विस्तृत खोजी

 
 
 
 
 
      

१० खोजी नतिजाहरु

निर्णय नं. १६६२ - जग्गा खिचोला मेटाई हक कायम गरिपाउँ

 फैसला मिति:२०४०/०४/१२  डिभिजन वेन्च इजलास  २२९१
 पुनरावेदक/ प्रतिवादी : जिल्ला कपिलवस्तु गा.पं.फुलिका वार्ड नं.४ बस्ने कल्लु कुर्मी बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने विशम्भर कुर्मी

(१) जिल्ला अदालतको आदेश बमोजिम भएको सरजमीन अदालतबाट कारवाहीको सिलसिलामा गराइएको हुँदा यस्तो सरजमीनलाई प्रमाण ऐन, २०३१ को दफा १८ को परिधि भित्र पर्न आउँछ भन्न नमिल्ने । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६६१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/०४/२९  डिभिजन वेन्च इजलास  ३७१६
 पुनरावेदक/ प्रतिवादी : काठमाडौं जिल्ला का.न.पं.वार्ड नं.२२ टेबहाल बस्ने बद्रीकुमारी राउत क्षेत्री बिरुद्ध विपक्षी/वादी : प्रमुख नापी अधिकृत, ३ नं.नापी गोश्वरा पाटनढोका ललितपुर समेत

(१) जग्गा नाप जाँच ऐन, २०१९ को दफा ६ को उपदफा ७ अनुसार निवेदकलाई विवादको कित्ताको जग्गाको सम्बन्धमा अदालतमा जानु भनी सुनाएको हुनुपर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६६० - उत्प्रेषण

 फैसला मिति:२०४०/०४/२०  डिभिजन वेन्च इजलास  २४८०
 पुनरावेदक/ प्रतिवादी : जिल्ला कञ्चनपुर देवकी गा.पं.वा.नं.१ बस्ने बर्ष २८ को महेन्द्र सिंह ऐतवाल बिरुद्ध विपक्षी/वादी : वन क्षेत्र सुदृढीकरण अधिकार सम्पन्न समिति कञ्चनपुर महेन्द्रनगरसमेत

(१) यो जग्गामा यस किसिमले मेरो निर्विवाद हक स्थापित भइसकेको भनी रिट निवेदकले देखाउन नसकेको समेत हुँदा असाधारण अधिकारक्षेत्रबाट हक प्रचलन गर्न नमिल्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६५९ - नामसारी हक कायम

 फैसला मिति:२०४०/०४/३०  डिभिजन वेन्च इजलास  २४०६
 पुनरावेदक/ प्रतिवादी : बागमती अञ्चल भक्तपुर जिल्ला ठिमी बालकुमारी गा.पं.वडा नं.८ डिगुली बस्ने रत्नमाया प्रजापती समेत बिरुद्ध विपक्षी/वादी : भ.पु.जि.ठिमी भीमसेन गा.पं.वडा नं.८ चपाचो बस्ने लक्ष्मीभक्त चक्रधर समेत

(१) भागभोग अनुसार जग्गा हामीले भोगी आई नापीमा सो भोग अनुसार नापी गराएको भन्ने वादीहरूको भनाई भएको र त्यस्तो नापी गराएतर्फ प्रतिवादीहरूको कुनै उजूर पनि नदेखिँदा आफ्ना हक हुन आई दाखिला खारेज गर्नुपर्ने भएकोमा जग्गा पजनीको २क. नं.अनुसार नाउँसारी दाखिला खारेज हुनसक्ने नै देखिने । (प्रकरण नं. २३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६५८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/०४/२४  डिभिजन वेन्च इजलास  २१८५
 पुनरावेदक/ प्रतिवादी : मोरड्ड विराटनगर न.पं.वार्ड नं.९ बस्ने लिलाप्रसाद लोहनी समेत बिरुद्ध विपक्षी/वादी : श्री भूमिसुधार अधिकारीज्यू भूमिसुधार कार्यालय सुनसरी समेत

(१) जग्गाधनी दर्तावाला रिट निवेदकलाई कानुन बमोजिम बुझ्दै नबुझी आफ्नो कुरा भन्ने मौकाबाट वञ्चित गरी विपक्षी भूमिसुधार कार्यालय सुनसरीबाट रिट निवेदकहरूको जग्गामा सम्म मोहीको स्थायी निस्सा दिने गरी गरेको निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीत देखिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६५७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/०४/२९  डिभिजन वेन्च इजलास  २१८८
 पुनरावेदक/ प्रतिवादी : जि.भोजपुर चम्पे गा.पं.वार्ड नं.४ बस्ने बुद्धिमान सारू मगर बिरुद्ध विपक्षी/वादी : श्री १ नं.नापी गोश्वारा प्रमुख, नापी अधिकृत प्रमुख समेत

(१) पहिलो स्पष्टीकरण मागिएको पत्रमा आरोप कुन कुरा र कारणमा आधारित छ स्पष्ट नभएको र दोश्रो स्पष्टीकरण मागिएको पत्रमा प्रस्तावित सजायको उल्लेख नभएको साथै तेश्रो स्पष्टीकरण माग गर्ने कानुनी व्यवस्था भएको पनि नदेखिने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६५६ - उत्प्रेषण

 फैसला मिति:२०४०/०४/०६  डिभिजन वेन्च इजलास  २१९०
 पुनरावेदक/ प्रतिवादी : जि.ध.कचुरी ठेरा गा.पं.प्रधानपञ्च विलट यादव समेत बिरुद्ध विपक्षी/वादी : जि.धनुषा जि.पञ्चायत न्याय समिति समेत

(१) जिल्ला पञ्चायतले पठाएको कारणले विवादास्पद पोखरीको मुद्दा हेरी गाउँ पञ्चायतले निर्णय गरेको र त्यस उपरको पुनरावेदन जिल्ला पञ्चायतले हेरी निर्णय गरेकोमा हक बेहकको भई अधिकार बाहिरको हुन गई गाउँ पञ्चायतको निर्णय उल्टी गर्दा अ.बं.२०२ नं.को त्रुटि देखिने। (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६५५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/०४/२२  डिभिजन वेन्च इजलास  २२९३
 पुनरावेदक/ प्रतिवादी : जिल्ला भूमिसुधार कार्यालय कञ्चनपुरका स.ले.पा.गणेशबहादुर बम बिरुद्ध विपक्षी/वादी : अञ्चलाधिश, अञ्चलाधिशको कार्यालय महाकाली अञ्चल महेन्द्रनगर समेत

(१) आफ्नो अधिकारको कुरामा ऐन नियमको प्रकृया अपनाई निर्णय गरिएको देखिँदा माग बमोजिमको आदेश जारी गर्नु नपर्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६५४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/०५/०३  फूल बेन्च इजलास  ३२४२
 पुनरावेदक/ प्रतिवादी : श्री ५ को सरकारको तर्फबाट सचिव कानुन तथा न्याय मन्त्रालय बिरुद्ध विपक्षी/वादी : जिल्ला कपिलवस्तु कृष्णनगर घर भई हाल खिचापोखरी बस्ने रतनलाल कनौडिया

(१) अदालतबाट मुद्दाको औचित्य भित्र प्रवेश गरी सफाई दिने निर्णय भएको नभई हदम्यादभित्र नालेस नपरेको कारणबाट मुद्दा चल्न नसक्ने भनी निर्णय भएको देखिन्छ यस्तोमा विभागीय कारवाई गर्न पाउने होइन भनी निर्णय गर्न नमिल्ने । (प्रकरण नं. २२) (२) रिट निवेदक उपर जुन कुराको आरोप लागेको हो त्यसको आधारमा र कारणको नै विद्यमानता नरहेको भनाई हो भने बहुविवाह मुद्दा हदम्यादको कारणबाट तामेलीमा रहँदैमा वा अरू मुद्दा अदालतको विचाराधीन रहँदैमा सो आधार र कारणको विद्यमानता नै छैन भन्ने निष्कर्षमा पुग्न सकिने स्थिति नदेखिने । (प्रकरण नं. २५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६५३ - जग्गा दर्ता

 फैसला मिति:२०३९/०५/२६  फूल बेन्च इजलास  ३०४८
 पुनरावेदक/ प्रतिवादी : जिल्ला बर्दिया पाताभार गा.पं.वार्ड नं.२ बस्ने चक्रबहादुरको मु.स.गर्ने महन्त सिंह ठकुरी बिरुद्ध विपक्षी/वादी : जि.बर्दिया मनाउ गा.पं.वार्ड नं.२ बस्ने शेखरनाथ आचार्य समेत

(१) नेपाल कानुन व्याख्या सम्बन्धी ऐन, २०१० को दफा ४(ग) ले व्यवस्था गरे अनुसार खारेज भएको कुनै ऐन बमोजिम पाएको, हासिल गरेको वा कुनै हक, सुविधा, कर्तव्य वा दायित्वमा असर पार्न सक्ने देखिन्न । (प्रकरण नं. १५) (२) पक्ष विपक्षको बीचमा भएको शर्तनामा कुनै कानुनको विरूद्ध हो भनी प्रतिवादीहरूले जिकिर समेत लिन नसकेको परिणामस्वरूप सो शर्तनामाको लिखतमा लेखिएको कुरामा वादीले दावी गर्न पाउने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु