विस्तृत खोजी

 
 
 
 
 
      

३३ खोजी नतिजाहरु

निर्णय नं. १९६४ - उत्प्रेषणको रिट जारी गरिपाउँ

 फैसला मिति:२०४१/०४/११  डिभिजन वेन्च इजलास  १७५५
 पुनरावेदक/ प्रतिवादी : जि. कपिलवस्तु रामघाट गा.पं. वा.नं. ४ मौजे चौरहिया बस्ने प्रयागराज कुर्मी बिरुद्ध विपक्षी/वादी : जिल्ला भूमिसुधार कार्यालय, कपिलवस्तुको भू.सु.अ. जि. कपिलबस्तु रामघाट गा.पं. वा.नं. ३ घर भै हाल जि. ललितपुर ल.पु. न.पं. श्री दरवार टोल बस्ने वर्ष ४४ को कृष्ण कुमार ज्ञवाली ऐ ऐ बस्ने विष्णु कुमार ज्ञवाली

 हुण्डा शर्तबाट तोकिएको जिन्सी पनि कूत नै हो । अतः हुण्डा शर्त कमाउने मोहीले दफा ३५ को सुविधा उपभोग गर्न पाउँदैन भन्न मिल्दैन । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९६३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०३/१२  डिभिजन वेन्च इजलास  १६६०
 पुनरावेदक/ प्रतिवादी : जिल्ला सर्लाही ववरगन्ज गा.पं. वार्ड नं. ५ बस्ने हरगेन सिंहको पत्नि तारादेवी दनवारनी बिरुद्ध विपक्षी/वादी : ऐ ऐ बस्ने मोहर सिंह दनुवार ऐ ऐ नारायणपुर गा.पं. वार्ड नं. ६ बस्ने रामप्यारी देवीतेलीनी ऐ ऐ ब्रहपुर गा.पं. वार्ड नं. २ बस्ने राम विलास साहुतेली भूमि सुधार कार्यालय सर्लाही

 पहिले सोही कार्यालयबाट निर्णय भइसकेको भन्ने सो निर्णय गरिएको मुद्दामा निवेदिकालाई जारी गरेको म्याद कानूनबमोजिम नभएको भनी अ.बं. २०८ नं. बमोजिम निवेदिकाको प्रतिवादी दर्ता गरेपछि पहिले निर्णय गरेको भए पनि उक्त अ.बं. २०८ नं. अनुसार सो मुद्दामा प्रतिवादी जिकिर समेतलाई हेरी निजको सबूत प्रमाण बुझी निर्णय गर्नुपर्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९६२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०३/१२  डिभिजन वेन्च इजलास  १९७४
 पुनरावेदक/ प्रतिवादी : जि. भक्तपुर न.पं. वार्ड नं. ४ क्वाठंडौं बस्ने मोहनविर भगजू बिरुद्ध विपक्षी/वादी : जि. का.भूमिसुधार शाखा भक्तपुर जि. भक्तपुर न.पं. वार्ड नं. १७ इताछे बस्ने त्रिरत्न शाक्य ऐ ऐ बस्ने द्यौरत्न शाक्य

 धर्मपुत्रको लिखतसम्म पास भएको र धर्मपुत्रको महलको दफा १२ बमोजिम निवेदक एउटा छोरा मात्र देखिँदा उक्त लिए दिएको लिखत बदर भएको हुँदा त्यस्तो बदर लिखतबाट निवेदकको छोरा सरह हक पुग्न नसक्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९६१ - उत्प्रेषण

 फैसला मिति:२०४१/०२/२६  डिभिजन वेन्च इजलास  १६५१
 पुनरावेदक/ प्रतिवादी : जिल्ला सुनसरी पूर्व कुसाहा गा.पं. वार्ड नं. ५ बस्ने सोती साहु बिरुद्ध विपक्षी/वादी : ऐ ऐ वार्ड नं. १ बस्ने सोतिदास भन्ने नेतिदास पासवान भूमि सुधार कार्यालय सुनसरी

 कानूनबमोजिम परेको उजूरीमा दावी बमोजिम बाली भराई मोही निष्कासन हुने नहुने के हो ? त्यसको निर्णय गर्नुपर्ने हुन्छ । तर त्यसतर्फ सबूत प्रमाण बुझी निर्णय गरेको देखिँदैन । यसबाट प्रत्यर्थी भूमिसुधार कार्यालयले निर्णय गर्न इन्कार गरेको भन्नु पर्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९६० - कर्तव्य ज्यान

 फैसला मिति:२०४१/०२/१८  डिभिजन वेन्च इजलास  १९८८
 पुनरावेदक/ प्रतिवादी : मंगलमाया राईको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : इलाम थुनामा रहेका हर्षबहादुर आङदम्वे समेत पुनरावेदक/प्रतिवादी : इलाम थुनामा रहने भवानीशमशेर राई ऐ ऐ भानुभक्त सरेन ऐ ऐ हर्ष बहादुर आङदम्वे ऐ ऐ याम बहादुर रार्इ

 रिसइवीको सबूत पनि दाखिल हुन नसकेकोले अ.बं. १८८ नं. बमोजिम सजाय घटाइएको छ । १० वर्षको कैदको सजायको लगत कायम गरी जन्म कैदको लगत कट्टी गरी दिने । (प्रकरण नं. ४०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९५९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०४/०९  डिभिजन वेन्च इजलास  १८२६
 पुनरावेदक/ प्रतिवादी : बारा गा.पं. लिपनी मालको प्र.पं. वडा नं. ३ बस्ने बालदेव साहू बिरुद्ध विपक्षी/वादी : मालपोत कार्यालय जिल्ला बारा कलैया जि.का.सि.सा पर्सा विरगंज प्र.जि.अ. को संयेजकत्वको जिल्ला स्तरीय शिक्षा संस्थानहरुको संपत्ति व्यवस्था समिति, जिल्ला कार्यालय पर्सा विरगंज जि. पर्सा गा.पं. सुरुवचैना स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय

 पोखरी जग्गा विपक्षी विद्यालयको भोग चलनमा छ वा गाउँ पञ्चायतको भोग चलनमा छ सम्बन्धित गा.पं.समेत बुझी निर्णय गर्नुपर्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९५८ - उत्प्रेषण

 फैसला मिति:२०४१/०४/२३  डिभिजन वेन्च इजलास  १६६७
 पुनरावेदक/ प्रतिवादी : सप्तरी गा.पं.मौवाहा गा.पं.१ मौजे मौवाहा बस्ने रमानन्द झा बिरुद्ध विपक्षी/वादी : ऐ ऐ वार्ड नं. ५ मौवाहा बस्ने अनुप मण्डल धानुक भू.सु. का. सप्तरी

 विवादको जग्गाको २ नं. अनुसूची लगत प्रकाशित नभएको प्रमाण लगाई भू.सु.का.सप्तरीले निर्णय गरेको देखिन्छ । अ.बं.१३९ नं. बमोजिम बुझी निर्णय गर्नुपर्नेमा सो नगरी गरेको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९५७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०४/०८  डिभिजन वेन्च इजलास  १७०५
 पुनरावेदक/ प्रतिवादी : जि. सुनसरी याद गाउँ सिनुवारी गा.पं. वार्ड नं. ६ बस्ने भरतलाल चौधरी थारू ऐ ऐ बस्ने उखम लाल चौधरी थारु ऐ ऐ बस्ने वैजनाथ चौधरी थारु बिरुद्ध विपक्षी/वादी : जि. सुनसरी याद गाउँ सिनुवारी वा.नं. २ बस्ने चुमुकलाल चौधरी थारू भूमि सुधार कार्यालय सुनसरी

 बाबुको मृत्यु पछि भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१)को प्रकृया नअपनाई मोही कायम हुने गरी मुद्दा सकार गराई मोही बेदखली ठहर्याोई गरेको निर्णय त्रुटि देखिने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९५६ - उत्प्रेषण

 फैसला मिति:२०४१/०४/०९  डिभिजन वेन्च इजलास  १६७७
 पुनरावेदक/ प्रतिवादी : सप्तरी र्इनरुवा फूलवारीया गा.पं. वार्ड नं. ६ बस्ने रामचरण भगत कलवार बिरुद्ध विपक्षी/वादी : जि. स. ईनरूवा फूलवारीया गा.पं. वा.नं. ६ बस्ने रामचरण खत्वे भूमि सुधार कार्यालय, सप्तरी

 मुख नमिलेको कुरामा सबूत प्रमाणको मूल्याङ्कन गरी कानूनबमोजिम निर्णय गर्नु भनी परमादेश समेत जारी हुने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९५५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०४/२२  डिभिजन वेन्च इजलास  १६७२
 पुनरावेदक/ प्रतिवादी : का.न.पं. वडा नं. २८ न्ह्योखा महादेव चोक बस्ने मोहनकृष्ण श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : का.जि. का.न.पं. वडा नं. २६ नरदेवी नेतपाचो बस्ने कल्याणबहादुर प्रधान ऐ ऐ बस्ने पद्‌म सुन्दर श्रेष्ठ मालपोत कार्यालय काठमाडौं

 दुवै तर्फका गुठियार धेरैजना भएकोले दुवै तर्फका थकालीका नाउँमा दर्ता प्रमाणित भएको श्रेस्तामा नाम थपी दिने गरी मालपोत कार्यालय काठमाडौंले गरेको निर्णयबाट निवेदकको हक हनन् भएको नदेखिने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९५४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०४/१२  डिभिजन वेन्च इजलास  १६२७
 पुनरावेदक/ प्रतिवादी : सर्लाही जि. त्रिभुवननगर गा.पं. वा.नं. ९ बस्ने रामलखनप्रसाद साहु रौनियार बिरुद्ध विपक्षी/वादी : भूमिसुधार कार्यालय सर्लाहीका भूमिसुधार अधिकारी टेकनिधी तिवारी सर्लाही जिल्ला त्रिभुवन नगर गा.पं. वा.नं. १ बस्ने सरयुग शरण दास वैरागी

 भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३६ को उपदफा २ को प्रतिबन्धात्मक वाक्यांशमा “तर आफूले बुझाउनु पर्ने कूतको सयकडा ९० प्रतिशत भन्दा कम हुने गरी धरौटी दाखिल गरेको देखिए मोहीले यस उपदफा बमोजिम कूत बुझाएको मानिने छैन” भन्ने समेत उल्लेख भएकोले निर्णय बदर हुने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९५३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०३/१९  डिभिजन वेन्च इजलास  १६७९
 पुनरावेदक/ प्रतिवादी : धनुषा जिल्ला सोनीगामा गा.पं. वा.नं. ८ बस्ने राम रतन केवट मण्डल बिरुद्ध विपक्षी/वादी : भू.स.का.धनुषाका भूमिसुधार अधिकारी श्री केदारबहादुर हमाल धनुषा जिल्ला सोनीगाम गा.पं. वा.नं. ८ बस्ने सुदामादेवी हजामनी धनुषा जिल्ला जिल्ला अरही गा.पं. वा.नं. ४ बस्ने राज किसोर सिंह राजपूत

 वादी प्रतिवादीमा उल्लिखित व्यक्तिलाई मात्र अड्डा अदालतले बुझ्न पर्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९५२ - बन्धकी निखनाई पाउँ

 फैसला मिति:२०४१/०४/१२  फूल बेन्च इजलास  १६९२
 पुनरावेदक/ प्रतिवादी : निवेदक/प्रतिवादी : रौद्रशमशेर थापाको मु.स.गर्ने का.जि. का.न.पं. वा.नं. १ नक्साल नागपोखरी बस्ने लोकप्रकाश कुमारी थापा ऐ कमल पोखरी बस्ने किरण सम्शेर थापा ऐ ज्ञानेश्वर बस्ने ज्ञान कुमारी थापा ऐ गैरीधारा बस्ने प्रसाद सम्शेर थापा ऐ कमलपोखरी बस्ने वेद राजेश्वरी थापा ऐ नक्साल बस्ने गेहेन्द्र सम्शेर थापा ऐ ऐ बस्ने दिब्य शम्शेर थापा बिरुद्ध विपक्षी/वादी : विपक्षी/वादी : का.जि. फरपिङ मध्ये रामचे गाउँ बस्ने चेतनकुमारी आचार्य

 भोग गरेको भन्ने प्रमाणित हुन नआएकोले भोगबन्धकी थैली बुझाई जग्गा निखनाई पाउँ भन्ने वादी दावी नपुग्ने । (प्रकरण नं. १८)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु