विस्तृत खोजी

 
 
 
 
 
      

२२ खोजी नतिजाहरु

निर्णय नं. १०८०७ - उत्प्रेषण / परमादेश

 फैसला मिति:२०७८/०५/०२  संयुक्त इजलास  ३२१०
 पुनरावेदक/ प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.१० बानेश्वर बस्ने अधिवक्ता मधुकुमार चौलागाईसमेत बिरुद्ध विपक्षी/वादी : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौंसमेत

नेपाल राष्ट्र बैंकले कुनै खास विषयमा अनिवार्य रूपमा नियमहरू बनाउनुपर्ने वा निर्देशिका जारी गर्न नहुने भन्ने बाध्यकारी व्यवस्था नभएको र बैंकले आवश्यक विषयमा निर्देशिका जारी गर्न सक्ने कानूनी व्यवस्था देखिएकोले आवश्यक नियमावली बनाउनु भनी परमादेश जारी गर्न नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०८०६ - उत्प्रेषण / परमादेश

 फैसला मिति:२०७८/०६/११  संयुक्त इजलास  २२०३
 पुनरावेदक/ प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १ स्थित रजिस्टर्ड कार्यालय रहेको बायोमेड इन्टरनेसनल प्रा.लि.को तर्फबाट अख्तियार प्राप्त ऐ. का सञ्चालक चेतन अग्रवाल बिरुद्ध विपक्षी/वादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १३ स्थित सार्वजनिक खरिद पुनरावलोकन समिति, रेडक्रस मार्ग, ताहाचल, काठमाडौंसमेत

पुनरावलोकन समितिलाई बोलपत्र दाता र सार्वजनिक निकायबिच बोलपत्रको सम्बन्धमा निर्णय र सम्झौता हुनुपूर्व पेस भएको बोलपत्रलाई छानबिन गरी निर्णय हुँदा बोलपत्रको छानबिनको कारबाही र निर्णयमा कुनै कानूनी त्रुटि हुन गएको भए पुनरावलोकन समितिले त्यस्तो त्रुटिहरूमा मात्र आवश्यक निर्णय गर्न सक्ने । बोलपत्रदाता र सार्वजनिक निकायबिच बोलपत्रको सम्बन्धमा सम्झौता नै भई सो सम्झौताबमोजिमको कार्य अगाडि बढिसकेपछि भइसकेको सम्झौताको सम्बन्धमा कुनै निर्णय गर्न पुनरावलोकन समितिलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५०(५) ले कुनै अख्तियारी प्रदान गरेको नदेखिने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०८०५ - आयकर (२०६२/०६३)

 फैसला मिति:२०७६/१०/२०  संयुक्त इजलास  १२७४
 पुनरावेदक/ प्रतिवादी : भाइराजाको छोरा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.३० घर भई ऐ. ऐ. वडा नं.३ बालुवाटारस्थित मण्डला हाउसको घरधनी सोनाम राप्‍तेन तुलाधर बिरुद्ध विपक्षी/वादी : आन्तरिक राजस्‍व विभाग, लाजिम्पाट, काठमाडौंसमेत

घर बहालको कारोबारमा मूल्य अभिवृद्धि कर लगाउने हो भने त्यस्तो बहालको प्रयोजन व्यावसायिक निकायले सेवा व्यापारका लागि भएको पुष्टि हुने आधारहरू विद्यमान रहेको हुनुपर्ने l अन्यथा, गैरव्यावसायिक प्रयोजनको लागि घर बहालमा लगाएकोमा करदातालाई मूल्य अभिवृद्धि कर लाग्छ भन्न नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०८०४ - लिखत बदर दर्तासमेत

 फैसला मिति:२०७७/०८/१६  संयुक्त इजलास  २२४७
 पुनरावेदक/ प्रतिवादी : कृषि विकास बैंक लिमिटेड मुख्य कार्यालय रामशाहपथ, काठमाडौंसमेत बिरुद्ध विपक्षी/वादी : स्व. भवानीप्रसादको नाति बुद्धिसागर लामिछानेको छोरा कास्की जिल्ला, पोखरा उपमहानगरपालिका वडा नं. १२ बस्ने प्रकाश लामिछाने

सरकारी कार्यालयको अभिलेखमा रहेको कागजात किर्ते भएको सम्बन्धमा आधिकारिक निकायबाट अनुसन्धान कारबाही नभएको भन्‍ने आधारमा मात्र कसैको व्यक्तिगत सम्पत्ति गैरकानूनी रूपमा हरण हुन नसक्ने । कानूनी रूपमा मन्जुरी गरी लिखत गरी नदिएको अवस्थामा निजको सम्पत्तिमा असर पर्न नसक्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०८०३ - लिखत बदर दर्ता बदर दर्ता

 फैसला मिति:२०७६/११/१८  संयुक्त इजलास  २०८९
 पुनरावेदक/ प्रतिवादी : जिल्ला महोत्तरी भंगहा गाउँ विकास समिति वडा नं.८ बस्ने अच्युतमप्रसाद उपाध्याय ढकाल बिरुद्ध विपक्षी/वादी : जिल्ला महोत्तरी भंगहा गाउँ विकास समिति वडा नं. ८ बस्ने जानकीदेवी ढकालसमेत

घर व्यवहार चलाउने मुख्य व्यक्तिले घर व्यवहार चलाउन अप्ठेरो परेको अवस्थामा पैत्रिक अचल सम्पत्तिको आधासम्म अन्य अंशियारको मन्जुरी नलिईकन आफूखुस गर्न पाउने भन्‍ने हो । यसको मतलब पैत्रिक अचल सम्पत्ति हस्तान्तरण गर्नु पर्दा घर व्यवहार चलाउन अप्ठेरो परेको अवस्था सिर्जना हुनुपर्दछ । घर व्यवहार चलाउने मुख्य व्यक्तिले घर व्यवहार चलाउने प्रयोजनका लागि मात्र पैत्रिक तथा सगोलको अचल सम्पत्ति बिक्री गरी प्राप्‍त नगद रकम घर व्यवहारमै प्रयोग भएको हुनुपर्दछ । त्यस्तो सम्पत्ति हस्तान्तरण गर्दा नगद प्राप्‍त भएको हुनुपर्दछ । नगद प्राप्‍त नगरी हस्तान्तरण गरिएको सम्पत्तिले घर व्यवहार चलाउन कुनै भूमिका निर्वाह गरेको हुँदैन । नगद प्राप्‍त नगरी अन्य कुनै किसिमले सम्पत्ति हस्तान्तरण गरी घर व्यवहार मिलाउनुपर्ने अवस्थाको सिर्जना भएमा पनि सगोलकै हितको लागि हस्तान्तरण गरिएको हुनुपर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०८०२ - बन्दीप्रत्यक्षीकरण

 फैसला मिति:२०७६/११/२०  संयुक्त इजलास  १२३४
 पुनरावेदक/ प्रतिवादी : काठमाडौं जिल्ला, गोकर्णेश्वर नगरपालिका वडा नं.७ तारेभीर घर भई हाल केन्द्रीय कारागार कार्यालय, जगन्‍नाथ देवल, काठमाडौंमा थुनामा रहेको वर्ष २३ को विकास तामाङको हकमा एकाघरको पिता वीरबहादुर तामाङ बिरुद्ध विपक्षी/वादी : जिल्ला प्रशासन कार्यालय, काठमाडौंसमेत

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६९ मा अभियुक्त अदालतमा हाजिर भएको अवस्थामा सवारी दुर्घटनाबाट भएको हानि नोक्सानी भराउने सम्बन्धमा जिल्ला अदालतलाई अधिकार नभई त्यस्तो अधिकार कानूनी प्रावधानअनुसार प्रमुख जिल्ला अधिकारीलाई सुम्पिएको र सो मुताबिक उक्त क्षतिपूर्ति मुद्दा जिल्ला प्रशासन कार्यालयमा दायर भएको देखिएकोले सो दफामा अदालत भन्‍ने शब्द उल्लेख भएकैबाट प्रमुख जिल्ला अधिकारीले उक्त दफा ६९ मा भएको प्रावधानअनुसार गर्नु नपर्ने भन्‍न नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०८०१ - उत्‍प्रेषण

 फैसला मिति:२०७७/११/२६  संयुक्त इजलास  १२५०
 पुनरावेदक/ प्रतिवादी : मानबहादुर पौडेलको नाति‚ उद्धव पौडेलको छोरा‚ जिल्ला झापा साबिक तोपगाछी गाउँ विकास समिति वडा नं. ६ को परिवर्तित कमल गाउँपालिका वडा नं. ४ बस्ने साबिक तोपगाछी गाउँ विकास समितिको भूतपूर्व अध्यक्ष पदमबहादुर पौडेल बिरुद्ध विपक्षी/वादी : झापा जिल्ला कमल गाउँपालिका वडा नं. २ मा कार्यालय रहेको श्री कमल गाउँपालिका झापाका अध्यक्ष मेनुका काफ्लेसमेत

जनताको करबाट सङ्कलित रकमबाट साबिकमा बनेका संरचनाहरूलाई प्रयोजनविहीन बनाउने गरी नयाँ निर्माण गर्नेतर्फ अग्रसर हुनुलाई कानूनी कर्तव्य र दायित्वको पालनाभन्दा व्यक्तिगत स्वार्थबाट प्रेरित भएको मान्नुपर्ने । यस्तो कार्य सुशासनको दृष्टिकोणबाट पनि स्वीकार्य नहुने । राज्यकोषको यस प्रकृतिको दुरूपयोग सार्वजनिक सरोकार र चासोको विषय भएकोले यस्तो विषयमा जिम्मेवार निकायहरू सजग र सचेत रहनु आवश्यक हुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०८०० - कर्तव्य ज्यान

 फैसला मिति:२०७७/१०/१९  संयुक्त इजलास  ९६१
 पुनरावेदक/ प्रतिवादी : शम्भुकुमार जोशीको छोरा जिल्ला मकवानपुर, हेटौंडा नगरपालिका वडा नं. १ घर भई हाल कारागार कार्यालय भिमफेदी थुनामा बस्ने संजोक श्रेष्‍ठ भन्‍ने संजोक जोशी बिरुद्ध विपक्षी/वादी : सुमन कार्कीको जाहेरीले नेपाल सरकार

बन्दकर्ता र बन्द खुलाउने समूहबिच दोहोरो झडप हुँदा घटना भएको, यसै व्यक्तिले मार्ने मनसायले हानेको र यसको ढुङ्गा प्रहारको चोटबाट मृत्यु भएको हो भन्ने स्पष्ट रूपले खुल्न आएको नपाइएको । प्रतिवादीले मार्नको लागि वचन दिएको भन्‍ने सम्बन्धमा वादी पक्षबाट तथ्ययुक्त ठोस सबुत प्रमाण प्रस्तुत गर्न नसकेको अवस्थामा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(४) नं. मा उल्लेख भएको वचन दिने कार्यको अर्थ सामान्य र सतही रूपमा ग्रहण गरिनु नहुने । इच्छित आपराधिक परिणाम प्राप्‍तिका लागि कर्ताको रूपमा आदेश दिने कार्य भएको अवस्था देखिनुपर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०७९९ - फैसला, दोहोरो दर्ता, हालैको बकसपत्र बदरसमेत

 फैसला मिति:२०७८/०९/२८  संयुक्त इजलास  ४०२९
 पुनरावेदक/ प्रतिवादी : वरनको नाति रामलखनको छोरा जिल्ला रूपन्देही, साबिक खुदाबागर गा.वि.स. को हाल धमौली गा.वि.स. वडा नं. ६, अहिरौली बस्ने तप्पानाथ पाण्डे बिरुद्ध विपक्षी/वादी : निरहको नाति रामलोचनको छोरा जिल्ला रूपन्देही, साबिक खुदाबागर गा.वि.स.को हाल धमौली गा.वि.स. वडा नं. ९ बस्ने रामजस अहिरसमेत

जग्गा दर्तासम्बन्धी निर्णय वा पारित लिखत दुईवटा भएमा पहिलो दर्ता वा लिखतले मात्र मान्यता पाउने हुन्छ । तर विधायिका निर्मित कानूनी व्यवस्था दुईवटा भए पछिल्लो कानूनले मान्यता पाउने हुन्छ । त्यस्तै, अदालतको फैसलाको हकमा पनि पछिल्लो मितिमा भएको फैसलाले मान्यता पाउने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०७९८ - बन्दीप्रत्यक्षीकरण

 फैसला मिति:२०७७/१०/२८  संयुक्त इजलास  ९८७
 पुनरावेदक/ प्रतिवादी : गंगाबहादुर तामाङको छोरा नुवाकोट जिल्ला साबिक बुङताङ गा.वि.स. वडा नं. २ को परिवर्तित ऐ.मेघाङ्ग गा.पा.वडा नं. २ स्थायी वतन भई हाल कारागार कार्यालय नुवाकोट विदुरमा थुनामा रहेको अक्कलबहादुर तामाङ बिरुद्ध विपक्षी/वादी : उच्च अदालत पाटन, ललितपुरसमेत

सङ्गठित अपराध निवारण ऐन, २०७० को दफा ९(क) बमोजिम भएको दुई वर्ष कैद लागु औषधसम्बन्धी कसुरमा भएको सजायमा गाभिने प्रकृतिको कैद सजाय नभएर त्यसमा थप हुने (अतिरिक्त) सजाय हो भन्ने कुरा ऐनमा प्रयुक्त “थप” भन्ने शब्दबाट नै प्रस्ट हुने । उक्त दफाबमोजिम हुने ठहर भएको सजाय खापिने प्रकृतिको सजाय होइन; यो सजाय जोडिने वा थप हुने प्रकृतिको सजाय हो । तसर्थ, लागु औषध र सङ्गठित अपराध गरी दुवै कलममा भएको सजायबापत कैद गर्ने भनी कैदी पुर्जी दिई कैदमा राखिएकोलाई कानून प्रतिकूल मान्न नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०७९७ - मानव बेचबिखन तथा ओसारपसार

 फैसला मिति:२०७७/१०/२६  संयुक्त इजलास  १५९८
 पुनरावेदक/ प्रतिवादी : अमासुलाल राजवंशीको छोरा झापा जिल्ला साबिक अनारमनी गा.वि.स. वडा नं.१ घर भई हाल जिल्ला कारागार कार्यालय भद्रपुर झापामा थुनामा रहेको वर्ष २४ को भवानी राजवंशी बिरुद्ध विपक्षी/वादी : झापा जिल्ला अनारमनी गा.वि.स. वडा नं.१० बस्ने मित्र वि.क. समेतको जाहेरीले नेपाल सरकार

फौजदारी कानूनको प्रयोग गर्दा जुन कार्यका लागि कानूनले जे जुन सजायको व्यवस्था गरेको छ, सोहीबमोजिमको कानून प्रयोग गरिनुपर्दछ । कानूनको परिधि नाघेको कुनै एउटा तथ्यको आधारमा ठुलो कसुरजन्य कार्य गर्न लागेको कुराको अनुमान गरी शंकाकै आधारमा गम्भीर प्रकृतिको कसुर गरेको भनी ठहर गर्नु हामीले अनुशरण गरी आएको फौजदारी न्यायका मान्य सिद्धान्तविपरीत हुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०७९६ - बहुविवाह

 फैसला मिति:२०७७/११/२८  संयुक्त इजलास  ३०७९
 पुनरावेदक/ प्रतिवादी : जयन्ती बुढाथोकीको जाहेरीले नेपाल सरकार बिरुद्ध विपक्षी/वादी : जिल्ला सल्यान, खलंगा गा.वि.स. वडा नं. ५ घर भई हाल कपिलवस्तु जिल्ला महेन्द्रनगर गा.वि.स. वडा नं. ६ विरपुर बसाइँ सरी आई हाल ऐ. जिल्ला, वरकलपुर गा.वि.स. वडा नं.९ डुमरामा डेरा गरी बस्‍ने कृष्णबहादुर बुढाथोकीसमेत

बहुविवाह सरकारवादी फौजदारी मुद्दा भएकाले उक्त कसुरको जानकारी जाहेरवालालाई कहिले भयो भन्दा पनि उक्त कसुरको सम्बन्धमा अनुसन्धान गर्ने निकाय वा अधिकारीलाई कहिले जानकारी प्राप्त भयो र जानकारी प्राप्त भएपछि आवश्यक अनुसन्धान तहकिकात गरी कानूनबमोजिमको हदम्यादभित्र मुद्दा दायर भयो कि भएन भन्ने कुराले नै महत्त्व राख्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०७९५ - उत्प्रेषण / परमादेश

 फैसला मिति:२०७७/११/२१  संयुक्त इजलास  १२७९
 पुनरावेदक/ प्रतिवादी : नारायण सुवेदीको नाति टिकाप्रसाद सुवेदीको छोरा काठमाडौं जिल्ला बुढानिलकण्ठ नगरपालिका वडा नं. १३ कपन बस्‍ने वर्ष ५२ को अरूणकुमार सुवेदी बिरुद्ध विपक्षी/वादी : उच्च अदालत पाटन, हेटौंडा इजलाससमेत

लेनदेन मुद्दाबाट बिगो भराई पाउने ठहरी फैसला भएकोमा सो ऋण लिने निवेदकले फैसला कार्यान्वयन हुँदा कानूनबमोजिम हुने दायित्‍व निर्वाह गर्नुपर्ने । फैसलाबमोजिम साहुको बिगो तिर्नुपर्ने कानूनी कर्तव्य ऋणीमा रहने । फैसला गरेर मात्र होइन फैसला कार्यान्वयन गर्नु पनि अदालतको अनिवार्य र महत्त्वपूर्ण दायित्व हुने । लामो अवधिसम्म साहुको ऋण नतिर्ने नियतबाट विभिन्‍न बहाना बनाई कानूनको छिद्र खोजी फैसला कार्यान्वयनको कार्यमा बाधा अड्चन देखाइरहनु उपयुक्त र मनासिब नहुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०७९४ - हक फिर्ता

 फैसला मिति:२०७७/१२/१२  संयुक्त इजलास  १२८६
 पुनरावेदक/ प्रतिवादी : झुपलाल पुनको छोरी जिल्ला बाँके रझेना गा.वि.स. वडा नं.७ बस्ने पवित्रा पुन (खड्का) बिरुद्ध विपक्षी/वादी : तिलकबहादुर खड्काको छोरा जिल्ला रूकुम पोखरा गा.वि.स. वडा नं.४ पोखरा गाउँ बस्ने कमलाल खड्का

पुनरावेदक प्रतिवादीले आफ्नो नाउँमा रहेको जग्गामा रहेको आफ्नो हकअधिकार तथा स्वामित्व त्याग गरी सो जग्गाबाट आफूले अंश नलिने भन्‍ने निजको फिराद जिकिर नभई, आफ्नो नाउँमा उक्त जग्गा दर्ता रहेकै कारण निजले लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद हुँदा आफ्नो पतिबाट अंश नलिने भनी, अंशमा दाबी नगरी सम्बन्ध विच्छेद तर्फ मात्र मागदाबी लिई फिरादपत्र दर्ता गरेबाट उक्त जग्गामा निजको स्वमित्व समाप्‍त भएको भनी अदालतले अनुमान गर्नु न्यायोचित नहुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०७९३ - कर्तव्य ज्यान

 फैसला मिति:२०७७/०३/२३  संयुक्त इजलास  १२३४
 पुनरावेदक/ प्रतिवादी : गोपाल कुँवरको नाति जहरे कुँवरको छोरा डोटी जिल्ला साबिक गाँजरी वडा नं. २ पालेवन घर भई हाल कारागार कार्यालय डोटीमा थुनामा रहेको वर्ष ४२ को माहासिंह कुँवर बिरुद्ध विपक्षी/वादी : चक्रबहादुर कुँवरको जाहेरीले नेपाल सरकार

लासलाई फाल्ने कुरा भनेको मृत्युपछिको अवस्था हो । प्रतिवादीले मारिसकेपछि लास कहाँ राख्यो वा कसरी फाल्यो भन्ने कुराले प्रतिवादीको कर्तव्य गरी मार्नुपूर्वको मनसायलाई सामान्यतया प्रतिबिम्बित गर्दैन । प्रतिवादीको मृतकलाई मार्ने अवस्थासम्म कस्तो प्रकृतिको मनसाय थियो भनी हेर्नुपर्ने हुन्छ र सोही आधारमा प्रतिवादीउपर आपराधिक दायित्व रहने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०७९२ - सार्वजनिक बाटो यथावत् कायमसमेत

 फैसला मिति:२०७७/१०/१९  संयुक्त इजलास  २६१२
 पुनरावेदक/ प्रतिवादी : लक्ष्मीदास महर्जनकी नातिनी, तुल्सीदास महर्जनकी छोरी, काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. ९ बस्ने लक्ष्मीदेवी महर्जन बिरुद्ध विपक्षी/वादी : कृष्‍णराज पाण्डेकी छोरी, भैरवदत्त लोहनीको बुहारी, वलराम लोहनीकी श्रीमती, काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. ९ बस्ने स्वस्तिका लोहनी

न्यायिक निकायबाट मुद्दाको रोहमा फैसला गर्दा वादीले दाबी लिएको सम्पूर्ण विषयमा दाबी पुग्ने हो, होइन भनी निर्णय नगरी वादीले दाबी लिएको केही विषयमा मात्र निर्णय गरी फैसला गर्न मिल्ने नदेखिने । अर्थात्, मुद्दाको रोहमा न्यायिक निकायले फैसला गर्दा वादीले लिएका सम्पूर्ण दाबीहरू पुग्न सक्ने नसक्ने सम्बन्धमा एकैपटक निर्णय गर्नुपर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०७९१ - उत्प्रेषण / परमादेश

 फैसला मिति:२०७७/१२/२५  संयुक्त इजलास  १०१२
 पुनरावेदक/ प्रतिवादी : सोनाइ महतोको नाति धनपति महतोको छोरा सिराहा जिल्ला साबिक अर्नमा गा.वि.स. वडा नं. २ हाल ऐ. परिवर्तित गोलबजार नगरपालिका वडा नं. ४ बस्ने वर्ष ३६ को सुनिलकुमार सिंहसमेत बिरुद्ध विपक्षी/वादी : जिल्ला प्रशासन कार्यालय, सिराहासमेत

उपभोक्ता संरक्षण ऐन, २०७५ को प्रक्रियाअनुसार पसलमा भएको सिलबन्दीको कारणबाट कुनै क्षति भयो भएन वा भएको भए के कति भयो भन्ने कुराको निर्क्योल प्रमाण बुझी त्यसको मूल्याङ्कन गरी निर्णयमा पुग्नुपर्ने । सिलबन्दीका कारण भएको क्षतिपूर्तिको विषयमा कानूनले मुद्दा हेर्ने निकाय तोकेको अवस्थामा सो साधिकार निकायमा दाबी प्रस्तुत गर्नुपर्ने देखिँदा उपभोक्ता संरक्षण ऐनको कार्यान्वयनबाट भएको क्षतिको क्षतिपूर्तिको विषयमा अदालतको रिट क्षेत्रबाट निर्णय गर्न नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०७९० - उत्प्रेषण / परमादेश

 फैसला मिति:२०७८/०५/२१  संयुक्त इजलास  ८४०
 पुनरावेदक/ प्रतिवादी : सिराहा जिल्ला, साबिक गोविन्दपुर गा.वि.स. वडा नं. १ परिवर्तित लाहान नगरपालिका, वडा नं. २४ बस्ने प्रताप गिरीको छोरा पवन गिरीसमेत बिरुद्ध विपक्षी/वादी : त्रिभुवन विश्वविद्यालय, सेवा आयोग मुकाम, ऐ.ऐ.को कार्यालय कीर्तिपुरसमेत

प्रतिस्पर्धात्मक विश्‍वव्यापीकरणको वर्तमान समयमा कुनै पनि राज्यका प्रतिष्ठित संस्थाहरूले आफूलाई विश्‍वमा नै प्रतिस्पर्धात्मक बनाउनका साथै आफ्नो गौरवमय इतिहास, परम्परा र समयानुकूल परिवर्तन गर्नुपर्ने । कुनै पनि विषयको विषयविज्ञ आफ्नो राज्यमा उपलब्ध नभएको भनी फरक विषयको विज्ञलाई विषय विज्ञका रूपमा मनोनित गरी विश्वविद्यालय जस्तो प्राज्ञिक संस्थामा प्राध्यापकहरू नियुक्त गर्ने कार्यहरू सम्पादन गर्दै जाने हो भने त्यसले उक्त संस्थाको साथै राज्यको मान प्रतिष्ठामा आँच आउनुका साथै राज्यको पुरानो र इतिहास बोकेको शैक्षिक संस्थाप्रतिको विश्वसनीयतामा ह्रास आउन सक्ने सन्देश जाने अवस्थाको सिर्जना हुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०७८९ - उत्प्रेषण / परमादेश

 फैसला मिति:२०७७/१२/२६  संयुक्त इजलास  १२९६
 पुनरावेदक/ प्रतिवादी : शिवप्रसाद खनालको छोरा धादिङ जिल्ला धादिङ गा.वि.स. वडा नं. ५ कुम्पुर बस्ने वर्ष १९ को सरोज खनालसमेत बिरुद्ध विपक्षी/वादी : चिकित्सा शिक्षा आयोग, सिंहदरबार काठमाडौंसमेत

विदेश स्थित विश्वविद्यालयमा चिकित्साशास्त्र अध्ययन गर्न चाहने विद्यार्थीहरूले नेपालमा प्रवेश परीक्षा उत्तीर्ण हुनुपर्ने भनी नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले तोकेको सर्तले योग्य व्यक्तिलाई भर्ना हुन निषेध नगरी अयोग्य व्यक्तिलाई मात्र भर्ना हुन रोक्ने हुनाले यसले गुणस्तरीय चिकित्सक उत्पादन हुने कुरालाई सुनिश्चित गरेको देखिने । पारा मेडिकल अध्ययन गर्ने विद्यार्थीलाई मात्र वञ्चित गर्ने नियत राखी सर्त वा योग्यता तोकिएको नभई सबैलाई समान रूपमा आकर्षित हुने गरी तोकिएको सर्तलाई अन्यथा भन्न नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०७८८ - डाँका चोरी

 फैसला मिति:२०७८/०९/२६  संयुक्त इजलास  १७७५
 पुनरावेदक/ प्रतिवादी : मोहनलाल रोकासमेतको जाहेरीले नेपाल सरकार बिरुद्ध विपक्षी/वादी : जिल्ला रोल्पा, धवाङ गा.वि.स. वडा नं.१ बस्ने मेघबहादुर डाँगीको छोरा किरण डाँगीसमेत

सामान्यतया मुचुल्काहरू गर्दाको बखत साक्षी तथा रोहबरमा बस्ने व्यक्तिहरू सोही वडाको बासिन्दा वा जनप्रतिनिधि रहेको हुनुपर्छ, यसो गरेमा उक्त कागजले प्रमाणको गुणता बढाउने हुँदा मुचुल्काहरू तयार गर्दा यस्ता कुरालाई ध्यानमा राख्नुपर्ने । विभिन्न वडामा रहेका प्रतिवादीहरूको घरमा गई भएका खानतलासी मुचुल्काहरूमा एकै व्यक्ति मात्र रोहबरमा रहनुले त्यस्तो खानतलासी मुचुल्का शंकारहित नदेखिने ।

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु