विस्तृत खोजी

 
 
 
 
 
      

३३ खोजी नतिजाहरु

निर्णय नं. १९३१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०३/२३  डिभिजन वेन्च इजलास  १७९२
 पुनरावेदक/ प्रतिवादी : निवेदक : का.जि. का.न.पं. साविक वडा नं. १९ को हाल वडा नं. १७ क्षेत्रपाटी बस्ने न्हुछेनारायण मानन्धर बिरुद्ध विपक्षी/वादी : विपक्षी : बागमती अञ्चल अदालत जि.का. न.पं. वडा नं. १ हिटी दरबार बस्ने प्रमोद सम्सेर राणा ऐ ऐ बस्ने रमा राणा

 वडासचिव पञ्चायतको साक्षी बसी ऐन बमोजिम क्षेत्रपाटीमा नै म्याद तामेल भएकोमा रिट निवेदक म्यादभित्र हाजिर नभई म्याद गुजारी बसेको देखिएको हुँदा निर्णयमा कुनै त्रुटि भए गरेको नदेखिँदा निवेदन पत्र खारेज हुने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९३० - उत्प्रेषण

 फैसला मिति:२०४१/०३/१८  डिभिजन वेन्च इजलास  १७९५
 पुनरावेदक/ प्रतिवादी : निवेदक : का.जि. विष्णु गा.पं. वडा नं. ७ बस्ने धनकुमारी ठकुरानी बिरुद्ध विपक्षी/वादी : विपक्षी : का.जि. बुढानिलकण्ठका प्रहरी थाना इन्चार्ज स.ई. रत्नप्रसाद नेपाल का.जि. विष्णु गा.पं. वडा नं. ५ बस्ने ऐ गा.पं. को प्र.पं. गुण बहादुर खडका ऐ ऐ बस्ने मिन बहादुर ठकुरी ऐ ऐ बस्ने माहीला ठकुरी ऐ ऐ बस्ने गोपाल ठकुरी ऐ ऐ बस्ने उदय ठकुरी ऐ ऐ बस्ने केशव ठकुरी ऐ ऐ बस्ने पुष्कर ठकुरी ऐ ऐ बस्ने रामचन्द्र ठकुरी ऐ ऐ बस्ने श्याम कृष्ण ठकुरी ऐ ऐ बस्ने राधा ठकुरीनी ऐ ऐ बस्ने ज्ञानी ठकुरीनी ऐ ऐ बस्ने विष्णु गा.पं. कार्यालय सचिव प्रदीप कुमार लामा

 नावालक छोराको जिम्मा लगाउने कागज १ तिनीहरूको सम्पत्तिको संरक्षण गर्ने १ मोटरको नाउँसारी गरी दिने १ समेत तीनथान कागज गराएको कुरा प्र.पं. र गा.पं.सचिवको लिखितजवाफबाट देखिन्छ । त्यस्तो कागज गराउन पाउने अधिकार प्र.पं.र गा.पं.सचिवहरूलाई नभएको । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९२९ - उत्प्रेषण वा उपयुक्त आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०१/२५  डिभिजन वेन्च इजलास  १५८८
 पुनरावेदक/ प्रतिवादी : निवेदक : ६।१० नयाँ सडक काठमाडौं बस्ने राम निरन्जन जाटिया बिरुद्ध विपक्षी/वादी : विपक्षी : कर विभाग काठमाडौं कर कार्यालय काठमाडौं

 निवेदकले आ.ब.०३२।३३ को लागि रु.५,८३,३५९।४७ दाखिल गरेको नभई रु.५,५६,३५०। मात्र अग्रिम करको रूपमा दाखिल गरेको पाइन्छ । आ.व.०३३।३४ आ.व.०३४।३५ को लागि आ.व.०३२।३३ को अंकको आधार कर कार्यालय काठमाडौंले लिएको मिलेको नदेखिने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९२८ - उत्प्रेषण

 फैसला मिति:२०४१/०३/०२  डिभिजन वेन्च इजलास  २७६९
 पुनरावेदक/ प्रतिवादी : निवेदिका : मोरङ जिल्ला सोरभाग गा.पं. वा.नं. ४ सिमराह बस्ने फुलियादेवी गंन्गाइ बिरुद्ध विपक्षी/वादी : विपक्षी : श्री भूमिसुधार अधिकारी मोरङ योगेन्द्र कुमार धिताल उदय बहादुर कार्की नारायण प्रसाद गौतम दादर बेरिया गा.पं. वा.नं. ४ बबिया बस्ने तेजनु राजवंशी

 अ.बं.११० बमोजिम रीतपूर्वक म्याद टाँस गरी निवेदकहरूलाई प्रतिवाद गर्ने मौका दिएको नदेखिएकोले प्राकृतिक न्याय सिद्धान्तको विरूद्ध गरेको निर्णय उत्प्रेषणको आदेश जारी गरी बदर गरी दिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९२७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०३/३०  डिभिजन वेन्च इजलास  १७७३
 पुनरावेदक/ प्रतिवादी : निवेदक : सिरहा जि. थलहाकटहा गा.पं. वडा नं. ९ बस्ने रामपलट साहु सुडी ऐ ऐ बस्ने बुनीलाल साहु ऐ ऐ बस्ने राम प्रसाद साहु सुडी बिरुद्ध विपक्षी/वादी : विपक्षी : जिल्ला सिरहा गा.पं.थलहा कटहा वार्ड नं. ९ बस्ने महेन्द्र साहु सुडी ऐ ऐ वार्ड नं. ८ बस्ने सिया यादव जिल्ला भूमि सुधार कार्यालय सिरहाका भूमिसुधार अधिकारी

 अदालतबाट हक कायम गराउनु पर्ने विषयमा रिट क्षेत्रबाट हस्तक्षेप गर्न नमिल्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९२६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०३/१५  डिभिजन वेन्च इजलास  १८३४
 पुनरावेदक/ प्रतिवादी : निवेदक : कुमुद एण्ड विराटनगरको प्रोप्राइटर किसनलाल दुगड बिरुद्ध विपक्षी/वादी : भन्सार कार्यालय भैरहवा भन्सार विभाग, त्रिपुरेश्वर, काठमाडौं राजश्व न्यायाधीकरण, पोखरा

 राजस्व न्यायाधीकरण पोखरामा पुनरावेदन परेकोमा पुनरावेदन प्रमाणको मूल्याङ्कन गरी निर्णय गर्नु पर्नेमा सो नगरी खारेज गर्ने गरेको नमिल्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९२५ - अंश

 फैसला मिति:२०४१/०३/२६  डिभिजन वेन्च इजलास  १७६६
 पुनरावेदक/ प्रतिवादी : फैसला भएको मिति : ०४१।३।२६।२ मानिवेदक/वादी : जि. सुनसरी हासपोसा गा.पं. वडा नं. ७ बस्ने अकलीदास थरूनी बिरुद्ध विपक्षी/वादी : विपक्षी/प्रतिवादी : ऐ ऐ बस्ने रतनलाल चौधरी ऐ ऐ बस्ने पाचु चौधरी ऐ ऐ बस्ने बोकार्इ चौधरी ऐ ऐ बस्ने बेचन चौधरी

 वादीले अंश पाएको प्रमाण प्रतिवादीबाट पेश दाखिल नभएकोले अंश पाउने ठहर्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९२४ - उत्प्रेषण वा अन्य उपर्युक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 फैसला मिति:२०४१/०३/२२  डिभिजन वेन्च इजलास  १७८७
 पुनरावेदक/ प्रतिवादी : जि. दाङ हापुर गा.पं. वा.नं. ८ वगिया बस्ने शंकरप्रसाद गौतम बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार भूमिसुधार मन्त्रालय, काठमाडौं भूमि सम्बन्धी ऐन, २०२१ को दफा २५ क. को प्रयोजनको लागी गठित उच्चस्तरीय समिति, दाङ घोराही जि. दाङ हापुर गा.पं. वा.नं. ९ बस्ने पुनाराम कामी

 अधिकार तोकिएपछि मात्र आयोगले छानविन कारवाही प्रारम्भ गरेको देखिएबाट अधिकार क्षेत्र नाघी कारवाही भयो भन्न मिल्ने नदेखिने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९२३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०३/२२  डिभिजन वेन्च इजलास  १७१२
 पुनरावेदक/ प्रतिवादी : निवेदक : जिल्ला दाङ बिजौरी गा.पं. वडा नं. ५ बिजौरी बस्ने रामकुमार उपाध्याय बिरुद्ध विपक्षी/वादी : विपक्षी : श्री ५ को सरकार भूमिसुधार मन्त्रालय, काठमाडौं भूमि सम्बन्धी ऐन, २०२१ को दफा २५ क. को प्रयोजनको लागि गठित उच्चस्तरीय समिति, दाङ तुल्सीपुर क्याम्प जि. दाङ विजौरी गा.पं. वडा नं. ५ बस्ने परदेशु थारु

 नियमले कार्यविधि तोकी सकेको स्थितिमा त्यस्तो तोकिएको कार्यविधिको अनुशरण नगर्नु कानूनको दृष्टिमा त्रुटिपूर्ण हुन जाने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९२२ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 फैसला मिति:२०४१/०३/०६  फूल बेन्च इजलास  १७८५
 पुनरावेदक/ प्रतिवादी : श्री पशुपति अमालकोट कचहरी कार्यालयको हकमा ऐ.को अधिकृत ध्रुवप्रसाद रिमाल बिरुद्ध विपक्षी/वादी : का.जि. का.न.पं. वा.नं. ३ महाराजगञ्ज बस्ने रविप्रसाद आचार्य

 रिट निवेदन अदालतमा दर्ता हुँदाको अवस्थामा विवादको जग्गामा रिट निवेदकको हक भोग स्वामित्व नरहेपछि सो जग्गामा दावी गर्ने रिट निवेदकको हकदैया भएको भन्न मिलेन । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९२१ - दर्तावदर

 फैसला मिति:२०४१/०३/३०  फूल बेन्च इजलास  १९३३
 पुनरावेदक/ प्रतिवादी : निवेदक/वादी : लालबहादुरको मु.स.गर्ने जि. रामेछाप पकरवास बस्ने जीतबहादुर कार्की बिरुद्ध विपक्षी/वादी : विपक्षी/प्रतिवादी : कर्णबहादुरको मु.स.गर्ने मिर्चया गा.पं. वा.नं. ५ बस्ने डिल्लीबहादुर श्रेष्ठ ऐ ऐ बस्ने लक्ष्मी कुमारी श्रेष्ठ

 तिरो हस्तेवारीबाट बुझाएको नाताबाट विवादित जग्गामा वादीको हक पुग्ने होइन । (प्रकरण नं. १२)  जिमीदारीको बहाली पूर्जि पाएपछि सो सँगको जिरायत जग्गा छुट्टिने स्थिति पनि नहुने । (प्रकरण नं. १३)  २००६ सालको मालको पूर्जि बमोजिम भनी २०१७ सालमा गराएको दर्ता कानून अनुरूपकै देखिँदा दर्ता बदर गरी २ नं. रसिद समेत दिलाई पाउँ भन्ने वादी दावी नपुग्ने ठहराएको निर्णय मनासिब ठहर्ने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९२० - लेनदेन

 फैसला मिति:२०४१/०३/०९  फूल बेन्च इजलास  २४९९
 पुनरावेदक/ प्रतिवादी : निवेदक/प्रतिवादी : का.जि. का.न.पं. वार्ड नं. २ लाजिम्पाट बस्ने पृथ्वीबहादुर शाह बिरुद्ध विपक्षी/वादी : विपक्षी/वादी : कृषि खरीद बिक्री संस्थान प्रधान कार्यालय काठमाडौंको कार्यकारिणी अध्यक्ष तथा महाप्रबन्धक अकुर नसिंह राणा संस्थान विघटन भएबाट हाल नेपाल खाद्य संस्थान प्रधान कार्यालय, बत्तिसपुतली, काठमाडौं

 कारोवर शुद्धकर्जा ऋणको रूपमा भएको नभई व्यापारिक कारोवारका लागि प्रतिवादीले पेश्की लिएको देखिन्छ, त्यस्तोमा लेनदेन व्यवहारको महलको २ नं. आकर्षण हुन्छ भनी व्याख्या गर्न नमिल्ने भई ऐजन महलको ४० नं. आकर्षित हुने । (प्रकरण नं. २०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९१९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०३/२०  फूल बेन्च इजलास  २००१
 पुनरावेदक/ प्रतिवादी : जि. दाङ मानपुर गा.पं. वा.नं. २ साहीपुर बस्ने दामोदर उपाध्याय ऐ ऐ बस्ने राममणी उपाध्याय ऐ ऐ बस्ने पुष्कर राज उपाध्याय बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार भूमिसुधार मन्त्रालय, काठमाडौं भूमी सम्बन्धी ऐन, २०२१ को दफा २५ क. को प्रयोजनको लागि गठित उच्चस्तरीय समिति, दाङ घोराही जि. दाङ मानपुर गा.पं. वा.नं. २ साहीपुर बस्ने चुलुवा चौधरी

 भूमिसम्बन्धी (तेस्रो संशोधन) ऐन, ०३८ र भुमिसम्बन्धी (नवौं संशोधन) नियमहरू, ०३९ ले तोकेको कार्यविधि नअपनाई प्रत्यर्थीलाई मोहियानी हकको प्रमाणपत्र दिने ठहराएको उच्चस्तरीय समिति, दाङको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी कानून बमोजिम पुनः निर्णय गर्ने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु