विस्तृत खोजी

 
 
 
 
 
      

८ खोजी नतिजाहरु

निर्णय नं. ११३७० - उत्प्रेषणयुक्त परमादेश

 फैसला मिति:२०८०/१०/१४  संयुक्त इजलास  ८०७
 पुनरावेदक/ प्रतिवादी : भारत स्थित 1st Floor, Tower-1, Okaya Centre B-5, Sector-62, Noida Uttar Pradesh-201301 मा कार्यालय रहेको TATA Projects को अख्तियारप्राप्त प्रतिनिधि श्री निरन्जन बेहोरा बिरुद्ध विपक्षी/वादी : काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. १ दरबारमार्ग स्थित याक एण्ड यति कम्प्लेक्समा अवस्थित मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (Millennium Challenge Account Nepal) समेत

नेपाल पक्ष राष्ट्र भई कुनै अर्को राष्ट्र वा त्यसका निकाय वा अन्तरसरकारी सङ्गठनसँग गरेका द्विपक्षीय सन्धिहरू सामान्यतया नेपाल कानूनसरह मात्र लागु हुने । करारीय प्रकृतिका सम्झौतासँग सम्बद्ध हक वा दायित्वको प्रचलनमा कुनै प्रश्न उठेमा अदालतले सो प्रश्न निरूपणको विषयमा समान हैसियत भएको वा नभएको सम्बन्धी सार्वभौमिक समानता र पारस्परिकताको सिद्धान्तको कसीमा राखेर विचार गर्नुपर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११३६९ - मानव बेचबिखन तथा ओसारपसार

 फैसला मिति:२०८०/१२/१४  संयुक्त इजलास  ८५२
 पुनरावेदक/ प्रतिवादी : रामचन्द्र पाध्याको छोरा, स्याङ्जा जिल्ला, पुतलीबजार नगरपालिका वडा नं.२ देविस्थान घर भई हाल कारागार कार्यालय कास्कीमा थुनामा रहेको अर्जुनप्रसाद शर्मा बिरुद्ध विपक्षी/वादी : परिवर्तित जिल्ला ६४ बस्ने परिवर्तित नाम सुनिताको जाहेरीले नेपाल सरकार

वेश्यालयमा लगी बिक्री गर्ने वा वेश्यागमन गरेको अर्थात् आर्थिक फाइदा लिनेसमेत उद्देश्यले वेश्यालयमा पुर्‍याएको अवस्थाका साथै मानव अङ्ग जस्तै किड्नी आदि बेच्ने कार्यलाई समेत मानव बेचबिखनको कसुर मान्नुपर्ने । मानव बेचबिखन र ओसारपसार दुई फरक कसुर भएको र कतिपय अवस्थामा यी दुवै कसुर सँगसँगै आउने भए पनि एकको अनुपस्थितिमा पनि अर्को कसुर हुन सक्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११३६८ - जबरजस्ती करणी र मानव बेचबिखन

 फैसला मिति:२०८१/०१/२४  संयुक्त इजलास  १६३०
 पुनरावेदक/ प्रतिवादी : परिवर्तित नाम, थर, सङ्केत नं. ६६ शक्तिनगर L को जाहेरीले नेपाल सरकार बिरुद्ध विपक्षी/वादी : जिल्ला बर्दिया मगरागाडी गाउँ विकास समिति वडा नं. ८ रम्भापुर बस्ने कालिप्रसाद थारूको छोरा बस्ने सुसिसकुमार थारूसमेत

ओसारपसार कुन उदेश्यले गरिएको छ सो पनि हेर्नुपर्ने । कसुरमा बेचबिखनको वा शोषणको वा वेश्यावृत्तिको उद्देश्य भएमा मात्र मानव बेचबिखन तथा ओसारपसारमा कारबाही हुने । तर विवाहको निमित्त गरिएको ओसारपसारलाई मानव बेचबिखनको निमित्त गरिएको ओसारपसारअन्तर्गतको कसुर मान्न नसकिने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११३६७ - कर्तव्य ज्यान र अपहरण तथा शरीर बन्धक

 फैसला मिति:२०७९/११/१५  संयुक्त इजलास  १२११
 पुनरावेदक/ प्रतिवादी : जिल्ला धनुषा देउरी परवाह गा.वि.स. वडा नं. २ घर भई हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १३ बाफल बस्ने सन्तोषकुमार पण्डित बिरुद्ध विपक्षी/वादी : रामभगत साहको जाहेरीले नेपाल सरकार

कसुरको अवस्थालाई जरियाको सिद्धान्त (Doctrine of Causation) को सन्दर्भमा हेर्दा प्रतिवादीहरूले अपहरण गरी लगेको कार्यकै परिणामस्वरूप मृतकको मृत्यु हुन पुगेको अवस्था भए जरियाको सिद्धान्त (Doctrine of causation) आकर्षित हुनेतर्फ विचार गर्न सकिने । किनभने Doctrine of Causation को सिद्धान्त “a man can only be held liable for the consequences of his actions” भन्ने मान्यतामा आधारित हुन्छ । जरियाको सिद्धान्त (Doctrine of Causation) स्थापित हुन मुख्य गरी Factual Causation र Legal Causation बिचको सम्बन्ध स्थापित हुनुपर्ने । अभियुक्तले गरेको कसुरजन्य कार्यको chain of causation भङ्ग भएको देखिन्छ भने पछिल्लो कसुरबापतको दायित्व अभियुक्तले बेहोर्नु नपर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११३६६ - उत्प्रेषणसमेत

 फैसला मिति:२०८१/०४/१७  पूर्ण इजलास  ६४१
 पुनरावेदक/ प्रतिवादी : राष्‍ट्रिय बिमा संस्थान, रामशाहपथ, काठमाडौंसमेत बिरुद्ध विपक्षी/वादी : सर्लाही जिल्ला हरिवन नगरपालिका वडा नं. ९ घर भई राष्‍ट्रिय बिमा संस्थान रामशाहपथ, काठमाडौंमा आठौं तहमा कार्यरत शान्ता पोखरेल भट्टराईसमेत

राष्‍ट्रिय बिमा संस्थानद्वारा तत्काल प्रचलित कानूनबमोजिम विज्ञापन भई उक्त विज्ञापनबमोजिम लोक सेवा आयोगबाट सञ्‍चालित खुला प्रतिस्पर्धात्मक परीक्षा उत्तीर्ण गरी नियुक्ति पाई संस्थानमा सेवारत कर्मचारीहरूले परीक्षणकालसमेत पूरा गरिसकेको अवस्थामा निजहरूको नियुक्तिलगायतका सम्पूर्ण काम कारबाहीसमेत बदर गर्नु अन्यायपूर्ण हुन जाने । तत्काल कायम रहेको कानून वैध छ भन्‍ने अपेक्षाको आधारमा सम्पन्‍न भइसकेको प्रक्रियालाई पछि उक्त कानूनलाई बदर गर्दा सोले दिनसक्ने पश्‍चात्‌दर्शी असरको सम्बन्धमा विचारै नगरी संस्थानबाट भइसकेका सम्पूर्ण निर्णय एवं काम कारबाहीहरूसमेत बदर गर्ने गरी भएको संयुक्त इजलासको आदेश न्यायिक सिद्धान्तसमेतको प्रतिकूल रहेको देखिने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११३६५ - बन्दीप्रत्यक्षीकरण

 फैसला मिति:२०८०/०८/२१  पूर्ण इजलास  ६९१
 पुनरावेदक/ प्रतिवादी : मोरङ जिल्ला, कटहरी गाउँपालिका, वडा नं. २, आदर्श टोल घर भई हाल कारागार कार्यालय, झापा, भद्रपुरमा थुनामा रहेका अङ्कुस भगत भन्ने अङ्गकुस भगत बिरुद्ध विपक्षी/वादी : जिल्ला सरकारी वकिल कार्यालय, मोरङ, विराटनगरसमेत

वारदातको श्रृङ्खला एउटै भए पनि त्यस्तो श्रृङ्खलाअन्तर्गत भएका कार्यहरू फरकफरक फौजदारी कानून सम्बन्धित विषय बन्न सक्ने । यस्तो अवस्थामा कुनै एक प्रकारको अभियोगमा मुद्दा चलाएको छ भन्ने आधारमा अर्को कसुरमा मुद्दा चलाउन बाधा नपर्ने । त्यसो गर्न दोहोरो खतराको सिद्धान्तले नरोक्ने । तर यस्तो लगातार कसुर भइरहेको अवस्थामा अलगअलग कानूनअन्तर्गत एउटै निकायमा मुद्दा चलाउने वा अलगअलग निकायमा मुद्दा चलाउने भन्ने विषयमा भने सम्बन्धित कानूनी व्यवस्थाको रोहमा हेरिनुपर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११३६४ - बकसपत्र लिखत बदर गरी अंश नामसारी

 फैसला मिति:२०७९/१०/१९  पूर्ण इजलास  ६५४
 पुनरावेदक/ प्रतिवादी : जिल्ला रूपन्देही, बुटवल नगरपालिका वडा नं.१० हाल परिवर्तित बुटवल उपमहानगरपालिका वडा नं.१० बस्ने भैरवबहादुर श्रेष्ठ (मल्ल) को छोरा प्रभातकुमार मल्लको श्रीमती नन्दा मल्लको वारेस भई आफ्नो हकमा समेत ऐ.ऐ. बस्ने प्रभातकुमार मल्लको छोरा पवनकुमार मल्ल बिरुद्ध विपक्षी/वादी : जिल्ला रूपन्देही, बुटवल नगरपालिका वडा नं.१० हाल परिवर्तित बुटवल उपमहानगरपालिका वडा नं.१० बस्ने भैरवबहादुर श्रेष्ठ मल्लको मु.स. गरी आफ्नो हकमा समेत ऐ.ऐ. को श्रीमती निर्मला श्रेष्ठ

अंश मुद्दामा मूलतः सबै अंशियारहरूले बन्डापत्रमा सगोलको पैतृक सम्पत्ति नरमगरम मिलाई समानुपातिक रूपमा पाए नपाएको तर्फ न्यायोचित दृष्टिकोणले हेर्नुपर्ने । वादीले पाएको सम्पत्ति र अन्य अंशियारहरूले पाएको सम्पत्तिको प्रकृति र परिणामसमेत सालाखाला नरमगरम मिलेको देखिएको स्थितिमा बन्डापत्रमा उल्लेख गरिएको बेहोरा नै खम्बिर हुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११३६३ - बन्दीप्रत्यक्षीकरण

 फैसला मिति:२०८०/०७/२३  वृहद पूर्ण इजलास  १३८४
 पुनरावेदक/ प्रतिवादी : सिन्धुली जिल्ला, कमलामाई नगरपालिका वडा नं. ११ घर भई हाल कारागार कार्यालय नख्खु, ललितपुरमा थुनामा रहेको पासाङ तामाङ उर्फ सन्दीप पाठक भन्ने मिलन लामा बिरुद्ध विपक्षी/वादी : उच्च अदालत पाटनसमेत

प्रचलित फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३६ को उपदफा (२) र साबिक मुलुकी ऐन, दण्ड सजायको ४१ नं. को उक्त प्रतिबन्धात्मक वाक्यांशको कानूनी व्यवस्थाअनुसार कसुर गर्दाको समय र अवस्थाबमोजिम तोकिएका खासखास अवस्थाहरूमा मात्र एकपछि अर्को (consecutively) कैद भुक्तान गर्नुपर्ने भन्ने देखिने ।

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु