विस्तृत खोजी

 
 
 
 
 
      

९ खोजी नतिजाहरु

निर्णय नं. १४१४-१ - कर्तव्य ज्यान

 फैसला मिति:२०३७/०९/२६  डिभिजन वेन्च इजलास  २२१२
 पुनरावेदक/ प्रतिवादी : रामबहादुर थापा मगरको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जि. सिन्धुपालचोक साँगाचोक गा.पं.वार्ड नं. ६ बस्ने इन्द्रबहादुर राना मगर

आफ्नो श्रीमतीलाई ज्यान लिनेसम्मको इवी अदावत भएको पनि कतैबाट देखिँदैन भात नपकाएको र किन नपकाएको भन्दा पकाउँदिन भनी जवाफ दिएकोमा झगडा उठी रिसले कुटपिट गरेकोमा माइत गई बसेको बोलाउन जाँदा नआएकोमा रिस उठने स्वभाविकै देखिएकोले त्यसरी उठेको रिसको आवेसमा भएको कुटपिटको चोटबाट ऐनको म्यादभित्र मर्न गएकोले निजलाई ज्यानसम्बन्धीको १४ नं. लगाई १० वर्ष कैदको सजाय गरेको इन्साफ मनासिव ठहर्ने । (प्रकरण नं. ११) (२) शुरू जिल्ला अदालत र म.क्षे.अ.समेत २ अड्डाको राय मिलेकोमा साधक जाहेर गर्न नपर्ने। (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४१३-१ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउं

 फैसला मिति:२०३७/०९/२०  डिभिजन वेन्च इजलास  २३९६
 पुनरावेदक/ प्रतिवादी : जि. धनुषा दुहवी गा.पं.वडा नं. १ चुवल्हिया ओझाइन बिरुद्ध विपक्षी/वादी : रविकान्तको जाहेरीले श्री ५ को सरकारसमेत

विदेशी नागरिक ठहर्या.उनु अघि निजले आफ्नो नागरिकता परित्याग गरी अर्को देशमा नागरिकता प्रमाणपत्रको प्राप्तिको लागि आवेदन दिई प्रमाणपत्र प्राप्त गरेको छ छैन सो सम्बन्धमा सबूत प्रमाण हेरी निर्णय गर्नुपर्ने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४१२-१ - उत्प्रेषणको आदेश जारी गरिपाउं

 फैसला मिति:२०३७/१०/०२  डिभिजन वेन्च इजलास  २१५७
 पुनरावेदक/ प्रतिवादी : ल.पु.जि. गोदावरी गा.पं.वडा नं. ६ बस्ने रोहिणीप्रसाद पुरी बिरुद्ध विपक्षी/वादी : महान्यायाधिवक्ताको कार्यालय राम शाहपथ काठमाडौंसमेत

निवेदक साधारणतर्फको स्थायी पदमा बहाल रही पछि आफ्नै साधारणतर्फको पदमा फर्कने गरी विकास योजना चालू रहेसम्मको लागि गएको अवस्थामा निवेदकको साधारणतर्फको नोकरी खण्डित भएको हो भनी मूल्यांकन गर्न मिल्ने होइन । (प्रकरण नं. ६) (२) निवेदक साधारणतर्फको नोकरीमा अटूट बहाल रही रहेकोलाई कायम मानी बढुवा समितिले निवेदकको बढुवा नाम प्रकाशित गरेकोलाई बदर गरी संशोधित नामावली प्रकाशित गर्नगरेको निर्णय कानुनको दृष्टिमा त्रुटिपूर्ण हुने । (प्रकरण नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४११-१ - परमादेश वा उपयुक्त आज्ञा, आदेश पूर्जि जारी गरिपाउं

 फैसला मिति:२०३७/०९/१६  डिभिजन वेन्च इजलास  २००४
 पुनरावेदक/ प्रतिवादी : जि.मोरङ दुलारी गा.पं.वडा नं. ५ बस्ने उदयराज भट्टराई बिरुद्ध विपक्षी/वादी : श्री अञ्चलाधिशको कार्यालय, कोशी अञ्चल विराटनगरसमेत

ज्यान जस्तो गम्भीर अपराधमा दोषीलाई यथाशिघ्र पक्राउ गरी दण्ड दिलाउने तर्फ कार्यवाही गर्नुपर्ने भएकोले प्रचलित ऐन कानुन बमोजिम चाँडो कार्यवाही गर्नुपर्ने भनी विपक्षी कार्यालयहरूका नाममा आदेश जारी हुने । (प्रकरण नं. ६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४१०-१ - परमादेशको आदेश जारी गरिपाउं

 फैसला मिति:२०३७/०९/१९  फूल बेन्च इजलास  २४८१
 पुनरावेदक/ प्रतिवादी : का.जि. फर्पिङ सतिखेल बस्ने वर्ष २६ को कमल शर्मा बिरुद्ध विपक्षी/वादी : श्रीमान प्रमुखज्यू, विद्यार्थी हित शाखा त्रि.वि.वि., शिक्षा शास्त्र अध्ययन संस्थानसमेत

निवेदकले विश्वविद्यालय स्तर निर्धारण लिष्ट अनुसारको परीक्षा उत्तीर्ण नभई त्रिभुवन विश्वविद्यालयलाई झुक्याई किर्तिपुर बहुमुखी क्याम्पसमा प्रवेश गरेको देखिएबाट निवेदक सफा हातले आएको नदेखिएबाट रिट निवेदन खारेज गर्ने गरेको इन्साफ मनासिव ठहर्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४०९-१ - उत्प्रेषणको आदेश जारी गरिपाउं

 फैसला मिति:२०३७/१०/०३  फूल बेन्च इजलास  १९९८
 पुनरावेदक/ प्रतिवादी : जि. सप्तरीको चावरबरी गा.पं.वडा नं. ५ बस्ने सुनरदास कथवनीया बिरुद्ध विपक्षी/वादी : श्री का.मु. भूमिसुधार अधिकारी भू.सु.का.सप्तरीसमेत

हरूवाहीमा जग्गा जोत्ने व्यक्ति मोही हुने व्यवस्था भूमिसम्बन्धी ऐनमा भएको नदेखिएको जग्गावालाको जग्गामा काम गर्ने गरी हरूवाही भई काम गरी कमाउने लाई मोहियानी हक प्रदान नहुने देखिएकोले हरूवाहीलाई मोही कायम गरेको विपक्षी भू.सु.का.सप्तरीको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ११

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४०८-१ - जग्गा दर्ता बदर खिचोला

 फैसला मिति:२०३७/१०/१४  फूल बेन्च इजलास  २१४२
 पुनरावेदक/ प्रतिवादी : जिल्ला तेह्रथुम छथर पोखरी गा.पं. वार्ड नं. ४ बस्ने दुग्रेन्द्रबहादुर निरौला क्षेत्री बिरुद्ध विपक्षी/वादी : मोरङ जि. अमरदह गा.पं. वार्ड नं. ५ तित्रिझांक बस्ने बलबहादुर निरौला क्षेत्री समेत

निवेदकले पूर्जा पाएको मितिबाट जग्गा नाप जाँच ऐन, २०१९ को दफा ८ को उपदफा (१) को म्याद ४५ दिनभित्रै विपक्षीको नाममा दर्ता गरेको बदर गरी दर्ता पूर्जा पाउँ भनी दिएको उजूरीमा हक बेहक तेरो मेरो देखिन आएकोले अदालतबाट हक प्राप्त गरी अन्तिम निर्णय भएबमोजिम हुने भनी २०२७।११।१६ मा भू.प्र.का.मोरङबाट सुनाएअनुसार ०२७।१२।५।५ मा दायर गरेको मुद्दाको फिरादपत्रलाई म्याद नाघी दायर भएको भन्न नमिल्ने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४०७-१ - अंश

 फैसला मिति:२०३७/०९/१९  फूल बेन्च इजलास  २१७५
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पं.वडा नं. १ त्रिपुरेश्वर बस्ने गोविन्दमोहन प्रधान बिरुद्ध विपक्षी/वादी : का.जि.का.न.पं.वडा नं. १ त्रिपुरेश्वर बस्ने बालकृष्ण प्रधान

अंशबण्डाको २० नं. मा घरको लेनदेन कामकाज गर्ने जानकारसँग फाँट लिई बण्डा गरिदिनु भन्ने र २१ नं. मा दबाएकोमा नदबाउनेले ऐन बमोजिम खान पाउँछ भन्ने उल्लेख भएको पाइन्छ । यसबाट अरू अंशियार जिम्मा रहेको फाँटवारी अनुसार बण्डा गर्न पर्ने भनी सम्झन नमिल्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४०६-१ - बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरिपाउं

 फैसला मिति:२०३७/१०/०३  फूल बेन्च इजलास  २०५५
 पुनरावेदक/ प्रतिवादी : ल.पु.जिल्ला सैंबु भैंसेपाटी घर भई हाल डि.एस.पि.कार्यालय काठमाडौंमा थुनामा रहेको आनन्द रिसालको हकमा निवेदन गर्ने एकाघरको बाबु विष्णुप्रसाद रिसाल बिरुद्ध विपक्षी/वादी : जिल्ला प्रहरी कार्यालय हनुमानढोका समेत

मुचुल्काको अवस्था समेतलाई विचार गरी हुनसक्ने जरीवाना र कैद बापतको हुने बिगोको धरौटी राख्नु भनी अ.बं.११८ नं. को देहाय (१९) बमोजिम धरौटी लिई कारवाही गर्ने भनी अधिकार प्राप्त अधिकारीले आदेश पर्चा गरी धरौटी नराखेबाट थुनामा राखेकोलाई गैरकानुनी थुनामा रहेको भन्न नमिल्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु