विस्तृत खोजी

 
 
 
 
 
      

१७ खोजी नतिजाहरु

निर्णय नं. १०६०२ - मानव बेचबिखन तथा ओसारपसार

 फैसला मिति:२०७७/०३/२९  संयुक्त इजलास  २४५९
 पुनरावेदक/ प्रतिवादी : जिल्ला कपिलवस्तु, मोतिपुर गा.वि.स. वडा नं. ८ घर भई हाल जिल्ला कारागार कार्यालय, पाल्पामा थुनामा रहेको लाल बहादुर परियारको श्रीमती माया परियारसमेत बिरुद्ध विपक्षी/वादी : उमा परियारको जाहेरीले नेपाल सरकार

वादी पक्षका साक्षीहरूले जाहेरवालाको कुरा सुनेकै भरमा बकपत्र गरेको देखिएबाट त्यस्तो जाहेरी बेहोरा जाहेरवालाको बकपत्र र निजले भनेकाले सुनी थाहा पाएको हो भन्‍ने साक्षी भनाइका आधारबाट मात्र मानव बेचबिखनजस्तो गम्भीर अपराधमा दोषी ठहर गर्नु न्याय र कानूनसङ्गत नहुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०६०१ - उत्प्रेषण / निषेधाज्ञा / परमादेश

 फैसला मिति:२०७७/०३/२९  संयुक्त इजलास  १३९६
 पुनरावेदक/ प्रतिवादी : जिल्ला महोत्तरी गा.वि.स. सुन्‍दरपुर वडा नं.३ बस्ने तौकिर मंसुर बिरुद्ध विपक्षी/वादी : गा.वि.स. को कार्यालय सुन्दरपुर महोत्तरीसमेत

स्थानीय समुदायको धर्म, संस्कृति, मूल्य, मान्यता संरक्षण र संवर्द्धन गर्न परम्परादेखि चली आएको कब्रस्थानको जग्गाको हकमा समेत उचित व्यवस्था गर्नुपर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०५९९ - उत्प्रेषण / परमादेश

 फैसला मिति:२०७७/०३/२८  संयुक्त इजलास  १९०५
 पुनरावेदक/ प्रतिवादी : पर्वत जिल्ला पकुवा गा.वि.स. वडा नं. ६ घर भई हाल भक्तपुर जिल्ला स्थित परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीमा लेखा नियन्त्रक पदमा कार्यरत कर्मचारी संकेत नं. १४०५३४ को वेगनाथ पौडेल बिरुद्ध विपक्षी/वादी : नेपाल सरकार, सामान्य प्रशासन मन्त्रालयसमेत

कर्मचारीले प्रक्रिया पूरा नगरी समयावधिपछि निवेदन दिन आएको भए (करारको उल्लङ्घन भएको अवस्था) सेवा सुविधाबाट वञ्चित गर्ने आधार हुन सक्छ । तर निवेदक आफैँ जागरूक भई समय समयमा विभिन्न सम्बन्धित निकायमा आफ्नो सेवा अवधि गणना गर्न लागिपरेको अवस्थामा कार्यालयको लापरबाहीका कारण सो निवेदनबमोजिमको माग पूरा गर्न नमिल्ने भनी विपक्षीहरू आफ्नो दायित्वबाट पञ्छिन नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०५९८ - लागु औषध (डाइजेपाम तथा नाइट्रोभेटसमेत)

 फैसला मिति:२०७७/०३/२१  संयुक्त इजलास  ५३१९
 पुनरावेदक/ प्रतिवादी : प्रहरी नायब निरीक्षक अरूणकुमार चौधरीको प्रतिवेदनले नेपाल सरकार बिरुद्ध विपक्षी/वादी : काभ्रेपलाञ्चोक जिल्ला, पनौती नगरपालिका वडा नं.१ घर भई काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३५ कोटेश्‍वर जडीबुटी बस्ने श्रीप्रसाद राजभण्डारीको छोरा समिर राजभण्डारीसमेत

अभियोजन पक्षले खरिद-बिक्री तथा ओसारपसारतर्फको कसुर प्रमाणद्वारा पुष्टि गर्न नसकेको, केबल केही मात्राको प्रतिबन्धित लागु औषध बरामद भएको भन्ने आधारमा नै शंका गरी अभियोग मागदाबीअनुसार खरिद-बिक्री, सञ्चय तथा ओसारपसारको कसुर गरेको भनी ठहर गर्नु मनासिब नहुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०५९६ - मानव बेचबिखन तथा ओसारपसार

 फैसला मिति:२०७७/०३/०१  संयुक्त इजलास  २२२५
 पुनरावेदक/ प्रतिवादी : L उपनामसमेतको जाहेरीले नेपाल सरकार बिरुद्ध विपक्षी/वादी : जिल्ला झापा, धाइजन गाउँ विकास समिति वडा नं. ७ घर भई हाल परिवर्तन मेचीनगर नगरपालिका वडा नं. ११ स्थायी घर भई हाल कारागार कार्यालय, झापामा कैदमा रहेको मुना मगर मेचे

फौजदारी कसुरमा जसले जे जस्तो कसुर गरेको हो सोहीअनुसारको नै सजाय हुनु न्यायोचित हुन जाने हुन्छ । केबल कसुर कायम भयो भन्दैमा कसुरको मात्रालाई विचारै नगरी ठुलो सजाय गराउने र गर्ने उद्देश्यबाट अभिप्रेरित भई बलपूर्वक व्याख्या गरी ठुलो सजाय तोकिनु फौजदारी न्यायको मर्मविपरीत हुन जाने भई न्यायको अनुभूतिसमेत हुन सक्दैन अतः कसुरअनुसारकै सजाय तोकिनु न्यायको मर्म पनि हो भने न्यायोचित कुरा पनि हुन आउने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०५९५ - लागु औषध (खैरो हेरोइन)

 फैसला मिति:२०७७/०३/०१  संयुक्त इजलास  ४७११
 पुनरावेदक/ प्रतिवादी : प्रहरी प्रतिवेदन जाहेरीले नेपाल सरकार बिरुद्ध विपक्षी/वादी : जिल्ला सप्‍तरी राजविराज नगरपालिका वडा नं. १ घर भई हाल काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. १३ ताहाचल बस्ने मुकेशकुमार दाससमेत

समूहमा मिली लागु औषधको कारोबार तथा ओसारपसारको कसुरमा संलग्न रहेको पुष्टि हुन्छ भने समूहका प्रत्येक व्यक्तिबाट लागु औषध बरामद हुन आवश्यक हुँदैन । त्यो अवस्थामा समूहका सबैले आपराधिक दायित्व वहन गर्नुपर्ने हुन्छ । तर समूहमा मिली कसुरमा संलग्न रहेको प्रमाणहरूबाट पुष्टि हुन नसकेको अवस्थामा लागु औषध बरामद नभएका प्रतिवादीहरूलाई समेत सँगै रहेको वा अन्य प्रतिवादीहरूसँग सम्पर्कमा रहेको भन्ने आधारमा मात्र कसुरदार ठहर गरी आपराधिक दायित्व वहन गराउनु न्यायसङ्गत नहुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०५९४ - जबरजस्ती करणी

 फैसला मिति:२०७७/०२/२९  संयुक्त इजलास  ३७३४
 पुनरावेदक/ प्रतिवादी : परिवर्तित नाम D-D1 को जाहेरीले नेपाल सरकार बिरुद्ध विपक्षी/वादी : धनबहादुरको छोरा ताप्लेजुङ जिल्ला आङखोप वडा नं २ घर भई हाल तेह्रथुम जिल्ला लालीगुँरास नगरपालिका वडा नं. २ बस्ने दलबहादुर तामाङ

महिलाहरूउपर हुने कुनै प्रकारको हिंसा, बलात्कारजन्य कुकृत्यप्रति न्यायिक संवेदनशीलता देखाउन अत्यन्त आवश्यक हुन्छ । कानूनले समेत महिला विरूद्ध हुने हिंसा नियन्त्रण गर्ने अभिप्रायले विभिन्न संरक्षणात्मक प्रावधानहरू व्यवस्थित गरेको पाइन्छ । तथापि यी विषयहरूलाई न्यायको मूल अपेक्षा वा सम्भावित न्यायिक प्रक्रिया दुरूपयोगको अवस्थातर्फ दृष्टि नपुर्‍याई एक पक्षीय ढङ्गबाट मुद्दाको सुरूवातमा दिएको जाहेरी वा उजुरीलाई नै निश्चयात्मक प्रमाणको रूपमा मान्यता दिई कुनै व्यक्तिलाई दोषी ठहर गर्दा अन्यायपूर्ण अवस्था परिणामले प्रश्रय पाउन सक्छ । यस्तो अन्यायपूर्ण र विभेदकारी अवस्था पैदा नहोस् भन्‍ने मान्यतालाई आत्मसाथ गरेर फौजदारी न्यायका आधारभूत मान्यताहरूअनुकूल हुने गरी न्याय निरूपण गर्नु वाञ्छनीय देखिने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०५९३ - परमादेश

 फैसला मिति:२०७६/११/२१  संयुक्त इजलास  २५१६
 पुनरावेदक/ प्रतिवादी : का.जि. साबिक चाल्नाखेल ३ हाल कीर्तिपुर नगरपालिका वडा नं.६ मा बस्ने रामकुमार कार्की बिरुद्ध विपक्षी/वादी : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबार, काठमाडौंसमेत

गलत अनुसन्धान र अनुचित अभियोगका कारण थुनामा बसेको र मुद्दाको अन्तिम निर्णय हुँदा सफाइ पाएको विषयमा कानून र न्यायका जानकार, सम्बन्धित विषय विज्ञ, अन्तर्राष्ट्रिय स्तरमा अन्य प्रजातान्त्रिक मुलुकहरूले यस सम्बन्धमा गरेका कानूनी व्यवस्थासमेत अध्ययन मनन गरी यस अदालतको पूर्वआदेशानुसार उपर्युक्त कानून निर्माण गरी न्यायोचित तथा मानवोचित रूपले क्षतिपूर्ति प्रदान गर्नेतर्फ आवश्‍यक कारबाही गर्नु भनी निर्देशनात्मक आदेश जारी हुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०५९२ - कर्तव्य ज्यान

 फैसला मिति:२०७६/११/०६  संयुक्त इजलास  १६३२
 पुनरावेदक/ प्रतिवादी : जिल्ला डोटी, पूर्वीचौकी गाउँपालिका वडा नं. ६ घर भई हाल कारागार कार्यालय, डोटीमा थुनामा रहेको टेकराज श्रेष्‍ठ बिरुद्ध विपक्षी/वादी : देवीलाल थापाको जाहेरी नेपाल सरकार

कर्ता आवेश प्रेरित छ र निजले कसैउपर प्रहार गरेको चोट स्वाभाविक वा निर्दोष वा अन्जानमा नभई गैरकानूनी वा अनुचित रहेको र त्यो कार्यबाट कुनै मानिसको मृत्युसम्म हुन पुग्दछ भने त्यस्तो कार्यलाई भवितव्य मानी कम सजाय गर्न कानूनले अनुमति नदिने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०५९१ - जबरजस्ती करणी उद्योग र कर्तव्य ज्यान

 फैसला मिति:२०७६/१०/१९  संयुक्त इजलास  १८७२
 पुनरावेदक/ प्रतिवादी : जिल्ला बाग्लुङ, दर्लिङ गा.वि.स. वडा नं. ४ हाल गुल्मी, मुसीकोट गा.वि.स. वडा नं. ४ घर भई हाल कारागार कार्यालय, गुल्मीमा थुनामा रहेको मित्रलाल कामी बिरुद्ध विपक्षी/वादी : कृष्‍णबहादुर थापाको जाहेरीले नेपाल सरकार

भवितव्यबाट घटना घट्न गएको हो भन्‍ने जिकिर लिनेले सो कार्य दुर्घटना थियो, आपराधिक मनसाय र ज्ञानले गरिएको थिएन, काम गर्दा उचित सतर्कता र सावधानी राखिएको थियो भन्‍ने प्रमाणित गर्नुपर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०५८९ - उत्प्रेषण / परमादेश

 फैसला मिति:२०७६/०९/२१  संयुक्त इजलास  १४०५
 पुनरावेदक/ प्रतिवादी : सुनसरी जिल्ला घर भई हाल काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. ९ बत्तिसपुतली १६१ खरिबोट कुमारीमार्ग बस्ने गोपिलालको छोरा छत्रमान श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति दरबारमार्ग, काठमाडौंसमेत

नेपाल विद्युत् प्राधिकरणमा निरन्तर सेवा गरी आएको कर्मचारी माथिल्लो तहमा नियुक्ति भएको कारणले निजको सेवा टुट्न जाने वा निवृत्तिभरणको प्रयोजनको लागि कुनै तहको सेवा अवधि गणना नहुने भन्ने हुँदैन । माथिल्लो तहमा नियुक्ति प्राप्त गरेको कारणले कुनै तहको सेवा अवधि निवृत्तिभरणको प्रयोजनको लागि अमान्य वा शून्यकृत नहुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०५८८ - परमादेश

 फैसला मिति:२०७६/०९/२०  संयुक्त इजलास  १७७८
 पुनरावेदक/ प्रतिवादी : जिल्ला भोजपुर बोखिम गा.वि.स. वडा नं.१ स्थायी वतन भएको तीलक बहादुर राईको नाति गंगा बहादुर राईको छोरा हाल राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालय, मानव संसाधन विभागमा कार्यरत वर्ष ५८ को लेखा अधिकृत राम प्रसाद राई बिरुद्ध विपक्षी/वादी : राष्ट्रिय वाणिज्य बैंक, केन्द्रीय कार्यालय, सिंहदरबार प्लाजा, काठमाडौंसमेत

घरविदा भनेको कार्यालयमा उपस्थित भएको वा कार्यालयको कार्यमा संलग्न रहेको अवस्थामा केही अवधि फुर्सद दिनुपर्छ भन्ने मान्यतामा दिइने विदा हो। पदबाट निलम्बन भएको अवस्थामा पनि घरविदा पाईरहन्छ र सो वापतको सुविधा दिनुपर्छ भन्नु उचित र तर्कसंगत नहुने।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०५८७ - मोही नामसारी गरी मोही प्रमाणपत्र पाऊँ ।

 फैसला मिति:२०७६/०८/२५  संयुक्त इजलास  २०२५
 पुनरावेदक/ प्रतिवादी : जिल्ला महोत्तरी, साबिक ३ नं. बहादुरगन्ज हाल बेलगाछी गा.वि.स. वडा नं. २ मा बस्ने धैरज महतोको नाति सिताराम महतो नुनियाको छोरा जोगिन्द्र महतो नुनिया बिरुद्ध विपक्षी/वादी : जिल्ला महोत्तरी, सम्सी गा.वि.स. वडा नं. ४ बस्ने मुगाई साहको छोरा सिताराम साह

मोही हक प्राप्तिका लागि ऐनले तोकेको प्रक्रिया पूरा गरी सकेको अवस्थामा बाली बुझाएको रसिद भएको वा नभएको आधारमा हकवालाहरूलाई मोही हक प्राप्‍त गर्ने अधिकारबाट विमुख गराउन नसकिने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०५८६ - उत्प्रेषण / परमादेश

 फैसला मिति:२०७६/०३/३०  संयुक्त इजलास  ३३७५
 पुनरावेदक/ प्रतिवादी : नेपाल सरकार, भौतिक योजना तथा निर्माण मन्त्रालय सडक विभाग, बबरमहल, काठमाडौंका अधिकारप्राप्‍त महानिर्देशक दिनकर शर्मा बिरुद्ध विपक्षी/वादी : ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं.१० कुपण्डोल स्थित नेपाल मध्यस्थता परिषद् (NEPCA) मा सचिवालय रहेको मुख्य मध्यस्थ श्री सुरेशमान श्रेष्ठ तथा मध्यस्थ श्री कमला उप्रेती र मध्यस्थ श्री नरेन्द्रकुमार श्रेष्ठसमेत रहेको मध्यस्थ ट्राइबुनलसमेत

मध्यस्थता ऐन, २०५५ को दफा ३० ले केही खास अवस्थामा मात्र मध्यस्थ ट्राइबुनलको निर्णय प्रमाणित आधारमा टेकेर पुनर्विचार गर्न सक्ने वा सम्बन्धित ट्राइबुनलमा पठाउन सक्ने परिकल्पना गरेको पाइने । विशेषज्ञद्वारा छिटो न्याय निरूपण गर्न सकियोस् भन्‍ने उद्देश्यसहितको मूल भावना रहेको मध्यस्थता ऐन, २०५५ को दफा ३०(२) को व्यवस्थाले पुनरावेदन सुन्‍ने अदालतलाई मध्यस्थले गरेको निर्णय क्षेत्राधिकारको अभावमा, असक्षम पक्षले गरेको करार, नेपाल कानून प्रतिकूल मध्यस्थताको गठन, पक्षहरूबिच सम्पन्‍न सम्झौताअनुरूप नभएको वा त्यस्तो सम्झौता नै नभएकोमा ऐनअनुसार नभएको भन्‍नेलगायतका विषयमा सीमित क्षेत्राधिकार प्रदान गरेको पाइने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०५८५ - बन्दीप्रत्यक्षीकरण

 फैसला मिति:२०७५/०६/२३  संयुक्त इजलास  २५२२
 पुनरावेदक/ प्रतिवादी : तुलाराम रोकायाको नाति बसन्त रोकायाको छोरा दैलेख जिल्ला, पादुका गा.वि.स. वडा नं. ४ हाल परिवर्तित दुल्लु न.पा. वडा नं. ४ घर भइ नेपाल सरकार कम्पनी रजिस्ट्रारको कार्यालय, त्रिपुरेश्वर काठमाडौंमा उपरजिस्ट्रार पदमा कार्यरत रही हाल अतियार दुरूपयोग अनुसन्धान आयोग टंगाल काठमाडौंमा थुनामा रहेका वर्ष ४२ को धर्मराज रोकायाको हकमा रोमान्स राना बिरुद्ध विपक्षी/वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगाल, काठमाडौं

एउटा कसुर गरेको आरोपमा एक पटक सजाय पाएपछि वा सफाइ पाएपछि सोही कसुरमा पुनः मुद्दा चलाउने वा सजाय गर्न नहुने सिद्धान्त नै दोहोरो खतराको सिद्धान्त हो । यसले एउटै कसुरमा एक पटकभन्दा बढी मुद्दा चलाई सजाय गर्न हुँदैन भन्ने मान्यता राख्दछ । यो दोहोरो खतराको सिद्धान्त यान्त्रिक रूपमा प्रयोग हुने विषय भने होइन । मुद्दाको आ-आफ्ना विशिष्टता हुन्छन् । कुनै पनि कानूनी एवं विधिशास्त्रीय सिद्धान्तको प्रयोग गर्नुअघि सम्बन्धित मुद्दाको तथ्यगत सन्दर्भ र तत्‌सम्बन्धी कानूनतर्फ दृष्टि दिनु आवश्यक हुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०५८४ - उत्प्रेषण / परमादेश / प्रतिषेध

 फैसला मिति:२०७४/०६/०२  संयुक्त इजलास  २४७२
 पुनरावेदक/ प्रतिवादी : संखुवासभा जिल्ला, खाँदवारी नगरपालिका वडा नं.३ स्थायी ठेगाना भई हाल महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता टेकबहादुर घिमिरे बिरुद्ध विपक्षी/वादी : नेपाल सरकार, मन्त्रिपरिषद्‌समेत

कुनै मुद्दामा आफूलाई प्राप्त अधिकारको प्रयोग गरी कसैउपर मुद्दा चलाइएको वा नचलाइएको, कुनै कुराको दाबी लिएको नलिएको भन्‍ने मात्र आधारमा बदनियतको पुष्टि हुँदैन । सरकारी वकिललाई प्राप्त अधिकार स्वतन्त्र तथा विवेकपूर्ण रूपमा प्रयोग गर्नमा स्वतन्त्र छोडिदिनुपर्छ, अंकुश लगाउनु हुँदैन । हस्तक्षेप वा अंकुश लगाउँदा वास्तविक न्याय मर्न सक्दछ तर स्वतन्त्रताको अर्थ स्वच्छन्दता अवश्‍य होइन, कानूनको दायराभित्र रहेर प्रयोग हुने स्वतन्त्रता हो । मुद्दा चलाउनु वा नचलाउनुबाट मात्र बदनियतको मापदण्ड निर्धारण गर्न नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०५८३ - लागु औषध बिक्री वितरण

 फैसला मिति:२०७६/१०/१६  पूर्ण इजलास  २९७९
 पुनरावेदक/ प्रतिवादी : प्रहरी प्रतिवेदन र रोयल क्यानाडा माउन्टेड पुलिस नयाँ दिल्लीको टेलिफ्याक्स मेसेजसमेतको जाहेरीले नेपाल सरकार बिरुद्ध विपक्षी/वादी : काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. २ बस्ने राजेन्द्र गोपाल राजभण्डारीसमेत

अपराधको गम्भीरता र सजायको मात्राबिच सामञ्जस्यता र तादात्म्यता न्यायोचित र अपेक्षित हुन्छ । कसुर गर्दाको अवस्था र अपराधमा आरोपितको संलग्नता र भूमिकासमेतलाई दृष्टिगत गरी सजायको मात्रा निर्धारण गर्दा नै न्यायको मकसद पूरा हुन जान्छ । यो मान्यतालाई नजर अन्दाज गरी कसुर स्थापित हुँदैमा कानूनबमोजिमको अधिकतम हदको सजाय गर्दा न्यायको मकसद मर्न गई अन्यायपूर्ण अवस्थाको सिर्जना हुने खतरा रहने ।

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु