विस्तृत खोजी

 
 
 
 
 
      

३३ खोजी नतिजाहरु

निर्णय नं. ३७६२ - अंश

 फैसला मिति:२०४६/०३/११  संयुक्त इजलास  २०१४
 पुनरावेदक/ प्रतिवादी : पाँचथर सुमाड गा.पं. वार्ड नं. ७ बस्ने नरध्वज लिम्बु बिरुद्ध विपक्षी/वादी : ऐ. ऐ. बस्ने लालबहादुर लिम्बू

(१) छुट्टी भिन्न भई अलग अलग रहेको प्रत्यक्ष प्रमाणको सही मूल्याड्ढन नगरी केवल मानो छुट्टिएको सम्म भन्ने अर्थ लगाई वादी दावी बमोजिम वादीलाई अंश पाउने ठहर गरेको इन्साफ त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३७६१ - उत्प्रेषण

 फैसला मिति:२०४६/०१/०६  संयुक्त इजलास  २१२३
 पुनरावेदक/ प्रतिवादी : जिल्ला रुपन्देही वगहा गा.पं. वा.नं. ६ बेनीपुर बस्ने समिउल्लाह अन्सारी बिरुद्ध विपक्षी/वादी : रुपन्देही जिल्ला बगहा गा.पं. वडा नं. ६ बेनीपुर बस्ने शंकरप्रसाद यादवसमेत

(१) स्थानीय पञ्चायत (निर्वाचन कार्यविधि) ऐन, २०२५ को दफा २२ मा विशेष परिस्थितिको अवस्थामा मत वा मतपत्र बदर हुने भन्ने व्यवस्था भएको नपाइने । (प्रकरण नं. १७) (२) उल्लेख भएभन्दा अलग अवस्था देखाई मतपत्र बदर गरेको र त्यस मतपत्र सम्बन्धमा कुनै विचार गरिरहनु पर्ने देखिएन भनी निर्वाचन विशेष अदालतको फैसलामा उल्लेख भएको वि.अ.को फैसला कानुन अनुरुप भएको भन्ने नदेखिने । (प्रकरण नं. १७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३७६० - उत्प्रेषण

 फैसला मिति:२०४५/११/०८  संयुक्त इजलास  २०२९
 पुनरावेदक/ प्रतिवादी : श्री स्यांजा घर भई हाल का.न.पं. वडा नं. ३२ कालिकास्थान बस्ने डा.श्रीमती अरुणा उप्रेती बिरुद्ध विपक्षी/वादी : परोपकार श्री ५ इन्द्रराज्यलक्ष्मी देवी प्रसूती गृह शिशु कल्याण केन्द्र काठमाडौंसमेत

(१) निवेदिकालाई दिएको नियुक्तिपत्रमा उल्लेख भएको अवधि भित्र तपाईको काम सन्तोषजनक नभएमा स्थायीको लागि कारवाही गरिने छैन भन्ने वाक्यांशले परीक्षणकाल समाप्त भएपछि स्वतः स्थायी पद मानिने भनी अथ्र्याउन मिल्ने नदेखिने । (प्रकरण नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३७५९ - जालसाजी

 फैसला मिति:२०४६/०१/१२  संयुक्त इजलास  २१०१
 पुनरावेदक/ प्रतिवादी : हेटौंडा न.पं. वडा नं. १ बस्ने तरनानी श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : ऐ. वडा नं. १० बस्ने गणेशलाल श्रेष्ठसमेत

(१) हस्तान्तरण गरेको कुरा अंश मुद्दा दायर भई प्रत्यवादी परेपछि मात्र खुल्न आउँछ भने सो भन्दा अघि सो कुरा वादीलाई जानकारी नहुनु अस्वाभाविक भन्न मिल्ने देखिन्न । यस्तो स्थिति र अवस्थामा लिखत भएको मितिबाट हदम्यादको गणना गर्दा वास्तविक रुपबाट न्यायिक दृष्टिले लापरवाही साथ हदम्याद गुजारेको भन्न न्यायोचित नदेखिने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३७५८ - जिऊ मास्ने बेच्ने

 फैसला मिति:२०४६/०२/०९  संयुक्त इजलास  २१४०
 पुनरावेदक/ प्रतिवादी : लिलामाया चापागाईको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जिल्ला मोरङ सुन्दरपुर गा.पं. वडा नं. ५ बस्ने रामजन भन्ने रन्जन हुसेन मियाँ

(१) प्रतिवादीको साक्षीले बेच्न भारत लगेको होइन भनी बकपत्र गरेको छ तर नेपाल भारत बोर्डर नजिक प्रहरीद्वारा पक्राउ भएको समेत कारणबाट उक्त साक्षीहरुको बकाई विश्वासप्रद देखिँदैन, प्रतिवादीलाई झिकाइएकोमा तामेल भएको म्यादमा हाजिर नभई गुजारी बसेको देखिने स्थितिमा निज प्रतिवादी निर्दोष रहेछ भन्न नसकिने । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३७५७ - कर्तव्य ज्यान

 फैसला मिति:२०४५/११/०५  संयुक्त इजलास  २१२३
 पुनरावेदक/ प्रतिवादी : भोजपुर कारागारमा थुनामा रहेकी गौरीमाया पुरीसमेत बिरुद्ध विपक्षी/वादी : सुमित्रा कार्कीको जाहेरीले श्री ५ को सरकार

(१) छोरासंग लसपस गरेको भनी बकवास गरी हल्ला फैलाएको भन्ने कुराको रिसमा मर्नेलाई कुटपिट गरी मारेको भन्ने देखिँदा यस्तोमा अपराध गरेको अवस्थाको विचारबाट प्रतिवादीलाई ज्यान सम्बन्धीको १३ नं. को देहाय (३) बमोजिम सर्वश्वसहित जन्मकैद सजायँ गर्दा चर्का पर्ने देखिँदा प्रतिवादीहरुलाई अ.बं. १८८ नं. बमोजिम जनही कैद वर्ष १० दश हुने । (प्रकरण नं. ३०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३७५६ - ज्यान

 फैसला मिति:२०४५/११/२९  संयुक्त इजलास  २००९
 पुनरावेदक/ प्रतिवादी : शुक्रबहादुर लामाको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : का.प.जि.पुलचोक गा.पं. वडा नं. ६ घर भई हाल का.जि. चुच्चेपाटी बस्ने चिनिमाया तामाङनी

(१) जन्मिएको बच्चाको नाल काटी बाँध्नु पर्नेमा नबाँधेको कारणबाट रक्तश्राव भई बच्चाको मृत्यु हुन गएको भन्ने देखिँदा मार्ने नियतबाट त्यस प्रकारको क्रिया गरेको भन्ने मिसिल प्रमाणबाट नदेखिने, केवल होस नपुर्यााई नाल बाँधी नदिएको कारणबाट जातक बच्चीको मृत्यु हुन गएको भन्ने देखिन आएको स्थितिमा श्री ५ को सरकारको पुनरावेदन जिकिर बमोजिम ज्यान सम्बन्धीको १३(३) अन्तर्गतको अपराध गरेको भन्न सकिने अवस्था नरहने । (प्रकरण नं. १७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३७५५ - कुटपिट

 फैसला मिति:२०४५/१२/१४  संयुक्त इजलास  २४८१
 पुनरावेदक/ प्रतिवादी : महोत्तरी जिल्ला, सहोडवा गा.पं. वडा नं. ८ बस्ने जुगेश्वर मण्डल धानुकसमेत बिरुद्ध विपक्षी/वादी : ऐ. वडा नं. ७ कमलाकान्त झासमेत

(१) साक्षीको भनाई तथा अस्पतालको घा जाँच रिपोर्ट र एक्स–रे रिपोर्टबाट समेत कुटपिट वारदात भएको भन्ने कुरा पुष्ट्याई भइरहेको देखिँदा कुटपिटको वारदात नै भएको हैन भन्ने प्रतिवादीहरुका साक्षीहरुको बकपत्र विश्वासलायक नदेखिने । (प्रकरण नं. १३) (२) प्रतिवादीले बचन दिएको भन्ने फिराद दावी रहेको र बचन दिएको कुरालाई वादीका साक्षीहरुबाट समेत पुष्ट्याई भइरहेकोबाट बचन दिएको होइन भन्न सकिने देखिएन । (प्रकरण नं. १३) (३) बचन दिई कुटपिट गरेको होइन भन्ने सबूद प्रमाण दिई पुष्टि गर्न सकेको छैन, मिसिलको अध्ययनबाट प्रतिवादीहरुको हुल भई कुटपिटको वारदात भएको भनी कायम गरिएको अदालतको फैसला उपर प्रतिवादीहरुले पुनरावेदन नगरेकाबाट हुल भई वारदात गरेको कुरामा विवाद नरहने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३७५४ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४५/११/०८  संयुक्त इजलास  २०६३
 पुनरावेदक/ प्रतिवादी : का.न.पं. वडा नं. १२ ब्रम्हटोल बस्ने आशाकाजी बज्राचार्यसमेत बिरुद्ध विपक्षी/वादी : का.न.पं. वडा नं. १२ ब्रम्हटोल बस्ने नारायणदेवी श्रेष्ठसमेत

(१) विकेन्द्रीकरण ऐन, २०३९ को दफा २९ को उपदफा (४) बमोजिम नगरपञ्चायतका प्रधानपञ्चले आफूमा भएको अधिकार सम्बन्धित पञ्चायतको सदस्य वा सचिवलाई सुम्पन सक्ने कानुनी व्यवस्था भएको पाइन्छ सो व्यवस्था अनुसार नगरपञ्चायतका कार्यवाहक प्रधानपञ्चले सम्बन्धित नगरपञ्चायतका सदस्यहरु भएको समितिलाई नक्शा पास गर्ने अधिकार प्रत्यायोजन गरेको कार्यलाई अन्यथा भन्न नमिल्ने । (प्रकरण नं. १०) (२) कार्यवाहक प्रधानपञ्चले अधिकार प्रत्यायोजन गरी गठित मुद्दा समितिले कानुन बमोजिम कारवाही गरी नक्शा पास गर्ने ठहर्यारएको निर्णयलाई त्रुटिपूर्ण भन्न नसकिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३७५३ - उत्प्रेषण मिश्रित परमादेश लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४६/०१/११  संयुक्त इजलास  २३९६
 पुनरावेदक/ प्रतिवादी : जि.सुर्खेत वीरेन्द्रनगर न.पं.वा.नं. ६ बस्ने बुलबुले साप्ताहिक समाचार पत्रिकाको सम्पादक प्रकाशक तथा बुलबुले छापाखानाको प्रो.टंकप्रसाद भट्टराई बिरुद्ध विपक्षी/वादी : जिल्ला कार्यालय सुर्खेतसमेत

(१) ऐन नियमले दिएको अधिकार मात्र प्रयोग गरी पत्रिकाको प्रकाशन रोक्नु पर्ने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३७५२ - अंश नाता कायम

 फैसला मिति:२०४६/०३/०६  पूर्ण इजलास  २४२०
 पुनरावेदक/ प्रतिवादी : जि.मोरङ विराटनगर नगरपञ्चायत वडा नं. ३२ बस्ने सबीर मियाँसमेत बिरुद्ध विपक्षी/वादी : ऐ.वा.नं. २१ बस्ने मकबूल मियाँसमेत

(१) मतदाता नामावली र पारिवारिक लगत विवरण समेतबाट लोग्ने स्वास्नी देखिनुको साथै सो कुरालाई साक्षीहरुको बकपत्र समेतबाट पुष्ट्याई भइरहेको अवस्थामा अन्य भन्न नमिल्ने । (प्रकरण नं. १४) (२) राजीनामाको लिखतमा ३ पुस्ते सम्म खुलाउने कानुनी व्यवस्था भएको, पति वा पत्नीको नाम खुलाउनु पर्ने बाध्यात्मक व्यवस्था नभएकोमा निजहरु बीच भएको लिखतमा पतिको नाम नखुलाएकै कारणबाट निजहरु लोग्ने स्वास्नी होइन भनी ठहर गर्न न्यायोचित नदेखिने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३७५१ - करार बमोजिम रुपैयाँ दिलाई पाउँ

 फैसला मिति:२०४६/०२/१७  पूर्ण इजलास  २७४२
 पुनरावेदक/ प्रतिवादी : हिमालय आयरन एण्ड स्टिल (प्रा.) लि. ज्योति भवन कान्तिपथ काठमाडौंका तर्फबाट सो कम्पनीको सञ्चालक समितिका अध्यक्ष मणीहर्ष ज्योति बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार शिक्षा मन्त्रालय, केशर महल काठमाडौंसमेत

(१) करारले ठेक्का सम्बन्धी विषयमा कुनै उजूर बाजुर नगर्ने भनी इंगित गरेकोले ठेक्का समाप्त भइसकेपछि यसले ठेक्का सम्बन्धित हकमा बाधा विरोध गरेको भनी मान्न मिलेन, ठेक्का नै समाप्त भइसकेको अवस्थामा ठेक्का सम्बन्धी हकमा बाधा विरोध भयो भनी अञ्चल अदालतमा नालिश गर्नु पर्ने भन्ने प्रतिवादी जिकिरसंग सहमत हुन नसकिने । (प्रकरण नं. १६) (२) लिखत आफैंमा स्वतन्त्र एवं छुट्टै करार भएकोले करार ऐन, २०२३ बमोजिमको दावी लिई जिल्ला अदालतले शुरु कारवाही र किनारा गरेको कारवाहीलाई अधिकार क्षेत्र विहिन मान्न नमिल्ने । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३७५० - उत्प्रेषण

 फैसला मिति:२०४२/०८/०९  पूर्ण इजलास  १९३५
 पुनरावेदक/ प्रतिवादी : जिल्ला झापा शनिश्चरे गा.पं. वार्ड नं. ६ बस्ने मानबहादुर खड्का बिरुद्ध विपक्षी/वादी : जि.झापा चन्द्रगढी गा.पं. वार्ड नं. १ बस्ने रामलोचन यादव

(१) जुन जग्गाको बाली जग्गाधनीका भाइ समेतले लुटपिट गरेको भन्ने ठहर भएको स्थितिमा सोही जग्गाको बाली नबुझाएको भनी मोही निष्काशन गर्नु न्यायोचित नदेखिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु