८ खोजी नतिजाहरु
जुन निकायले बन्धकी निखनाई दिने निर्णय गर्छ सोही निकायले सो बनाएको थैली पाउने नपाउने भनी निर्णय गर्नु पर्ने हुन्छ । घर मर्मत गरी बनाएको थैलीको सम्बन्धमा मात्र अरू नै निकायमा उजूर गर्नु भनी निर्णय गर्न मिल्ने देखिँदैन लेनदेन व्यवहारको २४ नं. ले बन्धकी र मर्मत थैलीलाई गभाई एउटै थैली कायम गर्ने व्यवस्था गरेकोले दुवै कुराको दावी भएकोमा एकपटक निर्णय गर्नु पर्ने विषयलाई एउटा कुराको निर्णय गर्न मिल्ने अर्को कुराको निर्णय गर्न नमिल्ने भनी पृथकीकरण गर्न मिल्ने देखिँदैन । दुवै विषयको निर्णय गर्न सक्ने निकाय नै उक्त ऐन अन्तर्गतको मुद्दा निर्णय गर्न समक्ष हुन्छ ।
(प्रकरण नं. १२)
पूर्ण पाठ हेर्नुहोस्
विदेशी नागरिक हो भन्ने कुराको विवाद खडा गरेपछि स्वदेशी या विदेशी को हुन तत्सम्बन्धमा अधिकार प्राप्त निकायबाट निर्णय भएपछि मात्र जग्गाको जोताहा वेदखली सम्बन्धमा कारवाही गरी निर्णय गर्नु पर्नेमा त्यसतर्फ केही नगरी अधिकारक्षेत्र ग्रहण गरी जोत वेदखलीतर्फ मात्र कारवाही गरी विपक्षीलाई मोही ठहराई गरेको निर्णय त्रुटिपूर्ण देखिने ।
(प्रकरण नं. १०)
पूर्ण पाठ हेर्नुहोस्
निवेदकको चरित्र सम्बन्धी विवरणमा उल्लिखित कुराहरू लाई ध्यानमा राखी त्यसको आधारमा केही वर्ष यताको क्रियाकलाप हेर्दा भ्रष्ट देखिएको र भविष्यमा सुध्रने सम्भावना नदेखिएको भन्ने प्रस्तावमा उल्लेख गरेको उचित र पर्याप्त नै देखिने हुनाले यस्ता कर्मचारीलाई निजामती सेवामा राख्दा सेवामा स्वच्छता नआउने देखिएकोले स्पष्टीकरण लिन वाञ्छनीय र व्यवहारिक नभएको भनी प्रस्तावलाई पर्चा मानी निवेदकलाई नोकरीबाट हटाउने गरेको श्री ५ को सरकारको निर्णय निजामती सेवा ऐन, २०१३ को दफा ६(१) को खण्ड (ख) अनुकूल निर्णय भएको देखिने ।
(प्रकरण नं. ११)
पूर्ण पाठ हेर्नुहोस्
सञ्चालक समितिको निर्णय अनुसार भनी कम्पनीको सेवा पूर्वको नोकरी जोडिएको भनी ज्येष्ठता बापत नम्बर दिएको सामान्य सिद्धान्तको विपरीत देखिन आयो । यस अवस्थामा आफूले बढुवाको लागि अवलम्बन गरेको सामान्य सिद्धान्तको विपरीत हुने गरी कम्पनीको सेवा पूर्वको नोकरीको जेष्ठता बापतको नम्बर नदिएको आधारमा बढुवा गर्ने गरी सञ्चालक समितिले गरेको निर्णय त्रुटिपूर्ण भन्नु पर्ने हुन आयो
(प्रकरण नं. १४)
(२) बढुवाको कारवाहीमा चित्त नबुझ्ने अधिकृत स्तरका कर्मचारीले सम्बन्धित मन्त्रालयको सचिवमा उजूर गर्नसक्ने सामान्य सिद्धान्तको परिच्छेद ९ को १ मा व्यवस्था गरेको, सो सामान्य सिद्धान्तले व्यवस्था गरे अनुसार सम्बन्धित मन्त्रालयका सचिवमा लाग्ने उजूरी सञ्चालक समितिले सुनी निर्णय गरेको त्रुटिपूर्ण देखिने ।
(प्रकरण नं. १५)
पूर्ण पाठ हेर्नुहोस्
लेनदेन व्यवहारको १७ नं. ले थैली बुझी नलिएको ठहर्योा भने अदालतमा धरौट राखेको मिति देखिको बालीमा साहुको हक नपुग्ने व्यवस्था भएकोले वादीले फार्छा गरी लिएको जग्गाको हकसफा गरी लिन ०३० साल भाद्रमा नै थैली धरौटी राखिसकेकोले यस स्थितिमा वादीलाई जग्गा फार्छा गरी दिने आसामी प्रतिवादीबाट वादीको ३० सालको बाली भरी पाउँछ भन्न मिल्ने नदेखिएकोले बाली भराई पाउँ भन्ने वादी दावी पुग्न सक्ने नदेखिने ।
(प्रकरण नं. १२)
पूर्ण पाठ हेर्नुहोस्
एकजनाले रुपैयाँ लिनुदिनु गरी लिखत गरेको भन्ने र एकजनाले पटक–पटक हिसाब गर्दा पुगेको रुपैयाँ“को लिखत लेखेको भन्ने भई लिखतका साक्षीहरूको कुरा परस्परमा मिलान नभई फरक परेको देखिने र उसमा पनि सो लिखत जाँच हुँदा उक्त लिखत छाप लगाइसकेपछि लेखिएको देखियो भनी रेखा तथा लेखा विशेषज्ञको राय भएको हुँदा राजीनामा लेखी रुपैयाँ लिनुदिनु गरी सहिछाप भई लिखत भएको भन्ने देखिन नआएकोबाट समेत वादी दावीको लिखत कीर्ते ठहराई सो लिखतको लेखक साक्षी निवेदक र लिखतमा साक्षी बस्ने निवेदकलाई समेत कीर्ते कागजको १४ नं. बमोजिम जरिवाना गर्ने ठहराएको इन्साफ मनासिव ठहर्ने ।
(प्रकरण नं. ९)
पूर्ण पाठ हेर्नुहोस्
(१) मुद्दा सार्न सक्ने कानूनको अभावमा सर्वोच्च अदालतबाट आदेश भई आएको भनी कास्की जि.अ.मा परेको मुद्दा बेइलाकाको तनहुँ जि.अ.मा सारी तनहुँ जि.अ.बाट हेरी गरेको निर्णय र सो इन्साफ सदर गरेको प.क्षे.अ.को निर्णय समेत अ.बं.२९ नं. बमोजिमको अधिकार क्षेत्रात्मक त्रुटि गरी निर्णय भएको देखिएकोले सो शुरू तनहुँ जिल्ला अदालत र प.क्षे.अ.को निर्णय समेत अ.बं.३५ नं. ले बदर हुने ।
(प्रकरण नं. ९)
पूर्ण पाठ हेर्नुहोस्
प्रतिवादीले किनेको घरको एक किलासको थोरै गारो सँग वादीको घरको गाह्रो पश्चिमतर्फ जोडिँदैमा त्यत्तिकै नाताबाट वादीको घर देखि पूर्व, उत्तर, दक्षिण तिन तिर खुल्ला भई सो तिनै तिरबाट हावा प्रकाश घाम पाउन सक्ने नै हुँदा हुँदै वादीको घरमा हावा, प्रकाश, घाम बन्द हुने सन्धिसर्पन पर्ने कुरा देखिन आउँदैन, प्रतिवादीले किनेको घरको छिँडी तल्लामा वादीको घरको निकास छ भनी वादीमा उल्लेख गरेको तर भई आएको नक्सा मुचुल्काबाट प्र.ले किनेको घरमा वादीमा उल्लेख भए अनुसार वादीको धारा चोक तथा बलेसी समेतको पानी जाने निकास छ भन्ने कुरा देखिन आउँदैन यस्तो अवस्थामा प्र.ले किनेको घर वादीको सन्धिसर्पन पर्ने भन्न नमिल्ने हुँदा वादीले निखन्न नपाउने ठहराएको इन्साफ मनासिव ठहर्छ ।
(प्रकरण नं. ११)
पूर्ण पाठ हेर्नुहोस्