विस्तृत खोजी

 
 
 
 
 
      

१७ खोजी नतिजाहरु

निर्णय नं. ६०१२ - उत्प्रेषण

 फैसला मिति:२०५२/०२/३१  एक न्यायाधीशको इजलास  २६१९
 पुनरावेदक/ प्रतिवादी : ल.पु.न.पा. वडा नं. १ कुपण्डोल बस्ने वर्ष २९ को डि.वि. नेपाली । बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार, मन्त्रिपरिषद् सचिवालय काठमाडौं । प्रधानमन्त्री मनमोहन अधिकारी प्रधानमन्त्री कार्यालय,सिंहदरबार,काठमाडौं । उपप्रधानमन्त्री माधव कुमार नेपाल,उपप्रधानमन्त्रीको कार्यालय,सिंहदरबार । गृह मन्त्री खड्ग प्रसाद शर्मा ओली,गृह मन्त्रालय,सिंहदरबार ।

मिति २०५२।२।९ मा शहीद मंच टुंडिखेल काठमाडौंमा गर्न लागेको आमसभाको कार्यक्रमलाई कुनै किसिमबाट बन्देज लगाउन र कुनै पनि किसिमको बाधा व्यवधान खडा गरी रोकतोक गर्नुका साथै मैले निमन्त्रण गरेका सुभाष घिसिङ समेतका विशिष्ट अतिथिहरुलाई नेपाल आउन नपाउने गरी रोक लगाउन समेत नपाउने गरी उपयुक्त आज्ञा आदेश वा पूर्जि जारी गरी पाउँ भन्ने यो निवेदनको मुख्य माग व्यहोरा भएको र मिति २०५२।२।५ मा यस अदालतमा दर्ता भएको देखिए पनि हाल सम्म आमसभाको कार्यक्रमको उल्लेखित मिति व्यतित भइसकेकोले निवेदकले उल्लेख गरे बमोजिमको अवस्था नै कायम नरहेको भएबाट यस स्थितिमा अरु केही विचार गरिरहन नपर्ने । (प्र.नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ६०११ - उत्प्रेषण

 फैसला मिति:२०५१/०८/०२  संयुक्त इजलास  ३१४२
 पुनरावेदक/ प्रतिवादी : कास्की, पोखरा नगरपालिका वडा नं. ११ बस्ने ख्यामसु रेग्मी । बिरुद्ध विपक्षी/वादी : पोखरा नगरपालिका कास्की । पो.न.पा. कवाडी संकलन तथा व्यवस्था शुल्क ठेकेदार पो.न.पा. वडा नं. १४ स्थित कर चौकी बस्ने जय श्रेष्ठ ।

नगरपालिका ऐन, २०४८ को दफा ४४ मा नगरपालिकाले आफ्नो क्षेत्रभित्र तोकिएको व्यापार व्यवसाय वा पेशामा पुजिगत लगानी र आर्थिक कारोबारको आधारमा तोकिए बमोजिम व्यवसाय कर लगाई असूल गर्न सक्ने छ भन्ने व्यवस्था भएको नगरपालिका (कार्य व्यवस्था) नियमावली, २०४९ को नियम ३७(१) मा नगरपालिकाले आफ्नो क्षेत्र भित्रको व्यापार व्यवसाय वा पेशा गर्नेहरुबाट प्रत्येक वर्ष देहाय बमोजिम व्यवसाय कर असुल गर्न सक्नेछ भन्ने व्यवस्था गरी देहायमा विभिन्न किसिमका विषय वस्तुमा कर असुल गर्न सक्ने गरी रकम दर, तोकेको समेत देखिन्छ । तर उपरोक्त उल्लेख भए बमोजिमको फालिएका प्लाष्टिक, सिसा, फलामका टुक्रा आदि जस्ता कवाडी सामानको वसार पसारलाई पेशा व्यवसाय करको रुपमा समावेश गरेको देखिन आउँदैन । रिट निवेदन लेखाई तथा विपक्षीहरुको लिखित जवाफबाट समेत नगरपालिका क्षेत्र भित्रका थुप्रिएर रहेका त्यस प्रकारका कवाडी सामान वा खाली बोतल प्लाष्टिक जस्ता सामान बसार पसार गरेको कारणबाट पेशा व्यवसायको रुपमा कर तिरेको भन्ने देखिन आएबाट यसरी ऐनमा व्यवस्था नभएको विषयलाई केवल संकलन गरी निकासी गर्दैमा पेशा व्यवसाय मान्न मिल्ने नहुँदा पेशा व्यवसायको नाममा टेण्डर सूचना प्रकाशित गरी सो बमोजिम ठेकेदारलाई ठेक्का दिई कर रकम उठाउने गरेको विपक्षी पोखरा नगरपालिकाको काम कारवाही कानून प्रतिकुल देखिंदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्र.नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ६०१० - उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा आदेश वा पूर्जि जारी गरी पाउं ।

 फैसला मिति:२०५१/१०/२५  संयुक्त इजलास  २६९८
 पुनरावेदक/ प्रतिवादी : जिल्ला मकवानपुर नामटार आर्दश गा.वि.स. वडा नं. ९ बस्ने सरोज कुमार रिजाल। बिरुद्ध विपक्षी/वादी : श्री पुनरावेदन अदालत हेटौंडा । श्री मकवानपुर जिल्ला अदालत ।

कैदको लगत असुल नहुन्जेल जेथा रहेको सम्पत्तिको दायित्व पनि बाँकी नै रहेको सम्झनु पर्छ अन्यथा जेथा जमानीको कुनै अर्थ नै नहुने । (प्र.नं. ९) तहसिलबाट पुरा हुनु पर्ने दायित्व पनि पुरा नहुनु र सम्पत्ति भने सधै रोक्का रहनु दण्ड सजायको २४ नं. को उद्देश्य अनुकुल मान्न नमिल्ने । (प्र.नं. ९) दण्ड सजायको २४ नं. बमोजिम हुनु पर्ने कारवाही मुचुल्का भै सकेपछि मात्र निवेदकको रोक्का रहेको सम्पत्त फुकुवा गर्ने तर्फ समुचित कारवाही हुन सक्ने हुँदा फुकुवा अहिले नै गरी दिनु भनी भन्न नमिल्ने । (प्र.नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ६००९ - उत्प्रेषणयुक्त परमादेश जारी गरी पाउं ।

 फैसला मिति:२०५१/०८/२७  संयुक्त इजलास  २०६६
 पुनरावेदक/ प्रतिवादी : ल.पु.जि. ल.पु.न.पा.वडा नं. १३ बस्ने सुनिता मुखिया बिरुद्ध विपक्षी/वादी : महिला सिप विकास परियोजना, पुल्चोक ललितपुर । ऐ.ऐ बस्ने मा कार्यरत गंगा पन्त । ऐ.ऐ मा कार्यरत विनिता शाह । स्थानिय विकास मन्त्रालय,पुल्चोक । संचालक समिति,महिला शिप । विकास परियोजना,पुल्चोक ।

नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२) अन्तर्गतको उपचार माग गर्नेले संविधान वा कुनै नेपाल कानुनले दिएको हक हनन् भएको दर्शाउनु पर्ने हुन्छ । निवेदकको विपक्ष परियोजनाको सेवा गर्ने हक यो यस्तो ऐन वा नियमले सुरक्षित गरेको छ भन्ने उल्लेख गर्न सकेको छैन । कुनै नियम नै नबनेको तथ्य निवेदकले स्वीकारेको देखिन्छ । सेवामा प्रवेश गर्दा र सेवाकालमा जे जस्तो पदिय सेवाको सुरक्षा हुन्छ त्यही नै अवकास प्राप्त गर्दा लागु हुने अवस्था रहन्छ । तसर्थ अमुक कानुनले मेरो सेवाको शर्त तोकेको छ, भन्न नसकेको अवस्थामा संचालक समितिले परियोजनाको कार्यको अवस्था विचार गरी सेवामा थपघट गर्न कुनै कानूनी बन्देज नदेखिंदा संचालक समितिले नयाँ कार्य तालिका स्वीकृत गरी पद नै खारेज गरी अवकास दिने गरेको काम कारवाहीमा कुनै कानुनी त्रुटि भएको भन्न मिल्न सक्ने अवस्था विद्यमान नदेखिंदा रिट निवेदन खारेज हुने । (प्र.नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ६००८ - उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरी पाउं ।

 फैसला मिति:२०५१/०८/२७  संयुक्त इजलास  २२९९
 पुनरावेदक/ प्रतिवादी : जिल्ला महोत्तरी जलेश्वर नगरपालिका वार्ड नं. १ को रामपति साह सुडी । ऐ.ऐ बस्ने विल्टु महतरी । बिरुद्ध विपक्षी/वादी : श्री मालपोत कार्यालय महोत्तरी, जलेश्वर ।

अदालतबाट भएका फैसलालाई कार्यरुप दिनु मालपोत कार्यालय लगायतको सबै निकायको कर्तव्य हुन आउने । (१) (प्र.नं. ७) सर्वोच्च अदालतको मिति २०४३।४।२७ को निर्णयमा वडा फरक परेको अदालतले मालपोत कार्यालय महोत्तरीलाई जानकारी नगराएको भन्ने सम्म आधारमा दर्ता गर्न इन्कार गरेको देखिन आयो । वडा समय समयमा परिवर्तन हुन सक्ने रिट मुद्दाको जानकारी मालपोत कार्यालयलाई दिनु पर्ने प्रकृतिको निर्णय नभएको, जग्गा खिचोला फैसला बदर मुद्दामा मालपोत कार्यालयलाई जानकारी गराउनुपर्ने अवस्था पर्दैन । तसर्थ विपक्षी मालपोत कार्यालयले जुन आधारमा दर्ता गर्न इन्कार गरेको हो ती आधार कानूनी नदेखिएको र मालपोत कार्यालयले निवेदकले जिति पाएको पोखरी कुन हो भन्ने समय भई पोखरी एकिन गर्नुपर्ने भएमा अदालतका सम्बन्धित मिसिलहरु, मुद्दा गर्ने हलखोरी पञ्चायत लगायतका कार्यालयबाट बुझ्न वा निवेदकलाई निजसँग भएको सबै कागज प्रमाण पेश गर्न लगाई पोखरी एकिन गर्न सक्नेमा सो तर्फ कुनै कारवाही नगरी निवेदकको माग बमोजिम पोखरी दर्ता गर्नु ईन्कार गरेको कानुनसंगत नहुने । (प्र.नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ६००७ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा आदेश जारी गरी पाउं ।

 फैसला मिति:२०५२/०१/०५  संयुक्त इजलास  २२२८
 पुनरावेदक/ प्रतिवादी : जि. काठमाडौं का.न.पा. वडा नं. ४ धुम्बाराही बस्ने राजमान डंगोल । ऐ.ऐ बस्ने कालु डंगोल । बिरुद्ध विपक्षी/वादी : मालपोत विभाग, बबरमहल, काठमाडौं । मालपोत कार्यालय,काठमाडौं। पशुपती भण्डार तहविल कार्यालय,काठमाडौं ।

जुन आधारमा निवेदकलाई जग्गा धनी प्रमाणपुर्जा नमिल्ने भनिएको हो, सो आधार नै विद्यमान नहुँदा उक्त मालपोत कार्यालय काठमाडौंले मिति २०५०।९।१ मा श्री पशुपति भण्डार तहविल कार्यालयलाई लैखैको पत्रमा उल्लेख गरिएको मालपोत कार्यालय, काठमाडौंबाट भएको भनिएको मिति २०५०।८।२८ को आदेश कानूनसंगत नहुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्र.नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ६००६ - भ्रष्टाचार

 फैसला मिति:२०५१/१२/०७  संयुक्त इजलास  ३१७२
 पुनरावेदक/ प्रतिवादी : विशेष प्रहरी विभागको जाहेरीले श्री ५ को सरकार । बिरुद्ध विपक्षी/वादी : धनुषा जिल्ला, जनकपुर न.पा. वडा नं. १ बस्ने भुवन प्रसाद ढुंगाना । ऐ.ऐ.बेंवाडावर गा.वि.स. वडा नं.८ लालगढ बस्ने युग प्रसाद पुडासैनी ।

अदालतमा उपस्थित भई बकपत्र नगर्ने जाहेरवाला र बरामदी मुचुल्काका मानिसको भनाईलाई प्रमाणित आधार मान्न नमिल्ने । (प्र.नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ६००५ - उत्प्रेषण र परमादेश लगायतको उपयुक्त आज्ञा आदेश वा पूर्जि जारी गरी पाउं ।

 फैसला मिति:२०५२/०१/१९  संयुक्त इजलास  २३६४
 पुनरावेदक/ प्रतिवादी : का.जि.न.पा. वडा नं. ३३ बस्ने मणिन्द्ररन्जन बराल बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार, स्वास्थ्य मन्त्रालय, रामशाहपथ । स्वास्थ्य राज्य मन्त्री श्री रामवरण यादव,स्वास्थ्य मन्त्रालय रामशाहपथ। डा.दिव्यश्री मल्ल,अध्यक्ष,परोपकार इन्द्र राज्य लक्ष्मी प्रशुती गृह थापाथली ।

मनोनित अध्यक्षको पदावधि श्री ५ को सरकारको इच्छाबाट विधिकताले हटाएको र देहायका सदस्यहरु भन्दै देहायमा श्री ५ को सरकारबाट मनोनित चिकित्सक अध्यक्ष भन्ने समेत परेकोबाट सदस्यहरुको निमित्त जुन पदावधि अयोग्यता तथा पदको समाप्तिका आधारहरु प्रयुक्त हुने हो सो नै आधार अध्यक्षका निमित्त पनि प्रयोग हुने हो भन्नेमा विवाद गर्ने ठाउँ नरहने । (प्र.नं. १२) कुनै कानूनमा भइरहेको व्यवस्थालाई विधि निर्माताले पछि बनेको कानूनद्वारा हटाउँछ भने विधि निर्माताले नेपाल मेडिकल काउन्सिलको अध्यक्षको पदावधि श्री ५ को सरकारको इच्छामा नराखेको मान्नु पर्दछ । अध्यक्षको पदावधि श्री ५ को सरकारको इच्छामा नरहेपछि निजको पदावधि अयोग्यता वा अध्यक्षको पदको समाप्तीको कुनै आधार नै हुँदैन भनी मान्न नमिल्ने । (प्र.नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ६००४ - उत्प्रेषण समेत

 फैसला मिति:२०५१/१२/२२  संयुक्त इजलास  २२७०
 पुनरावेदक/ प्रतिवादी : झापा जिल्ला सतासीधाम गा.वि.स. वडा नं. ६ बस्ने वर्ष ५३ को ओम कुमारी खरेल । बिरुद्ध विपक्षी/वादी : मालपोत कार्यालय झापा भद्रपुर । मेन्टेनेन्स नापी शाखा झापा चन्द्रगढी । झापा जिल्ला सतासीधाम हा.वि.स. वडा नं.६ बस्ने वर्ष ४८ को टिकाराम कार्की । ऐ.ऐ बस्ने अन्दाजी वर्ष ४० की उर्मिला देवी श्रेष्ठ ।

कित्ता काट्ने कार्यबाट प्रभावित हुने निवेदिकालाई सुन्ने भन्ने मौका दिएर मात्र निर्णय गर्नु पर्नेमा सो बमोजिम नगरी निर्णय गरेको प्राकृतिक न्याय सिद्धान्तको विपरित निर्णय गरी संशोधन कित्ताबाट गरेको त्रुटीपुर्ण देखिंदा सो मिति २०४९।३।२१ को मालपोत कार्यालय झापाको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी दिएको छ । कानून बमोजिम गर्नु भनी विपक्ष कार्यालयका नाममा परमादेशको आदेश जारी हुने । (प्र.नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ६००३ - उत्प्रेषण

 फैसला मिति:२०५२/०२/०८  संयुक्त इजलास  २२०२
 पुनरावेदक/ प्रतिवादी : श्री ५ महेन्द्र प्रकृति संरक्षण कोषमा कार्यरत का.जि.का.न.पा. वडा नं. २ लाजिम्पाट बस्ने वर्ष ३५ की मनिता गुरुङ । बिरुद्ध विपक्षी/वादी : श्री ५ महेन्द्र प्रकृति संरक्षण कोष मुकाम ल.पु.न.पा. वडानं. ४ ललितपुर जावलाखेल समेत ।

जुन विनियमको आधारबाट निवेदकलाई अवकास दिएको हो सो विनियम नै श्री ५ को सरकारबाट स्वीकृत नभएको अवस्थामा सो आधार लिई निवेदकलाई विपक्षी कोषको सदस्य सचिवको सेक्रेटरी पदबाट अवकास दिएको कार्य कानून सम्मतः नभई त्रुटीपूर्ण देखिने । (प्र.नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ६००२ - उत्प्रेषण

 फैसला मिति:२०५१/१२/२३  संयुक्त इजलास  २६१७
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पा. अर्न्तगत कालिमाटी घर भै त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रिय शिक्षण विभाग किर्तिपुरको सहप्राध्यापक पदमा कार्यरत डा. पूर्णनाथ मिश्र । बिरुद्ध विपक्षी/वादी : नतिजा प्रकाशन विशेष समिति, त्रि.वि.वि. किर्तिपुर । छनौट समिति त्रि.वि.वि.किर्तिपुर । पनरावेदन आयोग,त्रि.वि.किर्तिपुर। डा.श्रीमती जीवन श्रेष्ठ,प्राणीशास्त्र केन्द्रिय शिक्षण विभा,किर्तिपुर । डा.चन्द्र प्रसाद गोर्खाली प्राणीशास्त्र केन्द्रिय शिक्षण विभाग,किर्तिपु

ऐन बमोजिम छनौट समितिको काम कर्तव्य अधिकार प्रयोग गर्न सक्ने अधिकार पाएको उपकुलपति अध्यक्ष भएको समितिले नतिजा प्रकाशन नगरी अन्तरवार्ता तथा नतिजा प्रकाशन विशेष समतिले नतिजा प्रकाशन गरेको काम अधिकारविहिन समितिबाट भएको देखिंदा उक्त सिफारिस तथा सो सिफारिसको आधारमा भएको नियुक्ति समेत उत्प्रेषणको आदेशबाट बदर हुन्छ भन्ने संवत २०४७ सालको रिट नं. १०८० को उत्प्रेषण मुद्दामा यस अदालतको विशेष इजलासबाट सिद्धान्त समेत प्रतिपादित भएको देखिन्छ । तसर्थ मिति २०४७।५।३ मा नतिजा प्रकाशन विशेष समितिले गरेको काम कारवाही अधिकारविहिन समितिबाट भएको देखिंदा उक्त सिफारिस तथा सो सिफारिसको आधारमा भएको नियुक्ति समेत निवेदकको हकमा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्र.नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ६००१ - उत्प्रेषणयुक्त प्रतिषेध

 फैसला मिति:२०५२/०१/१२  संयुक्त इजलास  १९३५
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पा. वडा नं. १३ वाफल कालिमाटी बस्ने विरेन्द्र राज राजभण्डारी । बिरुद्ध विपक्षी/वादी : जिल्ला प्रशासन कार्यालय बबरमहल । का.जि.का.न.पा.वार्ड नं. १३ ताहाचल बस्ने श्रीमती सरस्वती राजभण्डारी ।

अंश वापत प्राप्त भएको निवेदनको सम्बन्धमा प्रमुख जिल्ला अधिकारीले कुनै कारवाही गर्न मिल्दैन । त्यसमा कारवाही गरी विपक्षीलाई बुझ्ने तारेखमा राख्ने वा अन्य कुनै किसिमको कारवाही गर्न अनधिकृत हुँदा प्रमुख जिल्ला अधिकारीले गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्र.नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ६००० - लिखत बदर हक कायम ।

 फैसला मिति:२०५२/०१/२७  संयुक्त इजलास  ३२६३
 पुनरावेदक/ प्रतिवादी : जिल्ला गुल्मी दरबार देवीस्थान गा.वि.स. वा.नं. ६ बस्ने परविर कार्कीको छोरा वर्ष २७ को हुम बहादुर कार्की । बिरुद्ध विपक्षी/वादी : जिल्ला गुल्मी दरबार देवीस्थान गा.वि.स. वा.नं. ५ बस्ने गिर बहादुरको छोरा वर्ष १५ को मोहन सिंह खत्री क्षेत्री । ऐ. बस्ने ऐ। को छोरा वर्ष १२ को लेख बहादुर खत्री क्षेत्री । ऐ.बस्ने ऐ. को छोरा वर्ष ८ को फर्से बाहदुर खत्री क्षेत्री । ऐ. बस्ने गिर बहादुरको श्रीमती वर्ष ३० को सीता देवी खत्री ।

परिवारमा २१ वर्ष नाघेकी स्वास्नी मात्र भए पनि स्वास्नीको मन्जुरी लिनुपर्ने आवश्यकता पर्ने । (प्र.नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ५०९९ - लेनदेन

 फैसला मिति:२०५२/०१/१४  पूर्ण इजलास  २८२५
 पुनरावेदक/ प्रतिवादी : जिल्ला भोजपुर गा.वि.स. भोजपुर वडा नं. ४ बस्ने ध्यान बहादुर राई । बिरुद्ध विपक्षी/वादी : मोरङ जिल्ला रंगेली गा.वि.स. वडा नं. ७ बस्ते बखत बहादुर खड्का ।

आसामीले छोराको हक दर्ता तिरो भोगको जग्गा निजको मन्जुरी विना विक्री गरिदिने अधिकार नभए पनि सो बमोजिम विक्री गरी दिन्छु भन्ने त्यस्तो लिखित कच्चा ठहर्नेमा विवाद छैन । तर कसैले अरुको हकको जग्गा राजिनामा गरिदिन्छु भन्ने त्यस्तो लिखत रजिष्ट्रेशन महलको व्यवस्था अन्तर्गतको लिखत होइन भनी अर्थ गर्न नमिल्ने । (प्र.नं. १८) लिखतमा साहु आसामी बनी राजिनामा जानी २०२६ सालका वाली देखि भोग गर्नु भन्ने वाक्यांशहरुबाट आसामीले रजिष्ट्रेशन लिखत मानी लेनदेन गरेको स्पष्ट देखिन आएको स्थितिमा राजिनामा सरहका शर्तनामा भन्ने वाक्यांशबाट शर्तनामाको लिखत भनी अर्थ गर्ने स्थिति नहुने । (प्र.नं. १८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ५०९८ - अंश छोडपत्र लिखत बदर

 फैसला मिति:२०५२/०३/०१  पूर्ण इजलास  ४६६४
 पुनरावेदक/ प्रतिवादी : भेरी अञ्चल जाजरकोट जि. खलंगा गा.वि.स. वडा नं. ३ थाप्ले बस्ने जेत विक्रम शाह । बिरुद्ध विपक्षी/वादी : राम कुमारी शाहको मु.स. गर्ने ल.पु.जि.ल.पु.न.पं. वडा नं. १ कुपण्डोल बस्ने डोल कुमारी शाही ।

अंशवण्डाको ३२ नं. ले ४ वटा पूर्वावस्थाको सृजना गरेको पाइन्छ । पहिलो अंश घटी बढी गर्न नहुने, दोश्रो अंशियारलाई चित्त नबुझेको हुनु पर्ने, तेश्रो १६ वर्ष नाघेको हुन पर्ने र चौथो ३ महिना भित्र नालेस गरेको हुनुपर्ने । उक्त ३२ नं. मा अंशमा चित्त नबुझ्ने १६ वर्ष नाघेकाले ३ महिना भित्र उजुर गर्न पाउने कानूनी व्यवस्था पनि गरेको पाइन्छ । त्यसबाट अंशियार मध्ये छोडपत्र गरी दिने लिने मध्ये लिनेले मात्र उजुर गर्न पाउँछ दिनेले उजुर गर्न नपाउने भनी रोक लागेको नदेखिने । (प्र.नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ५०९७ - उत्प्रेषण मिश्रित परमादेश लगायतको आदेश जारी गरी पाउं ।

 फैसला मिति:२०५१/०७/१०  विशेष इजलास  २२८७
 पुनरावेदक/ प्रतिवादी : श्री ५ को सरकार, अर्थ मन्त्रालय, कर विभागबाट अवकास प्राप्त सर्लाही जिल्ला सलेमपुर गा.वि.स. वडा नं. ५ बस्ने नथुनी महतो । बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार, मन्त्रि परिषद सचिवालय । सामान्य प्रशासन मन्त्रालय,कर्मचारी प्रशासन शाखा,,लोक सेवा आयोग ।

निवेदकलाई जुन नियमावली प्रयोग गरी अवकास दिएको हो सो नियमावली नै खारेज भै सकेपछि लामो अवधिसम्म चुप लागी विलम्ब गरी मिति २०५१।६।१२ मा प्रस्तुत रिट निवेदन दायर गरेको देखिन आयो । रिट निवेदनमा घरायसी कारणले विलम्ब भएको भनी उल्लेख गरेको देखिन्छ । निवेदनमा घरायसी कारण लेख्दैमा त्यसलाई उचित र पर्याप्त कारण मान्न नमिल्ने । (प्र.नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ५०९६ - उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरी पाउं ।

 फैसला मिति:२०५१/१२/०९  विशेष इजलास  २७१६
 पुनरावेदक/ प्रतिवादी : जनक शिक्षा सामग्री केन्द्रको वरिष्ट सहायक पदबाट अवकास प्राप्त कृष्ण बहादुर श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : जनक शिक्षा सामाग्री केन्द्र लि. सानोठिमी, भक्तपुर समेत

मिति २०४९।८।३० को बैठक नं. ४२३ को संचालक समितिको निर्णयको माईन्यूटमा “३० वर्ष नोकरी अवधि पुगेका निम्नलिखित कर्मचारीहरुले पनि नोकरीको हदबाट अवकाश पाउने जानकारी भयो” भन्ने सम्म उल्लेख भएको देखिन्छ । कुन ऐन वा नियम अनुसार निवेदकलाई अवकास दिइएको हो ? उक्त निर्णयमा खुलेको देखिंदैन । निवेदकलाई दिइएको पत्र सम्ममा संशोध्रित सो केन्द्रको कर्मचारी सेवा शर्त नियमावली, २०४३ को नियम १०(१) र १०(२) अनुसार ३० वर्ष सेवा पुगेको भनी उल्लेख गरेको पाइयो । निवेदकलाई दिएको अवकाश पत्रलाई निर्णय प्रकृतिको भन्न मिलेन । उपरोक्तानुसार संचालक समितिले अवकास दिने भनी निर्णय गरेको देखिएन । प्रवन्धकले अवकाश दिएको कुरालाई समर्थन गरेको हो कि भन्नलाई पनि सो पत्र प्रवन्धले मिति २०४९।९।२ मा मात्र दिएको देखिन्छ । सो भन्दा अगावै मिति २०४९।८।३० मा बसेको संचालक समितिको बैठकले पछि भएको प्रवन्धकले दिएको अवकास पत्रलाई परोक्षरुपले समर्थन जनाएको भनी संझन मिल्ने अवस्था नदेखिने । (प्र.नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु