विस्तृत खोजी

 
 
 
 
 
      

१० खोजी नतिजाहरु

निर्णय नं. १४०२ - अंश

 फैसला मिति:२०३७/०८/२९  डिभिजन वेन्च इजलास  २२७२
 पुनरावेदक/ प्रतिवादी : जि.गुल्मी ईस्मा ज्ञवाले टक्सार गा.पं.वार्ड नं. ४ बस्ने भगिराम ज्ञवालीसमेत बिरुद्ध विपक्षी/वादी : जिल्ला गुल्मी ज्ञवाले टक्सार गा.पं.वार्ड नं. ४ बस्ने दिनानाथ ज्ञवाली

घरसारमा बण्डापत्र गरी आफ्नो भाग जग्गा आफ्नो नाउँमा दर्ता गरी भोगचलन खरीदबिक्री गरेको र वादी प्रतिवादीहरू बीच मुद्दाहरू परेको समेत प्रमाणबाट, वादीले प्रतिवादीसँग अंश लिइसकेको भन्ने प्रष्ट देखिने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३६५ - उत्प्रेषणको आदेश जारी गरिपाउं

 फैसला मिति:२०३७/०१/३१  डिभिजन वेन्च इजलास  २१९०
 पुनरावेदक/ प्रतिवादी : जि. मोरङ नोचा गा.पं.वार्ड नं. ७ बस्ने लक्ष्मण विश्वास केवरथ बिरुद्ध विपक्षी/वादी : भूमिसुधार अधिकारी भूमिसुधार कार्यालय मोरङ समेत

नालिस उजूर गर्ने हकदैया प्राप्त व्यक्तिको उजूर परेकोमा इन्साफ तहकिकात गर्नुपर्नेमा सरजमीनको आधारमा निर्णय गरेको न्यायिक मनको अभावमा निर्णय गरेकोले बाली भराई मोहीबाट निष्कासन गरिपाउँ भन्ने उजूरीलाई खारेज गरेको त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३६४ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउं

 फैसला मिति:२०३६/०९/२५  डिभिजन वेन्च इजलास  २९४१
 पुनरावेदक/ प्रतिवादी : नेपाल इलेक्ट्रीक एण्ड मेशीनरी वीरगञ्जको प्रो.ऐ बस्ने सत्यनारायण जलान बिरुद्ध विपक्षी/वादी : वीरगञ्ज भन्सार कार्यालयको प्रमुख भन्सार अधिकृत समेत

अ.बं.१८४(क) नं. मा भएका व्यवस्था अनुसार मुद्दा हेर्ने अधिकारीले बुझ्नुपर्ने भनी बुझिएको प्रमाण बुझी हेरी सो प्रमाणको समेत उचित मूल्यांकन गरी मुद्दाको निर्णयमा पुग्नुपर्ने हुनआउँछ । तदनुसार प्रमाणको उचित मूल्यांकन नभएको र ऐनले पनि अनिवार्य रूपमा बुझ्नुपर्ने प्रमाण पनि बुझ्दै नबुझी गरेको फैसला न्यायिक मनको पूर्ण अभावमा भएको देखिन आएकोले सो फैसला बदर हुने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३६३ - उतप्रेषण वा जो चाहिने आज्ञा, आदेश वा पूर्जि जारी

 फैसला मिति:२०३७/०३/३२  डिभिजन वेन्च इजलास  २४९७
 पुनरावेदक/ प्रतिवादी : जि.रूपन्देही सिद्धार्थनगर न.पं.वडा नं. ७ शान्तिनगर बस्ने हरिप्रसाद सेरचन बिरुद्ध विपक्षी/वादी : रूपन्देही जिल्ला अदालत भैरहवा, लुम्बिनी अञ्चल अदालत बुटवल, समेत

सर्वोच्च अदालतबाट निर्णय हुनुअघि अञ्चल अदालतबाट फैसला भएपछि पनि बिगो भराई पाउँ भनी परेको दरखास्त दावीमा उक्त ऐनले स्पष्ट शब्दमा बाध्य गरेको जायजातको कारवाही नै नगरी अञ्चल अदालतको निर्णय आदेशले निष्क्रिय स्थितिमा पहिले बिगो भराउने गरी भएको रूपन्देही जिल्ला अदालतको फैसला अनुसारको बिगो भराइदिएको दरखास्तबाट लिलाम भएको देखिँदा यसरी मुद्दाको टुंगो लाग्नु भन्दा अघिबाट लिएको तायदातीलाई कायम गरी बिगो भराई पाउँ भनी दिन पाउने सो तायदातीलाई मान्यता दिन र लिलाम गर्न पाउने व्यवस्था ऐनले गरेको नदेखिएबाट लिलाम दण्डसजायको ४२ नं. विपरीत भई प्रत्यक्ष कानुनी त्रुटि देखिने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३६२ - उत्प्रेषणको आदेश जारी गरिपाउं

 फैसला मिति:२०३७/०१/२६  डिभिजन वेन्च इजलास  २२४२
 पुनरावेदक/ प्रतिवादी : जि.पर्सा वीरगञ्ज न.पं.वार्ड नं. १३ बस्ने जादोलाल साहबसमेत बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार शिक्षा मन्त्रालय समेत

प्रमुख जिल्ला अधिकारीबाट लेखेको पत्रमा दिन् ३५ को म्याद दिएको छ तापनि सो म्याद केवल जग्गाको प्रमाणले पाउने मुआब्जा उठाइलिनको लागि सम्म म्याद तोकिएको देखिँदा सो पत्रलाई जग्गा प्राप्ति ऐन, ०३४ अनुसारको पत्र हो भन्न नमिल्ने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३६१ - उत्प्रेषणको आदेश जारी गरिपाउं

 फैसला मिति:२०३७/०३/१६  डिभिजन वेन्च इजलास  २१२८
 पुनरावेदक/ प्रतिवादी : जि. सुनसरी महेन्द्रनगर गा.पं. वडा नं ५ बस्ने हेमराज घिमिरे बिरुद्ध विपक्षी/वादी : ऐ ऐ. बस्ने टेकबहादुर गुरुङ समेत

दुईथरले शान्ति कायम गर्न केही कुरा उल्लेख गरी कागज गर्छ भने त्यसको एउटा भागलाई मात्र प्रमाण लिई निर्णय गर्नु त्रुटिपूर्ण हुने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३६० - बइजति

 फैसला मिति:२०३७/०२/०२  डिभिजन वेन्च इजलास  २७०६
 पुनरावेदक/ प्रतिवादी : ल.पु.जि. न.पं. वडा नं. ५ अन्तर्गत स्थित आदर्श विद्या मन्दिरका सस्थापक तथा प्रिन्सिपल प्रधानाध्यापक सत्यनारायणबहादुर श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : का.जि. का.न.पं. वडा नं. २३ अन्तर्गत झोंछे बस्ने न्यूलाईट नामक साप्ताहिक पत्रिकाका सम्पादक तथा प्रकाशक गोपाल गुरुङ

गाली बेइज्जती ऐन, २०१६ को दफा १० ले वादीलाई जरीवाना गर्दा उक्त दफामा उल्लेख भएका पूर्वाधारहरू उल्लेख गरी सो आधारमा जरीवाना गर्नसकिने व्यवस्था भएको देखिन्छ । पूर्वाधारहरूको उल्लेख नगरी केवल जरीवाना मात्र गर्न ऐनले मिल्ने देखिँदैन । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३५९ - उत्प्रेषणको आदेश जारी गरिपाउं

 फैसला मिति:२०३७/०३/२८  फूल बेन्च इजलास  २२०६
 पुनरावेदक/ प्रतिवादी : राष्ट्रिय वाणिज्य बैंकका सञ्चालक समितिको तर्फबाट अख्तियार प्राप्त सो बैंकका प्रमुख व्यवस्थापक अच्यूतप्रसाद पौडेलसमेत बिरुद्ध विपक्षी/वादी : का.जि.नक्साल भगवतीबहाल बस्ने योगेन्द्रकुमार श्रेष्ठ

कसूर अनुसारको सजाय हुने कानुनी व्यवस्थामा कसूर नै फरक हुनगयो भने त्यो सजाय पनि स्वभावैले फरक हुने हुँदा बदर हुन्छ । एउटा दोष लगाएकोमा अर्को दोष लगाएको हो भनी निर्णय गर्दा मुद्दाको तथ्य नै बोध नभई कसूर अनुसारको सजाय नहुने हुनाले मुद्दाको विषय नै त्यस्तो निर्णय गर्नाले उपेक्षा गरेको हुने हुँदा त्यस्तो निर्णयलाई खम्बीर गर्नु भएन, आफ्नो अधिकारक्षेत्रभित्र रही गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गर्न नपर्ने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३५८ - लेनदेन

 फैसला मिति:२०३७/०२/१०  फूल बेन्च इजलास  ३८२२
 पुनरावेदक/ प्रतिवादी : धादिङ जिल्ला नौविसे गा.पं वडा नं. १ देवीथान बस्ने रामेश्वरी उप्रेती बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ वडा नं. ७ जामुनेडाँडा बस्ने नरहरीनन्द पाठक

लेनदेन व्यवहारको ६ नं. मा लिखतमा ब्याज नलखिएकोमा ब्याज पाउँदैन भन्ने उल्लेख भएकोले वादीको दृष्टिबन्धक लिखतमा थैली बुझाउनेको भाखा २ वर्षको मात्र ब्याज बुझाउने उल्लेख भई सो बाहेक धितो चलन नगरी कपाली भएको अवस्थामा थैलीको ब्याज बुझाउने लिखतमा नलेखिएकोले थैली बुझाउने भाखा वर्ष २ पछिको लिखत कपाली भएकोमा थैलीको ब्याज उपरोक्त लेनदेन व्यवहारको नं. ६ को कानुनी व्यवस्थाबाट नै नपाउने हुनाले ब्याज पाउँछ भन्न नमिल्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३५७ - जग्गा खिचोला मेटाई चलन चलाई पाउं

 फैसला मिति:२०३७/०३/१८  फूल बेन्च इजलास  २५५४
 पुनरावेदक/ प्रतिवादी : जि. सुनसरी धरान न.पं. वडा नं ९ बस्ने टंकप्रसाद संज्याल बिरुद्ध विपक्षी/वादी : ऐ ऐ. बस्ने इन्द्रमानको मु.स.गर्ने गोपालमान श्रेष्ठ

(१) घर बनाउनेको ११ नं. को ऐनले घर बनेको मितिबाट १ वर्षभित्र उजूर गर्नुपर्ने सो गरेको नहुँदा घर बनाएको कलममा घर बनाई खिचोला गरे भन्ने वादीको उजूर नपुग्ने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु