निर्णय नं. ३८७९ - परमादेश
विशेष अदालतबाट फुकुवा गर्ने आदेश प्राप्त भएपछि सोही विषयमा विशेष प्रहरी विभागको फुकुवा पत्रको आवश्यकता नपर्ने । (प्रकरण नं. ८)
पूर्ण पाठ हेर्नुहोस् विशेष अदालतबाट फुकुवा गर्ने आदेश प्राप्त भएपछि सोही विषयमा विशेष प्रहरी विभागको फुकुवा पत्रको आवश्यकता नपर्ने । (प्रकरण नं. ८)
पूर्ण पाठ हेर्नुहोस् आरोपित कसूर नगरेको भए अदालतबाट जारी भएको म्यादी पुर्जीमा सफाईको सबूद प्रमाण पेश गरी प्रतिवाद गर्न सक्नु पर्ने । (प्रकरण नं. २३)
पूर्ण पाठ हेर्नुहोस् व्यापारिक नाफा नोक्सान विषयलाई लिएर भएको लिखतको सम्बन्धमा लेनदेन व्यवहारको ४० नं. अनुसार २ वर्ष भित्र नालेश गर्नु पर्ने । (प्रकरण नं. १३) हदम्याद नघाई पर्न आएको फिरादबाट इन्साफ गर्न नमिल्ने । (प्रकरण नं. १३)
पूर्ण पाठ हेर्नुहोस् विदेशीले कसैको अंशियार वा अन्य कुनै हैशियतको आधारमा नेपाल सरहद भित्र रहेको सम्पत्तिमा दावी गर्दछ भने त्यस्तो दावी प्रमाणित पनि उसैले गर्नु पर्ने । (प्रकरण नं. १५) अंश जस्तो कुरामा विवाद उठी सकेपछि ठोस सबूद प्रमाणको अभावमा अंशियार कायम गर्न नमिल्ने । (प्रकरण नं. १५)
पूर्ण पाठ हेर्नुहोस् आफूले राजीनामा गरी जग्गाधनीको हक छाडी सकेपछि उसको सो जग्गामा जग्गाधनीको हक रहने स्थिति रहँदैन स्वयं आफू हाल जग्गाधनी नभएको व्यक्तिले अर्काको जग्गाधनीको हकमा असर पर्ने गरी मोही हुन् भनी भन्न सक्ने स्थिति नरहने । (प्रकरण नं. १०) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४ अनुसारको कबूलियत स्थानीय पञ्चायतमा दाखिल भएको छ वा छैन र भए के कुन मितिमा दाखिल भएको छ सो सम्बन्धमा स्थानीय पञ्चायतलाई बुझ्नु पर्ने । (प्रकरण नं. १०)
पूर्ण पाठ हेर्नुहोस् घटनामा पीडित व्यक्ति जाहेरवालीले प्रतिवादीहरुले जबरजस्ती करणी गरेको हो भनी घटनाक्रम समेत उल्लेख गरी किटानी साथ अदालतमा समेत उपस्थित भई बकपत्र गरी दिएको सो वारदात देख्ने र जाहेरवाली समेतको बकाईबाट प्रतिवादीहरु वारदात स्थलमा रहे भएको भन्ने देखिने । (प्रकरण नं. १७) अस्पताल जाँच, सरजमीनमा देख्ने व्यक्ति तथा जाहेरवालीको किटानी बकपत्र समेतबाट प्रतिवादीहरुले जाहेरवालीलाई जबरजस्ती करणी गरेको भन्ने अभियोगको पुष्टि भएको देखिने स्थितिमा प्रतिवादीहरु निर्दोष रहेछ भन्न नसकिने । (प्रकरण नं. १७)
पूर्ण पाठ हेर्नुहोस् पैतृक सम्पत्ति आ–आफ्नो नाममा दाखिल खारेज गरेको प्रमाण प्रतिवादीले देखाउन सकेको छैन, वादीले जग्गाहरु बिक्री गरेको भनेको लिखत हेर्दा मेरो अंश भागमा परेको भन्ने उल्लेख भएको देखिँदैन, यसबाट व्यवहार प्रमाणबाट अंश भएको भन्ने नदेखिने । (प्रकरण नं. १४) पेश भएको लिखत नक्कल हेर्दा दाइजोको रुपैयाँबाट जग्गा खरीद गरेको भन्ने प्रष्ट हुँदैन, अप्रसङ्ग ठाउँमा दाइजोको अक्षर रहेको देखिन्छ, यसबाट सो लिखत नक्कललाई दाइजोको लिखत भन्न नमिल्ने । (प्रकरण नं. १४) दाइजोको लिखत प्रमाण कुनै पेश गर्न नसकेको स्थितिमा सो सम्पत्ति अंशबण्डा नलाग्ने सम्पत्ति भन्न मिलेन, सो सम्पत्ति सगोलमा आर्जन गरेको सम्पत्ति भन्नु पर्ने । (प्रकरण नं. १५)
पूर्ण पाठ हेर्नुहोस् प्रमाण बुझी इन्साफ दिनु पर्ने कुरामा आफैले अधिकार क्षेत्र ग्रहण गरी निखनाई पाउने वा नपाउने भनी निर्णय गर्ने अधिकार मालपोत कार्यालय तथा जिल्ला कार्यालयलाई रहे भएको नपाइने । (प्रकरण नं. १४)
पूर्ण पाठ हेर्नुहोस् थैली बुझाएको भनी जिकिर लिने प्रतिवादीले सो कुराको प्रमाण पुर्या उनु पर्ने । (प्रकरण नं. २५) कपाली तमसुक बमोजिम तिरे बुझाएको तथ्ययुक्त लिखत प्रमाण पेश गर्न सकेको नदेखिँदा रुपैयाँ बुझी वादीले फट्टा दिएको भन्न नमिल्ने । (प्रकरण नं. २५)
पूर्ण पाठ हेर्नुहोस्