विस्तृत खोजी

 
 
 
 
 
      

१३ खोजी नतिजाहरु

निर्णय नं. १६४२ - बन्दीप्रत्यक्षीकरण

 फैसला मिति:२०४०/०१/१८  डिभिजन वेन्च इजलास  २२५६
 पुनरावेदक/ प्रतिवादी : का.न.पं.वा.नं.२२ पुरानो भन्सार बस्ने दिनेशबहादुर बिष्टको हकमा ऐ.ऐ.बस्ने मोहनबहादुर श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार अर्थ मन्त्रालय स.अ.महाशाखा बब्बरमहल समेत

(१) अनुसन्धानको लागि ३ महीना भन्दा बढी थुनामा राख्न कुनै पनि कानुनले अधिकार प्रदान गरेको छैन चार महीना पच्चीस दिन थुनुवा रहेको हुनाले ३ महीनाभन्दा बढी थुन्न नपाउने हुँदा बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६४१ - उत्प्रेषण

 फैसला मिति:२०४०/०२/२७  डिभिजन वेन्च इजलास  २३३७
 पुनरावेदक/ प्रतिवादी : जि.सप्तरी चमेना गा.पं.वार्ड नं.३ बस्ने रामदास साहुतेली बिरुद्ध विपक्षी/वादी : भूमिसुधार कार्यालय सप्तरीका का.मु.भू.सु.अ.भीमशङ्कर भण्डारीसमेत

(१) भूलसुधार गर्न संयुक्त दरखास्त दिए पनि एकपटक निर्णय भइसकेको कुरामा तथ्य नै फरक हुने गरी भूलसुधार हुनसक्ने स्थिति नपर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६४० - उत्प्रेषण

 फैसला मिति:२०३९/१२/२४  डिभिजन वेन्च इजलास  २३५८
 पुनरावेदक/ प्रतिवादी : जिल्ला सिराहा इनरुवा गा.पं.वडा नं.३ बस्ने हनुमानप्रसाद शारदा बिरुद्ध विपक्षी/वादी : कर कार्यालय लाहान समेत

(१) कर कार्यालयको निर्णय पूर्णतया हचुवा भई राजस्व न्यायाधीकरणबाट अन्तिम निर्णय भएको विपरीत कुनै निर्णय गर्ने अधिकार कर कार्यालयलाई नहुने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६३९ - लिखतपास जालसाजी

 फैसला मिति:२०३९/०९/२५  डिभिजन वेन्च इजलास  २११४
 पुनरावेदक/ प्रतिवादी : जि.झापा चन्द्रगढी गा.पं.वार्ड नं.६ बस्ने भीमप्रसाद न्यौपाने बिरुद्ध विपक्षी/वादी : ऐ.हल्दिवारी गा.पं.वार्ड नं.१ बस्ने माझन मुर्मु सतार्नीसमेत

लिखतको व्यहोरा अन्य अंक अक्षर अर्को फरक गरी भिन्न–भिन्न अवस्था र समयमा भिन्न–भिन्न मसीले भिन्न–भिन्न लिपि टाँकामा लेखिएको देखिन्छ । वादी दावी बमोजिम सद्दे व्यवहारबाट लेखिएको भए उक्त लिखतको रूप, प्रकृति र अवस्था त्यस किसिमको देखिन नआउने। (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६३८ - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पूर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४०/०३/०९  डिभिजन वेन्च इजलास  २२६३
 पुनरावेदक/ प्रतिवादी : जिल्ला रूपन्देही आनन्द वन गा.पं.वार्ड नं.३ शड्ढर नगर बस्ने प्रेमराज गुरुड्ड बिरुद्ध विपक्षी/वादी : लुम्बिनी अञ्चलाधिश कार्यालय, बुटवल जिल्ला रूपन्देही बुटवल खस्यौली गा.पं.वार्ड नं.६ बस्ने देवनारायण गुरुड्ड

(१) जसले जबरजस्ती अनधिकृत रूपमा कागज गरायो भन्ने निवेदकको दावी छ उसैले सो कुरामा इन्कार रही लिखितजवाफ दिन्छ भने सो कागजको अस्तित्व छ भन्न मिल्ने कुरा नदेखिने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६३७ - अंश

 फैसला मिति:२०४०/०२/१५  डिभिजन वेन्च इजलास  २७३६
 पुनरावेदक/ प्रतिवादी : जि.रूपन्देही ढर्का गा.पं.वार्ड नं.८ बस्ने लखापत यादवको मु.स.गर्ने कोमल यादव बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने लालसा यादवसमेत

(१) अघि नै आफ्नो अंश लिई भिन्न भएकाहरूले अंश पाउँ भन्न मिल्ने नदेखिँदा अंश पाउँ भन्ने दावी पुग्न नसक्ने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६३६ - अंश

 फैसला मिति:२०३९/०६/१८  डिभिजन वेन्च इजलास  २३४९
 पुनरावेदक/ प्रतिवादी : का.जि.न.पं.वा.नं.३० ज्याठाटोल बस्ने डवाङ ग्यालछेन बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.घर भई न.पं.१८।६८५ हाल का.न.पं.वा.नं.१७ क्षेत्रपाटी बस्ने छिरिङ फिम्जो

(१) वादी अंशियार हो भन्ने कुरामा विवाद नभएको र वादीले अंश पाइसकेको भन्ने कुराको प्रमाण प्रतिवादीले गुजार्न नसक्नुको अतिरिक्त मिसिल सामेल रहेको नेपाली दुःख निवारण कल्याण कोष, ल्हासाको मिति २०३६।३।१४ र चिन स्वशासित प्रदेश तिब्वतको (साविक पेज नं. ९८) परराष्ट्र मन्त्रालयको जुन २८, १९७९ को पत्रहरूबाट वादीले अंश पाइसकेको भन्ने प्रमाणित भएको भन्न पनि मिल्दैन साथै प्रतिवादी जिकिर अनुसार वादीलाई अंशबाट वञ्चित गराउन अंशबण्डाको ९ नं.को अवस्था अर्थात मुडिई विजया होम गरेको भन्ने तथ्ययुक्त किटान प्रमाण हुनुपर्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६३५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/०३/०९  डिभिजन वेन्च इजलास  २२७२
 पुनरावेदक/ प्रतिवादी : बर्दिया जिल्ला गुलरिया गा.पं.वार्ड नं.१ सिर्जनाटोल बस्ने वेनुप्रसाद घिमिरे बिरुद्ध विपक्षी/वादी : का.मु.जिल्ला शिक्षा अधिकारी, जिल्ला कार्यालय शिक्षा शाखा वर्दियासमेत

जिल्ला शिक्षा अधिकारीलाई अवकास दिने अधिकार नहुने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६३४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/०२/०५  डिभिजन वेन्च इजलास  २१८१
 पुनरावेदक/ प्रतिवादी : जिल्ला दाड्ड उरहरी गा.पं.वडा नं.७ हाल ५ बस्ने भक्तबहादुर डाड्डी बिरुद्ध विपक्षी/वादी : अञ्चलाधिशको कार्यालय राप्ती अञ्चल दाड्ड तुल्सीपुर समेत

(१) मिल्न नचाहने व्यक्तिलाई कार्यालयमा उपस्थित गराई मिलापत्र गराउने कानुनले अधिकार दिएको नपाइने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६३३ - ज्यान

 फैसला मिति:२०४०/०३/३१  डिभिजन वेन्च इजलास  २२५८
 पुनरावेदक/ प्रतिवादी : श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : अलि खाँ मुसलमान

(१) वारदातको दिन प्रतिवादीले आफू अन्यत्र छु भनी करणी गरेको र मारेको होइन भनी अदालतमा इन्कारी भए तापनि वारदातको दिन अन्यत्र भएको कुरा प्रमाणित हुनआएको छैन । यस्तो अवस्थामा प्र.लाई ज्यानसम्बन्धीको १३(३) बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्यालएको मनासिव ठहर्ने । (प्रकरण नं. १७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६३२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/०३/३१  फूल बेन्च इजलास  २०६८
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पं.वडा नं.३१ पुतलीसडक बस्ने हिरण्यप्रसाद श्रेष्ठ समेत बिरुद्ध विपक्षी/वादी : का.न.पं.वडा नं.६ बौद्ध टुसाल बस्ने विकुलाल श्रेष्ठ

(१) उल्टी हुने ठहरी निर्णय भएको प्रस्तुत मुद्दामा पनि सोही विवादास्पद जग्गाको बाली विषयलाई लिएर बागमती अञ्चल अदालतबाट निर्णय भएको देखिएकोले उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गर्ने गरेको डिभिजनबेञ्चको निर्णय मिलेको नदेखिने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६३१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/०३/३१  फूल बेन्च इजलास  २४२२
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पं.वडा नं.७ बौद्ध बस्ने टासी लामा समेत बिरुद्ध विपक्षी/वादी : का.जि.का.न.पं.वडा नं.६ बौद्ध बस्ने विकुलाल श्रेष्ठ

(१) निर्णयबाट मोही कायम नभई ऋण रकम निश्चित भएको सम्म देखिनाले रहेको मोहीको लगत कानुन बमोजिम कट्टा हुनुपर्छ भन्ने स्थित नरहने । (प्रकरण नं. १७) (२) आसामीले थैली फिर्ता बुझाएपछि बन्धकी सम्पत्तिमा कुनै अधिकार नै कायम नरहने बन्धकी साहुले सो बमोजिम थैली फिर्ता भइसकेपछि पनि कायम रहने गरी अरूलाई मोहियानी हक प्रदान हुन सक्छ भन्ने सम्झन नमिल्ने । (प्रकरण नं. १८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६३० - उत्प्रेषणयुक्त परमादेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/०३/२१  फूल बेन्च इजलास  २३५८
 पुनरावेदक/ प्रतिवादी : जिल्ला बाँके नेपालगञ्ज नगरपञ्चायत वडा नं.१४ बस्ने कृष्ण ट्रेडिड्ड कन्सर्नका मालिक ऐ.ऐ.बस्ने जोगराज अग्रवाल बिरुद्ध विपक्षी/वादी : कर कार्यालय नेपालगञ्जका प्रमुख कर अधिकृत समेत

निवेदकले आय विवरण दाखिल पनि नगरेको, कर अधिकृत समक्ष आय व्ययको लेखा पेश गरे भएको पनि देखिन नआएको, फुलबेञ्चबाट इन्साफ जाँच गरिपाउँ भनी श्री ५ महाराजाधिराज सरकारका जुनाफमा चढाएको विन्तिपत्रमा मेरो लेखालाई अमान्य घोषित गर्न निमित्त कुनै पर्चा खडा भएको छैन । लेखालाई अमान्य घोषित गरी न्यायोचित अनुमानद्वारा कर निर्धारण गर्न मिल्ने होइन भनी लेखिएको शुरू अवस्थामा पेश नगरी पछि त्यस्तो भने पनि कानुनी दायित्व निजले पूरा गरेको भन्न नसकिने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु