७९ खोजी नतिजाहरु
(क) ज्यान मुद्दामा सजाय पाउँदैमा सो सजाय पाएको अपराध के कस्तो थियो, के कस्तो अवस्थामा ज्यान मारेको थियो इत्यादी कुराको विचार, नगरी नैतिक पतन देखिने फौज्दारी अपराध गरेको दोष लगाउन नमिल्ने ।
(ख) चोरी डाँका गरी मारेको अभियोगमा सावित भए त्यस्तो अपराध कुनै नैतिकताको विरोधको अपराध हो भन्ने कुरा कुनै विवादै गर्न नसकिने ।
(प्रकरण नं. ४)
(२) वारेस हुनु अयोग्य व्यक्तिको वारेसको रूपमा उपस्थिति कानूनको दृष्टिकोंण महत्वहिन हुने त्यस्तो वारेस तारेखका दिन उपस्थित हुँदैमा वारेस राख्ने पक्षको प्रतिनिधित्व भएको भन्न नमिल्ने ।
(प्रकरण नं. ५)
पूर्ण पाठ हेर्नुहोस्
(क) उखडा जग्गा कमाउने व्यक्ति नेपाली नागरिक नभए निजका नाउँमा जग्गा दर्ता हुन नसक्ने त्यस्तो जग्गा श्री ५ को सरकारमा लाग्ने ।
(ख) जग्गाधनी भन्नाले आफ्ना नाममा जग्गा दर्ता भएका नाताले वा सो जग्गामा आफ्नो हक पुग्ने नाताले श्री ५ को सरकारलाई मालपोत बुझाउन पर्ने व्यक्ति सम्झनु पर्ने ।
(प्रकरण नं. ९)
पूर्ण पाठ हेर्नुहोस्
(१) बाली भराई पाउँ भनी दावी भएको मुद्दा अ.बं.८२ नं.लगाई भूमिप्रशासकले खारेज गरेको अधिकारक्षेत्र भन्दा बाहिरको विषयमा निर्णय गरेको देखाई बदर हुने ।
(प्रकरण नं. ६)
पूर्ण पाठ हेर्नुहोस्
(१) प्रहरीका कर्मचारी कुटपिट गरिए भन्ने उजूरीबाट कारवाई भएको मुद्दा राजकाज (अपराध तथा सजाय) ऐन अन्तर्गतको भन्न नमिल्ने ।
(प्रकरण नं. २)
पूर्ण पाठ हेर्नुहोस्
(१) “अत्यन्त जरुरी कारण परेमा” भन्ने अपवाद आत्मिक आधारमा प्रयोग गर्न नसकिने, त्यसको कुनै वस्तुनिष्ट आधार हुनुपर्ने, र सो अन्तर्गत कुनै कर्मचारीलाई बर्खास्त गर्दा सो आधार स्पष्टरूपमा व्यक्त गरिएको हुनुपर्ने, नभए सो अपवाद अन्तर्गत सो सजाय भएको भन्न नमिल्ने।
(प्रकरण नं. ७)
पूर्ण पाठ हेर्नुहोस्
(१) सगोलको अंशबण्डा गर्नु पर्ने जेथा मध्येको केही जेथालाई कुनै अंशियार अर्को मौजामा र कुनै अंशियार अरू मौजामा बसेका छन् भने त्यतिको कारणलेमात्र मानो छुट्टिएको भन्न नमिल्ने मानो छुट्टिएको पक्का सबूद भएमात्र मान्नुपर्ने ।
(प्रकरण नं. १५)
पूर्ण पाठ हेर्नुहोस्
(१) निवेदकको मागबमोजिम आदेश जारी भएमा हक प्रचलन हुन नसके पनि भविष्यको अरू कुनै निर्वाचनमा उम्मेद्वार हुन पाउने हक सुरक्षित हुने वास्तविक लाभ हुन सक्ने देखिए माग बमोजिमको आदेश निरर्थक हुन जाने भन्न मिल्ने नदेखिने ।
(प्र.नं. ६)
(२) निर्वाचन अपराध तथा सजाय ऐन, २०२४ को दफा १ को खण्ड (ग) अनुसार अयोग्य मानिने व्यक्ति अयोग्य मानिनलाई टाट उल्टी भएको भनेरमात्र पुग्ने नभई टाट उल्टी साहुको दामासाहीमा पर्नु पर्ने ।
(प्र.नं. ७)
पूर्ण पाठ हेर्नुहोस्
(१) राजीनामा लिखतको अभावमा रसिद कुनैमा मोही जनाएकोसम्म प्रमाणले राजीनामा कायम हुन नसक्ने ।
(प्र.नं. ११)
पूर्ण पाठ हेर्नुहोस्
(१) बैंकमा दाखिल भइरहेको रूपैयाँमा तेरो मेरो हकबेहकको निर्णय गर्नु पर्ने कुरा कम्पनी ऐनको कुनै दफा भित्र नपर्ने हुनाले कम्पनी ऐन, २०२१ को दफा १४६ को उपदफा २ ले सम्बन्धित विभागले कारवाई किनारा गर्न पाउने भन्न मिल्ने नदेखिने ।
(प्र.नं. ७)
पूर्ण पाठ हेर्नुहोस्
(१) लिखित कबुलियतको अभावमा पञ्चायतले पेस गरेको सिफारिसको आधारमा मोहियानी कायम हुने भनी गरेको भूमिप्रशासन कार्यालयको निर्णय कानूनी त्रुटि देखिने ।
(प्र.नं. ९)
पूर्ण पाठ हेर्नुहोस्
(१) प्रहरीमा कुटपिट गरी सही गराएको भन्ने भई घा जाँच गराउँदा शरीरमा निल घाउसमेत परेको देखिए प्रहरीमा खुसीराजीले सावित भएको भन्न नमिल्ने ।
(प्रकरण नं. १२)
पूर्ण पाठ हेर्नुहोस्
(१) लिई शब्दले भइसकेको क्रियालाई बुझाउने ।
(प्रकरण नं. ११)
(२) बहालमा बस्नेले घर पसलको धनीको विरूद्ध नैतिक पतन देखिने फौज्दारी अभियोग गरेको ठहरेमा घर बनाउनेको ८ नं. बमोजिम उठाउन पाउने हकमा पहिले नै पेश्की बहाल लिइसकेको कारणले कुनै असर पुराउन नसक्ने ।
(प्रकरण नं. १२)
पूर्ण पाठ हेर्नुहोस्
(१) विवाह भएको नभई हिन्दु समाजको आफ्नो धार्मिक र नैतिक आचरणमा कलंक लाग्ने गरी त्यसै कसैको स्वास्नी हुँ भनी भन्न स्वभाविक विश्वासलायक कारण नहुने ।
(प्रकरण नं. ७)
पूर्ण पाठ हेर्नुहोस्
(१) पहिलेको रसिद नभएको कारणले उखडा ठहराउन नमिल्ने नदेखिने रसिदसमेतको लिखित सवूद नभएकोमा सर्जमिन भनाइकै आधारमा उखडा कमाएको हो होइन भन्ने निर्णय दिनु कानूनसंगत हुने ।
(प्रकरण नं. ९)
पूर्ण पाठ हेर्नुहोस्
(क) हुकुम प्रमांगीमा कानूनबमोजिम गर्नु भन्ने शर्त राखी निर्णय गर्नु भन्ने उल्लेख भएकोमा निर्णय गर्दा कानूनकै आधार लिनुपर्ने कुरा उक्त प्रमांगीकै व्यहोराबाट प्रष्ट हुने ।
(ख) नाता सम्बन्ध कायम गर्ने फौज्दारी विषयको कुरा र कर्म थकालीको हक दुई पक्ष बीच न्यायिक निर्णय गर्नु पर्ने प्रश्न उपस्थित हुन आएको अध्यक्ष गुठी संस्थानको अधिकारक्षेत्र भित्र नपर्ने ।
(प्रकरण नं. ९)
पूर्ण पाठ हेर्नुहोस्
(१) स्वतः निष्क्रिय हुने निर्णय बदर गराउन दिएका उजूरीमा विलम्बको सिद्धान्त लागू गर्न नमिल्ने ।
(प्रकरण नं. ५)
पूर्ण पाठ हेर्नुहोस्
(१) अधिवक्ताले तोकिएको म्याद वा तारेखका दिन अदालतमा उपस्थित भई आफ्ना पक्षकातर्फबाट सो म्याद तारेखमा गर्नु पर्ने काम कारवाईहरू गरी आफ्नो पक्षको प्रतिनिधित्व गर्न माग गर्दछ भने सो पक्षको तारिख गुज्रेको भन्न नमिल्ने ।
(प्रकरण नं. ३)
पूर्ण पाठ हेर्नुहोस्
(१) ल्याप्चे सहिछाप आफ्नो हो भन्ने स्विकार गरेकै भएपछि विशेषज्ञलाई सहिछाप जँचाई रहन पर्ने प्रयोजन नहुने ।
(प्रकरण नं. ११)
पूर्ण पाठ हेर्नुहोस्
(१) म्याद तामेल जालसाज गरेमा सजाय गरिपाउँ भन्ने मुख्य दावी भएको फौज्दारी मुद्दाबाट वादी दावी नै नभएको म्याद तामेली वेरीत भन्ने देवानी विषयको कुरामा ठहरगर्न नमिल्ने ।
(प्रकरण नं. १०)
पूर्ण पाठ हेर्नुहोस्
(१) कर्मचारी बर्खास्त गर्दा नि.से.नि.१०.९ ले आरोप स्पष्टरूपले किटिएको हुनुपर्ने र किटिएको आरोप उक्त नियमको १०.६ मध्येको एक हुनुपर्ने ।
(प्रकरण नं. ८)
पूर्ण पाठ हेर्नुहोस्