१२ खोजी नतिजाहरु
फौजदारी मुद्दामा कतिपय साक्षीहरू वा पीडिति स्वयंले पनि मुद्दाको सुनुवाइको क्रममा अनुसन्धान तहकिकातमा व्यक्त गरेको बेहोराभन्दा विपरीत बेहोरा व्यक्त (hostile statement) गर्न सक्ने अवस्था देखिने । अदालतले त्यस्ताविपरीत कथनसमेतका सम्पूर्ण अवस्थालाई समग्र मुद्दाको रोहबाट जाँच गरी ग्रहणयोग्य वा ग्राह्य गर्न नसकिने प्रमाणको रूपमा अवलम्वन गर्न सक्ने । विशेषतः विपरीत कथनको अवस्था आर्थिक लेनदेन वा सामाजिक राजनीतिक प्रभाव वा धाकधम्की वा अन्य प्रभावका कारणले हुन सक्ने सन्दर्भमा अदालत सचेत रहनुपर्ने ।
पूर्ण पाठ हेर्नुहोस्
जबरजस्ती करणीको उद्योगबाट नाबालिकामा परेको मनोवैज्ञानिक र मानसिक असर तथा पीडितको सामाजिक, सांस्कृतिक वा पारिवारिक प्रतिष्ठामा परेको प्रतिकूल प्रभावसमेतका पक्षलाई अनदेखा वा उपेक्षा गर्न नमिल्ने । कुनै कसुरका सम्बन्धमा मनसाय तयारीका चरण पार गरी कसुर सम्पन्न गर्ने तहको कार्य गरेको तर कुनै कारणले कसुर भई नसकेको अवस्थामा उद्योगको कसुर मानिने हुँदा पीडितलाई कुनै हानि नोक्सानी भएको रहेछ र त्यस्तो उद्योगसँग सम्बन्धित मूल कसुरमा क्षतिपूर्तिको व्यवस्था रहेछ भने उद्योगको कसुरमा पनि पीडितलाई भएको हानि नोक्सानीमा क्षतिपूर्ति पाउने अधिकार स्वतः अन्तरनिहित हुने । जबरजस्ती करणीको पूर्ण अपराध नभएको र कसुरको उद्योग मात्र भएकोमा क्षतिपूर्ति भराउन इन्कार गर्दा पीडितको क्षतिपूर्ति पाउने अधिकारमा आघात पर्ने तथा कानूनले क्षतिपूर्ति भराउनुपर्ने गरी गरेको कानूनी व्यवस्थाको प्रतिकूलसमेत हुने ।
पूर्ण पाठ हेर्नुहोस्
पटक पटक अंश लिनु दिनु र पुनः सगोलमा रहने नरहने कुरा अंशियारहरूको स्वेच्छामा निर्भर हुने हुँदा अंशियारहरूको यस्तो स्वेच्छिक क्रियामा अदालतले अनुचित नियन्त्रण गर्न नसक्ने ।
विवादित जग्गाहरू नामसारी गरेको र अदालतमा मिलापत्र हुँदा, मिलापत्रमा सो जग्गा तायदातीमा उल्लेख नगरेको कारणबाट प्रतिवादीको नाममा दर्ता नामसारी भएकै आधारमा मात्र वादी र प्रतिवादीको एकासगोलको अबन्डा रहेको पैतृक सम्पत्ति प्रतिवादीको एकलौटी भएको मान्न नमिल्ने ।
पूर्ण पाठ हेर्नुहोस्
पुनरावेदक/ प्रतिवादी : परिवर्तित नाम द राजको जाहेरीले नेपाल सरकार बिरुद्ध विपक्षी/वादी : जिल्ला कञ्चनपुर, झलारी पिपलाडी नगरपालिका, वडा नं.११ कलुवापुर बस्ने हर्कबहादुर रानाको श्रीमती कलावतीदेवी राना
विदेशी कानून, रोमियो जुलियटको सिद्धान्त तथा हाल विकसित अन्तर्राष्ट्रिय कानूनअनुसार पनि किशोरावस्थाका बालबालिकामा सहमतिको यौन सम्बन्धमा बालबालिका बिचको समान वा थोरै मात्र उमेरको फरक रहेकोमा यौन सम्बन्ध राख्ने निर्णय लिन सक्ने र परिणाम बुझ्ने परिपक्वताको आधारमा सहमतिपूर्ण यौनसम्बन्ध रहेको र शोषणपूर्ण यौन क्रियाकलाप नभएको अवस्थामा कानूनसँग द्वन्द्वमा रहेको बालबालिकालाई आपराधिकरण गर्ने वा नगर्ने निर्णय गर्नुपर्ने देखिए तापनि नेपालमा किशोरावस्थाको यौन सहमति (adolescent consent) को हकमा स्पष्ट कानूनी व्यवस्था नरहेको अवस्थामा प्रचलित कानूनी व्यवस्थाहरूअन्तर्गत कसुर ठहर तथा सजाय निर्धारण गर्नुपर्ने ।
पूर्ण पाठ हेर्नुहोस्
जबरजस्ती करणीको उद्योगको कसुरमा पनि यौन दुर्व्यवहारको कसुरमा जस्तै पीडकले पीडितको संवेदनशील अङ्ग छुने वा छुन प्रयास गर्ने, यौनसम्बन्धी आफ्नो अङ्ग निजलाई समाउन लगाउनेलगायत महिला उपर अवाञ्छित व्यवहार हुन सक्ने भए तापनि जबरजस्ती करणीको उद्योगमा यस्ता कार्य पीडितउपर जबरजस्ती करणी गर्ने आशयले गर्ने हुनाले पीडकले आफ्नो उद्देश्य प्राप्तिका लागि आवश्यकताअनुसार बढी बल प्रयोग गरेको वा गम्भीर प्रकृतिको हर्कत गरेको हुनसक्नेतर्फसमेत विचार गर्नुपर्ने । यौन दुर्व्यवहार वा जबरजस्ती करणी उद्योगको कसुर बिचको भेद छुट्याउन पीडकले के उद्देश्यले त्यस्तो कार्य गरेको हो भनी निजले गरेको कार्यको प्रकृतिबाट यकिन गर्नुपर्ने ।
पूर्ण पाठ हेर्नुहोस्
पुनरावेदक/ प्रतिवादी : जिल्ला धनुषा, जनकपुर नगरपालिका वडा नं. ८ विहारकुण्ड स्थित रसिक चुडामणी भगवान् चारूशिला कुञ्ज स्थान बस्ने स्व. रामपुकार शरणको चेला ऐ. ऐ. बस्ने हालको महन्थ रामबाबु पाण्डे भन्ने रामसुरत शरण वैष्णवको मृत्यु भई कानूनबमोजिम मुद्दा सकार गर्ने अविनास शरण वैष्णव बिरुद्ध विपक्षी/वादी : जिल्ला धनुषा, जनकपुर नगरपालिका वडा नं. ८ स्थित रसिक चुणामणी भगवान् चारूशिला कुञ्ज स्थान बस्ने महन्थ स्वः लक्ष्मण शरणको चेला छोरा स्वः विमल शरण वैष्णवको मृत्यु भई कानूनबमोजिम मुद्दा सकार गर्ने ऐ. ऐ. बस्ने राम कुमार राउत शरण वैष्णव
गुठीको स्थापना र संरक्षण गर्नुपर्ने, गुठीको सम्पत्ति मासिखान नहुने, पुरातात्तिक र ऐतिहासिक महत्त्व बोकेका मठ मन्दिरको सम्पत्ति नास गर्ने कार्यलाई अदालतले छुट दिन नसक्ने, गुठी एउटा भौतिक सम्पत्ति मात्र नभएर यसभित्र एउटा अलौकिक सम्पदा लुकेर रहेको र यस्तो सम्पदा सभ्यताको विकासको परिचयात्मक चिह्न रहेकोले यसको संरक्षण गरी अन्तरपुस्ता पुस्तान्तरण गर्न पनि गुठीको संरक्षण गर्नु राज्यको मात्र कर्तव्य नरही सरोकारवाला सबैको कर्तव्य र दायित्वसमेत रहने ।
पूर्ण पाठ हेर्नुहोस्
प्रतिवादीहरूबाट नाबालकलाई अपहरण गर्ने र हत्या गर्नेसमेतका कसुर हुन गएको भनी अभियोग पत्र पेस भएको एउटै कारोबार (single transaction) को शृङ्खला हुँदा भारतमा लास फेला परेको भन्ने मात्र कारणले नेपालमा मुद्दा नचल्ने भन्न नमिल्ने ।
भारतसँग नेपालको खुला सीमा रहेको कारण पनि नेपाली नागरिकलाई अपहरण वा अन्य तरिकाले भारत लगी भारतमा थप कसुर गर्ने सम्भावना रहने हुँदा हामीहरूले क्षेत्राधिकारको विषयमा क्षेत्रीयताको अतिरिक्त राष्ट्रियता र हानिको सिद्धान्तलाई समेत अङ्गीकार गरेमा मात्र हामीहरूले आफ्ना नागरिकको सुरक्षा गर्न सकिने ।
पूर्ण पाठ हेर्नुहोस्
पुनरावेदक/ प्रतिवादी : जिल्ला बझाङ, चैनपुर गा.वि.स. वडा नं. ५ बस्ने किडौलाको छोरा हाल जयपृथ्वी नगरपालिका वडा नं. ११ बस्ने बृखराज जैसी बिरुद्ध विपक्षी/वादी : जिल्ला बझाङ, चैनपुर गा.वि.स. वडा नं. ५ बस्ने किडौलाको छोरा शिवराज जैसीसमेत
वादी प्रतिवादीहरूबिच मुख मिलेको हुनका लागि मुद्दाका सबैजना वादी प्रतिवादीहरूबिच साझा सहमति भएको वा समान कुरामा स्वीकारोक्ति रहेको देखिनुपर्ने । मुद्दामा रहेका एकभन्दा बढी प्रतिवादीहरूमध्ये कुनै प्रतिवादी र वादीको कुरा (मुख) मिल्यो भन्दैमा पक्षहरूबिच सहमति भएको वा विवाद बाँकी नरहेको भनी मान्न नमिल्ने । कुनै दुई अंशियारबिचको सहमतिले सो कुरामा सहमत नभएका तेस्रो अंशियारको हकमा असर पर्न नसक्ने ।
पूर्ण पाठ हेर्नुहोस्
पुनरावेदक/ प्रतिवादी : जिल्ला काठमाडौं, सुन्दरीजल गा.वि.स. वडा नं.३ हाल जोरपाटी गा.वि.स. वडा नं.३ परिवर्तित गोकर्णेश्वर न.पा. वडा नं.७ बस्ने प्रकाशबहादुर श्रेष्ठकी पत्नी बिमला श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : जिल्ला काठमाडौं, सुन्दरीजल गा.वि.स. वडा नं.९ परिवर्तित गोकर्णेश्वर न.पा. वडा नं.१ बस्ने विष्णुलालको छोरा ईन्द्रबहादुर श्रेष्ठसमेत
जिल्ला काठमाडौं, सुन्दरीजल गा.वि.स. वडा नं.९ घर भई हाल ऐ.जोरपाटी गा.वि.स. वडा नं.३ परिवर्तित ऐ.गोकर्णेश्वर न.पा. वडा नं.६ बस्ने प्रकाशबहादुर श्रेष्ठ
बकसपत्रदाता र बकस प्राप्त गर्ने बिचको सम्बन्ध र प्राप्त हुन आएको सम्पत्ति प्राप्त हुनुपर्ने कारणको सापेक्षतामा प्रयोजनपरक व्याख्या हुनु नै समन्यायिक र न्यायोचित हुने । बकसपत्रदाताको बकसपत्र प्राप्तकर्तासँगको विगतमा रहेको सम्बन्ध र बकसपत्र प्राप्त भएको परिवेश, अवस्था र कारणको विश्लेषण नगर्ने तथा बकसपत्रको लिखत खडा गरी सम्पत्ति आदान प्रदान हुँदैमा निजी आर्जन ठहर गर्दै जाने हो भने सगोलको सम्पत्तिको ठुलो मात्रा कुनै अंशियारतर्फ पर्न जाने र कुनै अंशियारले सगोलको सम्पत्तिबाट सानो हिस्सा प्राप्त गर्ने वा पूर्ण रूपले विमुख हुने अन्यायपूर्ण अवस्था सिर्जित हुन सक्ने हुँदा निजी आर्जनको निर्क्यौलको सन्दर्भमा बकसपत्रसम्बन्धी कानूनी व्यवस्थाको व्याख्या र प्रयोगमा अदालतले संवेदनशीलता र सजगता अपनाउन पर्ने ।
पूर्ण पाठ हेर्नुहोस्
पुनरावेदक/ प्रतिवादी : ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. १८ न्याछ्योँ गल्ली बलाटोल गाबहालस्थित कार्यालय रहेको न्याछ्योँ प्रतिष्ठानका अधिकारप्राप्त व्यक्ति प्रतिष्ठानको सचिव भरतलाल न्याछ्यों बिरुद्ध विपक्षी/वादी : ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. १९ बस्ने पशुपतिमान न्याछ्योँको श्रीमती लक्ष्मी न्याछयोँ
पुर्खाले निश्चित धार्मिक प्रयोजनको लागि खडा गरेको निजी गुठी पछिल्ला पुस्ताले धार्मिक गुठी जग्गा रैकरमा परिणत गरी बेचबिखन गरी आफूलाई व्यक्तिगत लाभ पुर्याउने जस्ता काम गर्न छुट नपाउने । धर्म संस्कृतिको रक्षा तथा सेवा नै यस्ता गुठीको उद्देश्य हुँदा विगतमा जोसुकैले पनि आफ्नो सम्पत्ति समर्पण गरी आफ्नो हक दाबी छाडी राखेको गुठीका पछिल्ला पुस्ता गुठियारहरू गुठी स्थापनाको सर्त र उद्देश्यविपरीत गुठियारहरूले स्वतन्त्र र स्वच्छन्द प्रकृतिबाट गुठीका जग्गाहरूलाई आफूखुस गर्न नसक्ने । गुठीको उद्देश्यअनुरूप कार्य नभएको वा सञ्चालन नभई धर्मलोप हुन गएको भन्ने गुठी राख्नेको सन्तानलाई लाग्न गएको अवस्थामा उजुर गर्ने हकदैया निजलाई रहने ।
पूर्ण पाठ हेर्नुहोस्
पुनरावेदक/ प्रतिवादी : खड्गबहादुर पहारीको नाति रमेश कुमार पहारीको छोरा पाल्पा जिल्ला तानसेन नगरपालिका, वडा नं.३ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं.४ बालुवाटार घर बसोबास भई हाल कारागार कार्यालय, पुतलीसडक काठमाडौंमा थुनामा रहेको अनुराग पहारी बिरुद्ध विपक्षी/वादी : काठमाडौं जिल्ला अदालत बबरमहलसमेत
मुलुकी देवानी संहिता, २०७५ भदौ १ गतेबाट मात्र लागु भएको हुँदा बिगो नतिरेमा भोग्नुपर्ने कैदको सजायको हकमा कारोबार हुँदाको समयको कानून अर्थात् मुलुकी ऐन, लेनदेन व्यवहारको १९ नं. को व्यवस्था नै आकर्षित हुने ।
पूर्ण पाठ हेर्नुहोस्
सामान्यतया बदनियत (malafide) लाई बुझ्दा carried out in bad faith or with intent to deceive भन्ने बुझिन्छ । कानूनमा बदनियतसाथ भन्ने नलेखिएको अवस्थामा पनि बदनियत (malafide) वा खराब नियत (bad faith) को परीक्षण अदालतले गर्न सक्ने । तर एउटै दफाभित्र उल्लेख भएका कार्यहरूमा कुनैमा बदनियतसाथ लेखिएको छ र क्षेत्राधिकार फरक तोकिएको छ र कुनैमा बदनियतसाथ लेखिएको छैन र क्षेत्राधिकार अर्कै तोकिएको अवस्था विद्यमान भएमा बदनियतसाथ गरिएको परिभाषित कार्यको गुरूत्वाकर्षण बढी हुने । दूरसञ्चार प्रणालीलाई भौतिक (tangible) र अभौतिक (intangible) प्रणालीको मिश्रित स्वरूप मान्दा दूरसञ्चार ऐन, २०५३ को दफा ४७ को उपदफा (५) मा उल्लेख गरिएको दूरसञ्चार प्रणालीभित्र भौतिक संरचना, देखिने उपकरण (physical infrastructure) र नदेखिने दूरसञ्चार प्रणालीमाथि बदनियतसाथ प्रतिकूल असर पार्ने गरी गरिएको कार्य वा नोक्सानीलाई विभक्त गरी दूरसञ्चार लाइन र प्रणालीमाथि पुर्याइएको भौतिक नोक्सानी (damage in physical infrastructure) र दूरसञ्चार प्रणालीको देख्न नसकिने अभौतिक उपकरण (intangible) मा प्रतिकूल असर पुग्ने गरी गरिएको नोक्सानी भनी हेर्नुपर्ने ।
पूर्ण पाठ हेर्नुहोस्