विस्तृत खोजी

 
 
 
 
 
      

९ खोजी नतिजाहरु

निर्णय नं. ४१९९ - बन्दीप्रत्यक्षीकरण

 फैसला मिति:२०४७/०८/१२  संयुक्त इजलास  २६८६
 पुनरावेदक/ प्रतिवादी : निवेदक : सप्तरी कारागार थुनामा रहेको वर्ष २६ को बाबुराम राई बिरुद्ध विपक्षी/वादी : विपक्षी : श्री जिल्ला कार्यालय खोटाङ, दिक्तेलसमेत

मुद्दा परिसकेपछि आफ्नो सत्य व्यवहार र कार्य प्रमाण आदिको लेखाजोखा गराउन स्वयं अदालतमा उपस्थित रही न्याय निरोपण गराउँदा उपस्थित रहने व्यक्तिले पाउने सहुलियततर्फ दण्ड सजायँको ४१ नं. ले व्यवस्था गर्न खोजेको देखिने । (प्रकरण नं. ११) (२) बारम्बार अपराध गर्ने व्यक्ति र न्यायिक प्रशासन भंग गर्ने व्यक्तिलाई दण्ड सजायँको ४१ नं. ले सहयोग गर्न नसक्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४१९८ - बाली भराई जग्गाबाट निष्काशन गरी पाउँ

 फैसला मिति:२०४७/०८/०५  संयुक्त इजलास  २१०६
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/वादी : बनेपा न.पं. वा.नं. ५ बस्ने भवानीभक्त सैंजू बिरुद्ध विपक्षी/वादी : प्रतिवादी : भ.पु.न.पं. वा.नं. ९ बस्ने तुल्सीभक्त दुवाल

तजबिजी अधिकार प्रयोग गरी मोही निष्काशन नहुने ठहर गर्दा पनि के कति कारणले मोही निष्काशन नहुने हो सो को कारण उल्लेख हुनुपर्ने र त्यस्तो कारण समेत उचित हुनुपर्ने । इच्छा लागे निष्काशन गर्ने र इच्छा नलागे निष्काशन नगर्ने भनी निर्णय गर्न नमिल्ने । (प्रकरण नं. १२) (२) बाली नबुझाएको कुरालाई स्वीकारै गरी प्रतिवादीले भूमिसुधार कार्यालयको निर्णयलाई मन्जूर गरी बसेको समेतबाट बाली नबुझाएकोमा विवाद नदेखिँदा विवादित जग्गाबाट वादी दावी बमोजिम मोही निष्काशन हुने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४१९७ - भ्रष्टाचार

 फैसला मिति:२०४७/०८/१०  संयुक्त इजलास  २५४५
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/प्रतिवादी : जि.मोरड्ड नेपाल खाद्य संस्थान डिपो कार्यालय डाडा बजारको डिपो प्रमुख नरबहादुर बुढाथोकी बिरुद्ध विपक्षी/वादी : विपक्षी/वादी : विशेष प्रहरी अधिकृतको प्रतिवेदनले वादी श्री ५ को सरकार

अर्कालाई दोषारोपण गर्दैमा प्रतिवादीले सफाई पाउने नदेखिने । (प्रकरण नं. १७) (२) पुरानो रकम प्रतिवादीको नाउँमा बेरुजु रहेको र उक्त बेरुजु निजको तलवबाट कट्टा गरेको समेत देखिँदा त्यस्तो बेरुजु आफूले स्वीकार गरी सकेपछि चौकीदारले हिनामिना गरेको भन्न नमिल्ने । (प्रकरण नं. १७) (३) पुरानो भनिएको रकम आफ्नो तलबबाट बुझाइसकेको कुरा स्वीकार गरेको समेतबाट प्रतिवादीले हिनामिना गरेको होइन भन्न नमिल्ने । (प्रकरण नं. १७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४१९६ - उत्प्रेषणयुक्त परमादेशसमेत

 फैसला मिति:२०४७/०८/०९  संयुक्त इजलास  २१७५
 पुनरावेदक/ प्रतिवादी : निवेदक : का.जि.कोटेश्वर स्थित स्वस्तिक टेक्सटाइल प्रोडक्टर प्रा.लि.को तर्फबाट मुरलीधर अग्रवाल बिरुद्ध विपक्षी/वादी : प्रत्यर्थी : श्री अन्तःशुल्क कार्यालय, काठमाडौंसमेत

निवेदकको उद्योगले उत्पादन शुरु भएको मितिदेखि ३ वर्षको लागि अन्तःशुल्क सुविधा पाउने नै देखिएको हुनाले अन्तःशुल्क लगाउने र असूल गर्ने सम्बन्धी अन्तःशुल्क कार्यालयको पत्र लगायतका सबै काम कारवाही उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४१९५ - उत्प्रेषण, परमादेश

 फैसला मिति:२०४७/०८/१२  संयुक्त इजलास  २३८४
 पुनरावेदक/ प्रतिवादी : निवेदक : का.न.पं. वा.नं. ११ बस्ने अशोकमान सिं बनिया बिरुद्ध विपक्षी/वादी : प्रत्यर्थी : श्री महाप्रबन्धक हिमाल सिमेण्ट कम्पनी लिमिटेड, चोभारसमेत

कुनै पद आवश्यक नभएको भनी निर्णय भएको छ भने सो कारण उचित र मनासिब हुनुको साथै सो कारण तथ्यमा आधारित हुनुपर्छ, तथ्यरहित कारणको कुनै औचित्य नहुने । (प्रकरण नं. १०) (२) कुनै कर्मचारीको नोकरीको विषयमा निर्णय गर्दा असल नियतले सदासयपूर्वक गरिनु पर्ने । (प्रकरण नं. १०) (३) विसंगतिको अवस्थामा मितव्ययिताको जुन कारण देखाई निवेदकको पदलाई खारेज गरेको छ सो पदको खारेजीको कुनै औचित्यपूर्ण आधार नभई अनुचित देखिन आएकोले पद खारेज गर्ने भएको निर्णयलाई सदासयपूर्ण भन्न नमिल्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४१९४ - बकसपत्र बदर

 फैसला मिति:२०४७/०२/०३  पूर्ण इजलास  २२३०
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/प्रतिवादी : जि.स.हनुमाननगर गा.पं. वा.नं. ४ बस्ने वासुदेवप्रसाद साहु सुडी बिरुद्ध विपक्षी/वादी : विपक्षी/वादी : राजविराज न.पं.वा.नं. १ बस्ने स्व. चादमलको हकवाला र आफ्नो हकमा समेत ऐ.ऐ.बस्ने चम्पालाल दुगडसमेत

रुलिङ बाझियो भनेको मुद्दाको तथ्य प्रस्तुत मुद्दाको तथ्यसंग फरक परेको र लिखत बदर मुद्दामा बिक्री भएको सम्पत्ति सगोलको भन्ने प्रमाणको भार सो जिकिर लिने वादी उपर सुम्पिएको र प्रस्तुत मुद्दामा निजी हो भन्ने कुराको प्रमाणको भार सो जिकिर लिने प्रतिवादी उपर सुम्पेको देखिँदा दुई बेगला बेगलै निर्णय बिन्दू बनाई अलग अलग विषयवस्तुमा दुवै संयुक्त इजलासबाट अलग अलग निर्णय भएको देखिँदा रुलिड्ड बाझिएको भन्न नमिल्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४१९३ - उत्प्रेषण

 फैसला मिति:२०४७/०८/१८  पूर्ण इजलास  २३५३
 पुनरावेदक/ प्रतिवादी : निवेदक/रिट निवेदक : पोखरा न.पा.वा.नं. १० बस्ने दिलबहादुर खत्री क्षेत्रीसमेत बिरुद्ध विपक्षी/वादी : प्रत्यर्थी/विपक्षी : मालपोत विभाग, काठमाडौंसमेत

जग्गा दर्ता गरिपाउँ भनी निवेदकहरुको निवेदन परेपछि जग्गा दर्ता हुने हो वा होइन सबूद प्रमाणको आधारमा निर्णय गर्नु पर्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४१९२ - उत्प्रेषण

 फैसला मिति:२०४८/०८/२५  पूर्ण इजलास  २५११
 पुनरावेदक/ प्रतिवादी : रिट निवेदक : सिन्धुपाल्चोक जि.अ.का विचारी, अमीरबहादुर श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : विपक्षी : बागमती अञ्चल अदालतसमेत

बढुवाको सिफारिश उपरको उजूर सुन्ने अधिकारीले बढुवाको सिफारिश ठीक छ छैन भनी हेर्न जाँच्न सक्ने । (प्रकरण नं. ११) (२) पुष्ट्याई बेगरको अत्यूत्तमले कानुनी मान्यता नपाउने हुँदा त्यस्तो अत्यूत्तमले उक्त अत्यूत्तमको अड्ढ प्राप्त गर्ने हक अधिकारको सृजना गर्न सक्दैन, बढुवा सिफारिश उपर उजूर सुन्ने अधिकारीले कार्यसम्पादन सम्बन्धी मूल्यांकन कानुन बमोजिम नभएकोमा कानुन बमोजिम जे जस्तो हुन आउँछ मिलाई सो अनुसार नामावली संशोधन गर्न नसक्ने बन्देज निजामती सेवा नियमवाली, २०२१ ले गरेको नपाइने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४१९१ - जबरजस्ती करणी

 फैसला मिति:२०४७/०४/३०  पूर्ण इजलास  ३५५५
 पुनरावेदक/ प्रतिवादी : निवेदक/प्रतिवादी : कपिलवस्तु जि.सिद्धिपुर वा.नं. ४ बस्ने सागरप्रसाद श्रेष्ठसमेत बिरुद्ध विपक्षी/वादी : विपक्षी/वादी : पूर्णकुमारी राना मगरको जाहेरीले श्री ५ को सरकार

मानिसको स्खलित वीर्य गुप्ताड्डमा देखिए पनि प्रमाणित नभएको अवस्थामा उक्त स्खलित वीर्य प्रतिवादीहरु कै हो भनी यकीन ठहर गर्न न्यायोचित नदेखिने । (प्रकरण नं. २७) (२) जबरजस्ती करणीको उद्योग भएको भन्नेतर्फ स्वयं जाहेरवालीको कथन छैन, जबरजस्ती करणीको उद्योगको वारदात भएको तर्फको कुनै सबूद प्रमाण मिसिलमा देखिन्न, वारदात भएको भनिएको होटलमा रहेका अन्य व्यक्ति समेतले जबरजस्ती करणीको उद्योगतर्फ कुनै कुरा लेखिदिएको देखिन्न, तसर्थ शंकारहित तवरबाट यी प्रतिवादीहरु उपर वादी दावी अनुसारको अभियोग प्रमाणित हुन नआएकोले जबरजस्ती करणीको उद्योग गरेको तर्फ समेत प्रमाणको अभाव देखिने र अनुमानको आधारमा दोषी ठहराउन नमिल्ने । (प्रकरण नं. २७)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु