विस्तृत खोजी

 
 
 
 
 
      

१० खोजी नतिजाहरु

निर्णय नं. १४८१ - उत्प्रेषण

 फैसला मिति:२०३८/०५/१२  डिभिजन वेन्च इजलास  २७०३
 पुनरावेदक/ प्रतिवादी : निवेदक : बा.अं. भक्तपुर नगरपञ्चायत वडा नं. ३ तचपाल टोल बस्ने सुर्यमान श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : विपक्षी : महालेखा नियन्त्रक कार्यालय कौशी तोसाखाना त्रिपुरेश्वर समेत

पेन्सनको दावी निवेदकले गरेकोमा निजामती सेवा गरेबापत ऐन नियमबमोजिम पाएको पेन्सेनलाई अन्यथा गर्ने श्री ५ को सरकारको निर्णय सामथ्र्य प्राप्ति गर्न पर्याप्त हुँदैन भन्ने कुरा मिति ०३५।१।१ देखि लागू भएको निजामती सेवा नियमावलीको नियम ७ को प्रतिबन्धात्मक वाक्यांश ५ को नियम प्रकाश भएकोबाट प्रष्ट भएको छ । सो नियम लागू हुनुभन्दा अघिको पेन्सन निवेदकले पारिश्रमिक लिए पनि पाउने देखिएको हुँदा मिति ०३५।१।१ को अघिल्लो दिनसम्मको पेन्सन बापतको रुपैयाँ“ निवेदकलाई नदिने भनी गरेको कारवाई समेत उत्प्रेषणको आदेशद्वारा बदर गरिएको छ । पारिश्रमिक नलिएको समयको पेन्सन कानूनबमोजिम हुने हुनाले यस्मा दावी बेगर बोली रहन नपर्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४८० - उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३८/०७/१०  डिभिजन वेन्च इजलास  २५१२
 पुनरावेदक/ प्रतिवादी : निवेदक : जि. रूपन्देही खुदावगर गा.पं. वडा ८ मौजा गुण्डा बस्ने नारायण थारु बिरुद्ध विपक्षी/वादी : विपक्षी : अध्यक्ष प्र.जि.अ.श्री थानेश्वरप्रसाद कोइरालासमेत

खोल्सा तथा पर्ति भएको जग्गा सरकारी वा सार्वजनिक जग्गाको परिभाषाभित्र नपर्ने । (प्रकरण नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४७९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३८/०५/१८  डिभिजन वेन्च इजलास  २०६३
 पुनरावेदक/ प्रतिवादी : निवेदक : रामेछाप जि.वेथाम गा.पं.वार्ड नं. ३ बस्ने यज्ञबहादुर पाण्डेसमेत बिरुद्ध विपक्षी/वादी : विपक्षी : प्रमुख जिल्ला, अधिकारी जि.का.काभ्रेपलाञ्चोकसमेत

रजिष्ट्रेशनको ३५ नं. को देहाय २ मा गरिएको व्यवस्था अनुसार अदालतबाट निर्णय गराउनु भनी सुनाई दिनुपर्नेमा मालपोत कार्यालयबाट सो अनुसार गरेको निर्णय उपर पुनरावेदन परी जाँदा जिल्ला कार्यालय काभ्रेपलाञ्चोबाट वादीले निखन्न पाउने ठहर गरेको देखिएको र रजिष्ट्रेशनको महल ३५ नं. को देहाय २ मा गरिएको व्यवस्था प्रतिकूल छ अतः आफ्नो अधिकारक्षेत्र नाघी जिल्ला कार्यालयबाट गरिएको निर्णय कानूनी त्रुटिपूर्ण देखिँदा सो निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४७८ - उत्प्रेषण वा जुन उपयुक्त हुन्छ जो चाहिने आज्ञा वा आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३८/०५/२९  डिभिजन वेन्च इजलास  ३०१५
 पुनरावेदक/ प्रतिवादी : निवेदक : जि. स्याङजा विरुवा अर्चले गा.पं.वार्ड नं. ६ विरुवा बजार बस्ने मेघ भनिएको भेखबहादुर गुरुङ बिरुद्ध विपक्षी/वादी : विपक्षी : जिल्ला पञ्चायत सचिवालय स्याङजा जिल्ला पञ्चायत स्याङजा

प्राकृतिक व्यक्तिलाई कानूनले वर्जित गरेको देखि बाहेक सबै कुरा गर्ने अधिकार हुन्छ । तर कानूनद्वारा श्रृजित व्यक्तिलाई कानूनले दिएजति अधिकार मात्र प्रयोग गर्ने शक्ति हुन्छ । जिल्ला पञ्चायत एक संगठित संस्था भएकोले यो एउटा कानूनी व्यक्ति हो, कानूनले दिएको अधिकारभित्र रहेर यस्ले आफ्नो क्रियाकलाप गर्नुपर्ने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४७७ - उत्प्रेषणयुक्त प्रतिशेध वा जुन उपयुक्त हुन्छ आज्ञा, आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३८/०५/०८  डिभिजन वेन्च इजलास  २१९७
 पुनरावेदक/ प्रतिवादी : निवेदक : जि.दाङ हल्वार गा.पं.वार्ड नं. ५ हलावारा जितपुर बस्ने ऋषिराज आचार्य बिरुद्ध विपक्षी/वादी : विपक्षी : श्री का.मु.प्रमुख जिल्ला अधिकारी, जिल्ला कार्यालय दाङसमेत

अधिकार नभएको कुरामा अ.बं.१७ नं. अन्तर्गत परेको निवेदनबाट कैफीयत तलब गरी पुनरावेदन सुनेको जस्तो तरीका अपनाई भूमिप्रशासन कार्यालयबाट दाखिल खारेज गरी जग्गाधनी प्रमाणपूर्जा दिने गरी भएको ठहर निर्णयलाई बदर हुने ठहर्छ भनी गरेको प्र.जि.अ.जिल्ला कार्यालय दाङको निर्णयबाट अ.बं. १७ नं. को त्रुटि गरेको देखिने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४७६-१ - अनियमित रूपले मदिरा सञ्चालन गरे भन्ने

 फैसला मिति:२०३८/०५/२१  डिभिजन वेन्च इजलास  ३३६९
 पुनरावेदक/ प्रतिवादी : प्रतिवादी/ पुनरावेदक : मनासलु होटलका मेनेजिङ डाईरेक्टर का.जि.लाजिम्पाट बस्ने हृदयदास श्रेष्ठसमेत बिरुद्ध विपक्षी/वादी : प्रत्यर्थी/वादी : श्री ५ को सरकार अन्तःशुल्क कार्यालय काठमाडौं

मदिरा ऐन, २०३१ प्रारम्भ भएको ऐनले मदिरा राख्नलाई पनि इजाजतपत्र लिनुपर्छ भन्ने कुनै व्यवस्था गरेको देखिएन । मदिरा राख्नु अपराधजन्य कार्य हो भनी उक्त ऐनले दण्डनीय बनाएको नपाइने । (प्रकरण नं. २०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४७५-१ - जबरजस्ती करणी

 फैसला मिति:२०३८/०६/०६  डिभिजन वेन्च इजलास  २२०५
 पुनरावेदक/ प्रतिवादी : वादी : श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : प्रतिवादी : बा.अं. का.न.पं. वार्ड नं. २ लाजिम्पाट बस्ने तीर्थबहादुर राना मगरसमेत

जबरजस्ती करणीको महलको ४ नं. मा उल्लेख भएको हुलहुज्जत गर्ने, जबरजस्ती लग्ने र समाउने इत्यादी जुनसुकै काम गरे पनि जबरजस्ती करणी गर्ने काममा सहयोग पुर्याजएको मान्नु पर्छ । (प्रकरण नं. १४

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४७४-१ - माना चामल

 फैसला मिति:२०३८/०५/०१  डिभिजन वेन्च इजलास  ३२०२
 पुनरावेदक/ प्रतिवादी : निवेदक : का.जि. का.न.पं. वडा नं. २६ कीलागल बस्ने प्राणमाया महजर्ननी बिरुद्ध विपक्षी/वादी : वादी : का.न.पं. वडा नं. २२ टेवहाल बस्ने सानु महर्जन

(१) वादीलाई खान लाउन नदिई घरबाट निकाला गरेमा र निजको साथमा नावालक छोरासमेत भएकोले लोग्ने बाबु उपर फिराद परेको यस्तो अवस्थामा वादीले अंशबण्डाको १० नं. को आधारमा अंशमा दावी गर्न पाउने र वादीलाई प्रतिवादीले कुटपिट गरी घरबाट निकाला गरेको भन्ने तथ्य ठहर भएकोमा लोग्ने स्वास्नीको ४ नं. को ऐन लागू हुने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४७३-१ - दर्ता बदर समेत

 फैसला मिति:२०३८/०६/०४  डिभिजन वेन्च इजलास  २२५५
 पुनरावेदक/ प्रतिवादी : वादी : का.न.पं.वार्ड नं. १७ क्षेत्रपाटी बस्ने भवविक्रम राणा बिरुद्ध विपक्षी/वादी : प्रतिवादी : का.जि. क्षेत्रपाटी धोबीचौर बस्ने कोमलप्रसाद उपाध्याय

अ.बं.१३३ नं. को प्रयोग कुन हालतमा हुने हो भन्ने अधुरो कुरा खुलेकोलाई पुरा गर्न पर्यो. भने मात्र नखुलेको कुरालाई खुलेको अंशबाट कागज गराउन हुन्छ । दर्तावालाको नाम, जग्गाको नाम नै खुल्दैन भने झगडा परेको जग्गा कुन दर्ताको हो वादीको हक कसरी भएको हो नखुलेकोले नै अर्को कागज गराउन पनि सोध्ने कुरा पाइँदैन । यस्तो अधुरो फिरादबाट इन्साफ हुन नसक्ने। (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४७२-१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३८/०६/१६  फूल बेन्च इजलास  २२८०
 पुनरावेदक/ प्रतिवादी : निवेदक : श्री ५ को सरकार अर्थमन्त्रालय अन्तःशुल्क विभाग बिरुद्ध विपक्षी/वादी : विपक्ष : जि.ध.तुल्सीवाई जब्दी गा.प.वार्ड नं. ३ बस्ने बैजनाथ चौधरी

पट्टा कबुलीयत हुँदा ०३२ साल वैशाख १ गतेदेखि ०३२ साल चैत्र मसान्त तक वर्ष १ लाई रकम चलन गर्ने ठेक्का बन्दोबस्त भई सो अवधि समाप्त भएको सूचना नपाए सम्मलाई अमानतमा चलाउनु पर्ने पट्टा कबुलीयत भएको हुँदा दुवै विषयलाई एउटै पट्टा कबुलीयत भएकोले अमानतमा चलाएको अवस्थामा ठेक्काकर, बिक्रीकर र आयकर दिनु नपर्ने भए सो कुरा उक्त पट्टा कबुलीयतमा उल्लेख हुनुपर्ने तर सो नभई उक्त पट्टा कबुलीयतको तपसीलको ४ दफामा प्रचलित दरबन्दी बमोजिम ठेक्काकर, बिक्रीकर र आयकर समेत किस्ताको साथ साथै अग्रिम बुझाउने कबूल भएकोले ठेक्का र बिक्रीकर आयकरमा विपक्षी अन्तःशुल्क विभागले पक्रन पाउँदैन भन्न नमिल्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु