११ खोजी नतिजाहरु
वैवाहिक सम्बन्ध कायम रहकै अवस्थामा ९८ सालमा अब्दुल रहीमको जन्म भएको भन्ने मिसिलबाट देखिएको अन्यथा प्रमाणित हुन नआएकोले अब्दुल रहीम सो ऐसाको लोग्ने अब्दुल रेहमानकै सन्तान हो भनी प्रमाण ऐन, ०३१ को दफा ६ अनुसार अदालतले अनुमान गर्नुपर्ने ।
(प्रकरण नं. २७)
पूर्ण पाठ हेर्नुहोस्
लोग्नेको देहान्त पछि मोही हुनलाई जग्गावालाले पत्याएको हुनुपर्ने ।
(प्रकरण नं. ९)
पूर्ण पाठ हेर्नुहोस्
पति पत्नीको सम्बन्ध कायम रहने वा विच्छेद हुने अवस्थाहरू लोग्ने स्वास्नीको १ नं. मा वर्णित भएको र कानुनमा व्यवस्थित कुरामा सबूत प्रमाण बुझी सम्बन्धविच्छेद हुने वा नहुने भन्ने निर्णय गर्दा नेपालको संविधानको धारा १४ मा बाधा पर्न नजाने ।
(प्रकरण नं. ३)
पूर्ण पाठ हेर्नुहोस्
दुवै पक्ष मञ्जूर भई मुद्दा मिलापत्र गरी पाउने अधिकार प्राप्त अधिकारी समक्ष निवेदन दिई मिलापत्र भए गरेको कुरालाई बदर गर्न नमिल्ने ।
(प्रकरण नं. १०)
पूर्ण पाठ हेर्नुहोस्
लेनदेन विषयमा अदालतमा जानु भनी जिल्ला कार्यालयबाट सुनाई दिनुपर्नेमा, सो नगरी अनाधिकार कार्यवाही गरेको विपक्षी प्रमुख जिल्ला अधिकारीको कार्यवाही गैरकानुनी ठहर्ने ।
(प्रकरण नं. ८)
पूर्ण पाठ हेर्नुहोस्
न्यायिक तथा अर्धन्यायिक अधिकारीले आफ्नो तजबिजको प्रयोग गर्दा सो निर्णयमा मनासिव माफिकको कारण उल्लेख गरेको हुनुपर्छ त्यसको अभावमा गरेको निर्णय त्रुटिपूर्ण हुने ।
(प्रकरण नं. ८)
पूर्ण पाठ हेर्नुहोस्
विवादको जग्गा मोही भई कमाएको निस्सा प्रमाण पेश दाखिल भएको नदेखिएको, वारेसले सनाखत गरी दिएको आधारमा मात्र मोही कायम गरेको देखिन्छ । तसर्थ प्रमाणको अभावमा गरेको निर्णय त्रुटिपूर्ण हुने ।
(प्रकरण नं. १०)
पूर्ण पाठ हेर्नुहोस्
हक बेहकको प्रश्न उपस्थित हुनआएको विषयमा नगरपञ्चायत ऐन, २०१९ (संशोधन सहित) को दफा १७(ढ) तथा ४९(२) मा भएका व्यवस्था बमोजिम अदालतबाट हक बेहक छुट्याई आएपछि मात्र कार्यवाही निर्णय गर्नुपर्नेमा सो नगरी निर्णय गरेको त्रुटिपूर्ण देखिने ।
(प्रकरण नं. १०)
पूर्ण पाठ हेर्नुहोस्
शंकाको आधारमा डाँका खुन जस्तो अभियोगमा सजायको भागी बनाउन न्यायोचित नपर्ने।
(प्रकरण नं. ११)
पूर्ण पाठ हेर्नुहोस्
गुठी संस्थान अन्तर्गत गुठीको लगतमा दर्ता भएको जग्गा दर्तावाला मोहीद्वारा समेत किनबेच हुनसक्ने स्थितिमा दर्तावाला मोहीकै हक सिर्जना भएकोमा लिलाम हुनसक्ने ।
(प्रकरण नं. ९)
पूर्ण पाठ हेर्नुहोस्
अ.बं.१८६ नं. बमोजिम मृत्युदण्ड वा सर्वस्वसहित जन्मकैद वा जन्मकैद लाग्ने ठहरेको मुद्दामा साधकको निकासा भई नआएसम्म त्यस्तो अभियोग नलागेको अरू किसिमका अभियुक्तलाई अदालतबाट लाग्ने ठहरेको सजायभन्दा बढी थुनामा राख्न मिल्दैन अदालतको फैसलाले लाग्ने ठहरेको सजाय भुक्तान भएपछि थुनाबाट छाडी दिनुपर्छ ।
(प्रकरण नं. ५)
पूर्ण पाठ हेर्नुहोस्