१३ खोजी नतिजाहरु
मृतकले पोष्टमार्टम प्रतिवेदन हेर्दा मृत्युको कारणमा ... This is a case of Strangulation and the cause of death is due to asphyxia” भन्ने रहेबाट मृतक जातक जिउदो जन्मिएको रनिजको मृत्यु अप्राकृतिक रुपबाट नै भएको देखिन्छ । वच्चाको रोएको आवाज सुनेको भन्ने कृष्ण कुमारको भनाईलाई अन्यथा हो र निजले त्यस्तो व्यहोरा लेखाई गंभिर अपराधको दोषी यी प्रतिवादीलाई करार गर्नुपर्ने अवस्था रहे भएको मिसिल संलग्न तथ्य र आधारबाट देखिन नआउनुका साथै प्रतिवादी स्वयंले समेत सो कुराको पुष्टि गरी आफ्नो निर्दोषिता प्रमाणित गर्न सकेको पाइदैन । आफूले अवैध गर्भ धारण गरेकोमा निज सावितै रहेको वच्चा जन्मने बेथा लागेपछि जंगलतिर गएको भन्नेमा सावित रहेको वच्चा जन्मिएपछि पनि कतै प्रकाश नगरी लुकाई राखेको अवस्थाबाट समेत यी प्रतिवादी कसुरदार रहिनछन भन्न सकिने अवस्था नहुंदा जिउंदो वच्चा जन्माई मारेको पुष्टि हुन आउंछ । वच्चा मार्नेमा यी प्रतिवादीकै संलग्नता रहेको देखिन आएबाट सफाई दिने गरेको शुरु फैसला उल्टी गरी मुलुकी ऐन ज्यान सम्वन्धी महलको १३(३) नं. अनुसार प्रतिवादी वति भन्ने मनकुमारी घिमिरेलाई सर्वश्व सहित जन्मकैद हुने ठहराएको पुनरावेदन अदालत बागलुङको साधक जाहेरी फैसला मिलेकै देखिंदा सदर हुने ।
(प्र.नं.१६)
पूर्ण पाठ हेर्नुहोस्
प्रतिवादीले प्रतिउत्तर फिराउदा दावि वमोजिम कर्जा आफूले नलिएको भनेतापनि उक्त लिखत गरिदिएको व्यहोरा स्विकार गरेको देखिन्छ । यसरी तमसुक गरिदिएकोमा प्रतिवादीले स्वीकारै गरेको र सो स्वीकारोक्तीलाई अन्यथा भन्न सकिने आधार प्रमाण प्रतिवादीले गुजार्न सकेको नदेखिंदा वादी दावि वमोजिमको सांवा व्याज प्रतिवादीबाट भराइ दिने ठहराएको पुनरावेदन अदालत जनकपुरको इन्साफ मनासिव नै हुंदा सदर हुने ।
(प्र.नं. १२)
पूर्ण पाठ हेर्नुहोस्
आफूलाई संधै गाली गलौज गरी रहने हुंदा सोही रिसले मार्ने उद्देश्य राखी निज निदाएपछि पिराले प्रहार गरी मारेको भनी अधिकार प्राप्त अधिकारी समक्ष गरेको कागजमा र अदालत समक्ष समेत कसुर गरेको कुरामा सावितै रही प्रतिवादीले वयान गरेको देखिन्छ । प्रतिवादीको कथनलाई चन्द्रमणि दाहाल र वस्तुस्थिति मुचुल्काका नरेन्द्र प्रसाद भण्डारी समेतले समर्थन गरेको पाईन्छ । किटानी जाहेरी दरखास्त र प्रतिवादीको स्वीकारोक्तीको समर्थनमा जुटेका अन्य प्रमाण समेतका आधारमा मृतक दधिराम को मृत्यु प्रतिवादी गोपाल प्रसादकै कर्तव्यबाट भएको भन्ने कुरा स्थापित भएको छ । प्रतिवादीले आफ्नो वयानमा दधिराम र आफू नजिकै सुतेको र निज दधिराम ले संधै गाली गलौज गर्ने कारणबाट रिस उठी प्रहाचर गरेको भनेतापनी दधिरामले संधै गाली गलौज गर्ने गरेबाट मृतकसंग रिसइवी रहेको र उक्त दिन पनि मृतक निदाएपछि काठको पिराले हिकाई मारेको भनी भनेको स्थितिमा निदाई रहेको अवस्थाको व्यक्तिलाई प्रहार गर्ने प्रतिवादीले तत्काल उठेको रिस थाम्न नसकी प्रहार गरेको भनी आदेश प्रेरित हत्याको सुविधा पाउने अवस्था नहुने ।
(प्र.नं. १८)
पूर्ण पाठ हेर्नुहोस्
अंश नभएका अंशियारले सगोलको अचल सम्पत्ति वेचविखन गर्दा वा कुनै किसिमले हक छाडी दिंदा ऐनले आफूखुसी गर्न पाउने अरुको मन्जुरी लिनु नपर्नेमा वाहेक अरुमा एकाघरका अंशियार सवै साक्षी वसेको वा निजहरुले मंजुरीको लिखत गरिदिएको भएमात्र पक्का ठहर्छ भन्ने लेनदेन व्यवहारको १० नं. ले कानूनी व्यवस्था गरेको देखिन्छ । सो कानूनी व्यवस्था अनुसार कौशीलाले लिखत गर्दा वादीको मंजुरी लिएको वा निजलाई साक्षी राखेको समेत देखिन आउंदैन । सटृापटृाको लिखत गर्दा घरका मुख्य मालिकलाई राजि गराई साक्षी राखी सटृापटृाको लिखत गरेको भन्ने प्रतिवादी जिकिरको हकमा लेनदेन व्यवहारको १० नं.ले गरेको लिखत पक्का गराउन सगोलको अंशियारको मंजुरी लिनुपर्ने वाध्यात्मक कानूनी व्यवस्था अमान्य हुन सक्ने गरी सटृापटृाको लिखत गर्न लेनदेनको ३६ नं. ले कानूनी व्यवस्था गरेको देखिदैन । तसर्थ दावी वमोजिम निज वादीको हक सम्मको ४ भागको १ भाग सटृापटृाको लिखत वदर हुने ठहर्याएको पुनरावेदन अदालत पोखराको इन्साफ मिलेकै देखिंदा मनासिव ठहर्ने ।
(प्र.नं. १०)
पूर्ण पाठ हेर्नुहोस्
पिता पुर्खाको पालाको चल अचल गैह्र सम्पत्तिको हकमा चलमा सवै र अचलमा आधी सम्म घर व्यवहार चलाउन कसैको मंजुरी लिनु नपर्ने र अचलमा आधी भन्दा वढी भने व्यवहार चलाउनै परे एक्काइस वर्ष नाघेका स्वास्नी छोरा र समेतो मंजुरी लिनु पर्ने व्यवस्था अंशवण्डाको १९ नं. अन्तर्गत पर्छछ । अंश नभएका अंशियारले सगोलको अचल सम्पत्ति वेचविखन गर्दा वा कुनै किसिमले हक छाडी दिंदा ऐनले आफूखुसि गर्न पाउने अरुको मन्जुरी लिनु नपर्नेमा वाहेक अरुमा एका घरका अंशियार सवै साक्षी वसेको वा निजहरुको मन्जुरीको लिखत गरि दिएको भएमात्र पक्का ठहर्छ भन्ने कानूनी व्यवस्था लेनदेन व्यवहारको १० नं. मा व्यवस्था गरिएको छ । प्रस्तुत लेनदेन व्यवहारको १० नं. अन्तर्गतको मुद्दामा मन्जुरी लिनु पर्ने देखिन्छ । प्रस्तुत मुद्दामा पारित लिखतमा घरको मुख्य व्यक्ति साक्षी मात्र वसेको र अन्य अंशियार साक्षी समेत वसेको नदेखिंदा निजहरुको मन्जुरी रहे भएको मान्न नमिल्ने ।
(प्र.नं. १०)
पूर्ण पाठ हेर्नुहोस्
मथुरा मुराउको छोरी तिर्था भएको तथ्यमा कुनै विवाद नभएपछि वावुको मृत्यु हुनासाथ कानूनले साख्यात छोरी तिर्थाको अपुताली हक कायम भएको मान्नु पर्ने हुन्छ । वावु मथुराको मिति ०४२।७।२७ मा मृत्यु भए पश्चात वावुको अपुताली सम्पतिको नामसारीको लागि मालपोत कार्यालय कपिलवस्तुमा मिति ०४२।१२।१८ मा दरखास्त दिएको र सो निवेदनको आधारमा मालपोत कार्यालयले कारवाही शुरु गरेको पाइन्छ भने प्रतिवादीले नामसारीको लागि धेरैपछि ०४६।३।२१ मा मात्र आएर निवेदन दिएको देखिन्छ । अपुताली हक नामसारी नहुदैमा हकनै कायम नहुने भन्न मिल्दैन । नामसारी भनेको त नियमित गराउने सम्मको कृया हो । अतएव मृतक मथुराकी छोरी तिर्थामा स्थापित भैसकेको अपुताली निजपछि निजकै हकदारमा निस्कृत हुने हुंदा वादीको हक कायम हुने हुंदा कपिलवस्तु जिल्ला अदालतको इन्साफ मनासिव ठहर्ने ।
पूर्ण पाठ हेर्नुहोस्
मृतक मिना शाहीलाई प्र.टिका कठायतले मार्नु पर्ने सम्मको रिस इवी कारण नभएको र जोखिमी हतियार पनि प्रयोग नभएको, लुकी चोरीकन प्रहार गरेको पनि नदेखिएको र आफ्नो जग्गामा घास काटेको कुरामा तत्काल उठेको रिस थाम्न नसकी मार्छू भनी तल मिना शाहीलाई देख्दा देख्दै आवेशमा आई माथिबाट ढुंगा लडाउंदा सोही ढुंगाको चोट मिना शाहीको टाउको जस्तो जोखिम ठाउंमा लाग्न गई तत्कालै निजको मृत्यु भएको देखिंदा ज्यान सम्वन्धी १३ नं. आकर्षित हुन नसक्ने ।
पूर्ण पाठ हेर्नुहोस्
मुलुकी ऐन लुटपिटको ७ नं. मा लुटपिट भएको ३ महिना भित्र नालेश नदिए लाग्न सक्दैन भन्ने उल्लेख भइ लुटपिट भएकोमा सो भएका मितिले ३ महिना भित्र नालेश दिनु पर्ने स्पष्ट कानूनी व्यवस्था भएको देखिन्छ । वादीले वारदात भएको भनेको मिति २०४८।१२।२९ बाट हिसाव गर्दा २०४९।३।२८ गतेसम्ममा नालेश दिनु पर्ने हुन आउंछ । तर वादीले १ एक दिन ढीलो गरी अर्थात २०४९।३।२९।२ मा मात्र फिराद पत्र दायर गरेको देखिंदा त्यस्तो फिरादलाई हदम्याद भित्र परेको भनी मान्न कानूनसंगत देखिन नआउने ।
पूर्ण पाठ हेर्नुहोस्
अंशवण्डाको ३५ नं.. ले अंश मुद्दामा तायदाती दिंदा नदेखाइ दवाए छिपाएको भनी यिनै प्रतिवादी उपर फिराद गर्न कुनै वाधा दिएको देखिन आउदैन । जहिले सुकै नालेश लाग्न सक्ने स्थितिमा अदालती वन्दोवस्तको ३६ नं. को उल्लेख भएकै कारणले अंशवण्डाको ३५ नं. को हदम्याद भित्र नपरेको भनी वादी दावी खारेज गर्न मिल्ने देखिदैन । तसर्थ अंशवण्डाको २७ नं. अन्तर्गत दावी गरी आएको हुंदा उक्त महलको ३५ नं. को हदम्याद भित्र परेको भनी फिराद खारेज गर्ने गरेकोलाई वदर गरी सवुद प्रमाणको मुल्यांकन गर्न मिसिल शुरु जिल्ला अदालतमा पठाउने ठहर गरेको पुनरावेदन अदालत सुर्खेतको फैसलामा कुनै परिवर्तन गर्न पर्ने अवस्था विद्यमान नदेखिंदा सदर हुने ।
पूर्ण पाठ हेर्नुहोस्
मुलुकी ऐन ज्यान सम्वन्धिको १४ नं. वमोजिमको ज्यान लिनु पर्ने अवस्थाको वारदात नदेखिई ख्याल ठटृामा श्रीमतीलाई जिस्काएकोमा लातिले हिर्काउदा डिलबाट खसी पछि भोलिपल्ट मृतकको मृत्यु भएको भन्ने देखिन आउंछ । प्रतिवादीले लात्तिले हानेकै कारणबाट मृत्यु भएको नभै डिलवाट खखेको चोटको कारणबाट मृत्यु भएको भन्ने देखिएकोले भवितव्य ठहराउने गरेको पुनरावेदन अदालत पाटनको फैसला मनासिव ठहर्छ । वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । निज मृतक हिरा वहादुर तामाङ मरी सकेको भन्ने उपरोक्त मिति २०५६।३।२९ को तामेलीबाट देखिन आएकोले अ.वं. १७६ नं. ले फैसला नहुंदै मरीसकेको व्यक्तिलाई खतवात नलाग्ने हुंदा केही गरी रहनु नपर्ने ।
पूर्ण पाठ हेर्नुहोस्
प्रस्तुत मुद्दामा मृतक याम वहादुर कामीको मृत्यु यी प्रतिवादी समेतको कुटपिटको कारणबाट भएको भन्ने कुरामा कुनै विवाद देखिंदैन । निज मृतक याम वहादुर कामीलाई कुटपिट गर्दा एक जनाले कुटपिट नगरी धेरै जनाको हुल भै कुटपिट गरी सोही कारणबाट मृत्यु भएको भन्न तथ्य पनि निसिलबाट स्पष्ट रुपमा स्थापित हुन आएको पाइन्छ । मृतक याम वहादुर कामी यसैको चोट पीरको कारणबाट मृत्यु भएको भन्ने गरी मिसिलमा कतैवाट खुल्न आएको पाइदैंन । यसरी मृतकको अवस्थामा यी प्र. कुमार राई, भीम वहादुर राई, देश वहादुर राई एवं टेकधन राईले मृतकलाई मौकामा उठेको कुरा गरिस थाम्न नसकि साधारण लाठा ढुंगा लात मुक्काले हानी सोही चोट पीरले कारण मृतक गरेको मानि ज्यान सम्वन्धि महलको १४ नं. आकर्षित गरी संजाय गर्न नमिल्ने ।
पूर्ण पाठ हेर्नुहोस्
मिति २०३८।१०।२७ मा राम वहादुर गिरीले आफ्नो श्री सम्पत्ति शेषपछि खाने गरी आफ्ना छोराहरु मध्ये भीमराज गिरी र चित्रराज गिरीलाई वक्सपत्र गरीदिएको र वादी प्रतिवादीले छुट्टा छुट्टै ७ नं. फाराम भरी आ आफ्नो नाममा जग्गा दर्ता तिरो भरो समेत गरी विक्रि व्यवहार समेत गरेको देखिन्छ । यसरी विक्री व्यवहार गर्दा भिन्न भएको व्यहोरा उल्लेख गरेको देखिन्छ । यसरी विक्रि व्यवहार गर्दा भिन्न भएको व्यहोरा उल्लेख गरेको देखिनुका साथै दर्ता समेत फुटी दाखेल खारेज गरी तिरो भरो आ आफ्नो दर्ता श्रेस्ता खडा गरी बसेको रसिद दर्ता एवं लिखतका प्रमाणहरुबाट समेत वादी धर्मराज गिरी र प्रतिवादी भीमराज गिरी मुलुकी ऐन अंशवण्डाको ३० नं. को कानूनी व्यवस्था अनुसार व्यवहार प्रमाणबाट भिन्न भई बसेको देखिन आयो । मिसिल सामेल रहेको जग्गा धनी दर्ता श्रेस्ताको प्रतिलिपि उतारबाट वादी धर्मराज गिरी र प्रतिवादी भीमराज गिरीको नाउंमा संयुक्त दर्ता भएका जग्गाका सम्वन्धमा कानून वमोजिम आ आफ्नो नाममा दर्ता नामसारी गर्न सकिने नै हुंदा सो वाहेक अन्य तथ्यबाट यी वादी प्रतिवादी भिन्न भई वसेको प्रतिपादित भिन्न भई वसेको प्रमाणित भइरहेको अवस्थामा वादीले प्रतिवादीबाट अंश पाउने नदेखिंदा वादी दावी पुग्न नसक्ने ठहर्याोएको शुरु काभ्रेपलान्चोक जिल्ला अदालतको इन्साफ मनासिव ठहर्यासएको माननीय न्यायाधीश श्री उदयराज उपाध्यायको राय मनासिव ठहर्ने ।
पूर्ण पाठ हेर्नुहोस्
भ.नि.ऐन, २०१७ को आगमन पश्चातको न्यायिक परिपाटी प्रचलन अनुसार भ्रष्ट्राचार मुद्दामा अन्य वारेन्ट जारी हुने मुद्दामा झै अभियुक्तको अंश रोक्का गर्ने फरार रहेका को हकमा मुलतवी राख्ने आदि कार्य नगरीने हुंदा समेत भ्रष्ट्राचार निवारण ऐन, २०१७ को दफा १३ अन्तर्गतको मुद्दालाई वारेण्ट जारी हुने मुद्दा मानि आएको नदेखिने।
(प्र.नं. १२)
पूर्ण पाठ हेर्नुहोस्