विस्तृत खोजी

 
 
 
 
 
      

११ खोजी नतिजाहरु

निर्णय नं. १३२२ - लुटपिटबाट उठेको हक बेहक, छोरा कायम

 फैसला मिति:२०३७/०१/०३  फूल बेन्च इजलास  २३७३
 पुनरावेदक/ प्रतिवादी : का.जि.न.पं.वडा नं. १० वटुटोल बस्ने बेगमविवि मुसलमान समेत बिरुद्ध विपक्षी/वादी : ल.पु.जि.न.पं.वडा नं. २० टफालोह बस्ने नैनकुमारी थापा क्षेत्रीसमेत

वैवाहिक सम्बन्ध कायम रहकै अवस्थामा ९८ सालमा अब्दुल रहीमको जन्म भएको भन्ने मिसिलबाट देखिएको अन्यथा प्रमाणित हुन नआएकोले अब्दुल रहीम सो ऐसाको लोग्ने अब्दुल रेहमानकै सन्तान हो भनी प्रमाण ऐन, ०३१ को दफा ६ अनुसार अदालतले अनुमान गर्नुपर्ने । (प्रकरण नं. २७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३३२ - उत्प्रेषण

 फैसला मिति:२०३७/०१/१५  डिभिजन वेन्च इजलास  २१०१
 पुनरावेदक/ प्रतिवादी : कपिलवस्तु तिलौराकोट गा.पं.वडा नं. १ बस्ने भगवानी कुर्मीनी समेत बिरुद्ध विपक्षी/वादी : ऐ बस्ने शिवराजी नाउनी समेत

लोग्नेको देहान्त पछि मोही हुनलाई जग्गावालाले पत्याएको हुनुपर्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३३१ - उत्प्रेषण वा जो चाहिने आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउं

 फैसला मिति:२०३६/११/१७  सिङ्गल बेञ्च इजलास  २३९१
 पुनरावेदक/ प्रतिवादी : का.न.पं. वार्ड नं. २ टंगाल गैरिधारा बस्ने सुशिलादेवी अर्याल बिरुद्ध विपक्षी/वादी : ऐ ऐ. बस्ने भू.पु.मन्त्री श्री कृष्णराज अर्याल समेत

पति पत्नीको सम्बन्ध कायम रहने वा विच्छेद हुने अवस्थाहरू लोग्ने स्वास्नीको १ नं. मा वर्णित भएको र कानुनमा व्यवस्थित कुरामा सबूत प्रमाण बुझी सम्बन्धविच्छेद हुने वा नहुने भन्ने निर्णय गर्दा नेपालको संविधानको धारा १४ मा बाधा पर्न नजाने । (प्रकरण नं. ३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३३० - उत्प्रेषणको आदेश जारी गरिपाउं

 फैसला मिति:२०३६/११/०९  डिभिजन वेन्च इजलास  २१४८
 पुनरावेदक/ प्रतिवादी : जिल्ला सर्लाही हेमपुर गा.पं.वार्ड नं. ९ बस्ने रिझन मण्डल धानुक बिरुद्ध विपक्षी/वादी : भूमिसुधार कार्यालय सर्लाहीका भूमिसुधार अधिकारी राम असिस समेत

दुवै पक्ष मञ्जूर भई मुद्दा मिलापत्र गरी पाउने अधिकार प्राप्त अधिकारी समक्ष निवेदन दिई मिलापत्र भए गरेको कुरालाई बदर गर्न नमिल्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३२९ - उत्प्रेषणको प्रतिषेध वा जुन उपयुक्त हुन्छ आदेश जारी गरिपाउं

 फैसला मिति:२०३६/०८/२०  डिभिजन वेन्च इजलास  २११७
 पुनरावेदक/ प्रतिवादी : जि. पर्सा वीरगञ्ज न.पं.वार्ड नं. ११ गहवा माइस्थान बस्ने मंगल पाण्डे बिरुद्ध विपक्षी/वादी : श्री प्रमुख जिल्ला अधिकारीज्यू जिल्ला कार्यालय बारा, कलैया समेत

लेनदेन विषयमा अदालतमा जानु भनी जिल्ला कार्यालयबाट सुनाई दिनुपर्नेमा, सो नगरी अनाधिकार कार्यवाही गरेको विपक्षी प्रमुख जिल्ला अधिकारीको कार्यवाही गैरकानुनी ठहर्ने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३२८ - उत्प्रेषण लगायतको आदेश जारी गरिपाउं

 फैसला मिति:२०३६/१०/२२  डिभिजन वेन्च इजलास  २६४६
 पुनरावेदक/ प्रतिवादी : भ.पु.जि. छार्लिङ गा.पं. वडा नं. १ बस्ने बुद्धकुमारी पुरी बिरुद्ध विपक्षी/वादी : ऐ ऐ. ऐ. पिखेल बस्ने प्रेमबहादुर खत्री समेत

न्यायिक तथा अर्धन्यायिक अधिकारीले आफ्नो तजबिजको प्रयोग गर्दा सो निर्णयमा मनासिव माफिकको कारण उल्लेख गरेको हुनुपर्छ त्यसको अभावमा गरेको निर्णय त्रुटिपूर्ण हुने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३२७ - उत्प्रेषणको आदेश जारी गरिपाउं

 फैसला मिति:२०३६/११/१०  डिभिजन वेन्च इजलास  २१०४
 पुनरावेदक/ प्रतिवादी : जिल्ला सिरहा असनपुर गा.पं.वडा नं. ६ बस्ने मनेलाल साहु बिरुद्ध विपक्षी/वादी : जिल्ला भूमिसुधार कार्यालय सिरहा समेत

विवादको जग्गा मोही भई कमाएको निस्सा प्रमाण पेश दाखिल भएको नदेखिएको, वारेसले सनाखत गरी दिएको आधारमा मात्र मोही कायम गरेको देखिन्छ । तसर्थ प्रमाणको अभावमा गरेको निर्णय त्रुटिपूर्ण हुने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३२६ - उत्प्रेषणको आदेश जारी गरिपाउं

 फैसला मिति:२०३७/०१/१०  डिभिजन वेन्च इजलास  २२०६
 पुनरावेदक/ प्रतिवादी : जि. बाँके नेपालगञ्ज न.पं.वार्ड नं. १५ सदरलैन बस्ने मंगलप्रसाद वैश्य बिरुद्ध विपक्षी/वादी : श्री नेपालगञ्ज नगरपञ्चायत न्याय समिति समेत

हक बेहकको प्रश्न उपस्थित हुनआएको विषयमा नगरपञ्चायत ऐन, २०१९ (संशोधन सहित) को दफा १७(ढ) तथा ४९(२) मा भएका व्यवस्था बमोजिम अदालतबाट हक बेहक छुट्याई आएपछि मात्र कार्यवाही निर्णय गर्नुपर्नेमा सो नगरी निर्णय गरेको त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३२५ - डाँका ज्यान

 फैसला मिति:२०३७/०१/०८  डिभिजन वेन्च इजलास  २४२४
 पुनरावेदक/ प्रतिवादी : अब्दुल अजीमको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जि. बाँके सोनपुर गा.पं.वार्ड नं. २ सोनबर्सा बस्ने दुलारे कुर्मी

शंकाको आधारमा डाँका खुन जस्तो अभियोगमा सजायको भागी बनाउन न्यायोचित नपर्ने। (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३२४ - उत्प्रेषणको आदेश जारी गरिपाउं

 फैसला मिति:२०३७/०१/१२  डिभिजन वेन्च इजलास  २१४२
 पुनरावेदक/ प्रतिवादी : का.जि.न.पं.वडा नं. १४ बस्ने रत्नमाया भन्ने लन्तमाया प्रजापती बिरुद्ध विपक्षी/वादी : काठमाडौं जिल्ला अदालत डिल्लीबजार समेत

गुठी संस्थान अन्तर्गत गुठीको लगतमा दर्ता भएको जग्गा दर्तावाला मोहीद्वारा समेत किनबेच हुनसक्ने स्थितिमा दर्तावाला मोहीकै हक सिर्जना भएकोमा लिलाम हुनसक्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३२३ - ज्यान

 फैसला मिति:२०३७/०१/१६  स्पेशल बेञ्च इजलास  २३५०
 पुनरावेदक/ प्रतिवादी : शिवनाथ यादव बिरुद्ध विपक्षी/वादी : मुसहरू दासको जाहेरीले वादी श्री ५ को सरकार

अ.बं.१८६ नं. बमोजिम मृत्युदण्ड वा सर्वस्वसहित जन्मकैद वा जन्मकैद लाग्ने ठहरेको मुद्दामा साधकको निकासा भई नआएसम्म त्यस्तो अभियोग नलागेको अरू किसिमका अभियुक्तलाई अदालतबाट लाग्ने ठहरेको सजायभन्दा बढी थुनामा राख्न मिल्दैन अदालतको फैसलाले लाग्ने ठहरेको सजाय भुक्तान भएपछि थुनाबाट छाडी दिनुपर्छ । (प्रकरण नं. ५)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु