विस्तृत खोजी

 
 
 
 
 
      

१० खोजी नतिजाहरु

निर्णय नं. १४२२ - कूलो पानी

 फैसला मिति:२०३७/१०/०९  डिभिजन वेन्च इजलास  २६८२
 पुनरावेदक/ प्रतिवादी : : जि. गोरखा तिनपाने भञ्ज्याङ बस्ने शेरजंग पुडासैनीसमेत बिरुद्ध विपक्षी/वादी : जि. गोरखा मनकामना ढाङवारीको हाल धेरु अधेर बस्ने हस्तकुमारी मगर्नी

नयाँ कूलो बदर गरी पानी मेरै सदर गरिपाउँ भनी फिराद लेख दावीबाट प्रस्तुत मुद्दामा सामूहिक कूलो पानीको दावी नभएकोले प.क्षे.अ.ले शुरू उपरको पुनरावेदन सोझै हेरी छिनेको न्यायप्रशासन सुधार ऐन, ०३१ को दफा १३ को उपदफा (१) को खण्ड (ख) को विरूद्ध देखिँदा उक्त कानुनमा व्यवस्थित अधिकारक्षेत्रात्मक त्रुटि भएको देखिने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४२१ - उत्प्रेषण वा अन्य उपयुक्त रिट आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउं

 फैसला मिति:२०३७/०९/३०  डिभिजन वेन्च इजलास  २३८४
 पुनरावेदक/ प्रतिवादी : दाङ हैकुली गा.पं.वडा नं. ७ बस्ने अन्नपूर्ण कार्की क्षेत्री बिरुद्ध विपक्षी/वादी : श्री दाङदेउखुरी जिल्ला अदालतसमेत

निवेदिकाको नाउँमा दर्ता रहेको घर जग्गा लिलाम गर्दा निजलाई बुझी लिलाम गर्नुपर्नेमा निजलाई बुझ्दै नबुझी गरिएको लिलाम दण्डसजायको २६ नं. विपरीत भई त्रुटिपूर्ण देखिएकोले उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४२० - उत्प्रेषणको आदेश जारी गरिपाउं

 फैसला मिति:२०३७/०९/२५  डिभिजन वेन्च इजलास  २७३०
 पुनरावेदक/ प्रतिवादी : का.न.पं. वडा नं. २४ यटखा दमाई टोल बस्ने पूर्णकुमारी खड्गीनीसमेत बिरुद्ध विपक्षी/वादी : जिल्ला कार्यालय काठमाडौं प्र.जि.अ.श्री भक्तबहादुर कोईरालासमेत

भोगबन्धकी निखनाई पाउँ भनी दावी लिएको सम्पत्ति निखन्न दिनुपर्ने बन्धकी सम्पत्ति हो होइन भन्ने प्रमाणित बुझी इन्साफ दिनुपर्ने देखिन्छ सो हुँदा उक्त कानुनी व्यवस्था अनुसार नालेश गर्नु भनी सुनाई दिनुपर्नेमा नसुनाई निखनाई दिने ठहराई गरेको निर्णय प्रत्यक्ष कानुनी त्रुटि निर्णय देखिएकोले उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४१९ - उत्प्रेषणको आदेश जारी गरिपाउं

 फैसला मिति:२०३७/०९/२८  डिभिजन वेन्च इजलास  २३३०
 पुनरावेदक/ प्रतिवादी : सिद्धार्थ नगर न.पं.वार्ड नं. बेलहिया बस्ने सुन्नती मुसलमान्नी बिरुद्ध विपक्षी/वादी : रूपन्देही जिल्ला कार्यालय प्र.जि.अ.थानेश्वरप्रसाद कोइरालासमेत

विवादास्पद जग्गाको प्रचलित दर दशहजार हो वा मुआब्जा कमिटीबाट निर्धारण गरेको मूल्य रु.६ हजार हो सो कुरा तथ्यको विषय भएको त्यस्तो तथ्यभित्र प्रवेश गरी निर्णय दिन रिट क्षेत्रबाट नमिल्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४१८ - उत्प्रेषणको आदेश जारी गरिपाउं

 फैसला मिति:२०३७/११/२२  डिभिजन वेन्च इजलास  २१९१
 पुनरावेदक/ प्रतिवादी : का.जि.का. नगर पं.वडा नं. २० बस्ने जानकी देवी श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : काठमाडौं नगर पञ्चायत बैठकसमेत

मोहीले कमाएको जग्गा मलाई बसोवास गर्न घरबारीको निमित्त क्षतिपूर्ति दिई मोहीसँग झिकी पाउँ भन्ने निवेदकको परेको उजूरी, सरजमीन मुचुल्कामा पनि पक्की घर बनिराखेको देखिएको हुँदा घरबारीको लागि जग्गा झिक्न नमिल्ने भन्ने विपक्षी का.न.पं.वैठकबाट निर्णय भएको देखिन्छ । यस्तो उजूरीमा निर्णय दिनपाउने विपक्षी का.न.पं.लाई भूमिसम्बन्धी ऐन,२०२१ को दफा २७ ले अधिकार प्राप्त भएकै र कानुनद्वारा अधिकार प्राप्त अधिकार विपक्षी का.न.पं.बैठकले आफ्नो अधिकारक्षेत्रभित्र रही सरजमीन समेतको सबूत प्रमाणको मूल्यांकन गरी गरेको उक्त निर्णयमा प्रत्यक्ष त्रुटि नदेखिने । (प्रकरण नं. ६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४१७ - परमादेशको आदेश जारी गरिपाउं

 फैसला मिति:२०३७/१०/०६  डिभिजन वेन्च इजलास  २९०४
 पुनरावेदक/ प्रतिवादी : श्री कञ्चनपुर आधुनिक राईस ईण्डष्ट्रिजको प्रो.ऐ.बस्ने रामप्रताप मोहपाल बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार, अर्थ मन्त्रालय कर विभागसमेत

औद्योगिक व्यवसाय ऐनले नै यस्तो उद्योगमा ३ वर्ष सम्म आयकर छूट पाउने कानुनी हक निवेदकलाई कानुनले प्रदान गरिसकेको र निवेदकले उद्योग स्थापना गर्न इजाजत पाउँदासमेत ३ वर्ष सम्मको आयकर छूट पाउने स्वीकृति पाइसकेकोमा आयकर सहुलियत दिने वा नदिने भन्ने बारेमा कुनै किसिमको निर्णय नै भइनसकेको भनी निवेदकलाई कानुनले दिएको अधिकारबाट बञ्चित गर्न मिल्ने होइन । (प्रकरण नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४१६ - जग्गा खिचोला

 फैसला मिति:२०३७/०९/१५  डिभिजन वेन्च इजलास  २४७५
 पुनरावेदक/ प्रतिवादी : जिल्ला रूपन्देही तप्पहाटी गा.पं. वार्ड नं. २ बस्ने सुकन्या उपाध्यायनी बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने दुर्गाप्रसाद दुबे

पारित नभएको लिखतको कानुनी महत्त्व नहुने हुँदा वादी दावी नपुग्ने ठहर्यााई गरेको फैसला समेत मनासिव ठहर्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४१५ - ज्यान

 फैसला मिति:२०३७/१०/०१  डिभिजन वेन्च इजलास  २७४७
 पुनरावेदक/ प्रतिवादी : श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : का.जि.डिल्लीबजार बस्ने रामचा खड्गी समेत

अधिकार प्राप्त अधिकारी समक्ष बयान भएको र मौकाको सरजमीनबाट समर्थित पनि भएको यस्तो बयानलाई प्रमाणको रूपमा लिन नमिल्ने कारण नदेखिने । (प्रकरण नं. १७) (२) आफ्नो घरमा काम गर्ने नोकरले आफ्नो छोरीलाई जवरजस्ती करणी गर्न खोज्दा समाजमा आफ्नो नोकरले छोरीलाई जवरजस्ती गर्न खोजेको रिसको झोंकमा चुप्पी प्रहार गरी मारेकोमा ऐन बमोजिम सजाय गर्दा चर्को पर्ने देखिएबाट थुनिएका मितिबाट कट्टी हुने गरी अ.बं.१८८ नं. ऐन बमोजिम कैद गर्न लगत दिने । (प्रकरण नं. १७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४१४-२ - ज्यान

 फैसला मिति:२०३७/१०/०९  डिभिजन वेन्च इजलास  ४०४६
 पुनरावेदक/ प्रतिवादी : प्र.ह. मीनबहादुर रोकाहाको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : बाग्लुङ जिल्ला कालिका गा.पं.वडा नं. ७ नयाँ बजार बस्ने मायासोरी दमेनी

अ.बं.१८६ नं. मा मृत्युदण्ड सर्वस्वसहित जन्मकैद गर्ने ठहराएको अभियुक्त क्षे.अ.बाट फैसला हुँदा कारागारमा मृत्यु भइसकेको भन्ने क्षेत्रीय अदालतको फैसलाबाट देखिएकोले अ.बं.१७६ नं. ले मर्ने अभियुक्तलाई खतबात नलाग्ने भएकोले यस्तो स्थितिमा साधक जाहेर गर्न नपर्ने । (प्रकरण नं. १)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४१३-२ - ज्यान

 फैसला मिति:२०३७/०९/२८  डिभिजन वेन्च इजलास  २७१६
 पुनरावेदक/ प्रतिवादी : श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जिल्ला अर्घाखाँची गा.पं.गोखुगा वडा नं. ४ साझरूख बस्ने ईश्वर सार्कीसमेत

विधवा स्त्री जाति गाउँ घरको सिधा अवला नारी, आफू भन्दा तल्ला जातको व्यक्तिसँगको सहबासबाट उत्पन्न भएको गर्भलाई राखी रहँदा समाजको भनाइलाई लुकाउने प्रयासबाट आफूले जन्माएको बच्चालाई निजको भनाई र अठोटमा लागी मारेमा सावित हुँदैमा ऐन बमोजिम सजाय गर्दा चर्को पर्ने देखिएबाट अ.बं.१८८ नं. ऐन बमोजिम आजसम्म थुनिसकेकोबाट पर्याप्त हुनाले यस मुद्दाको थुनाबाट मुक्त गरी दिने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु