विस्तृत खोजी

 
 
 
 
 
      

३३ खोजी नतिजाहरु

निर्णय नं. ३५७९ - उत्प्रेषण

 फैसला मिति:२०४५/०९/११  संयुक्त इजलास  १९०६
 पुनरावेदक/ प्रतिवादी : सुनसरी इनरुवा गा.पं.वा.नं.३ बस्ने भीमकुमारी खनालसमेत बिरुद्ध विपक्षी/वादी : मालपोत कार्यालय सुनसरीसमेत

(१) बेरुजु सम्बन्धी रकम असूल गर्नलाई सरकारी रकम असूल फछ््र्यौट ऐन, २०२५ को व्यवस्था भएको र सो ऐन अनुसार बेरुजू बाँकीमा अंशियारको सम्पत्ति लिलाम गरी असूलउपर गर्ने कानूनी व्यवस्था नभएकोले उक्त सम्बन्धमा विशेष ऐनको व्यवस्था भएकोमा मु.ऐन दण्ड सजायको २६ नं.अनुसार हकदारको सम्पत्ति समेतबाट बेरुजु रकम असूल गर्ने केन्द्रीय तहसील कार्यालयको निर्णय र त्यसको प्रत्यायोजित अधिकार बमोजिम मालपोत कार्यालयले गरेको निर्णय कानून अनुरुप नहुनाले उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३५७८ - उत्प्रेषण परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४५/०७/१४  संयुक्त इजलास  १९१९
 पुनरावेदक/ प्रतिवादी : का.जि.खड्का भद्रकाली गा.पं.वा.नं.६ बस्ने कान्छा महर्जन बिरुद्ध विपक्षी/वादी : का.मु.प्रमुख मालपोत अधिकृत श्री धर्मप्रसाद गौतमसमेत

(१) पिताको परलोक भएकाले लगत भिडाई जग्गा दर्ता गराई ज.ध.प्र.पु.समेत पाउँ भनी मा.पो.का.मा निवेदन परिसकेपछि सो जग्गा दर्ता गर्न मिल्ने नमिल्ने सो सम्बन्धमा लगत भिडाई हेर्नु पर्नेमा सो नगरी फिल्डबुकबाट बेनिस्साको देखिँदा हाल कारवाही गर्न मिलेन भन्दै आवादी समितिबाट कारवाही हुने गरी तामेलीमा राख्ने भनी गरेको मा.पो.का.को निर्णय कानून अनुरुप नहुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३५७७ - कर्तव्य ज्यान

 फैसला मिति:२०४५/०८/०७  संयुक्त इजलास  १९५१
 पुनरावेदक/ प्रतिवादी : कारागार शाखा तेह्रथुममा थुनामा बस्ने चन्द्रबहादुर डांगी बिरुद्ध विपक्षी/वादी : चन्द्रबहादुरको जाहेरीले श्री ५ को सरकार

(१) छोरालाई मार्नु पर्ने रीसइवी मनसाय नभई अह्राएको काम नगरेबाट रीस उठी परिश्रम मेहनत गर्नु पर्छ भनी निज मर्नेकै हितको लागि निजलाई कुटपिट गरेको, होस नपुर्यारई हान्दा मृतक कान्लामनी लडी रुखमा अल्झी संजोगवस मृत्यु भएकोमा ज्यानसम्बन्धीको महलको ५ नं. अनुसार भवितव्यको अपराध देखिन आएकोले मुलुकी ऐन ज्यानसम्बन्धीको महलको ६(२) बमोजिम निजलाई कैद वर्ष २ हुने । (प्रकरण नं. १८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३५७६ - जग्गा खिचोला चलन

 फैसला मिति:२०४५/०८/१२  संयुक्त इजलास  १९८९
 पुनरावेदक/ प्रतिवादी : संखुवासभा धनुषा गा.पं.वार्ड नं. ३ बस्ने महानन्द उपाध्यायसमेत बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने कपिलमणि उपाध्याय भट्टराई

(१) हक टुटाई लिएको सबूद बिना भोग गरेको भन्ने आधारमा मात्र हक स्थापित हुन नसक्ने । (प्रकरण नं. १७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३५७५ - उत्प्रेषण

 फैसला मिति:२०४५/०७/१०  संयुक्त इजलास  १८३५
 पुनरावेदक/ प्रतिवादी : भोजपुर साङपाङ गा.पं.वा.नं.८ बस्ने तुल्सीकुमारी राई बिरुद्ध विपक्षी/वादी : ऐ.चम्पे गा.पं.वा.नं.३ बस्ने गोपालबहादुर राईसमेत

(१) दाम्पत्य सम्बन्ध विच्छेद गरी पाउँ भनी पर्न आएको विषयमा निवेदन लिई सम्बन्ध कायम राख्ने सम्बन्धमा आवश्यक कारवाही गर्ने सम्मको अधिकार गा.पं.लाई रहेको देखिने तर सम्बन्ध विच्छेद गराई दिने अधिकार गा.पं.लाई भएको भन्ने कानूनी व्यवस्था रहेको नपाइने । (प्रकरण नं. ७) (२) गा.पं.कार्यालयले दाम्पत्य सम्बन्ध विच्छेद गरी दिने भनी गरेको कागज अ.बं.३५ नं. को आधारमा अनधिकृत देखिन आएकोले उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३५७४ - उत्प्रेषण मिश्रित परमादेश

 फैसला मिति:२०४५/०८/१९  संयुक्त इजलास  २०९५
 पुनरावेदक/ प्रतिवादी : महोत्तरी मटिहानी आदर्श गा.पं.वार्ड नं.६ बस्ने रामकुमार मण्डल धानुक बिरुद्ध विपक्षी/वादी : जि.महोत्तरी मटिहानी आदर्श गा.पं.वार्ड नं. ८ बस्ने किशोरीप्रसाद चौधरीसमेत

(१) अधिकारप्राप्त निर्वाचन विशेष अदालतले दुवैपक्षको रोहवरमा मतगन्ती समेत गरी तथ्यको निरोपण गरिसकेकोलाई अन्यथा भन्न मिल्ने स्थिति नहुँदा मैले बढी मत पाएकोले मलाई निर्वाचित घोषित गरिनु पर्ने भन्ने निवेदकको जिकिर नमिल्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३५७३ - कर्तव्य ज्यान

 फैसला मिति:२०४५/०३/०७  संयुक्त इजलास  १८०७
 पुनरावेदक/ प्रतिवादी : मन पौड्यालको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : केन्द्रीय कारागारमा थुनामा रहेको रामकाजी पौड्याल खत्री क्षेत्री

(१) प्रहरी र अदालतमा समेत घटनाको विवरण उल्लेख गरी वारदातमा प्रयोग गरेको खुकुरीलाई समेत सनाखत गरी सावित भई बयान गरेकोबाट अभियुक्तको मगज बिग्रेको भन्न सकिने अवस्था नभएको । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३५७२ - कर्तव्य ज्यान

 फैसला मिति:२०४५/०३/२१  संयुक्त इजलास  १८२४
 पुनरावेदक/ प्रतिवादी : लोगे तिरुवाको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : अछाम कारागार शाखामा थुनामा रहेकी कलसी तिरुवा कमिनी

(१) विधुवा स्त्रीले अर्काको गर्भ बोकी जन्मेको बच्चालाई लोकापवाद र लाजगालबाट बच्न सकिन्छ कि भन्ने अभिप्रायले सम्म जन्मेको बच्चालाई मारेको भन्ने देखिएकोमा सर्वश्वसहित जन्मकैदको सजायँ गर्दा चर्को पर्ने देखिँदा अभियुक्तलाई घटी सजायको लागि राय लगाएको मनासिब देखिँदा अपराधको अवस्था समेतबाट अभियुक्तलाई अ.बं.१८८ नं.ले कैद वर्ष १० सजायँ हुने । (प्रकरण नं. १९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३५७१ - उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४५/०७/२९  संयुक्त इजलास  १७८२
 पुनरावेदक/ प्रतिवादी : सुनसरी जिल्ला ईटहरी गा.पं.वा.नं.७ बस्ने प्रल्हादबहादुर बस्नेत बिरुद्ध विपक्षी/वादी : श्री पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरसमेत

(१) निर्णयमा प्रहरी नियमावली, ०३३ को नियम ९.१(छ) अनुसार भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य ठहरिने गरी नोकरीबाट बर्खास्त गरिएको नभई नियम ९.१(च) बमोजिम भविष्यमा सरकारी नोकरीको लागि सामान्यतः अयोग्य नठहरिने गरी नोकरीबाट हटाइएको देखिँदा निर्णयमा बर्खास्त भन्ने शब्दको प्रयोग भएकै कारणबाट प्रहरी नियमावली, २०३३ को नियम ९.१(छ) बमोजिम बर्खास्त भएको र निवृत्तिभरण पाउने कानूनी अधिकारमा समेत प्रतिकूल असर परेको भन्न नमिल्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३५७० - उत्प्रेषणयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४५/०८/१४  पूर्ण इजलास  १९०५
 पुनरावेदक/ प्रतिवादी : का.न.पं.वा.नं.३३ बस्ने छत्रकुमारी पाठक बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने गेहेन्द्र देव पाठक

(१) तेरो मेरो परी हक बेहकको प्रश्न उपस्थित भएकोमा अदालतबाट हक बेहक गराई आउनु भनी सुनाउनु पर्ने । (प्रकरण नं. १५) (२) तेरो मेरो परी हक बेहकको प्रश्न उपस्थित भएकोमा निर्णय गर्ने अधिकार मालपोत कार्यालयलाई नभएको । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३५६९ - कीर्ते जालसाजी

 फैसला मिति:२०४५/०८/१४  पूर्ण इजलास  १९३५
 पुनरावेदक/ प्रतिवादी : त्रिभुवननगर न.पं.वा.नं.३ ढिकपुर बस्ने विमलकुमार शर्मासमेत बिरुद्ध विपक्षी/वादी : जि.दाङ मानपुर गा.पं.वा.नं.४ बस्ने तेसराकुमारी उपाध्याय

(१) बण्डापत्र पढी सुनाई यस्को मजबून समेत सम्झाई बुझाई आफू स्वयंले सहिछाप गरी अडडबाट पारित समेत गराएको बण्डापत्रको लिखतलाई कीर्ते भन्न नमिल्ने । (प्रकरण नं. २५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३५६८ - लिखत पारित

 फैसला मिति:२०४५/०५/०९  पूर्ण इजलास  २१८९
 पुनरावेदक/ प्रतिवादी : जिल्ला सप्तरी डाढा गा.पं. वा.नं.९ बस्ने महेन्द्रनारायण तेलीसमेत बिरुद्ध विपक्षी/वादी : ऐ.डिमन गा.पं. वा.नं.६ बस्ने भुवनेश्वर साहु तेली

(१) लिखतको हरफलाई नछोई कारणीले सही गरेकोलाई कानूनले स्पष्ट रुपबाट गैरकानूनी भन्न सकिने व्यवस्था गरेको नदेखिए पनि त्यस्तो लिखत व्यवहारमा प्रचलनमा रहेको नदेखिएकोले यस्तो सहीलाई शुद्ध लिखतमा परेको सही भन्न सकिने अवस्था देखिन नआउने । (प्रकरण नं. १६) (२) वारेसनामाको लिफा दिएको कारणबाट कारणीको सहीमा सही वा वारेस भन्ने परेकोबाट सो लिफामा राजीनामा खडा गर्दा सही परेको वारेस भन्ने शब्द मिल्न नआउने भएबाट सो वारेस भन्ने शब्दलाई दबाउन वार्ड ६ भनी लेखेको स्पष्ट देखिन आएकोले पास गरी पाउँ भनी दावी लिएको लिखत सत्य साँचो व्यहोराको नदेखिई लिफामा खडा गरेको देखिन आउने । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३५६७ - जग्गा खिचोला जालसाजी

 फैसला मिति:२०४५/०९/०६  पूर्ण इजलास  २०६४
 पुनरावेदक/ प्रतिवादी : जि.उदयपुर भुटार गा.पं. वा.नं.३ बस्ने लालबहादुर खत्री क्षेत्री बिरुद्ध विपक्षी/वादी : ऐ. वा.नं.९ हाल वा.नं. ६ बस्ने मानबहादुरको मु.स.गर्ने भक्तबहादुर सुनार कार्की

(१) कानूनले पारित हुनु पर्ने लिखत पारित भएको छैन भने त्यसबाट कसैको हकको स्रोत हुन नसक्ने । (प्रकरण नं. १६) (२) हक पक्का भएको जग्गा कानून बमोजिम हक हस्तान्तरण गरी गराई जग्गा प्राप्त नगरेको अवस्थामा अरु विभिन्न कृयाकलापबाट जग्गामा हक प्राप्त भयो भन्न नमिल्ने । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु