विस्तृत खोजी

 
 
 
 
 
      

२८ खोजी नतिजाहरु

निर्णय नं. २४६४ - बन्दी–प्रत्यक्षीकरण

 फैसला मिति:२०४२/०६/२८  डिभिजन वेन्च इजलास  २२११
 पुनरावेदक/ प्रतिवादी : ताजुदिन मियाँ अन्सारी । अब्दुल मियां अन्सारी । समेतको हकमा संसुदिन मियां अन्सारी । बिरुद्ध विपक्षी/वादी : डि.एस.पी. कार्यालय हनुमान ढोका

थुन्नुपर्ने पूर्वावस्था नभई नजरबन्दमा राख्ने आदेश कानुन अनुरुप नहुँदा बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरी निवेदकहरूलाई मुक्त गरिदिनु पर्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४७२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/१०/०३  सिङ्गल बेञ्च इजलास  २१४१
 पुनरावेदक/ प्रतिवादी : का.जि.नगर पंचायतवडा नं.११ त्रिपुरेश्वर निवासी हरिविन्दु श्रेष्ठ,नेपाल खाद्य संस्थान मुख्य शाखा कार्यालय वीरगंजको मुख्य शाखा प्रबन्धक बिरुद्ध विपक्षी/वादी : अख्तियार दुरुपयोग निवारण आयोगको आयुक्त श्री भैरव प्रसाद उपाध्याय छानबिन अधिकृत । श्री ५ को सरकार । अख्तियार दुरुपयोग निवारण पुनरावेदन अदालत ।

छानबीन अधिकृत वा आयोग वा पुनरावेदन सुन्ने अदालतले नियमावली बमोजिम गरेको काम कारवाही तथा निर्णय उपर कुनै अदालतमा सवाल जवाफ गरिने छैन भनी व्यवस्था गरेको देखिन्छ । यसबाट छानबीन अधिकृत वा आयोग वा पुनरावेदन सुन्ने अदालतले गरेको काम कारवाही तथा निर्णय उपर कुनै अदालतमा सवाल जवाफ गर्न नमिल्ने । (प्रकरण नं. ९) प्रदत्त हकको प्रचलनको लागि वा अन्य उपचारको व्यवस्था नगरिएको भए तत्काल प्रचलित अन्य कानुनद्वारा प्रदत्त हकको प्रचलनका लागि बन्दी–प्रत्यक्षीकरण, परमादेश, प्रतिषेध, अधिकारपृच्छा, उत्प्रेषण लगायत जो चाहिने, आज्ञा, आदेश वा पुर्जी जारी गर्ने अधिकार सर्वोच्च अदालतलाई हुनेछ भन्ने व्यवस्था भएको पाइन्छ । यो धारा ७१ को प्रयोग धारा ६७(ग), धारा ६७(घ) र धारा ६७(ङ) मा भएको व्यवस्थालाई समेत ध्यानमा राखी गर्नु पर्दछ । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४७१ - उत्प्रेषण

 फैसला मिति:२०४२/०८/२४  डिभिजन वेन्च इजलास  २०७४
 पुनरावेदक/ प्रतिवादी : का.नगर पंचायतवडा नं.३३ डिल्ली बजार बस्ने जनार्दनराज पाण्डे बिरुद्ध विपक्षी/वादी : भूमि सुधार कार्यालय, काठमाडौं । का.नगर पंचायतवडा नं.१३ बस्ने कृष्ण कुमारी राणा ।

मोही निष्कासन गरिपाउँ भन्ने निवेदकको माग भएको उजूरीमा निर्णय गर्दा मोही निष्कासन नहुने भए किन नहुने हो ? कारण खुलाई निर्णय गर्नुपर्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४७० - अंश

 फैसला मिति:२०४२/०५/२६  डिभिजन वेन्च इजलास  २१७३
 पुनरावेदक/ प्रतिवादी : जिल्ला पर्सा भिसवा गा.पं.वार्ड नं.३ बस्ने श्याम विहारी प्रसाद गोल्दार बिरुद्ध विपक्षी/वादी : भारत पश्चिम चम्पारन गा.पं. सिकटा मौजा सिकटा जन्म घर भै हाल जिल्ला पर्सा, भिसवा गा.पं.वार्ड नं.३ बस्ने सत्यदेव प्रसाद गोल्दार ।

नेपालमा रहेको सम्पत्ति वादी दावी अनुसार वादीले आधी अंश पाउने भन्न मिल्ने नदेखिने। (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४६९ - उत्प्रेषण वा जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४२/०५/१६  डिभिजन वेन्च इजलास  २०९५
 पुनरावेदक/ प्रतिवादी : जि.झापा बुधवारे गा.पं.वडा नं.७ बस्ने अनार सिंह धिमाल बिरुद्ध विपक्षी/वादी : ऐ.वडा नं.७ बस्ने भान्दु धिमाल । भूमि सुधार कार्यालय,झापा । भूमि सुधार अधिकारी श्री हेमराज सापकोटा,झापा ।

जग्गा धनीले पत्याएको व्यक्ति मोही हुने र त्यसपछि निजको नाममा मोहियानी हक नामसारी गर्नुपर्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४६८ - उत्प्रेषण

 फैसला मिति:२०४२/०८/३०  डिभिजन वेन्च इजलास  २२४२
 पुनरावेदक/ प्रतिवादी : जि.पर्सा श्रीसिया गा.पं.वार्ड नं.६ बस्ने हरिशाह कानू बिरुद्ध विपक्षी/वादी : भू.सु.का. पर्सा । ऐ.को भू.सु.अ. महन्थ झा । पर्सा जि. श्रीसिय गा.पं.वार्ड नं.१ बस्ने रामानन्द शाह कानू ।

भोगबन्धकी लिएको नाताबाट भोग गरेको व्यक्तिलाई भोगबन्धकी निखनी सकेपछि सोही नाताबाट मोहियानी हक प्राप्त हुन्छ भनेर मान्न मिल्ने स्थिति नरहने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४६७ - उत्प्रेषण

 फैसला मिति:२०४२/०८/२०  डिभिजन वेन्च इजलास  २०९३
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.नगर पंचायतवडा नं.७ सिफल बस्ने ऋषिकेश पौड्याल बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार, मं.प.सचिवालय काठमाडौं । श्री कोशी अञ्चलाधीश,अं.का.कोशी

जहाँसम्म भन्सार कार्यालयबाट कपडाहरू छुटी सकेपछि पक्राउ परेको भन्ने सम्बन्धका तथ्यगत प्रश्न छन् त्यसतर्फ यस अदालतको असाधारण अधिकारक्षेत्र प्रयोग गरी हेर्न नपर्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४६६ - जग्गा खिचोला

 फैसला मिति:२०४२/०८/३०  डिभिजन वेन्च इजलास  २०३५
 पुनरावेदक/ प्रतिवादी : जि.महोत्तरी एकडारावेला गा.पं.वार्ड नं.१ बस्ने रामेश्वर मिश्रको मु.स.गर्ने लक्ष्मण मिश्र मैथिल । बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने रघुवीर ठाकुर मरी मु.स.गर्ने र आफ्ना हकमा समेत जदुवीर ठाकुर समेत ।

वादीबाट पेश भएको र प्रतिवादीले जिकिर लिएको प्रमाण निज प्रतिवादीले पेश गर्न नसकेको समेतबाट इन्साफ मनासिव हुने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४६५ - कर्तव्य ज्यान

 फैसला मिति:२०४२/०८/२७  डिभिजन वेन्च इजलास  २२५४
 पुनरावेदक/ प्रतिवादी : गण्डकी अञ्चल गोर्खा जिल्ला खरिकोट गा.पं.वडा नं. घर भै हाल जिल्ला कार्यालय कारागार शाखा कास्कीमा थुनामा रहेकी वर्ष ५३ की छलिमाया पोख्रेल । ऐ.ऐ घर भै हाल जिल्ला कार्यालय कारागार शाखा कास्कीमा थुनामा रहेको मुकुन्द प्रसाद पोख्रेल। बिरुद्ध विपक्षी/वादी : खेचरनाथ धितालको जाहेरीले श्री ५ को सरकार ।

प्रमाणको अभावमा ज्यान सम्बन्धीको १३(३) बमोजिम सजायँ गरेको हुँदा त्यति हदसम्म उल्टी हुने । (प्रकरण नं. २४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४६३ - उत्प्रेषण

 फैसला मिति:२०४२/०६/३०  डिभिजन वेन्च इजलास  २०९८
 पुनरावेदक/ प्रतिवादी : जि.पर्सा वि.नगर पंचायतवडा नं.७ स्थित चाचान कन्टीनेन्टल इन्टरप्राइजेज वीरगन्जको प्रो.मोहनलाल अग्रवाल । बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार, कर कार्यालय, वीरगन्ज । महानिर्देशक,कर विभाग,काठमाडौं। श्री ५ को सरकार,अर्थ मन्त्रालय ।

अघि आय निर्धारण गरी त्यसको २०% को दरले कर लगाएकोमा पछि पुनः कर निर्धारण गर्दा २५% को दरले हिसाव गरी कर निर्धारण गरेको यस्तो कुरा गणितको भूल अन्तर्गत पर्ने नदेखिने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४६२ - उत्प्रेषण

 फैसला मिति:२०४२/०८/०३  डिभिजन वेन्च इजलास  २२६९
 पुनरावेदक/ प्रतिवादी : जि.दाङ हेकूलो गा.पं.वा.नं.७ बस्ने जगवीर राउत बिरुद्ध विपक्षी/वादी : उच्चस्तरीय समिति दाङ तुल्सीपुर । जि.दाङ हेकूलो गा.पं.वा.नं.७ मनिकापुर बस्ने खिल्लत बहादुर खत्री

कति घरबारीको लागि जग्गा छुट्याए बेश हुन्छ भनी विपक्षी समितिले तोक्न सक्ने भन्ने अधिकार प्राप्त गरेको नपाइने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४६१ - उत्प्रेषण

 फैसला मिति:२०४२/०८/०३  डिभिजन वेन्च इजलास  २३१९
 पुनरावेदक/ प्रतिवादी : जिल्ला दाङ बिजौरी गा.पं.वडा नं.५ बस्ने वामदेव उपाध्याय । ऐ. बस्ने अशोक कुमार गौतम बिरुद्ध विपक्षी/वादी : उच्चस्तरीय समिति दाङ । जिल्ला साङ बिजौरी गा.पं.वडा नं.५ बस्ने कोकनी थारु

केवल सरजमीनका संधियारले बकेको आधारमा र विपक्षीले जग्गा कमाएँ भने बमोजिमको कित्ता चेक हुँदा मिल्न आएको देखिएकै आधारमा विपक्षीलाई मोहियानी कायम गरेको भू.सं.ऐन र नियमावलीको विपरीत हुनुको अलावा यस अदालतबाट भएको परमादेशको आदेश बमोजिमको काम कारवाही नगरी गरेको विपक्षी समितिको निर्णय कानुनसंगत भन्न मिल्ने नदेखिने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४६० - उत्प्रेषण

 फैसला मिति:२०४२/०७/१६  डिभिजन वेन्च इजलास  २१०१
 पुनरावेदक/ प्रतिवादी : सर्लाही जिल्ला सुन्दरपुर गा.पं.वडा नं.५ बस्ने हालमा सेखीन बिरुद्ध विपक्षी/वादी : भूमि सुधार अधिकारी, भूमि सुधार कार्यालय, सर्लाही । सर्लाही जिल्ला मूर्तिया गा.पं.वडा नं.३ बस्ने मतीलाल कोतवार ।

एकासगोलको लोग्नेको अन्तरसाक्षी पनि बसेको पाइन्छ । तसर्थ कानुन बमोजिम मोही नै नहुने अवस्थामा निजको मृत्युपछि निजको छोरा विपक्षीको नाममा मोहियानीको नामसारी गर्ने गरी भु.सु.का. सर्लाहीले गरेको निर्णय कानुन विपरीत हुँदा उत्प्रेषणको आदेशद्वारा सो निर्णय बदर हुने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४५९ - पर्चा बदर

 फैसला मिति:२०४२/०५/३०  डिभिजन वेन्च इजलास  २१२२
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.नगर पंचायतवडा नं. १४ कालिमाटी बस्ने गुणराम प्रजापति । ऐ. बस्ने लतमाया प्रजापतिनी बिरुद्ध विपक्षी/वादी : गुठी संस्थान अन्तर्गत काठमाडौं गुठी तहसिल कार्यालय भद्रकाली । का.जि.का.नगर पंचायतवडा नं.१२ मुसुम बहाल बस्ने लक्ष्मी नारायण प्रजापती

घरबारी बापत राख्न सक्ने हदसम्मको जग्गा मोहीका नाममा दर्ता हुने निर्विवाद कानुनी व्यवस्था भएकोमा सो हद भित्रको जग्गालाई खण्डे गरी केही जग्गा मात्र वादी मोहीका नाममा दर्ता हुने गरी गरेको क्षेत्रीय अदालतको फैसला कानुनी त्रुटि गरी गरेको देखिन आएकोले सो फैसला उल्टी हुने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४५८ - उत्प्रेषण

 फैसला मिति:२०४२/०५/३१  डिभिजन वेन्च इजलास  २१२१
 पुनरावेदक/ प्रतिवादी : जि.सप्तरी संखुवापथर गा.पं.वा.नं. १ बस्ने वन्हु सरदार वातर बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने बबुजि शाहा । भुमि सुधार कार्यालय सप्तरी

जग्गा हरुवाहीमा कमाएको भन्ने पुष्टी भइसकेकोमा मोहियानीको स्थायी प्रमाणपत्र दिन मिल्दैन भन्ने गरेको भूमि सुधार कार्यालयको निर्णयमा कुनै कानुनी त्रुटि देखिन आएन । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४५७ - किल्ला बदर

 फैसला मिति:२०४२/०५/०९  डिभिजन वेन्च इजलास  २२३१
 पुनरावेदक/ प्रतिवादी : जि.दोलखा बोच गा.पं.वा.नं.८ हालेलापुरी डाडा गा.पं.वा.नं. ६ बस्ने शेर बहादुर खत्री । बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. वा.नं. ४ बस्ने नजर बहादुर तामाङ

विवादित जग्गाको किल्ला समेत भिडाई कानुनी प्रमाणको आधार लिई गरेको निर्णयमा कुनै कानुनी त्रुटि नभई मिलेको देखिँदा सदर हुने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४५६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४२/०८/११  डिभिजन वेन्च इजलास  २१७१
 पुनरावेदक/ प्रतिवादी : जि.नवलपरासी नरसहि गा.पं.वा.नं.५ सानोजालीही घर भै भैरहवा गुठी तहसिल तथा खर्च कार्यालय गुठी संस्थानको अर्दली श्याम नारायण चौधरी बिरुद्ध विपक्षी/वादी : जि.काठमाडौं रामशाहपथ स्थित गुठी संस्थानका अध्यक्ष श्री विष्णु प्रसाद खनाल । ऐ.संस्थानका अधिकृत स्तर द्वितीय श्रेणी श्री बद्री प्रसाद काफ्ले । ऐ.संस्थानका प्रशासन शाखा अधिकृत श्री मधु प्रसाद वस्ताकोटी । गुठी संस्थान केन्द्रिय कार्यालय रामशाहपथ काठमाडौं ।

अभियोग किटान नगरी आधार समेत नखुलाई मागिएको प्रथम स्पष्टीकरणको आधारमा रिट निवेदकलाई उक्त विनियम अनुसार सजायँ प्रस्तावित गरी दोस्रो स्पष्टीकरण नै नलिई भविष्यमा संस्थानको नोकरीको निमित्त सामान्यतः अयोग्य नठहरिने गरी नोकरीबाट हटाउने गरेको गुठी संस्थान केन्द्रीय कार्यालयको निर्णय र सो निर्णयलाई सदर गरेको पुनरावेदन निर्णय समेतमा गुठी संस्थानले सेवा सम्बन्धी विनियमहरू, ०३४ को विनियम १०.८ को त्रुटि गरी निर्णय गरेको देखिने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४५५ - उत्प्रेषण लगायत उपुयक्त आज्ञा, आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४२/०८/०६  डिभिजन वेन्च इजलास  २०९८
 पुनरावेदक/ प्रतिवादी : जिल्ला तोपगाछी झापा गा.पं.वडा नं. ८ बस्ने सुश्री विष्णु खड्का बिरुद्ध विपक्षी/वादी : दमक क्याम्पस झापा । सञ्चालक समिति दमक क्याम्पस झापा

क्याम्पस सञ्चालक नियमावली झिकाई हेर्दा सञ्चालक समितिले स्पष्टीकरण लिई वा नलिई अवकाश दिन सक्ने भनी नियम २४ को उपनियम (३) मा व्यवस्था गरेको पाइन्छ । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४५४ - उत्प्रेषण, परमादेश वा अन्य उपुयक्त आज्ञा, आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४२/०८/०३  डिभिजन वेन्च इजलास  १९२०
 पुनरावेदक/ प्रतिवादी : जिल्ला काठमाडौं का.नगर पंचायतवार्ड नं.५ विशालनगर हाँडी गाँउ बस्ने नेपाल विद्युत कर्पोरेशन केन्द्रीय कार्यालय काठमाडौंको क्लर्क सहायक स्तर तृतीय श्रेणीमा कार्यरत हरी गोपाल प्रधान । बिरुद्ध विपक्षी/वादी : पदपूर्ति तथा बढुवा समिति नेपाल विद्युत कर्पोरेशन केन्द्रीय कार्यालय काठमाडौं । नेपाल विद्युत कर्पोरेशन पाटन डिभिजनमा सहायक तृतिया श्रेणीमा कार्यरत कृष्णमोहन जोशी ।

बढुवाको प्रथमपटक नामावली प्रकाशित भएको मितिले ९० दिन नघाई बढुवा नामावली संशोधन गर्ने निर्णय गरेको र प्रत्यर्थी पदपूर्ति बढुवा समितिबाट गोरखापत्रमा मिति ०४१।१०।२३ मा प्रकाशित भएको संशोधित नामावली सूचना समेत उक्त सामान्य सिद्धान्तले गरेको व्यवस्थाको विपरीत भई त्रुटिपूर्ण देखिएकाले सो निर्र्णय सूचनालाई मान्यता दिन नमिल्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४५३ - ज्यान

 फैसला मिति:२०४२/०७/३०  डिभिजन वेन्च इजलास  २०६५
 पुनरावेदक/ प्रतिवादी : केउडी रोकायाको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जिल्ला जुम्ला खलङ्गा कामिटोल बस्ने चन्द्रसिंह सुनार समेत

तथ्ययुक्त आधार प्रमाण बेगर केवल शंकाको भरमा प्रतिवादीहरूलाई प्रहरी प्रतिवेदन दावी अनुसारको अपराध गरेको भनी ठहर गर्न न्यायसंगत नहुने । (प्रकरण नं. ४१)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु