निर्णय नं. ७३४ - जालसाजी
(१) साक्षी सबूदसमेतको अभावमा दावी साँचो मान्न नमिल्ने । (प्रकरण नं. ११)
पूर्ण पाठ हेर्नुहोस्(१) साक्षी सबूदसमेतको अभावमा दावी साँचो मान्न नमिल्ने । (प्रकरण नं. ११)
पूर्ण पाठ हेर्नुहोस्(१) लिखतको जग्गा कच्चा भएकोबाटमात्र जालसाज ठहर्ने नभई जालसाजी काम कुरा गरेको सबूद पुग्न आउँदामात्र जालसाजी ठहर्ने । (प्रकरण नं. १२)
पूर्ण पाठ हेर्नुहोस्(१) चल सम्पत्ति राजीनामा गरिदिएको लिखत रजिष्ट्रेशन पारित गर्न नपर्ने । तसर्थ उपरोक्त उल्लिखित कारणले जग्गा राजीनामा दिएको देखिन नआई मिलसम्म राजीनामा दिएको देखिएकोले त्यस्तो चल सम्पत्ति राजीनामा गरिदिएको लिखत प्रचलित मुलूकी ऐन रजिष्ट्रेशनको १ र ३ नं.ले रजिष्ट्रेशन पारित गर्न नपर्ने रजिष्ट्रेशन पारित गरिपाउँ भन्ने वादी दावी नपुग्ने ठहराएको मिति ०२९।५।३० को डिभिजन बेञ्चको मा.न्या.श्री चन्द्रप्रसाद प्रधानको राय मनासिव छ । शुरु जि.अ.र अञ्चल अदालतको इन्साफ उल्टी भएकोले तपसील बमोजिम लगत दिई मिसिल नियमबमोजिम बुझाई दिनू । (प्र.नं. १०)
पूर्ण पाठ हेर्नुहोस्(१) मुडिई जोगी भएका मानिसको कृया नगरेको भन्ने दोष लगाउन मिल्ने नदेखिने । (प्र.नं. १५)
पूर्ण पाठ हेर्नुहोस्(१) निजामति कर्मचारीको काम सन्तोषजनक नभए निजलाई नि.से.नियमावलीको नियम १० को उपनियम १ को खण्ड २ बमोजिम सजाय हुने नियम १० को उपनियम १ को खण्ड (५) बमोजिम सजाय गरी नोकरीबाट हटाएको निर्णय कानूनबमोजिमको नभई त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ७)
पूर्ण पाठ हेर्नुहोस्(१) अ.बं.७८ नं.–एकाको प्रमाणको कागज अर्कालाई देखाई सुनाई जो हुन आउँछ सो गर्नुपर्ने । (प्र.नं. १०)
पूर्ण पाठ हेर्नुहोस्(१) तत्कालिन प्रचलित बाली झगडाको २० नं.–जग्गा तेरो मेरो हकबेहकमा दावी गरी मुद्दा चलाई राखेकोमा बालीमा तत्काल प्रचलित बालीको झगडाको २० नं.अन्तर्गत वादीको नालेस लाग्न सक्ने अवस्थाको नदेखिने । (प्र.नं. ११)
पूर्ण पाठ हेर्नुहोस्(१) लखबन्धकी लिखतको स्थित पहिलेको भोग वा दृष्टि जुनबाट सरेर आएको हो सो सरह नै हुने । (प्र.नं. ९) (२) जसलाई रूपैयाँ दिई लिखत गराई लिएको हो उसैउपर कपाली थैलीमा नालेस गर्नु पर्ने । (प्र.नं. ११)
पूर्ण पाठ हेर्नुहोस्(१) अपुतालीको ८ नं.मा उल्लेख भएको हकवाला भन्ने शब्द ३ पुस्ता भित्रकैलाई मात्र संकेत गर्छ भन्न नमिल्ने । (प्र.नं. १३) (२) वादी प्रतिवादीको पेटबोलीमा लेखिएको मानिस नबुझी मुद्दा नछिनिने देखिएमा प्रमाणका तवरले अड्डाबाट बुझ्न नहुने प्रतिवादी सहकारणी देखिन आएमा तारिखमा राखी फैसला गर्नुपर्ने । (प्र.नं. १४)
पूर्ण पाठ हेर्नुहोस्(१) हकवालाले हेरविचार नगरी राखेकोमा अचलमा दसौंद बाँकी राखी अरू सबै आफ्नो खुस गर्न पाउने । (प्र.नं. १०) (२) तत्काल प्रचलित विधवा अंश धनको १ नं.२ दफा : दसौंद बाँकी राख्न पर्नेमा, प्रत्येक अचल सम्पत्तिमा छुट्टाछुट्टैको हिसावले दसौंद बाँकी राख्नु नपर्ने, जम्मा अचल सम्पत्तिमा दसौंद बाँकी राखे हुने । (प्र.नं. ११)
पूर्ण पाठ हेर्नुहोस्(१) लोग्नेले खान लाउन नदिएको स्वास्नीले कुनै किसिमबाट खान लाउन पाई राखेको भए पनि मानाचामल दिन पर्ने कानूनी दायित्वबाट खान लाउन नदिने लोग्नेले पन्छिन पाउँछ भन्न नमिल्ने । (प्र.नं. १०)
पूर्ण पाठ हेर्नुहोस्(१) कीर्ते कागजको ऐन अन्तर्गत जालसाजीमा दावी लिई फैज्दारीमा दर्ता गरेको मुद्दामा, फिरादपत्रमा ४ खण्डको १ खण्ड पाउने अंशियारको वास्तै नगरी भन्ने लेखेकोसम्मबाट, लेनदेन व्यवहारको ऐन प्रयोगमा ल्याउन नमिल्ने । (प्र.नं. १३)
पूर्ण पाठ हेर्नुहोस्(१) आफै अदालतमा उपस्थित भई नालेस गरेकोसमेत देखिए ७५ बर्ष उमेर पुगी आफ्नो व्यवहारको संरक्षण गर्न पनि नसक्ने भन्नेसमेतको लेखाई समर्थित नहुने । (प्र.नं. १३,१४)
पूर्ण पाठ हेर्नुहोस्(१) वादीले दावी लिएको कुराको अदालतले इन्साफ ठहर गर्नु पर्ने, वादी दावी नै नभएको कुरामा अदालतले तर्क उठाई पक्ष विपक्षको बीचमा कुनै असर पर्न जाने गरी इन्साफ ठहरसमेत कुनै कुरा बोल्न नमिल्ने । (प्र.नं. १०)
पूर्ण पाठ हेर्नुहोस्(१) ल्याप्चे सहिछाप अप्रष्ट भएको कागज प्रमाण लाग्न नसक्ने । (प्र.नं. ९) (२) एकको भागमा परेको अन्य प्रमाणबाट देखिन्छ भने त्यस्तो जग्गा अर्कै अंशियारको नाममा दर्ता रहन गएकोमा कानूनबमोजिमको लिखत बेगर दर्तावालको भन्न मिल्ने नदेखिने । (प्र.नं. १०)
पूर्ण पाठ हेर्नुहोस्(१) जग्गाको मुख्य प्रमाण नै मोठ, श्रेस्तामा लेखिएको दर्तावाला जग्गाधनी मानिने ।
पूर्ण पाठ हेर्नुहोस्(१) भोग तिरो भइराखेको कुरामा विरोध नभए भोग तिरोबाटै जग्गामा हक पक्का भइसकेको मान्न पर्ने । मुख्य १९९६ सालको विर्ताको लगतमा झगडा परेको बहिबु खेत वादीको बाबु विसनारायणको नाउँमा दर्ता भएको सो दर्ता बदर गरिपाउँ भन्ने तर्फ तत्काल प्रचलित जग्गा मिच्नेको २१ जग्गा पजनीको ३४ नं.को म्याद २ बर्ष भित्र उजूर गरी बदर गराउन प्रतिवादी धनमायाले नसकेकी र ८३ सालदेखि भोग तिरो वादीतर्फबाटै भइराखेको भन्ने कुरामा विरोध नभएकोले दर्ता भोग तिरोबाटै जग्गामा वादीको हक पक्का भइसकेको मान्नु पर्ने यस स्थितिका सबूद प्रमाण सहितको भोगबन्धकीमा दिएको भन्ने प्रतिवादीहरूको मौखिक जिकिरसम्मको आधारमा भोगबन्धकी कायम गर्न नमिल्नेसमेत हुनाले अन्य विवादको कुराहरूमा विचार गरिरहनु परेन । (प्र.नं. १३)
पूर्ण पाठ हेर्नुहोस्(१) भूमिसम्बन्धी ऐनको संशोधित दफा ४५(घ)– भूमिसम्बन्धी ऐनको संशोधित दफा ४५(घ) मा अप्रत्यक्ष रूपमा हुन सक्ने लाभको अंजाम गरी अंजामी लाभको आधारबाट आयस्ता कायम गर्नु भूमिसम्बन्धी ऐनको संशोधित दफा ४५ (घ) को मनसायको विपरीत हुने । (प्र.नं. ९) (२) सम्बन्धीत मुद्दा हेर्न छिन्न अधिकारै नभएको उच्चस्तरीय दौडाहा समक्ष भएको कागजलाई अधिकार प्राप्त अधिकारी समक्ष भएको कागजको संज्ञा दिन नमिल्ने । (प्र.नं. १०)
पूर्ण पाठ हेर्नुहोस्(१) लोग्ने स्वास्नीको ४ नं.को अवस्थामात्र देखाई नालेस गरेको नभई अंशबण्डाको १० नं.को आधारमा नालेस गरेमा उक्त अंशबण्डाको १० नं.भित्र पर्न आउने, लोग्ने स्वास्नीको महलको ६ नं.को हदम्याद नलाग्ने । सर्वप्रथम लोग्ने स्वास्नीको ६ नं.का म्यादभित्रको वादीको नालेस नभएको भन्ने निवेदक प्र.तर्फका विद्वान अधिवक्ताको मुख्य जिकिर भएको हकमा वादीले नालिस गर्दा लोग्ने स्वास्नीको ४ नं.मा उल्लेख भए बमोजिममात्र कसूर देखाई सोही ४ नं. बमोजिम अंश छुट्याई पाउँ भनी दावी गरेको भए सोही महलको ६ नं.को हदम्याद लाग्ने पनि प्रश्न उठ्ने थियो तर वादीले नालेस गर्दा लोग्ने स्वास्नीको ४ नं.को मात्र अवस्था देखाई सो ४ नं.अन्तर्गत अंशमा दावी गरेकी नभई मलाई कुटपिट गरी खान लाउन नदिई घरबाट निकाला गरेको हुँदा अंशबण्डाको १० नं. बमोजिम फिराद गर्न आएको छु भनी अंशबण्डाको १० नं.को आधारमा नालेस गरेकी र उक्त अंशबण्डाको १० नं.हेर्दा छोरा स्वास्नीलाई खान लाउन नदिई राख्न पनि हुँदैन इज्जत आमद अनुसार खान लाउन दिनै पर्छ नदिए अंश दिनु पर्छ भन्ने उल्लेख भएकोबाट मुख्य खान लाउन नदिएको भन्ने कुराले वादीको नालेस दावी उक्त अंशबण्डाको १० नं.भित्र पर्न आउने देखिन्छ त्यसकारण लोग्ने स्वास्नीको ६ नं.को हदम्याद लाग्ने भन्न मिलेन । (प्र.नं. ९)
पूर्ण पाठ हेर्नुहोस्