग नमान्न र भष्ट्राचार निवारण ऐन अन्तर्गत कारवाही गर्न नमिल्ने भन्न नसकिने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३४१८ - उत्प्रेषण

 फैसला मिति:२०४५/०१/२७  संयुक्त इजलास  १८३
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पं. वडा नं. २ लाजिम्पाट बस्ने केशवनाथ शर्मा बिरुद्ध विपक्षी/वादी : सम्माननीय प्रधानमन्त्री श्री ५ को सरकार मन्त्रीपरिषद् सचिवालय काठमाडौंसमेत

(१) आफूलाई भएको अख्तियारको कानूनी आधार प्रमाण कुनै पनि पेश गर्न नसकेको यस्तो स्थितिमा बैंकको कर्मचारी नियमावली, बमोजिम नोकरीबाट वर्खास्त गर्ने गरी बैंकबाट भएको निर्णय उचित र पर्याप्त आधारमा कानून अनुरुप नै गरे भएको देखिने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३४१७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४५/०२/३१  संयुक्त इजलास  १८७
 पुनरावेदक/ प्रतिवादी : भ.पु.जि.भ.पु.न.पं. वडा नं. २७ भार्वाचो बस्ने अष्टनारायण वाइजू बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ बस्ने नारायणभक्त राजलवटसमेत

(१) उजूरीमा उल्लेख भएको जग्गाका कि.नं.उल्लेख नगरी उजूरी नै नपरेको जग्गाको कि.नं.उल्लेख गरी जारी गरेको वेरीतको सूचना म्यादबाट प्रतिवाद नगरेको भनी दोष लगाउन नमिल्ने यस्तोमा प्रत्यर्थीको निर्णय प्राकृतिक न्याय सिद्धान्तको बिपरीत भई त्रुटिपूर्ण देखिने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३४१६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४५/०२/२४  संयुक्त इजलास  १८०
 पुनरावेदक/ प्रतिवादी : सुनसरी, सिमरीया गा.पं. वडा नं. ७ बस्ने जिमिदारनी देवी थरुनी बिरुद्ध विपक्षी/वादी : का.मु. भूमिसुधार अधिकारी, भू.सु.का.सुनसरीसमेत

(१) अधिकार प्राप्त अधिकारीले सबूद प्रमाणको मूल्यांकन गरी अधिकार क्षेत्र भित्र रही निर्णय गरेको देखिएकोले रिट निवेदकका माग अनुसारको आदेश जारी गर्न नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३४१५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४५/०२/१७  संयुक्त इजलास  २४०
 पुनरावेदक/ प्रतिवादी : झापा जिल्ला धाइजन गाउँपञ्चायत वडा नं. ३ बस्ने छम मेचे बिरुद्ध विपक्षी/वादी : श्री जयनारायण मण्डल भू.सु.अ., भूमिसुधार कार्यालय, झापासमेत

(१) वादी दावी भन्दा बाहिर गई गरेको निर्णय त्रुटिपूर्ण देखिने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३४१४ - जग्गा खिचोला दर्ता बदर

 फैसला मिति:२०४५/०२/३२  पूर्ण इजलास  २१६
 पुनरावेदक/ प्रतिवादी : नुवाकोट, वेलकोट गा.पं.वा.नं.५ बस्ने तीर्थबहादुर थपलिया बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ बस्ने होमनाथ मुडवरी मरी मुद्दा सकार गर्ने ऐ.को श्रीमती ऐ.ऐ बस्ने गोकुलकुमारी मुडभरी

(१) झगडा परेको जग्गा वादी दावीको ४ किल्लासंग मिली भिडेको देखिने, प्रतिवादीको किल्लासंग भिडेको नदेखिने यस्तो स्थितिमा विवादको जग्गा वादीको राजीनामाको जग्गा देखिन आएको हुँदा वादी दावी बमोजिम प्रतिवादीका नाममा ७ नं. नापी गोश्वाराले दर्ता गरेको दर्ता बदर हुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३४१३ - बन्दी–प्रत्यक्षीकरण

 फैसला मिति:२०४४/१२/१६  पूर्ण इजलास  ४०९
 पुनरावेदक/ प्रतिवादी : कारागार शाखा, काठमाडौं थुनामा रहेको दुखितलाल हाडी बिरुद्ध विपक्षी/वादी : झापा जिल्ला अदालतसमेत

(१) एकै मितिमा एकभन्दा बढी मुद्दामा कैदको सजायँ ठेक्नु पर्ने भयो भने सबैभन्दा ठूलो हदको कैदमा अरु कैदको सजायँ गाभिन जाने र धेरै कलमको कैद बराबर हुन आएकोमा कुनै एक कलमको कैद गर्नु पर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु