विस्तृत खोजी

 
 
 
 
 
      

११ खोजी नतिजाहरु

निर्णय नं. १४४६ - अंश

 फैसला मिति:२०३८/०१/१५  डिभिजन वेन्च इजलास  २७६८
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक : का.जि. का.न.पं. वडा नं. २८ भेडासिंह खिल्ह टोल बस्ने गर्भलाल प्रधानाङ्ग बिरुद्ध विपक्षी/वादी : विपक्षी : ऐ.ऐ. बस्ने तुम्बकेश्वरलाल प्रधानाङ्ग

(१) एकपटक बण्डापत्र भएपछि पुनः बण्डा गरिपाउँ भनी अंशबण्डाको १ नं. ले नालेस लाग्न सक्ने कानूनी व्यवस्था नदेखिने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४४५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३७/१२/१२  डिभिजन वेन्च इजलास  २३०४
 पुनरावेदक/ प्रतिवादी : निवेदक : जि. महोत्तरी लोलरपट्टी गा.पं. वडा नं. २ बस्ने राम रत्नठाकुर भूमिहार बिरुद्ध विपक्षी/वादी : विपक्षी : भूमिसुधार अधिकार भूमिसुधार कार्यालय जि.महोत्तरी लोहारपट्टी गा.पं. वडा नं. ७ बस्ने दिल महमद शेष

भू.सं.ऐन, ०२१ को नियम ६ अनुसार विपक्षीका नाउँमा २ नं. अनुसूची प्रकाशित भएकोमा नियम ७ अनुसार निवेदकको विरोध नपरेको र उक्त अनुसूची समेतको आधार लिई सबूत प्रमाणको मूल्यांकन गरी अधिकार प्राप्त अधिकारीले आफ्नो अधिकार क्षेत्रभित्र रही निर्णय गरेको देखिएकोले रिट निवेदन खारेज हुने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४४४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३७/१२/२५  डिभिजन वेन्च इजलास  २२२६
 पुनरावेदक/ प्रतिवादी : निवेदक : जि.कपिलबस्तु हनुमाननगर गा.पं. वडा नं. ८ मौजा पडरीया बस्ने बंशीचाई बिरुद्ध विपक्षी/वादी : विपक्षी : ऐ.ऐ. बस्ने पिंगल चाई समेत

) साविक भूमिसुधार अधिकारीले निर्णय भइसकेको कुरामा असर पर्ने गरी हाल सोही भूमिप्रशासकले निर्णय गर्न पाउने अधिकार भएको नदेखिएबाट अघि भएका निर्णयमा असर पर्ने गरी प्रत्यर्थी भूमिप्रशासकले गरेको उक्त निर्णय त्रुटिपूर्ण देखिएकोले उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४४३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३८/०१/०९  डिभिजन वेन्च इजलास  २४६२
 पुनरावेदक/ प्रतिवादी : निवेदक : नेपाली किराना सेन्टर मखन काठमाडौंको प्रोपाईटर का.जि.मखन टोल बस्ने केशवलाल फैजु बिरुद्ध विपक्षी/वादी : विपक्षी : कर कार्यालय काठमाडौंसमेत

कर निरीक्षकको प्रतिवेदन र कर अधिकृतको प्रतिवेदनमा आयकर ऐन, २०३१ को दफा ३३(४) को कानूनी व्यवस्था अनुसार निवेदक करदाताको खुद आय कायम हुने यस किसिमबाट यसरी खुद आय हुने भन्ने आधार उल्लेख नगरेको कुन आधारमा कसरी निवेदकको खुद आय कायम हुने हो उक्त पर्चामा पनि प्रष्ट उल्लेख भएको देखिँदैन । कर अधिकृतको प्रतिवेदन अनुसार भनी खुद आय कायम गरेको र त्यसको आधारमा समेत कुनै खुलेको नदेखिएकोले उपरोक्त ऐनमा व्यवस्थित आधारलाई अवलम्वन नगरी हचुवा किसिमबाट निवेदकको खुद आय कायम गरेको भन्ने प्रष्ट देखिन आउने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४४२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३७/१२/२३  डिभिजन वेन्च इजलास  २२८९
 पुनरावेदक/ प्रतिवादी : निवेदक : का.जि.का.न.पं.वा.नं. २९ पकनाजोल सल्लाघारी बस्ने बाबाकुमारी श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : विपक्ष : प्रमुख जिल्ला अधिकारी काठमाडौं जिल्ला कार्यालयसमेत

जग्गा नापजाँच ऐन, २०१९ संशोधन सहितको दफा ११(ख) ले दिएको अधिकार प्रयोग गरी श्री ५ को सरकारले समिति गठन गरेको ....समितिलाई तेरो मेरो परेको कुरामा हेरी निर्णय दिन पाउने व्यवस्था भएको नदेखिने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४४१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३७/१२/१२  डिभिजन वेन्च इजलास  २४१९
 पुनरावेदक/ प्रतिवादी : निवेदक : बाजुरा जिल्ला कुन्ना कोल्टी गा.पं. वडा नं. ३ कोल्टी गाउँ बस्ने भक्त जैसी बिरुद्ध विपक्षी/वादी : विपक्षी : प्रमुख जिल्ला अधिकारी कर्णबहादुर चन्द जिल्ला कार्यालय बाजुरा जिल्ला कुन्ना कोल्टी गा.पं. वडा नं. ३ कोल्टी गाउँ बस्ने प्रदिप गिरी

भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ को उपदफा (२) अन्तर्गतको मोही कायम गर्न उक्त ऐनको दफा ३४ को उपदफा २ अन्तर्गत कबुलीयत हुनुपर्ने त्यसको पनि अभाव देखिएकाले मोही कायम गर्ने गरेको प्रमुख जिल्ला अधिकारीको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४४० - ज्यान कर्तव्य

 फैसला मिति:२०३८/०१/०२  डिभिजन वेन्च इजलास  २४०३
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक : रोल्पा २२ खुवा थवाङ गा.पं.वार्ड नं. ३ घर भई हाल केन्द्रीय कारागार पाल्पामा थुनामा बस्ने लालबहादुर कामी बिरुद्ध विपक्षी/वादी : विपक्षी : टंके कामीको जाहेरीले श्री ५ सरकार

विष खुवाई मार्नु पर्ने सम्मको कुनै इवी अदावत भएको भन्ने समेत नदेखिएको यस स्थितिमा पुनरावेदकलाई सर्वस्वसहित जन्मकैद गर्दा सजाय चर्को पर्न जाने देखिएकोले अ.बं.१८८ नं. बमोजिम सजाय घटाई वर्ष ८ आठ मात्र कैद हुने । (प्रकरण नं. १९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४३९ - ज्यान

 फैसला मिति:२०३८/०२/०४  डिभिजन वेन्च इजलास  २४५४
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदीका : सिंपा जि.चौतारा आ.गा.पं.वार्ड नं. ५ घर भई हाल केन्द्रीय कारागार काठमाडौंमा थुनामा रहेको डुकुकुमारी श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : विपक्षी : जगतबहादुरको जाहेरीले श्री ५ को सरकार

जन्मेको शिशुलाई मार्नु पर्ने पूर्व योजना र मनसाय मिसिल प्रमाणबाट केही नदेखिई अनुचित सम्बन्ध भई रहन गएको गर्भबाट पैदा भएको शिशुलाई केवल सामाजिक लोकलज्जाबाट बँच्न गरेको हो कि भन्ने शंका देखिएकोले निज प्रतिवादीलाई सर्वस्वसहित जन्मकैद गर्दा चर्को हुने हुँदा अ.बं १८८ नं. अनुसार ५ पाँच कैद कायम हुने । (प्रकरण नं. १८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४३८ - अंश

 फैसला मिति:२०३७/११/२७  डिभिजन वेन्च इजलास  २८२६
 पुनरावेदक/ प्रतिवादी : निवेदक : जिल्ला वारा भरवालीया गा.पं. वडा नं. ३ बस्ने केदार सा कानु बिरुद्ध विपक्षी/वादी : विपक्षी : ऐ.ऐ. बस्ने रामानन्द सा कानु

वादी प्रतिवादीका बीचमा आफ्ना–आफ्ना नाउँमा जग्गा दर्ता रहे भएको र वादीले नै प्रतिवादी मध्येका...लाई भिन्न भएको भाइ भनी वारेसनामा दिएको समेतबाट वादी प्रतिवादीहरू आपसमा बण्डा गरी अलग–अलग बसेका रहेछन भन्ने कुरा प्रष्ट देखिन्छ । यस्तो अवस्थामा अंशबण्डा भएको छैन भनी वादीको दावी पुग्न सक्ने नदेखिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४३७ - : फैसला बदर हक कायम गरिपाउँ

 फैसला मिति:२०३७/१२/०३  डिभिजन वेन्च इजलास  २३८३
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक : सिन्धुली जिल्ला कपिलाकोट गा.पं. वडा नं. ६ बस्ने लालबहादुर थापा बिरुद्ध विपक्षी/वादी : विपक्षी : का.जि.सुतुङगल गा.पं. वडा नं. ४ घर भई हाल सर्लाही जिल्ला नेत्रगञ्ज गा.पं. वडा नं. ५ बस्ने जोगिचा महर्जन

राजीनामा पास गराई पाउँ भनी फिराद दर्ता गरी अदालतको विचाराधीनमा रही सकेको कुरालाई प्रतिकूल असर पार्ने गरी पास गराइपाउँ भनेकै जग्गा राजीनामा पास गराई लिएको देखियो । यस्तो अदालतको विचाराधीनमा रहेको विषयमा प्रतिकूल असर पर्ने गरी गरेको कारोवारलाई मान्यता दिन मिल्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४३६ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 फैसला मिति:२०३८/०२/१६  फूल बेन्च इजलास  २४३६
 पुनरावेदक/ प्रतिवादी : निवेदक : विराटनगर न.पं.का कर ठेकदार ऐ.वडा नं. ७ बस्ने गणेशप्रसाद भट्टराई बिरुद्ध विपक्षी/वादी : विपक्षी : चन्द्रशिव राईस मिल्सका संचालक गायत्रीप्रसाद रिजाल

नगरपञ्चायतलाई आफ्नो क्षेत्रभित्र कर लगाउन पाउँने अधिकार प्रदान गरेको छ“दा पनि न.पं.कार्यव्यवस्था नियमावली, २०२० नियम ८ ले नियम ७ को नगरपञ्चायतको अधिकारलाई पूर्णरूपमा नियन्त्रण गरी दैनिक उपभोगका अत्यावश्यक पदार्थहरूमा कर दस्तुर फी लगाउन नपाउने व्यवस्था गरेको प्रष्ट रूपमा देखिन आएकोले विपक्षीको मिलबाट उत्पादन हुने दैनिक उपभागेका पदार्थ तेल र चामलमा निवेदकले करको ठेक्का लगाउने र असूल उपर गर्ने समेत गरेको कानून विपरीत देखिने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु