३० खोजी नतिजाहरु
(१) विवादीत जग्गा सार्वजनिक हो वा होइन सो विषयमा निषेधाज्ञा प्रकृति मुद्दाबाट बोल्न नसकिने ।
(प्रकरण नं. ११)
(२) सार्वजनिक हो वा होइन भन्ने ठहर बिना सोझै कसैको सम्पत्ति माथि अनाधिकार रोक लगाउन पाउने अधिकार नगर पञ्चायतलाई कुनै ऐनले पनि प्रदान गरेको नपाइने ।
(प्रकरण नं. ११)
पूर्ण पाठ हेर्नुहोस्
(१) ऐनमा प्रष्ट नभएको अधिकारलाई आफूमा निहित भएको सम्झी सो को प्रयोग कुनै पनि निकायले गर्न मिल्दैन ।
(प्रकरण नं. ८)
(२) अनाधिकृत निकायबाट कागज गराएकै भए पनि त्यस्तो कागजले कानुनी मान्यता प्राप्त गर्न नसक्ने ।
(प्रकरण नं. ८)
पूर्ण पाठ हेर्नुहोस्
पुनरावेदकले कार्यबाट लाभ उठाउन र खान पाएको र खाइसकेको भन्न मिल्ने अवस्था नभएकोले पुनरावेदकलाई बिगो बमोजिम जरिवाना र कैद गर्ने गरेको इन्साफ मिलेको देखिएन । कीर्ते कागजका ७ नं. बमोजिम जम्मा बिगोको आधा मात्र जरिवाना गर्नु पर्नेमा, बिगो बमोजिम जरिवाना र थप कैद गर्ने गरेको सम्म इन्साफ नमिलेको ।
(प्रकरण नं. २५)
पूर्ण पाठ हेर्नुहोस्
(१) घरेलु उद्योगको रुपमा दर्ता भई उत्पादन शुरु गरेको देखिन आएको उद्योगको सम्बन्धमा औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १२(ग) बमोजिम उत्पादन (शुरु भएको) अर्थात् सञ्चालन मितिदेखि ५ वर्षसम्मको लागि अन्तःशुल्क नलाग्ने कानुनी व्यवस्था भएको पाइने ।
(प्रकरण नं. ८)
पूर्ण पाठ हेर्नुहोस्
(१) मृतक माथि चोट छाडेको भन्ने कुरा देखिन नआए तापनि घटनास्थलमा रहेको कुराको पुष्टि हुन आएबाट ज्यान मार्नमा मुख्य भई षडयन्त्रमा पसेको भन्ने देखिन आएको हुँदा ज्यानसम्बन्धी महलको १६ नं. बमोजिम ५ वर्ष कैद हुने ।
(प्रकरण नं. ३३)
पूर्ण पाठ हेर्नुहोस्
पुनरावेदक/ प्रतिवादी : इञ्जिनियरङ कन्ट्रयाक्टर, बागबजार, काठमाडौंका प्रो.काठमाडौं नगर पञ्चायत वडा नं.३१ बस्ने दिब्यमान श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : खोटो व्यवस्थापन आयोजना, वन पैदावार विकास समिति श्री ५ को सरकार वन मन्त्रालय, बबरमहल, काठमाडौंसमेत
(१) निवेदकको माग बमोजिमको आदेश जारी गर्न निष्प्रयोजित हुन जाने देखिएकोले जिकिर लिएको कुरामा विचार गर्न मिलेन ।
(प्रकरण नं. १५)
पूर्ण पाठ हेर्नुहोस्
(१) झगडा परेको जग्गा प्रतिवादीको हो भन्ने कुराको तथ्ययुक्त आधार प्रमाण पनि देखिँदैन । यस्तोमा वादी दावी नपुग्ने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको देखिएन ।
(प्रकरण नं. १५)
पूर्ण पाठ हेर्नुहोस्
(१) शेषपछि खान पाउने गरी आएको सम्पत्तिको हक कायम हुन नपाउँदै शेषपछिको बकसपत्र दिने धनलक्ष्मी जीवित अवस्थामा ज्ञानमान परलोक भएको हुनाले सो शेषपछिको बकसपत्र स्वतः निस्कृय हुन गई सो को बकसपत्रबाट पनि प्रतिवादीहरूको हक हुने अवस्था रहेन ।
(प्रकरण नं. १५)
(२) मर्नेको नाउँ दर्ताको जग्गाको तिरो हस्तेवारीबाट तिरेको आधारमा मात्र प्रतिवादीहरूलाई हक प्राप्त व्यक्ति भन्न मिलेन ।
(प्रकरण नं. १५)
पूर्ण पाठ हेर्नुहोस्
(१) अनिवार्य अवकाश पाउने उमेरको हिसाब निजले नै भरेको सिटरोलमा उल्लिखित उमेरबाट कायम गर्नु पर्ने ।
(प्रकरण नं. १४)
पूर्ण पाठ हेर्नुहोस्
(१) सरजमीनको व्यहोरा र अदालतमा बकेको बकपत्र एकरुप नभई फरक परेको देखिन्छ । त्यस्तो फरक फरक गरी बकेको बकाइलाई आधार मान्न मिल्ने देखिँदैन ।
(प्रकरण नं. २५)
पूर्ण पाठ हेर्नुहोस्