विस्तृत खोजी

 
 
 
 
 
      

३३ खोजी नतिजाहरु

निर्णय नं. ३६४१ - जिउ मास्ने बेच्ने

 फैसला मिति:२०४५/०९/१२  संयुक्त इजलास  २२२७
 पुनरावेदक/ प्रतिवादी : जितबहादुर तामाङ्गको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : सिन्धुपाल्चोक दुमाचौर गा.पं.वा.नं.६ बस्ने बकटु तामाङनीसमेत

(१) कुनै केटीलाई विदेशमा बिक्री गर्न एक ठाउँबाट अर्को ठाउँमा लैजानु नै मुलुकी ऐन जिउ मास्ने बेच्नेको १ नं.को निमित्त पर्याप्त हुने । (प्रकरण नं. १७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३६४० - गाली बेइज्जती

 फैसला मिति:२०४५/१०/११  संयुक्त इजलास  २७४१
 पुनरावेदक/ प्रतिवादी : रौतहट, गौर गा.पं.वार्ड नं. ८ बस्ने शङ्करबहादुर कुँवर क्षेत्री बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.वा.नं.९ बस्ने गौरीशङ्कर क्षेत्री

(१) प्रतिउत्तर दिने कानूनी हकको सिलसिलामा नै भए पनि आफ्नो भाइ छोरालाई आफ्नो भाइ छोरा होइन, गैर व्यक्तिको छोरा भनी देखाएकोबाट वादीको इज्जतमा धक्का पुग्ने नै देखिँदा यस्तोमा गाली बेइज्जती गरेको होइन भन्न सकिने स्थिति नरहने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३६३९ - कर्तव्य ज्यान

 फैसला मिति:२०४५/०८/२०  संयुक्त इजलास  २१६७
 पुनरावेदक/ प्रतिवादी : कैलाली कारागारमा बन्दी रहेको वेदप्रकाश सक्सेनासमेत बिरुद्ध विपक्षी/वादी : प्र.ह.जीतबहादुरको जाहेरीले श्री ५ को सरकार

(१) सामान्य ज्ञानको मानिसलाई पनि १५ दिनसम्म अन्न पानी बन्द गरी थुन्दा मानिस मर्छ भन्ने कुराको जानकारी हुन्छ भनी अनुमान गर्नुपर्ने । (प्रकरण नं. १९) (२) मानसिक स्थिति विक्षिप्त भएको आफ्नो छोरालाई मनस्थिति परिवर्तन हुन्छ कि भन्ने आधारमा कोठामा थुनेको अवस्थामा मृत्यु हुन गएको भन्ने देखिएकोमा अपराध गरेको अवस्था समेतबाट ऐन बमोजिम सर्वश्वसहित जन्मकैदको सजायँ गर्दा चर्को पर्ने देखिँदा अ.बं.१८८ नं.बमोजिम जनही कैद वर्ष १० दश हुने । (प्रकरण नं. १९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३६३८ - कर्तव्य ज्यान

 फैसला मिति:२०४५/०९/२३  संयुक्त इजलास  २४४२
 पुनरावेदक/ प्रतिवादी : प्र.ह.उद्धवबहादुर गुरुङको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जिल्ला कैलाली नारायणपुर गा.पं.वा.नं.८ सतिबजार बस्ने डवलबहादुर रावलसमेत

(१) वारदात नै भए गरेको भन्ने शंकारहित तवरबाट प्रमाणित हुन नसकेको स्थितिमा केवल शंकाको भरमा अपराधी ठहर गर्न न्यायको दृष्टिमा मिल्ने नदेखिने । (प्रकरण नं. ४१) (२) पुनरावेदन नपरे पनि अ.बं.२०५ नं. ले इन्साफ सजायतर्फ हेर्न मिल्ने । (प्रकरण नं. ४१)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३६३७ - गोली हानी मारेको कर्तव्य ज्यान

 फैसला मिति:२०४५/०८/२२  संयुक्त इजलास  २११८
 पुनरावेदक/ प्रतिवादी : कारागार शाखा इलाममा थुनामा रहेका प्र.ज.मोहनराज कार्की बिरुद्ध विपक्षी/वादी : पशुपतिनगर भन्सार कार्यालयका ख.प्रेमबहादुर श्रेष्ठको जाहेरीले श्री ५ को सरकार

(१) कोठा बाहिर आई राइफलमा गोली लोड गरी कोठामा गई गोली प्रहार गरी मारेकोमा घटी सजायँ हुनुपर्छ भन्ने जिकिर पुग्न नसक्ने । (प्रकरण नं. १९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३६३६ - लिखत बदर

 फैसला मिति:२०४५/०९/२९  संयुक्त इजलास  २१५४
 पुनरावेदक/ प्रतिवादी : भ.पु.न.पं.वा.नं.१३ बस्ने मोहनकुमारी विजुक्छे हाडासमेत बिरुद्ध विपक्षी/वादी : भ.पु.न.पं.वा.नं.१३ बस्ने गणेशबहादुरको छोरा गजेन्द्रबहादुर विजुक्छे मरी म.सु.गर्ने निजको छोरा भूपेन्द्र हाडा

(१) बन्देजपत्र बमोजिम अंशियारले बराबरका दरले बाँडी खाने उल्लेख भएकोबाट आमा बाबु दुवैको मृत्यु उप्रान्त जो बाँकी रहन्छ त्यसमा मात्र वादीले आधि भाग पाउने देखिने, आमा जीवित रहेको अवस्थामा बाबु परलोक हुँदैमा उक्त सम्पत्तिमा वादीको आधा लाग्छ भन्न नमिल्ने । (प्रकरण नं. १४) (२) बाबु आमा दुवैजनाको शेषपछि मात्र सो बाँकी रहेको सम्पत्ति अंशियारहरुले बाँडी खान पाउने भई बाबुको भागमा परेको विवादका जग्गा आमाले बिक्री गरेकोमा आमा जीवित छँदै वादीको दावी लाग्ने भन्न नमिल्ने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३६३५ - अंश

 फैसला मिति:२०४५/१०/११  संयुक्त इजलास  २१६४
 पुनरावेदक/ प्रतिवादी : जि.झापा महाभारा गा.पं.वार्ड नं. १ बस्ने डम्बरबहादुर निरौला बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने शेरबहादुर निरौलासमेत

(१) जालसाजी मुद्दाबाट निस्कृय भएको घरसारको बण्डापत्रबाट वादीले अंश पाई सकेको भनी ठहर गर्न मिल्ने नदेखिने । (प्रकरण नं. १२) (२) वादी र प्रतिवादीहरुले बण्डापत्र समेत गरी छुट्टी भिन्न भएको भनी देखाएको मितिलाई वादी प्रतिवादीहरु मानु छुट्टिएको मिति कायम मान्नु पर्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३६३४ - कुटपिट

 फैसला मिति:२०४५/०९/२०  पूर्ण इजलास  २२६५
 पुनरावेदक/ प्रतिवादी : का.प.जि.वार्ड नं. ६ जनगाल बस्ने शम्भुबहादुर खत्रीसमेत बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.गा.पं.वा.नं.६ बस्ने वीरबहादुर खड्कासमेत

(१) मिलापत्र गाउँ न्यायिक समितिबाट नभई गाउँपञ्चायतका प्रधानपञ्चबाट भएको देखिएकोले सो मिलापत्र कानून बमोजिम भएको भन्न नमिल्ने । (प्रकरण नं. २०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३६३३ - उत्प्रेषण

 फैसला मिति:२०४५/१०/१८  पूर्ण इजलास  २१९६
 पुनरावेदक/ प्रतिवादी : श्री ५ को सरकार, सामान्य प्रशासन मन्त्रालय, हरिहर भवन बिरुद्ध विपक्षी/वादी : खोटाङ, खार्पा गा. पं., वा.नं.६ बस्ने पितृभक्त पोखरेल

(१) विशेष अवस्थामा सफाइको सबूद पेश गर्ने अवसरबाट बञ्चित गर्ने प्रयोजनको लागि नि.से.ऐन, २०१३ दफा ६ को उपदफा १(ख) बमोजिम पर्चा खडा गर्न सकिने, तर यसबाट उचित र पर्याप्त कारण बिना नै पर्चा खडा गरी सजायँ गर्न नमिल्ने । (प्रकरण नं. १३) (२) विश्वसनीय सबूद आउन सक्छ वा सक्दैन भनी पूर्व अनुमान गर्नु न्यायोचित नदेखिने । (प्रकरण नं. १३) (३) मौका दिंदा अव्यवहारिक हुने भन्नलाई खडा भएको पर्चामा स्पष्ट र किटानसाथ अव्यवहारिक हुने कारणको उल्लेख हुनु पर्ने, निवेदकको सम्बन्धमा खडा गरिएको पर्चामा सो किसिमले अभिव्यक्त भएको देखिन नआएकोले खडा भएको पर्चालाई नेपाल निजामती सेवा ऐन, २०१३ को दफा ६ को उपदफा (१) को खण्ड (ख) को प्रयोजनको लागि सो कानून अनुकूल भएको भन्न नमिल्ने । (प्रकरण नं. १३) (४) अनुमानित कारणको आधारमा खडा गरिएको पर्चालाई उक्त दफा ६ को उपदफा १(ख) अनुसार मान्यता दिन नमिल्ने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३६३२ - उत्प्रेषण

 फैसला मिति:२०४५/१०/१८  पूर्ण इजलास  २२५८
 पुनरावेदक/ प्रतिवादी : श्री ५ को सरकार, सामान्य प्रशासन मन्त्रालयसमेत बिरुद्ध विपक्षी/वादी : का.न.पं.वा.नं.१७ कुलेचौर बस्ने भैरवप्रसाद उपाध्याय भट्टराई

(१) पुनरावेदन गर्न पाउने वैकल्पिक उपचारको बाटो हुँदाहुँदै सो बमोजिम पुनरावेदनको मार्ग अवलम्बन नगरी पर्न आएको रिट निवेदनमा असाधारण अधिकारक्षेत्र प्रयोग गर्न नमिल्ने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३६३१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४५/०९/१३  पूर्ण इजलास  २६०७
 पुनरावेदक/ प्रतिवादी : श्री बर्दिया सुगर मिल्स प्रा.लि.को तर्फबाट अधिकारप्राप्त र आफ्नै हकमा पनि म्यानेजिङ्ग डाइरेक्टर पृथु शमशेर ज.ब.रा. बिरुद्ध विपक्षी/वादी : माननीय भूमिसुधार मन्त्री, श्री ५ को सरकार, भूमिसुधार मन्त्रालयसमेत

(१) हदबन्दी छूट सम्बन्धमा उद्योगको औचित्य हेरी छूट दिने वा नदिने कुरा श्री ५ को सरकारले आफ्नो स्वविवेक प्रयोग गरी निर्णय गर्ने कुरा हो, हदबन्दी छूट दिनै पर्छ भनी कानूनले बाध्यात्मक व्यवस्था गरेको नपाइने, यस्तोमा समानताको व्यवहार भएन भन्न मिल्ने नदेखिने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३६३० - खिचोला

 फैसला मिति:२०४५/११/१९  पूर्ण इजलास  २३४०
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पं.वा.नं.६ बौद्ध बस्ने गुण्डा लामा बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने पुण्यवज्र लामाको मु.स.गर्ने पुण्य लामा निज पुण्यज्वाला पनि मरी मु.स.गर्ने गणेश बज्र चिनिया लामासमेत

(१) घरबास भएको मोहियानीको जग्गा खरीद बिक्री हुनसक्ने भएबाट यस्तो मुद्दा जिल्ला अदालतबाट हेर्न पाउने । (प्रकरण नं. १६) (२) वादीले नापीमा समेत लेखाई देखाई गरी विवादको जग्गामा वादी मोही जनी नापी भएको जग्गामा गाउँ पञ्चायतबाट समेत स्वीकृति प्राप्त गरी घर बनाई बसोबास गरी आएको समेत देखिन आएको हुँदा विवादीत घर जग्गा वादीको हक भोगको रहेछ भन्ने देखिने । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३६५८ - परमादेशयुक्त प्रतिषेध लगायतका उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४५/०९/१३  संयुक्त इजलास  २७४६
 पुनरावेदक/ प्रतिवादी : विराटनगर न.पं.वार्ड नं. १४ बस्ने इन्दू श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : राष्ट्रिय वाणिज्य बैंक रानी शाखाका प्रबन्धक संघदास श्रेष्ठसमेत

(१) कर्जा असूल गर्नु पर्ने संस्था वा व्यक्तिले आफूकहाँ रहेको सुरक्षण मध्ये कुनै सुरक्षणबाट असूल गर्न खोजेकोलाई कानून विपरीत भएको भन्न मिल्ने नदेखिने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु