विस्तृत खोजी

 
 
 
 
 
      

१४ खोजी नतिजाहरु

निर्णय नं. १०३९३ - उत्प्रेषण / परमादेश

 फैसला मिति:२०७६/०७/२८  संयुक्त इजलास  १८२८
 पुनरावेदक/ प्रतिवादी : काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १० मा रजिस्टर्ड कार्यालय रहेको जन्‍नत ओभरसिज प्रा.लि.का अख्तियार प्राप्त सञ्चालक एवं आफ्नो हकमा समेत ऐ.का सञ्चालक सेयरधनी महोत्तरी जिल्ला बलवा नगरपालिका वडा नं. ९ बस्ने सेयरधनी तसलिम खाँ मिस्कार बिरुद्ध विपक्षी/वादी : वैदेशिक रोजगार विभाग, बुद्धनगर, काठमाडौंसमेत

कम्पनीका सेयर होल्डरहरूमध्ये कसैको मृत्यु भएमा सेयर कारोबार के कसरी विभाजन गरी हक दायित्व बाँडफाँड गर्ने भन्‍ने कुरा पक्षहरूको दायित्व हुने र सोबमोजिमको हिसाब किताब बाँडफाँड गरी पीडित पक्षलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने कानूनी दायित्व कम्पनीको सञ्चालकहरूमा नै निहित रहने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०३९२ - अपहरण तथा शरीर बन्धक

 फैसला मिति:२०७६/०९/०२  संयुक्त इजलास  २३८७
 पुनरावेदक/ प्रतिवादी : उपेन्द्रराज बस्नेतको जाहेरीले नेपाल सरकार बिरुद्ध विपक्षी/वादी : जिल्ला रोल्पा, घर्तीगाउँ गाउँ विकास समिति वडा नं. ४ बस्ने प्रेमबहादुर वि.क.समेत

पछि दिइएको वा दोस्रो जाहेरी वारदात र तथ्यको नजिक छ, किटानी छ, प्रतिवादीहरूको बयान पनि वारदातसँग नजिक छ, त्यसलाई भौतिक र परीक्षण प्रतिवेदन जस्ता अन्य स्वतन्त्र प्रमाणहरूले पनि समर्थन गर्दछ र जाहेरवाला स्वयंले तथ्य पुष्टि हुने गरेर अदालतमा आई किटानी बकपत्र गरी दिन्छन् भने त्यस्तो जाहेरीलाई ढिलो गरिदिएको वा “सोच विचार गरी” (after thought) पूर्वाग्रह राखी दिइएको जाहेरीको कोटीमा राख्न नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०३९१ - बन्दीप्रत्यक्षीकरण

 फैसला मिति:२०७६/०९/२७  संयुक्त इजलास  ३९५३
 पुनरावेदक/ प्रतिवादी : ललितपुर जिल्ला महालक्ष्मी -२ बस्ने कमलबहादुर सुवेदीको छोरा हरिकृष्ण सुवेदी बिरुद्ध विपक्षी/वादी : हाल ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नं. ५ माइतीमा बस्ने ज्ञानबहादुरको छोरी श्रीजया कार्कीसमेत

सामान्यतया अदालत वा न्यायाधीशले बालबालिकाको सर्वोत्तम हित हेर्दा बच्चाको विशिष्ठ परिस्थिति, उसको व्यक्तिगत अवस्था र परिवेशलाई मूल्याङ्कन गर्नुपर्दछ । यस्तो निर्णयमा पुग्दा बालबालिकाको मनोवैज्ञानिक अवस्थासहितको प्रतिवेदनसमेतलाई विचार गरी निर्णयमा पुग्नु महत्त्वपूर्ण आधार हुन सक्दछ । त्यस्तै यस्तो निर्णयमा पुग्दा बुबा, आमा, हजुरबुबा, हजुरआमा, कुनै पनि नातेदार वा अन्य संघ संस्थाको परिस्थिति वा अवस्था होइन निज बालकको परिस्थिति र इच्छासहितको वस्तुगत दृष्टिकोण महत्त्वपूर्ण हुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०३९० - जबरजस्ती करणी

 फैसला मिति:२०७६/०७/०४  संयुक्त इजलास  २२२९
 पुनरावेदक/ प्रतिवादी : मकवानपुर जिल्ला, आमभञ्ज्याङ्ग गा.वि.स. वडा नं.१ घर भई हाल कास्की जिल्ला, पोखरा उपमहानगरपालिका वडा नं. ६ बस्ने हाल जिल्‍ला कारागार कार्यालय कास्कीमा थुनामा रहेको जितबहादुरको छोरा मदन परियार बिरुद्ध विपक्षी/वादी : मकवानपुर जिल्ला, स्थायी घर भई हाल कास्की जिल्ला, पोखरा उपमहानगरपालिका वडा नं.१ बस्ने कल्पना परियारको जाहेरीले नेपाल सरकार

जाहेरी बेहोरा र पीडितको मौकाको कागजलाई मिसिल संलग्‍न पीडितको शारीरिक परीक्षण प्रतिवेदनले पुष्‍टि गरिरहेको अवस्थामा जाहेरवाली र पीडितको बकपत्र नभएकै कारण ती आधारहरू ग्रहण नगर्नु न्‍यायोचित नहुने । अन्‍य प्रमाणहरूले जाहेरी बेहोराका साथै पीडितको मौकाको कागजलाई समर्थन गरिरहेको अवस्थामा ती प्रमाणहरूलाई नजरअन्‍दाज गरी प्रतिवादीले अदालतमा गरेको इन्‍कारी बयान र पुनरावेदन जिकिरलाई आधार मानी आरोपित कसुरबाट उन्‍मुक्ति दिन सकिने अवस्था नहुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०३८९ - उत्प्रेषण / परमादेश

 फैसला मिति:२०७५/१०/०५  संयुक्त इजलास  २३८५
 पुनरावेदक/ प्रतिवादी : भक्तपुर जिल्ला साबिक चपाचो गाउँ विकास समिति वडा नं.६ को परिवर्तित हाल मध्यपुर ठिमी नगरपालिका वडा नं.१० बस्ने न्हुच्छेबहादुर खड्‍गीसमेत बिरुद्ध विपक्षी/वादी : मध्यपुर ठिमी नगरपालिका कार्यालय, मध्यपुर ठिमी, भक्तपुरसमेत

कुनै व्यक्ति लामो समयदेखि घर बनाई कुनै स्थानमा बसिरहेको छ, निजको सोभन्दा बाहेक अन्य स्थानमा स्थायी प्रकृतिको बसोवास छैन, स्ववासीका आधारमा नेपालको कानूनबमोजिम निजको अधिकार सिर्जना गर्दछ भने त्यस्तो व्यक्तिको तथा स्ववासी जग्गाको समेत सन्तुलित रूपमा संरक्षण गर्नु राज्यको कर्तव्य हुने । स्ववासीको नाममा केही समयदेखि कब्जा गरी बसेका तथा परापूर्वकालदेखि बसोवास गरी आएका बिचको अधिकारमा भिन्‍नता हुन्छ । कुनै जग्गा हाल कब्जा गरी बस्ने तथा परापूर्वकालदेखि नै सन्तान दरसन्तानदेखि बसोवास गरी आएकालाई एकै कसीमा राख्न नमिल्ने । चिरभोगको आधारमा कानूनबमोजिम आवासको व्यवस्थाको संरक्षण गर्नु पनि अदालतको कर्तव्य हुन आउने । कानूनबमोजिम लामो समयदेखि वासस्थान बनाई स्ववासी रूपमा प्रयोग गरी रहेको घरले चर्चेको जग्गाहरू र सार्वजनिक जग्गा छुट्टिने प्रमाण बुझी निर्णय गर्नुपर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०३८८ - उत्प्रेषण

 फैसला मिति:२०७६/०७/१४  संयुक्त इजलास  २५१८
 पुनरावेदक/ प्रतिवादी : काभ्रेपलाञ्‍चोक जिल्ला, महेन्द्रज्योति गा.वि.स. वडा नं.४ को हाल बनेपा न.पा. वडा नं. १२ बस्ने श्यामकाजी विष्‍टको छोरा लेनिन विष्‍ट बिरुद्ध विपक्षी/वादी : नेपाल सरकार गृह मन्त्रालय, सिंहदरबार, काठमाडौंसमेत

नागरिक स्वतन्त्र छन्, सार्वभौम, र अधिकार सम्पन्‍न छन् भन्‍नुको अर्थ संविधान र कानूनले स्पष्टतः रोक नलगाएको विषयमा आफ्नो विचार राख्‍न स्वतन्त्र छन् भन्‍नु पनि हुन्छ । यसमा कसैलाई पूर्वजानकारी दिनुपर्ने वा सहमति लिनु नपर्ने । जबसम्म कानूनद्वारा अख्तियार प्राप्‍त निकायले कुनै कानूनी कारबाही सुरू गरी कानूनको अख्तियारीभित्र रही विदेश यात्रालाई रोक्दैन तबसम्म यस्तो यात्रा रोक्न नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०३८७ - भ्रष्टाचार

 फैसला मिति:२०७६/०५/१८  संयुक्त इजलास  ४९१३
 पुनरावेदक/ प्रतिवादी : जिल्ला पर्सा, वीरगन्ज उपमहानगरपालिका वडा नं. २ छपकैया घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३४ बस्ने बस्ने जगरनाथप्रसाद सोनार बिरुद्ध विपक्षी/वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृत जगदिशमान श्रेष्‍ठको प्रतिवेदनले नेपाल सरकार

भ्रष्टाचारजन्य कसुर र देवानी दायित्वका बिच तात्त्विक भिन्नता रहेको हुन्छ । भ्रष्टाचार निवारण ऐनको संरचनाबाट सार्वजनिक उत्तरदायित्व भएका पदाधिकारी तथा राष्ट्रसेवकले अन्य व्यक्तिहरूसँग मिली भ्रष्टाचारजन्य कार्य गरी सरकारी वा सार्वजनिक सम्पत्तिको हिनामिना गर्ने, आफू वा अन्य व्यक्तिलाई लाभ वा हानि पुर्‍याउने कार्य गरेमा सो कार्यमा संलग्न रहेका पदाधिकारी, संस्था वा व्यक्तिलाई समेत कसुरदार ठहर हुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०३८६ - टप घर भत्काई खिचोला छोडाई बाटो कायम चलन

 फैसला मिति:२०७५/०३/१२  संयुक्त इजलास  २०४६
 पुनरावेदक/ प्रतिवादी : पन्‍नालाल साहको छोरा बारा जिल्ला छातापिप्रा गा.वि.स. वडा नं. २ हाल परिवर्तित बारा जिल्ला गढीमाई नगरपालिका वडा नं. ७ बस्‍ने जगतप्रसाद साह बिरुद्ध विपक्षी/वादी : बारा जिल्ला छातापिप्रा गा.वि.स.वडा नं.९ हाल परिवर्तित बारा जिल्ला गढीमाई नगरपालिका वडा नं.१० बस्‍ने जानकीदेवी धनुकाइन

दाताले बाटो निकास रहेको भनी लिखतमा उल्लेख गरेको बेहोरालाई पछि जग्गा खरिद गर्ने दातालाई पनि सो तथ्य बन्धनकारी हुने र बाटो निकासलाई अवरोध गर्न नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०३८५ - आगो लगाई कर्तव्य ज्यान

 फैसला मिति:२०७६/०१/२२  संयुक्त इजलास  २७१०
 पुनरावेदक/ प्रतिवादी : आरिफ अहमद राइनको जाहेरीले नेपाल सरकार बिरुद्ध विपक्षी/वादी : जिल्ला बर्दिया, गुलरिया न.पा.वडा नं.८ वतन भएकी हसिना हास्मीसमेत

मरेको व्यक्तिले आफू मर्न लागेको अवस्थामा होस छँदै आफ्नो मृत्युको सम्बन्धमा व्यक्त गरेको कुरा प्रमाणमा ग्रहण गर्नको लागि दुई वा दुईभन्दा बढी कागज पेस भएकोमा ती कागजहरू वा दुई वा दुईभन्दा बढी व्यक्तिहरूले सुनेको भनी लेखाएको विषय एकापसमा विरोधाभाषपूर्ण हुनुहुँदैन । अस्पतालमा गराइएको भनिएको कागजमा उपचारमा संलग्न चिकित्सक वा अन्य कर्मचारीलाई रोहवरमा राखी निजहरूले अदालतसमक्ष सोको विषयमा बकपत्र गरेको हुनुपर्दछ । पेस गरिएका कागजमा उल्लिखित बेहोरा मिसिल संलग्न कागजबाट समर्थित भएको हुनुपर्दछ, सो नभए पनि खण्डित भएको हुनु नहुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०३८४ - उत्प्रेषण / प्रतिषेध

 फैसला मिति:२०७६/०१/१६  संयुक्त इजलास  २७२६
 पुनरावेदक/ प्रतिवादी : रूपन्देही जिल्ला, बुटवल उप.म.न.पा.वडा नं. ३ बस्ने राजेशमान श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार काठमाडौंसमेत

कानूनबमोजिम मालपोत कार्यालयले मात्र कुनै जग्गा सार्वजनिक हो होइन र दर्ता गर्न मिल्ने हो होइन भन्‍ने सम्बन्धमा निर्णय गर्ने अधिकार राख्‍नेमा व्यक्तिको नाममा जग्गा दर्ता गर्ने नगर्ने जस्ता जग्गा प्रशासनसम्बन्धी कुनै क्षेत्राधिकारै नभएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आफ्नो काम, कर्तव्य र क्षेत्राधिकारभन्दा बाहिर गई गरेको निर्देशित आदेशबाट स्वयं मालपोत कार्यालयको क्षेत्राधिकार नै निष्क्रिय र सीमित हुने । जुन निकाय वा पदाधिकारीले सार्वजनिक जग्गा सम्बन्धमा निर्णय गर्न सक्ने हो त्यस निकायको अधिकार क्षेत्रभित्र प्रवेश गरी अमुक काम गर्नु वा नगर्नु भनी निर्देशित आदेश एवं निर्णय गर्ने कार्य कानूनबमोजिम भन्‍न नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०३८३ - उत्प्रेषण / परमादेश

 फैसला मिति:२०७६/०९/१६  संयुक्त इजलास  १५३३
 पुनरावेदक/ प्रतिवादी : रूपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं.१ स्थित युनिभर्सल इन्स्टिट्युड अफ एडभान्स एन्ड रिसर्च प्रा.लि. को तर्फबाट अख्तियार प्राप्त ऐ.ऐ.प्रा.लि.को प्रबन्धक कमलराज ढकाल (कर्मचारी व्यवस्थापन तथा लेखा) बिरुद्ध विपक्षी/वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगाल, काठमाडौंसमेत

नगरप्रमुखले नेपाल सरकारको स्वामित्वमा रहेको सार्वजनिक जग्गा सम्झौता गरी कसैलार्इ निजी बाटोको रूपमा प्रयोग गर्न दिएमा त्यस्तो कार्य स्वत: (ipso facto) गैरकानूनी हुने देखिन्छ । यस्तो गैरकानूनी कार्यको सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले निर्णय गरी निर्देशन नदिएको अवस्थामा पनि त्यस्तो कानूनविपरीतको कार्य स्वत: गैरकानूनी हुन जान्छ र कानूनअनुसार उक्त जग्गा स्थानीय प्रशासनले संरक्षण गर्नु पर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०३८२ - उत्प्रेषण / परमादेश

 फैसला मिति:२०७५/०३/१०  संयुक्त इजलास  १३९९
 पुनरावेदक/ प्रतिवादी : तनहुँ जिल्ला, जामने गा.वि.स. वडा नं.१ घर भई पश्चिमाञ्चल क्षेत्रीय वन निर्देशनालय पोखरामा रा.प.अनं. प्रथम रेन्जर पदमा कार्यरत सन्तोष खनालसमेत बिरुद्ध विपक्षी/वादी : लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौंसमेत

कानूनमा भएको व्यवस्थाबमोजिम नोकरी जोड्न समयमा नै निवेदन गरी कर्मचारीले आफ्नो कर्तव्य पालना गरेकोमा सार्वजनिक निकाय वा पदाधिकारीले ढिला निर्णय गरेका कारण त्यसको दुष्परिणाम कर्तव्य पालन गरेको कर्मचारीलाई बहन गराउन नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०३८१ - लागु औषध (डाइजेपाम)

 फैसला मिति:२०७५/०७/२७  संयुक्त इजलास  २९१०
 पुनरावेदक/ प्रतिवादी : प्र.स.नि. देवबहादुर खत्रीसमेतको जाहेरीले नेपाल सरकार बिरुद्ध विपक्षी/वादी : जिल्ला चितवन पिप्ले गा.वि.स. वडा नं.५ बस्ने देवबहादुर घले

लागु औषध बरामद भएपछि त्यसको प्रकृति अर्थात् त्यसले मानव स्वास्थ्यमा पार्ने असर, लागु औषधको परिमाण, वारदात र वारदात हुँदाको अवस्था, प्रतिवादीले पहिले पनि कारोबार गरे नगरेको र सेवन गर्ने नगर्ने अवस्थासमेतलाई मध्यनजर गरी कसुरको मात्रा निर्धारण गर्नुपर्ने । बिक्री वितरण गर्ने गरेको भन्ने दाबी लिँदा त्यसको वस्तुनिष्ठ आधारसमेत खुलाएको हुनुपर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०३८० - उत्प्रेषण / प्रतिषेध

 फैसला मिति:२०७४/०५/११  संयुक्त इजलास  ३०२६
 पुनरावेदक/ प्रतिवादी : ललितपुर जिल्ला ललितपुर उ.म.न.पा. वडा नं. १ स्थित नेपाल प्लाष्टिक उत्पादक संघको अख्तियारप्राप्त ऐ.का महासचिव ऐ.ऐ. वडा नं. ६ बस्ने राजेश्वरलाल जोशीसमेत बिरुद्ध विपक्षी/वादी : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, काठमाडौंसमेत

प्लाष्टिकको झोलाबाट वातावरणमा दुस्प्रभाव पर्ने, यसलाई पुनः नवीकरण गर्न नसकिने र नसड्ने हुनाले लामो समयसम्म जमिनमा रही माटोको गुणस्तर कम भई माटो, पानीलगायत प्रदूषित भई जीव तथा वनस्पतिको जीवन खतरामा परेको अवस्था छ । वातावरण एवं जनस्वास्थ्यलाई ध्यानमा राख्दा हालको जस्तो प्लाष्टिक झोला र प्लाष्टिकजन्य सामानको निर्वाध प्रयोग र यसबाट सिर्जित फोहोर व्यवस्थापन नयाँ ढंगले नियमन गर्नुपर्ने । हामी बाँचिरहेको प्रकृति हामी सबै पृथ्वीवासीहरूको साझा घर हो र यसको संरक्षण गरी भावी पुस्तालाई हस्तान्तरण गर्ने दायित्व सबै मानवजातिको हो । हामीले गर्ने मानवीय जीवनका हरेक क्रियाकलापहरू वातावरण र प्रकृतिमैत्री हुनुपर्छ र वर्तमानको उपभोगले भावी पिँढीको जीवनशैली र उपभोग क्षमतालाई प्रभाव पार्नु नहुने ।

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु