विस्तृत खोजी

 
 
 
 
 
      

३३ खोजी नतिजाहरु

निर्णय नं. २१७५ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/११/२७  डिभिजन वेन्च इजलास  ५७५
 पुनरावेदक/ प्रतिवादी : इन्द्रप्रसाद प्रसाई जि.झापा धुलावारी गा.पं. वडा नं. ४ बिरुद्ध विपक्षी/वादी : भूमिसुधार कार्यालय चन्द्रगढी झापा पद्‌म बहादुर कठेत जि. झापा धुलावारी गा.पं. वडा नं. २

 मुद्दा परेको सालभन्दा पछिको वर्ष के भयो के भएन भन्ने कुरा उक्त मुद्दामा निष्कासन सम्बन्धमा आधार हुन सक्दैन । (प्रकरण नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१७४ - उत्प्रेषण समेतको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/११/२५  डिभिजन वेन्च इजलास  ५९३
 पुनरावेदक/ प्रतिवादी : भक्तपुर जिल्ला ठिमी चपाचो गा.पं. वडा नं. १ बस्ने जितकृष्ण चित्रकार बिरुद्ध विपक्षी/वादी : भू.सु. अधिकारी, भूमिसुधार कार्यालय काठमाडौं काठमाडौं जिल्ला कोटेश्वर गा.पं. वडा नं. १ ऐ को हाल ऐ न.पं. वडा नं. ९ सिनामंगल बस्ने दधी बहादुर खत्री

 भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३६ को उपदफा (२) बमोजिम कूत बुझाउने म्याद नाघेको ३० दिनभित्र कूत बापतको रकम जग्गाधनीले बुझी नलिएमा धरौट राख्न सक्ने व्यवस्था गरेको पाइने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१७३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/११/२७  डिभिजन वेन्च इजलास  ६२६
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पं. वडा नं. १७ क्षेत्रपाटी ढल्को टोल बस्ने बद्रीमान नकर्मी बिरुद्ध विपक्षी/वादी : बागमती अञ्चल अदालत काठमाडौं जिल्ला अदालत विगो फाँट काठमाडौं नेपाल बैंक लिमिटेड क्षेत्रपाटी शाखाका प्रवन्धक हिरण्य केशर बज्राचार्य

 रिट निवेदकले ऋण लिँदा लेखेको वतनलाई नै देखाई प्रत्यर्थी बैंकले फिराद गरेको र फिरादमा लेखिएको वतनमा म्याद तामेल भएको पाइन्छ । रिट निवेदकले ऋण लिँदा नधल क्वाडो वतन लेखिएको होइन भन्न सकेको देखिन्न । यस स्थितिमा रिट निवेदकको जिकिर सारयुक्त छ भन्न मिलेन । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१७२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/११/२७  डिभिजन वेन्च इजलास  ५४४
 पुनरावेदक/ प्रतिवादी : जि.मोरङ ढुकुवा गा.पं. वा.नं. ६ बस्ने घमण्डीलाल राजवंशी ऐ ऐ बस्ने मामलासरी ऐ ऐ बस्ने मोतिलाल ऐ ऐ बस्ने सत्य नारायण बिरुद्ध विपक्षी/वादी : जिल्ला कार्यालय भूमिप्रशासन शाखा मोरङ कोशि अञ्चल अदालत धरान

 अन्य व्यक्तिको हक सृजित भई लामो अवधिसम्म विलम्ब गरी पर्न आएको प्रस्तुत रिट निवेदनमा यस अदालतको असाधारण अधिकार क्षेत्रको प्रयोग गर्नु उपयुक्त नहुने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१७१ - लेनदेन

 फैसला मिति:२०४१/११/२१  डिभिजन वेन्च इजलास  ५३८
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पं. वडा नं. ११ त्रिपुरेश्वर बस्ने कुशकुमार खनाल बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने हिमाम्सुकुमार शर्मा

 कानुन अनुरूप नभएको त्यस्तो लिखतको आधारमा नालिश सुनी इन्साफ गर्न कानुनसंगत नहुने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१७१ - लेनदेन

 फैसला मिति:२०४१/११/२१  डिभिजन वेन्च इजलास  ५३४
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पं. वडा नं. ११ त्रिपुरेश्वर बस्ने कुशकुमार खनाल बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने हिमाम्सुकुमार शर्मा

 कानुन अनुरूप नभएको त्यस्तो लिखतको आधारमा नालिश सुनी इन्साफ गर्न कानुनसंगत नहुने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१७० - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 फैसला मिति:२०४१/११/१०  डिभिजन वेन्च इजलास  ५३०
 पुनरावेदक/ प्रतिवादी : का.न.पं. वा.नं. १५ डल्लु ढिमेली बस्ने नन्दकुमारी श्रेष्ठ ऐ ऐ बस्ने चन्द्र बहादुर श्रेष्ठ ऐ ऐ बस्ने बासुदेव प्रसाद श्रेष्ठ ऐ ऐ बस्ने ओम कृष्ण श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने जमुनादेवी श्रेष्ठ प्रधान पञ्च, काठमाडौं नगर पञ्चायत

 बिना सबूत प्रमाण केवल उजूरीको भरमा निवेदकले दिएको नक्सा दर्खास्त खारेज गरी दिने गरेको नगरपञ्चायतको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१६९ - जग्गाबाली

 फैसला मिति:२०४१/११/०४  फूल बेन्च इजलास  ४९७
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पं. वा.नं. ३१ बस्ने केशरबहादुर के.सी. बिरुद्ध विपक्षी/वादी : भीमलाल हुमागाइँको मु.स. गर्ने जि.सुनसरी विष्णु पाठका गा.पं. वा.नं. ५ बस्ने नरेन्द्रप्रसाद हुमागाइँ जि. मोरङ विराटनगर न.पं. वार्ड नं. ४ बस्ने रुद्र बहादुर हुमागार्इ ऐ ऐ बस्ने राम प्रसाद हुमागार्इ

 आफूले पाएको जग्गा अरू व्यक्तिहरूलाई हक छोडी दिइसकेपछि ती जग्गाहरूमा त्यस्तो हक छाडी दिने व्यक्तिको हक अधिकार रहने स्थिति नै पर्दैन । (प्रकरण नं. ३१)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१६८ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 फैसला मिति:२०४१/११/११  फूल बेन्च इजलास  ५५३
 पुनरावेदक/ प्रतिवादी : भक्तपुर जिल्ला भ.पु.न.पं. वार्ड नं. १० बस्ने भक्तपुर अस्पतालको प्याथोलोजिष्ट डा. कृष्णबहादुर कर्माचार्य बिरुद्ध विपक्षी/वादी : लोकसेवा आयोग, विशालनगर काठमाडौं श्री बढुवा समिति, स्वास्थ्य मन्त्रालय रामशाहपथ, काठमाडौं

 “निकासा नहुँदै बिदा बसी पछि गयल भएको अवधिको लागि बिदाको निवेदन परी सो बिदा स्वीकृति भएमा” भन्ने व्यवस्था भएबाट निकासी नहुँदा बिदा बसेमा पनि सो बिदा स्वीकृत हुन सक्ने हुनाले त्यसरी स्वीकृत भएको बिदालाई गैरकानुनी भन्न मिलेन । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१६७ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 फैसला मिति:२०४१/११/०४  फूल बेन्च इजलास  ६७७
 पुनरावेदक/ प्रतिवादी : : का.जि. लाजिम्पाट स्थित युनाइटेड ट्रेडर्स सिन्डिकेट (प्रा.) लि.को तर्फबाट ऐ को मेनेजिङ्ग डाइरेक्टर विजन गजानन्द वैद्य बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार जलस्रोत मन्त्रालय, काठमाडौं नारायणी अञ्चल सिंचार्इ विकास समिति मार्फत नारायणी अञ्चल सिंचार्इ विकास योजना, बहुअरी बिरगन्ज नारायणी अञ्चल सिंचार्इ विकास योजना, बहुअरी विरगन्ज, पर्सा जिल्ला श्री ५ को सरकार अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, केन्द्रीय तहसिल कार्यालय त्रिपुरेश्वर मार्ग

 विकास समिति ऐन, २०१३ बमोजिम गठित योजनाको लेखा परीक्षण नेपालको संविधानको धारा ७६(१) बमोजिम महालेखा परीक्षकद्वारा हुने भए पनि लेखा परीक्षणमा देखिएको बेरूजु फर्छ्यौट गराउने कार्य सरकारी असूल फर्छ्यौट ऐनको परिधिभित्र पर्न आउने देखिँदैन । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१६६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/११/०४  फूल बेन्च इजलास  ५३२
 पुनरावेदक/ प्रतिवादी : ल.न.पु.न.पं. वडा नं. ४ बस्ने ठुलीनानी थापा मगर बिरुद्ध विपक्षी/वादी : श्री मध्यमाञ्चल क्षेत्रीय अदालत, काठमाडौं ल.पु. न.पं. वडा नं. १८ गावहाल बस्ने रत्न विर वाँडा

 दुवै पक्षको छुट्टाछुट्टै बयान गराई दुवै पक्षको सुनुवाई एकैसाथ भएकोबाट प्राकृतिक न्याय सिद्धान्त बिपरीत कारवाई तथा निर्णय भयो भन्न मिल्ने अवस्था देखिएन । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१६५ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 फैसला मिति:२०४१/०१/१०  फूल बेन्च इजलास  ५५९
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पं. वडा नं. ३३ ज्ञानेश्वर बस्ने राजीव दाहाल उपाध्याय बिरुद्ध विपक्षी/वादी : का.जि. भद्रकाली स्थित गुठी लगत तथा तहसील कार्यालय

 आफूले बकसपत्र पाई आफ्नो हक हुन आएको जग्गासँग सम्बन्धित विषयको कुनै पनि कागजातको नक्कल लिन पाउने हक नेपालको संविधानको धारा ११ को उपधारा २(ङ) तथा धारा १५ ले सुरक्षित गरेको छ । (प्रकरण नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१६४ - दोहोरो लिखित बिक्री बदर

 फैसला मिति:२०४१/११/१५  फूल बेन्च इजलास  ५२१
 पुनरावेदक/ प्रतिवादी : जिल्ला प्यूठान सापडाँडा गा.पं. वार्ड नं. ४ विजवार टारी बस्ने बलबहादुर भण्डारी बिरुद्ध विपक्षी/वादी : प्यूठान जिल्ला सापडाँडा गा.पं. वार्ड नं. ४ बस्ने ऋषिराम भण्डारी मरी भु.स. गर्ने मदनदेव भण्डारी

 ऐन अनुसार अचल सम्पत्ति एकालाई लिखत गरेर दिएको छ र त्यही सम्पत्ति अर्को व्यक्तिलाई कुनै पनि व्यहोराले लिखत गरी दिइन्छ भने त्यो दोहोरी लिखत हुने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु