विस्तृत खोजी

 
 
 
 
 
      

३० खोजी नतिजाहरु

निर्णय नं. ३६०८ - कर्तव्य ज्यान

 फैसला मिति:२०४५/०३/१४  संयुक्त इजलास  १७१३
 पुनरावेदक/ प्रतिवादी : रत्नबहादुरको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : नवलपरासी गा.पं.कावास्वती रैतान सेरी सुकुम्बासी टोल बस्ने रत्नबहादुर पुलामी मगर

(१) आफ्नो श्रीमती माइतबाट घर जाउँ हिंड भनी भन्दा जान्न भनी भनेकोबाट तत्काल उठेको रिसले कर्तव्य गरी मारेको भन्ने देखिँदा सर्वश्वसहित जन्मकैदको सजायँ गर्दा चर्को पर्ने देखिँदा अ.बं.१८८ नं.ले कैद वर्ष १० हुने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३६०७ - कर्तव्य ज्यान

 फैसला मिति:२०४५/०७/२३  संयुक्त इजलास  १९२२
 पुनरावेदक/ प्रतिवादी : प्र.ना.नि.दीपक रंजीतको प्रतिवेदनले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : विराटनगर न.पं.वार्ड नं. २० बस्ने विद्यालक्ष्मी श्रेष्ठ

(१) मर्नेलाई कर्तव्य गरी मार्नु पर्ने सम्मको कारण परेको भन्ने नदेखिने लोग्नेले रक्सी सेवन गरेको कारणबाट स्वास्नीले लोग्नेसंग झैझगडा गर्नु स्वाभाविक क्रिया हो । तर यत्तिकै कारणबाट मार्नुपर्ने सम्मको रिसइवी परेको मान्न नमिल्ने । (प्रकरण नं. २०) (२) स्वास्नीले लोग्नेलाई रक्सी सेवन नगर्नु भनी सम्झाउनु अस्वाभाविक हैन, रक्सी नखानु भनी तर्साउनको लागि मर्नेलाई निजको श्रीमतीले साधारण काठले कुटेकोबाट निजको लोग्ने मरेको भन्ने देखिँदा यस्तोमा निज प्रतिवादीले ज्यानसम्बन्धीको १३(३) नं. को अपराध गरेको भनी ठहर गर्न नमिल्ने । (प्रकरण नं. २०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३६०६ - ज्यान डाँका

 फैसला मिति:२०४५/०८/२६  संयुक्त इजलास  २०१३
 पुनरावेदक/ प्रतिवादी : गणेशबहादुर लिम्बुको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जिल्ला मोरङ शनिश्चरे गा. पं.वडा नं. १ बस्ने धनबहादुर तामाङ

(१) वारदातमा बरामद भएको हतियार नै प्रयोग भएको थियो भन्ने कुराको तथ्ययुक्त सबूद केही नदेखिँदा तथ्ययुक्त सबूद प्रमाणको अभावमा वारदात भएको एक महिना बाइस दिन पछि बरामद भएको पेस्तोललाई दशीको रुपमा ग्रहण गर्न नसकिने । (प्रकरण नं. २२) (२) केवल अनुमान र शंकाको आधारमा प्रतिवादीहरुले आरोपित कसूर गरेको भनी दोषी ठहर गर्न न्यायसंगत नहुने । (प्रकरण नं. २२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३६०५ - ज्यान

 फैसला मिति:२०४५/०९/०४  संयुक्त इजलास  १८०५
 पुनरावेदक/ प्रतिवादी : इलाम कारागार शाखामा थुनामा रहेकी हर्कमाया लिम्बुनी बिरुद्ध विपक्षी/वादी : हर्कबहादुर लिम्बुको जाहेरीले श्री ५ को सरकार

(१) आफू अविवाहित भई करणी लिनु दिनुबाट गर्भ रही जन्मेको बच्चालाई मारेको भन्ने देखिँदा अविवाहित अरुको करणीबाट गर्भ रहन गई बालिका जन्मेकोले सामाजिक लोकलाजबाट बच्नसम्म अपराध गरेको भन्ने देखिँदा घटी सजायको लागि राय लगाएको मनासिबै हुँदा सो अपराध गरेको अवस्थाको विचारबाट अभियुक्तलाई सर्वश्वसहित जन्मकैदको सजायँ गर्दा चर्को पर्ने देखिन आएकोले अ.बं.१८८ नं.ले निज अभियुक्तलाई कैद वर्ष दश (१०) हुने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३६०४ - जबरजस्ती चोरी र जिउमास्ने बेच्ने

 फैसला मिति:२०४५/०७/२३  संयुक्त इजलास  १७५३
 पुनरावेदक/ प्रतिवादी : दिलमाया गुरुङको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : भारत दार्जिलिङ बस्ने कुमार विश्वकर्मासमेत

(१) विक्री गर्ने नियतले विदेश लगेको भन्ने छ तर बिक्री गरेको भन्ने नदेखिने, बिक्री गर्न नपाउँदै अभियुक्तहरु पक्राउ परेको पनि नदेखिएको, धनमाल लिई होटलमा छाडी गएको भन्ने मात्र मिसिलबाट देखिने अवस्थामा प्रहरी प्रतिवेदन दावी अनुसार अभियुक्तहरुले जिउमास्ने बेच्नेको १ नं.को कसूर गरेको भन्न नसकिने । (प्रकरण नं. १९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३६०३ - विध्वंसात्मक अपराध

 फैसला मिति:२०४५/०२/२४  तीन न्यायाधीशको इजलास  ३०९०
 पुनरावेदक/ प्रतिवादी : रा.पं.का. सचिव श्री श्यामकृष्ण भट्टराई समेतको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जि.धनुषा गा.पं.तारापति सिरसिया वा.नं.८ बस्ने चन्द्र विजय शाहसमेत

(१) प्रचलित नेपाल कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ हुनुभन्दा अघि घटेको तर तत्काल प्रचलित नेपाल कानून बमोजिम अदालतमा मुद्दा दायर भई नसकेको कुनै विध्वंसात्म्क अपराध सम्बन्धमा कुनै कानूनी कारवाही र सजायँ यसै ऐनमा परे सरह मानी यसै ऐन बमोजिम हुनेछ भनी स्पष्ट उल्लेख भएको देखिँदा प्रचलित कानून बमोजिम मुद्दा दायर भई नसकेको अपराधमा कारवाही र सजायँ गर्न विध्वंसात्मक अपराध विशेष (नियन्त्रण तथा सजाय) ऐन, २०४२ बनेको देखिने । (प्रकरण नं. १०२) (२) संविधानको धारा ११(१) मा जेसुकै कुरा लेखिएको भए तापनि संविधानको धारा १७(२) मा उल्लिखित उद्देश्यको लागि राज्यले कानून बनाउन सक्ने र त्यसरी बनेको कानूनको आधारमा, धारा १७(१) का आधारमा त्यस्तो हकहरुको प्रयोगलाई बन्देज समेत लगाउन सक्ने व्यवस्था रहेको, उक्त ऐन संविधानको धारा १७(२) मा उल्लिखित उद्देश्य अनुकूल बनेको प्रष्ट देखिन आएबाट अघि भएको अपराधलाई पछि बनेको ऐनले सजायँ गर्न संवैधानिक तथा ऐनको दफा ११(२) समेतको आधारमा कुनै असर पुर्‍याएको नदेखिँदा यस अपराधमा विध्वंसात्मक अपराध (विशेष नियन्त्रण तथा सजायँ ऐन) बमोजिम कारवाही हुन र सजायँ गर्न समेत संविधान र कानून अनुकूल नै देखिने । (प्रकरण नं. १०२) (३) विध्वंसात्मक अपराध जस्तो संगीन प्रकृति र अवस्थाको अभियोगमा केवल शंकाको भरमा मात्र ठहर गर्न न्यायसंगत नहुँने हुँदा शंकाको सुविधा अभियुक्तहरुले पाउने । (प्रकरण नं. १०४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३६०२ - अंश

 फैसला मिति:२०४५/०९/२९  पूर्ण इजलास  २१८६
 पुनरावेदक/ प्रतिवादी : सर्लाही मलंगवा गा.पं.वा.नं.२ बस्ने रामप्यारीदेवी श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.वा.नं.८ बस्ने कृष्णबहादुर श्रेष्ठ

(१) अंशियारहरुका बीच छुट्टी भिन्न भई आ–आफ्नो व्यवहार गरी आएकोमा मानो छट्टिइएको लिखत हुनु अनिवार्य भएको भन्न नमिल्ने । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३६०१ - चोक खिचोला

 फैसला मिति:२०४५/०८/२८  पूर्ण इजलास  १७०९
 पुनरावेदक/ प्रतिवादी : ल.पु.जि.ल.पु.न.पं.वा.नं.१४ महापाल बस्ने लक्ष्मीकृष्ण प्रजापति बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने पूर्णमनि शाक्य मरी मुद्दा सकार गर्ने निजको बुहारी ऐ.ऐ.बस्ने कुवेरमाया शाक्य

(१) मिलापत्र विवादको चोक विषयमा भएको नदेखिँदा सो मिलापत्र विवादीत चोकको स्वामित्वको सम्बन्धमा प्रमाण लिन नमिल्ने । (प्रकरण नं. १७) (२) घरसारको लिखतको किल्लालाई मान्ने हो भने पारित भएको लिखतको किल्ला निष्प्रयोजन हुन जाने भएकोले घरसारको लिखतमा लेखिएको किल्लालाई मान्न नमिल्ने । (प्रकरण नं. १७) (३) अ.बं.८३ नं. ले बाबुसँग संयुक्त हक राख्ने छोराको फिराद लाग्न नसक्ने देखिँदैन । अ.बं.८२ नं. ले आफ्नो हक लाग्ने कुरामा फिराद गर्न प्रतिबन्ध लगाएको पनि नपाइँदा एका घरसंग बसेका छोराको उजूर दावी लाग्न नसक्ने भन्न नमिल्ने । (प्रकरण नं. १७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३६०० - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४५/०८/०३  पूर्ण इजलास  २४३९
 पुनरावेदक/ प्रतिवादी : मोरङ, २।१७८ तीनपैनी विराटनगर बस्ने गोपालप्रसाद उपाध्याय बिरुद्ध विपक्षी/वादी : सञ्चालक समिति, नेपाल बैंक लिमिटेड धर्मपथ काठमाडौंसमेत

(१) निवेदकलाई दिएको पत्रमा लिखित सफाई उपर विचार हुँदा सो सन्तोषजनक नभई कर्मचारी नियमावलीको दफा ८, ७ को (क) बमोजिम तपाईले आफ्नो पदको काम र जिम्मेवारी पूरा गर्न नसकेको हुँदा दफा ८.१ को (च) बमोजिम सेवाबाट बर्खास्त गरिएको छ भन्ने उल्लेख भएकोबाट निवेदकलाई स्पष्टीकरण माग्दा लगाएको आरोप र बर्खास्त गर्दा लगाएको आरोप अलग अलग भन्न नमिल्ने । (प्रकरण नं. १३) (२) शाखा प्रबन्धकको हैसियतले सो शाखाको काम कारवाहीको अन्तिम जिम्मेवारी निजमा नरहेको भन्न नमिल्ने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३६१७ - उत्प्रेषण

 फैसला मिति:२०४५/१०/११  संयुक्त इजलास  १७६६
 पुनरावेदक/ प्रतिवादी : नेपाल जुट इण्डष्ट्रीजको तर्फबाट सञ्चालक गायत्रीप्रसाद रिजाल बिरुद्ध विपक्षी/वादी : विराटनगर न.पं., कार्यालय

(१) नगरपञ्चायत ऐन, २०१९ को दफा ३९ को (३) बमोजिमको कर रकम आफ्नो क्षेत्र भित्रका घर धनी, जग्गाधनी, व्यापारी वा कुनै पेशा वा व्यवसायमा लागेका व्यक्तिहरुबाट उठाउनु पर्नेमा आफ्नो क्षेत्रभन्दा बाहिर गा.पं.को लागि आयात भएको मेसिनरी सामानहरुमा कर लगाएको कानूनसंगत भयो भन्न नमिल्ने । (प्रकरण नं. १४) (२) नगरपञ्चायत ऐन, २०१९ को दफा ३९(८) बमोजिम सुविधा उपभोग गर्ने व्यक्तिसित कर लिनु पर्ने कानूनी व्यवस्था भएकोमा यसो नगरी उद्योगको लागि आयातित सामानमा नै सोको मोल अनुसार दस्तूर कर असूल गरेको कानूनसंगत भयो भन्न नमिल्ने । (प्रकरण नं. १४) (३) आफ्नो क्षेत्रभन्दा बाहिर गा.पं.मा स्थापित इण्डष्ट्रिजको लागि आयातित मेसिनरीमा विभिन्न सेवा सुविधा दस्तूर कर भनी कर चौकीले सयकडा –।३० पैसा असूल गरेको कानून अनुरुप नहुँदा कानून विपरीतको कर नउठाउनु उठाउन नलगाउनु, उठाइसकेको रकम फिर्ता दिनु भनी नगरपञ्चायत समेतका नाउँमा परमादेशको आदेश जारी हुने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु