विस्तृत खोजी

 
 
 
 
 
      

२९ खोजी नतिजाहरु

निर्णय नं. ३८७९ - परमादेश

 फैसला मिति:२०४६/०५/११  संयुक्त इजलास  १९३५
 पुनरावेदक/ प्रतिवादी : का.जि. गोंगबु गा.पं. वा.नं. ६ बस्ने इन्दिराप्रसाद उपाध्याय बिरुद्ध विपक्षी/वादी : विशेष प्रहरी विभाग सिंहदरवार काठमाडौंसमेत

 विशेष अदालतबाट फुकुवा गर्ने आदेश प्राप्त भएपछि सोही विषयमा विशेष प्रहरी विभागको फुकुवा पत्रको आवश्यकता नपर्ने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३८७८ - ज्यान

 फैसला मिति:२०४६/०३/१८  संयुक्त इजलास  २११८
 पुनरावेदक/ प्रतिवादी : जयलाल देवकोटाको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : अछाम छविसदरा ठूला गा.पं. वा.नं. ६ भूजाकारीया गाउँ बस्ने धनराज देवकोटा

 आरोपित कसूर नगरेको भए अदालतबाट जारी भएको म्यादी पुर्जीमा सफाईको सबूद प्रमाण पेश गरी प्रतिवाद गर्न सक्नु पर्ने । (प्रकरण नं. २३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३८७७ - लेनदेन

 फैसला मिति:२०४६/०६/०५  पूर्ण इजलास  २१५६
 पुनरावेदक/ प्रतिवादी : जि. सुनसरी पकली गा.पं. वा.नं. ५ बस्ने झौलाई चौधरी थारु बिरुद्ध विपक्षी/वादी : जि. सुनसरी ध.न.पं.वडा नं. ५ बस्ने सूर्यमान श्रेष्ठ मरी मु.स. गर्ने च्यान्टीकुमारी श्रेष्ठ समेत

 व्यापारिक नाफा नोक्सान विषयलाई लिएर भएको लिखतको सम्बन्धमा लेनदेन व्यवहारको ४० नं. अनुसार २ वर्ष भित्र नालेश गर्नु पर्ने । (प्रकरण नं. १३)  हदम्याद नघाई पर्न आएको फिरादबाट इन्साफ गर्न नमिल्ने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३८७६ - ७ नं. फाँटवारी छानवीन

 फैसला मिति:२०४६/०५/२७  पूर्ण इजलास  २१८७
 पुनरावेदक/ प्रतिवादी : जिल्ला कार्यालय भूमिसुधार शाखा वर्दिया बिरुद्ध विपक्षी/वादी : जि. बर्दीया महमदपुर गा.पं. वा.नं. ७ बस्ने मन्जूर हसनशेखसमेत

 विदेशीले कसैको अंशियार वा अन्य कुनै हैशियतको आधारमा नेपाल सरहद भित्र रहेको सम्पत्तिमा दावी गर्दछ भने त्यस्तो दावी प्रमाणित पनि उसैले गर्नु पर्ने । (प्रकरण नं. १५)  अंश जस्तो कुरामा विवाद उठी सकेपछि ठोस सबूद प्रमाणको अभावमा अंशियार कायम गर्न नमिल्ने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३८७५ - उत्प्रेषण

 फैसला मिति:२०४६/०६/०५  पूर्ण इजलास  १७४४
 पुनरावेदक/ प्रतिवादी : धरान न.पं. वा.नं. १३ बस्ने डिल्लीप्रसाद लिम्बु बिरुद्ध विपक्षी/वादी : मोरङ शनिश्चरे गा.पं. वा.नं. ३ बस्ने नन्दकुमार निरौलासमेत

 आफूले राजीनामा गरी जग्गाधनीको हक छाडी सकेपछि उसको सो जग्गामा जग्गाधनीको हक रहने स्थिति रहँदैन स्वयं आफू हाल जग्गाधनी नभएको व्यक्तिले अर्काको जग्गाधनीको हकमा असर पर्ने गरी मोही हुन् भनी भन्न सक्ने स्थिति नरहने । (प्रकरण नं. १०)  भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४ अनुसारको कबूलियत स्थानीय पञ्चायतमा दाखिल भएको छ वा छैन र भए के कुन मितिमा दाखिल भएको छ सो सम्बन्धमा स्थानीय पञ्चायतलाई बुझ्नु पर्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३८७४ - जबरजस्ती करणी

 फैसला मिति:२०४६/०६/१९  पूर्ण इजलास  २२३६
 पुनरावेदक/ प्रतिवादी : जि. दाङ, तुल्सीपुर गा.पं. वा.नं. ५ बस्ने चित्रराज सिं राठोर बिरुद्ध विपक्षी/वादी : सेतीकुमारीको जाहेरीले श्री ५ को सरकार

 घटनामा पीडित व्यक्ति जाहेरवालीले प्रतिवादीहरुले जबरजस्ती करणी गरेको हो भनी घटनाक्रम समेत उल्लेख गरी किटानी साथ अदालतमा समेत उपस्थित भई बकपत्र गरी दिएको सो वारदात देख्ने र जाहेरवाली समेतको बकाईबाट प्रतिवादीहरु वारदात स्थलमा रहे भएको भन्ने देखिने । (प्रकरण नं. १७)  अस्पताल जाँच, सरजमीनमा देख्ने व्यक्ति तथा जाहेरवालीको किटानी बकपत्र समेतबाट प्रतिवादीहरुले जाहेरवालीलाई जबरजस्ती करणी गरेको भन्ने अभियोगको पुष्टि भएको देखिने स्थितिमा प्रतिवादीहरु निर्दोष रहेछ भन्न नसकिने । (प्रकरण नं. १७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३८७३ - अंश

 फैसला मिति:२०४६/०७/२९  पूर्ण इजलास  २२२८
 पुनरावेदक/ प्रतिवादी : भरतपुर न.पं. वा.नं. २ बस्ने चिजकुमार श्रेष्ठसमेत बिरुद्ध विपक्षी/वादी : चितवन नारायणगढ गा.पं. वा.नं. ३ बस्ने रामकुमार श्रेष्ठ

 पैतृक सम्पत्ति आ–आफ्नो नाममा दाखिल खारेज गरेको प्रमाण प्रतिवादीले देखाउन सकेको छैन, वादीले जग्गाहरु बिक्री गरेको भनेको लिखत हेर्दा मेरो अंश भागमा परेको भन्ने उल्लेख भएको देखिँदैन, यसबाट व्यवहार प्रमाणबाट अंश भएको भन्ने नदेखिने । (प्रकरण नं. १४)  पेश भएको लिखत नक्कल हेर्दा दाइजोको रुपैयाँबाट जग्गा खरीद गरेको भन्ने प्रष्ट हुँदैन, अप्रसङ्ग ठाउँमा दाइजोको अक्षर रहेको देखिन्छ, यसबाट सो लिखत नक्कललाई दाइजोको लिखत भन्न नमिल्ने । (प्रकरण नं. १४)  दाइजोको लिखत प्रमाण कुनै पेश गर्न नसकेको स्थितिमा सो सम्पत्ति अंशबण्डा नलाग्ने सम्पत्ति भन्न मिलेन, सो सम्पत्ति सगोलमा आर्जन गरेको सम्पत्ति भन्नु पर्ने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३८७२ - निखनाई पाउँ

 फैसला मिति:२०४६/०६/०३  पूर्ण इजलास  १७४१
 पुनरावेदक/ प्रतिवादी : का.न.पं. वा.नं. ८ बस्ने रामकृष्ण श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. वा.नं. ३२ बस्ने लक्ष्मीदत्त भट्टसमेत

 प्रमाण बुझी इन्साफ दिनु पर्ने कुरामा आफैले अधिकार क्षेत्र ग्रहण गरी निखनाई पाउने वा नपाउने भनी निर्णय गर्ने अधिकार मालपोत कार्यालय तथा जिल्ला कार्यालयलाई रहे भएको नपाइने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३८७१-१ - लेनदेन

 फैसला मिति:२०४६/०६/१९  पूर्ण इजलास  २६५०
 पुनरावेदक/ प्रतिवादी : महेन्द्रनगर न.पं. वा.नं. १० बस्ने धनी बोहोरा बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने कृष्णलाल सोती

 थैली बुझाएको भनी जिकिर लिने प्रतिवादीले सो कुराको प्रमाण पुर्या उनु पर्ने । (प्रकरण नं. २५)  कपाली तमसुक बमोजिम तिरे बुझाएको तथ्ययुक्त लिखत प्रमाण पेश गर्न सकेको नदेखिँदा रुपैयाँ बुझी वादीले फट्टा दिएको भन्न नमिल्ने । (प्रकरण नं. २५)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु