विस्तृत खोजी

 
 
 
 
 
      

३६ खोजी नतिजाहरु

निर्णय नं. २७१६ - सवारी ज्यान

 फैसला मिति:२०४३/०४/३०  डिभिजन वेन्च इजलास  २०९५
 पुनरावेदक/ प्रतिवादी : प्र.ज.माधव मल्लिकको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जि.बारा.वरेवा गा.पं.वा.नं. ९ बस्ने कृष्णबहादुर राना

(१) ट्रयाक्टरको ट्रली पछाडि घटेको घटना सम्बन्धमा ड्राइभरले जानीजानी दूर्घटना गरी बच्चालाई किचेको भन्न सकिने अवस्था नदेखिने (प्रकरण नं. १६) (२) वादीको एक मात्र साक्षीले अदालतमा बयान गर्दा वादीको कुरा पुष्टी हुने गरी लेखाउन सकेको छैन, यस्तो स्थितिमा प्रतिवादीले मानिस मर्न सक्दछ भन्ने जानीजानी लापरवाही गरी हाँकेको कारणबाट दुर्घटना भई मानिस मर्न गएको भन्ने स्थिति छैन । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २७१५ - कर्तव्य ज्यान

 फैसला मिति:२०४३/०४/२४  डिभिजन वेन्च इजलास  १७७४
 पुनरावेदक/ प्रतिवादी : फकिरे लोधको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : बाँके नेवाजी गा.पं.वडा नं.१ बस्ने सुमिरन कलवारसमेत

(१) शंका एवं अनुमानको भरमा प्रतिवादीहरूको कर्तव्यबाट मृतकको मृत्यु भएको भन्न न्यायसंगत हुँदैन । (प्रकरण नं. २६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २७१४ - अवैध घडी पैठारी

 फैसला मिति:२०४३/०४/२३  डिभिजन वेन्च इजलास  १९४२
 पुनरावेदक/ प्रतिवादी : त्रिभुवन विमानस्थल भन्सार कार्यालय काठमाडौं बिरुद्ध विपक्षी/वादी : जिल्ला बर्दिया गुलरिया जन्म भई हाल का.न.पं.वडा नं.१० बानेश्वर बस्ने विष्णुप्रसाद शर्मासमेत

(१) अनुमान प्रमाण होइन, न्यायिक निर्णय हुँदा न्यायकर्ताले वस्तुस्थितिको विषयमा जानकारी लिने सामान्य प्रकृया मात्र हो । (प्रकरण नं. २३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २७१३ - उत्प्रेषण

 फैसला मिति:२०४३/०४/२०  डिभिजन वेन्च इजलास  १७६३
 पुनरावेदक/ प्रतिवादी : कम्पनी ऐन, २०२१ अन्तर्गत स्थापित का.न.पं.वडा नं.१० बानेश्वर स्थित होटल एभरेष्ट इण्टर नेशनल लिमिटेडको तर्फबाट अधिकार प्राप्त गरेको व्यवस्थापक एभरेष्ट सेराटन होटलका पर्सनल मैनेजर ईश्वरलाल मानन्धरसमेत बिरुद्ध विपक्षी/वादी : विष्णुप्रसाद न्यौपाने का.न.पं.वडा नं.१० नयाँ बानेश्वरसमेत

(१) निवेदकलाई बर्खास्त गर्ने गरी भएको निर्णय उपर परेको पुनरावेदन मजदूर सम्बन्धी ऐन, २०१६ को दफा ५१(४) अनुसार कारखाना निरीक्षकले स्वयं गर्नुपर्नेमा सो बमोजिम नगरी पेश भएको टिप्पणीमा उपरोक्त राय अनुसार भनी सदर गरेको देखिन आएकोले न्यायिक मनको प्रयोग गरी निर्णय गरेको भन्न नमिल्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २७१२ - अंश नामसारी

 फैसला मिति:२०४३/०४/१६  डिभिजन वेन्च इजलास  १७१०
 पुनरावेदक/ प्रतिवादी : जिल्ला रुपन्देही गा.पं.अमुवा वडा नं.३ बस्ने सहदेव थारुको मु.स. गर्ने ऐ.की श्रीमती उदाशी थरुनी बिरुद्ध विपक्षी/वादी : ऐ.बस्ने दिर्गिनारायण थारुसमेत

(१) मर्ने व्यक्तिको मुद्दा सकारै नभई मृतकको वादी प्रतिवादी दुवैपक्षको बज्यै तथा आमा नाताकी अंशियार हुँदा निजका मृत्यु पछि निजको अंश हक यिनै वादी प्रतिवादीकै हकमा स्वतः निहित भइसकेको अवस्थामा मृतक भइसकेकी वादीले अंश पाउने गरी गरेको फैसला मिलेको नदेखिँदा उल्टी हुने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २७११ - उत्प्रेषण

 फैसला मिति:२०४३/०४/१६  डिभिजन वेन्च इजलास  १८४०
 पुनरावेदक/ प्रतिवादी : का.न.प.वडा नं १७ धोविचौर बस्ने नारायणदेवी श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : ऐ.बस्ने ईश्वरमान श्रेष्ठसमेत

(१) घर बनाउने सम्पूर्ण जग्गामै तेरोमेरो परेको प्रष्ट देखिँदा देखिँदै यस्तो हक बेहकको प्रश्नरमा नगर पञ्चायतले गरेको टिप्पणी निर्णय अनाधिकृत हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २७१० - उत्प्रेषण

 फैसला मिति:२०४३/०४/०९  डिभिजन वेन्च इजलास  १६३०
 पुनरावेदक/ प्रतिवादी : कपिलवस्तु मौजे कटुवा गा.पं.निगालीहवा वडा नं.७ बस्ने रामकिसन थारुसमेत बिरुद्ध विपक्षी/वादी : भूमिसुधार अधिकारी, जिल्ला भूमिसुधार कार्यालय कपिलवस्तुसमेत

(१) कानुन बमोजिमको रीत नपुगेको मोहिलाई मोहियानी बाली बुझी रसीद दिएको भनी जग्गाधनीले भनेको र रसीद दिएको आधारमा निवेदकको निवेदन दावी खारेज गर्ने गरेको भूमिसुधार कार्यालयको निर्णय अनाधिकृत हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २७०९ - उत्प्रेषण

 फैसला मिति:२०४३/०४/०६  डिभिजन वेन्च इजलास  १९३९
 पुनरावेदक/ प्रतिवादी : का.न.पं.वडा नं.९ बस्ने पूर्णबहादुर शाही बिरुद्ध विपक्षी/वादी : का.न.पं.वडा नं.९ बत्तिसपुतली बस्ने चिरीदेवी खड्की

(१) आफूलाई हुँदै नभएको अधिकार प्रयोग गरी निवेदकलाई गराएको कागजको स्थिति शून्य हुन गएको हुँदा सो कागजले कानुनी मान्यता प्राप्त गर्न सक्ने स्थिति नदेखिने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २७०८ - उत्प्रेषण लगायतको आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४३/०५/२०  डिभिजन वेन्च इजलास  १७३०
 पुनरावेदक/ प्रतिवादी : का.प.जि.उग्रचण्डीनाला गा.पं.वडा नं.१ बस्ने धर्मलाल चोले श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : कार्यालय भूमिसुधार शाखा काभ्रेपलाञ्चोकको शा.अ.श्री रामप्रसाद जोशीसमेत

(१) उब्जनी निश्चय नगरी उजूरवालाले देखाएको अंकलाई नै अकाट्य मानी ९० प्रतिशत भन्दा घटी धरौट राखेको भन्दै प्रत्यर्थी जिल्ला कार्यालय भू.सु.शाखा काभ्रेपलाञ्चोकले बाली भराई मोहियानी हकबाट निष्कासन हुने ठहर्छ भनी गरेको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २७०७ - परमादेशयुक्त उत्प्रेषण लगायत जो चाहिने आज्ञा वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४३/०५/०९  डिभिजन वेन्च इजलास  १७२०
 पुनरावेदक/ प्रतिवादी : जिल्ला बर्दिया मगरागाडी गा.पं.वडा नं.९ औरीको पूर्णबहादुर थापा बिरुद्ध विपक्षी/वादी : लक्ष्मीनारायण मन्दिर वर्दिया, गुलरियासमेत

(१) जग्गा बिक्री वितरणमा पाउँ भनी परेको निवेदनमा कारवाई भई प्रत्यर्थी लक्ष्मीनारायण मन्दिरलाई जग्गा बिक्री वितरणमा दिने गरेको प्रत्यर्थी जिल्ला समिति बर्दियाको निर्णयलाई अन्यथा भन्न सकिने अवस्था नहुने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २७०६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४३/०५/०६  डिभिजन वेन्च इजलास  १७१०
 पुनरावेदक/ प्रतिवादी : वारा जिल्ला मोतीसार गा.पं.वडा नं.९ बस्ने रामस्वरुप राउत कुर्मी बिरुद्ध विपक्षी/वादी : भूमिसुधार कार्यालय वाराको भू.सु.अ.श्री विश्वनाथ श्रेष्ठसमेत

(१) नाबालखको हकमा हकदार बाबुले उजूर गर्न पाउने । (प्रकरण नं. १०) (२) बाली बुझाएको कुराको प्रमाण नभएकोले मोही निष्कासन हुने ठहर्छ भनी प्रत्यर्थी भू.सु.कार्यालयबाट निर्णय गरेको देखिन्छ । यसबाट बाली नभराए पनि बाली नबुझाएको भन्ने आधारमा मोहियानी निष्कासन हुने निर्णय गरेको पाइन्छ । बाली नभराएकोमा रिट निवेदकको हकहितमा कुनै असर पर्न आएको देखिँदैन । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २७०५ - उत्प्रेषण लगायत उपयुक्त आदेश, पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४३/०५/०१  डिभिजन वेन्च इजलास  १९८२
 पुनरावेदक/ प्रतिवादी : मानभवन ल.पु.न.पं.वडा नं.५ बस्ने ध्रुवबहादुर कार्की बिरुद्ध विपक्षी/वादी : कर्मचारी संचयकोष ऐन बमोजिम स्थापित कर्मचारी संचयकोषको सञ्चालक समिति, सुन्धारा काठमाडौंसमेत

(१) का.मु.प्रशासकलाई प्रशासकले गर्ने सबै कार्यहरू गर्न पाउने अधिकार हुँदा का.मु.प्रशासकले एकपटक र प्रशासक तथा अध्यक्षले एकपटक स्पष्टीकरण माग गरेकोलाई दुई भिन्न भिन्न पदाधिकारीले स्पष्टीकरण माग गरेको भन्न सकिने स्थिति रहेन । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २७०४ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४३/०४/२८  डिभिजन वेन्च इजलास  १८३०
 पुनरावेदक/ प्रतिवादी : का.न.पं.वडा नं.१६ पकनाजोल बस्ने गणेशराज उपाध्याय बिरुद्ध विपक्षी/वादी : केन्द्रीय तहसील कार्यालय त्रिपुरेश्वरसमेत

निवेदकको जग्गा जेथाजमानी दिई रु.४०,०००।– ऋण स्वीकृत गराएपछि पुनः रु.१०,०००।– ऋण स्वीकृत गराएको र उक्त रकममा समेत निवेदकको घर जग्गा नै धितो राखिएको देखिन्छ । तर त्यसको लागि निवेदकको सहमति लिएको कुनै कुरा मिसिलबाट देखिँदैन । यस स्थितिमा निवेदकको सहमति बेगर प्रदान गरिएको ऋणमा पनि निवेदकलाई दायित्व बहन गराउन सकिने भएन । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २७०३ - उत्प्रेषण लगायत जो चाहिने उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४३/०४/२७  डिभिजन वेन्च इजलास  १७०४
 पुनरावेदक/ प्रतिवादी : जिल्ला बारा सामापुर टोकनी गा.पं.वडा नं.१ हाल परिवर्तित ऐ.गा.पं.वडा नं.८ बस्ने रामबहादुर साहुतेली बिरुद्ध विपक्षी/वादी : वीरगञ्ज नगर पञ्चायत वडा नं.५ बस्ने संकटादेवी श्रेष्ठसमेत

(१) जग्गावालाले लगत कट्टा गरिपाउँ भनी दिएको निवेदनमा रिट निवेदकलाई बुझ्दै नबुझी मोही लगत कट्टा गर्ने गरी गरेको प्रत्यर्थी भूमिसुधार कार्यालय बाराको मिति ०४२।४।१७ को निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीत भई कानुनको त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २७०२ - कर्तव्य ज्यान

 फैसला मिति:२०४३/०४/२१  डिभिजन वेन्च इजलास  १७८६
 पुनरावेदक/ प्रतिवादी : परवीर खड्काको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : रोल्पा थुम २२ खुवा सिरप बौठे चउर बस्ने पले घर्ती मगर

(१) प्रतिवादी फेरार रहेको कारणबाट सरजमीनका व्यक्तिहरूले शंका गरेको भरमा तथ्ययुक्त सबूद प्रमाणको अभावमा श्री ५ को सरकाको पुनरावेदन जिकिर अनुसार प्रतिवादीलाई अपराधी ठहर गर्न न्यायसगंत नहुने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २७०१ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४३/०५/२४  फूल बेन्च इजलास  १८७०
 पुनरावेदक/ प्रतिवादी : का.न.पं.वडा नं.२१ जैशीदेवल बस्ने तारादेवी अधिकारी बिरुद्ध विपक्षी/वादी : अध्यक्ष तथा महाप्रबन्धक नेपाल यातायात संस्थान, केन्द्रीय कार्यालय, टेकू, काठमाडौंसमेत

(१) परीक्षणकालमा राखी नियुक्ति गरिएमा कुनै कर्मचारीको सम्बन्धमा परीक्षणकाल समाप्त भइसकेपछि विनियमले प्रदान गरिएका अधिकारहरू मध्ये आफ्नो परीक्षणकालको अवधिमा अरु तीन महीना बढाउन उचित लागी तीन महीना परीक्षणकालको अवधि बढाई पुर्जी नदिई वा निजले आफ्नो परीक्षण कालको अवधिमा गरेको काम सन्तोषजनक, नलागी निजलाई नोकरीबाट हटाएको पुर्जी पनि नदिई नोकरी गरिएकै पदमा बहाल राखी तलब समेत खुवाएमा ६ महीनाको परीक्षणकाल समाप्त भएपछि नियुक्ति सदर (Confirm) गरिएको मान्नु पर्ने । (प्रकरण नं. ११) (२) नियुक्ती स्वतःसदर (Confirm) भएको मानिने विनियममा व्यवस्था नभएको भन्ने आधारमा विनियममा भएको व्यवस्था विपरीत अनिश्चित कालसम्म परीक्षणकाल भइरहेको भन्न न्यायका सर्वमान्य सिद्धान्तको विपरीत पर्न जाने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु