विस्तृत खोजी

 
 
 
 
 
      

१४ खोजी नतिजाहरु

निर्णय नं. ११४०० - जबरजस्ती करणी

 फैसला मिति:२०८१/०३/०५  संयुक्त इजलास  ३५
 पुनरावेदक/ प्रतिवादी : जिल्ला दाङ, घोराही उपमहानगरपालिका वडा नं.१८ घर भई हाल जिल्ला कारागार कार्यालय, घोराही दाङमा कैदमा रहेको गिरीराज वि.क. बिरुद्ध विपक्षी/वादी : दाङ ५६(८)क. को जाहेरीले नेपाल सरकार

जबरजस्ती करणी मुद्दामा प्रत्यक्षदर्शी प्रमाण नरहने । प्रत्यक्षदर्शी भनेको पीडित स्वयम् हो र पीडितको बकपत्र प्रमाणका दृष्टिले अत्यन्त महत्त्वपूर्ण रहँदारहँदै पनि पीडितको बकपत्र मुद्दामा स्थापित तथ्यबाट समर्थित हुन नसकेमा अदालतले स्थापित तथ्यका आधारमा न्याय निरूपण गर्नुपर्ने । वारदात भएको लामो समयको अन्तरालमा पीडितले बिस्तारै आफूउपरको पीडालाई भुल्दै जाने, प्रतिवादीसँग एउटै समाजमा रहँदा बस्दा पीडितउपर आर्थिक, सामाजिक प्रभाव पर्न सक्नेलगायतका कारणले साक्षी प्रमाणको विश्वसनीयतालाई असर पार्न सक्ने परिस्थिति सिर्जना हुन सक्ने सम्भावनालाई इन्कार गर्न नमिल्ने । प्रतिवादीलाई आरोपित कसुरबाट सफाइ दिने मनसायले पीडितले वा अन्य साक्षीले प्रतिकूल बकपत्र (hostile) गर्न सक्ने भए तापनि मिसिलबाट स्थापित तथ्यबाट पुष्टि नभएसम्म बकपत्रकै आधारमा प्रतिवादीलाई अभियोग दाबीबाट सफाइ दिँदा वास्तविक कसुरदार पनि सजायबाट उन्मुक्ति पाउने अवस्था पैदा हुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११३९९ - जग्गा खिचोला

 फैसला मिति:२०८१/०१/१३  संयुक्त इजलास  २१
 पुनरावेदक/ प्रतिवादी : नेपाल नागरिक उड्‍डयन प्राधिकरण, नेपालगन्ज नागरिक उड्‍डयन कार्यालय राझाँ बाँकेका तर्फबाट अख्तियारप्राप्‍त नेपाल नागरिक उड्‍डयन प्राधिकरणका महानिर्देशक वर्ष ४९ को संजिव गौतम बिरुद्ध विपक्षी/वादी : राम औतारको पत्‍नी जिल्ला बाँके, नेपालगन्ज उ.म.न.पा. वडा नं. ४ बस्ने वर्ष ७८ की मुन्‍नीदेवी बनेनी

सम्पत्ति उपभोग गर्नबाट वञ्‍चित गर्ने प्रकारको प्रक्रियागत त्रुटि वा कमी कमजोरीहरू खोजी सोही आधारमा बन्देज लगाउने हो भने व्यक्तिको सम्मानपूर्वक बाँच्ने आधारको रूपमा रहेको सम्पत्तिसम्बन्धी संवैधानिक एवम् कानूनी हक हनन हुन जाने अवस्था सिर्जना हुन सक्ने । यस्तो अवस्थामा कुनै प्रकारको प्राविधिक कारणमा मात्र सीमित नरही यथार्थ एवम् तथ्यपरक प्रमाण र कानूनमा आधारित रही वास्तविक रूपमा न्याय प्रदान गर्नु अदालतको कर्तव्य हुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११३९८ - कर्तव्य ज्यान

 फैसला मिति:२०८०/०३/११  संयुक्त इजलास  २८
 पुनरावेदक/ प्रतिवादी : अगनबहादुर पुनको नाति टेकबहादुर पुनको छोरा रूपन्देही जिल्ला मोतीपुर गा.वि.स. वडा नं. ९ बस्ने गगनबहादुर पुनसमेत बिरुद्ध विपक्षी/वादी : रूपन्देही जिल्ला मोतीपुर गा.वि.स. वडा नं. ९ बस्ने केशवलाल श्रेष्ठको जाहेरीले नेपाल सरकार

अभियुक्तउपरको आरोपित कसुर प्रमाणित गर्ने भारअन्तर्गत दोस्रो पूर्वावस्था कसुरदारको पहिचान (identification of accused) गर्नु रहेको हुने । वारदात वा आपराधिक कार्य स्थापित हुनु र अभियुक्तउपरको कसुर पुष्टि हुनु दुई फरक अवस्था हुने । वारदात स्थापित भएको पुष्टि भए तापनि वारदातमा आरोपित व्यक्तिको संलग्नता पुष्टि नभएमा अभियुक्तउपरको अभियोग स्थापित हुन नसक्ने । अभियुक्तको पहिचान शङ्कारहित तरिकाले पुष्टि हुनुपर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११३९७ - अंश भरपाईको लिखत बदर

 फैसला मिति:२०८०/०३/२४  संयुक्त इजलास  २६
 पुनरावेदक/ प्रतिवादी : धादिङ जिल्ला कुम्पुर गा.वि.स. वडा नं. ३ बस्ने रेशमराज पण्डितसमेत बिरुद्ध विपक्षी/वादी : धादिङ, जिल्ला कुम्पुर गा.वि.स. वडा नं. ३ घर भई हाल ऐ. वडा नं. ६ बस्ने कल्पना कौशिक

कुनै अंशियारले आफ्नो अंश नलिने गरी अंश छोडपत्र गर्न सक्ने । अंश छोडपत्र गर्दा आफूले पाउने अंशमध्ये आंशिक रूपमा केही अंश लिएर वा केही नलिएर पनि अंश छोडपत्र गर्न सक्ने । अंशबापत केही नगदी वा जिन्सी मात्र लिएर पनि अंश छोडपत्र गर्न सक्ने । अंश छोडपत्र गरेपछि अंश छोडपत्र गर्नेको हकमा निजको अंशबन्डा भएसरह मानिने । कतिपय अवस्थामा पत्‍नी वा छोराछोरीलाई अंश हकबाट वञ्‍चित गर्ने उद्देश्‍यले कुनै पति वा पिताले आफ्नो अंश छोडपत्र गर्न सक्ने अवस्था आउन नदिन मन्जुरी लिएर मात्र अंश छोडपत्र गर्न सक्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११३९६ - उत्प्रेषण

 फैसला मिति:२०८०/१०/१५  संयुक्त इजलास  १८
 पुनरावेदक/ प्रतिवादी : द्वन्द्वकालमा तत्कालीन विद्रोही पक्ष नेकपा (नेपाल कम्युनिष्ट पार्टी) माओवादीले मिति २०५७।११।१६ मा अपहरण गरी यातना दिई गोली हानी हत्या गरिएका टिकाराज आरणको छोरा रामेछाप जिल्ला, मन्थली नगरपालिका वडा नं.९ निवासी सत्य निरूपण तथा मेलमिलाप आयोगमा द.नं.१९५८, मिति २०७३।०३।०२ मा उजुरी हालेका जनआन्दोलन २०६२/०६३ का जनआन्दोलन घाइते ज्ञानेन्द्रराज आरणसमेत बिरुद्ध विपक्षी/वादी : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौंसमेत

आयोगमा परेका उजुरी एवम् छानबिनबाट देखिएको प्रवृत्तिका बारेमा तथ्यपरक रूपमा विवरण तयार पार्ने, आयोगले विगतमा गरेका सिफारिसहरूको कार्यान्वयनको अवस्थाका बारेमा सम्बन्धित निकायहरूसँग समन्वय गरी कार्यान्यवनमा सहजीकरण गर्ने, सङ्क्रमणकालीन न्यायबारेमा सरोकारवाला निकायहरूसँग सहकार्य गरी सचेतना अभिवृद्धि गर्ने गराउने, आयोगमा कार्यरत जनशक्तिको अनुसन्धान तथा छानबिन क्षमता विकासका लागि कार्यक्रमहरू सञ्चालन गर्ने, पीडितलाई आवश्यक सेवा सुविधा र सम्मानका लागि सरकारी निकायहरूसँग समन्वय गर्ने र उजुरीमा संलग्न घटनाका बारेमा प्रमाणको संरक्षण एवम् सुरक्षाका लागि सरोकारवाला निकायहरूसँग समन्वय गर्ने जस्ता कार्यहरू आयोगमा पदाधिकारी नभएको अवस्थामा पनि सचिवबाट गर्न गराउन कानूनले बाधा नपर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११३९५ - उपयुक्त आदेश जारी गरिपाऊँ

 फैसला मिति:२०७९/१०/१६  संयुक्त इजलास  १२
 पुनरावेदक/ प्रतिवादी : जिल्ला धनुषा, तल्लो गोदार घर भई काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. ३४ शान्तिनगर नुप्से मार्ग घर नं. ६१ बस्ने जगदम्बा रोटो प्याकेजिङ प्रा.लि. का सेयरधनी दिपकप्रसाद दाहाल बिरुद्ध विपक्षी/वादी : का.जि.का.म.न.पा. वडा नं. ३३ ज्ञानेश्वर बस्ने जगदम्बा रोटोप्याकेजिङ प्रा.लि. को सेयरधनी विष्णुप्रसाद न्यौपानेसमेत

साना प्रकृतिका कम्पनीको सेयरधनीको “वैध अपेक्षा” कम्पनी स्थापना हुँदा वा अल्पमतको सेयरधनी कम्पनीमा प्रवेश गर्दा कम्पनीको सञ्चालनको सम्बन्धमा सेयरधनीहरूबिच भएको अलिखित, अनौपचारिक समझदारीका सर्तहरूमा पाइनुका साथै, कम्पनी ऐन, प्रबन्धपत्र, नियमावली वा कुनै अन्य सम्झौता र यस अदालत र अन्य मुलुकका क्षेत्राधिकारबाट प्रतिपादित सिद्धान्तमा झल्किने कम्पनी कानूनका मान्य सिद्धान्तहरूबाट अनुमान गर्नुपर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११३९४ - उत्प्रेषण

 फैसला मिति:२०८०/०१/२५  संयुक्त इजलास  १९
 पुनरावेदक/ प्रतिवादी : सुर्खेत जिल्ला वीरेन्द्र नगरपालिका वडा नं.६ बस्ने श्यामबहादुर गौतम बिरुद्ध विपक्षी/वादी : उच्च अदालत सुर्खेत, वीरेन्द्रनगरसमेत

एउटा अंशियारको असहमति हुँदाहुँदै अंश हकजस्तो कानूनी अधिकारलाई कुण्ठित हुने गरी कामकारबाही गर्न नहुने । अंशियारहरूबिच अंशबन्डा भइसकेपछि बाबुको नामको बाँकी रहेको जग्गा वा अचल जेथामा अन्यथा भएमा बाहेक निजको मृत्युपछि जीवित अंशियारहरू सबैको भाग लाग्नु स्वाभाविक नै हुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११३९३ - उत्प्रेषणयुक्त परमादेश

 फैसला मिति:२०७९/११/१६  संयुक्त इजलास  १६
 पुनरावेदक/ प्रतिवादी : वासुदेव सुवेदीको छोरा, साबिक जिल्ला भोजपुर, दलगाउँ गा.वि.स., वडा नं. १ बाट जिल्ला सुनसरी, रामधुनी नगरपालिका, वडा नं. ३ मा स्थानान्तरण भई हाल जिल्ला भक्तपुर, मध्यपुर थिमी नगरपालिका, वडा नं. २ मा घर भई जनक शिक्षा सामग्री केन्द्र केन्द्रीय कार्यालय, भक्तपुरमा वरिष्ठ सहायक पदमा कार्यरत एकराज सुवेदीसमेत बिरुद्ध विपक्षी/वादी : नेपाल सरकार, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय, सिंहदरबार, काठमाडौंसमेत

खुल्ला प्रतियोगितामा सेवा बाहिरबाट सेवा प्रवेश गर्ने व्यक्तिहरूका हकमा सेवाको पदमा रही गर्नुपर्ने कामको प्रकृतिअनुसार न्यूनतम र उपल्लो हदको उमेर तोक्न सकिने भए तापनि एकपटक सेवा प्रवेश गरी सोही संस्थामा कार्यरत कर्मचारीहरूका हकमा उपल्लो पदमा प्रतिस्पर्धा गर्न उमेर हद तोक्नुको कुनै औचित्य पुष्टि नहुने । संस्थाभित्रका कर्मचारीहरूले जीवनको महत्त्वपूर्ण ऊर्जा, समय र सिर्जनशीलता सोही संस्थामा नै व्यतीत गरिरहेको अवस्था हुँदा अन्य उम्मेदवार र सोही संस्थामा कार्यरत बहालवाला कर्मचारीबिच फरक व्यवस्था गर्न नसकिने भन्‍ने नदेखिने । फरक फरक वर्ग वा समूहका व्यक्तिलाई औचित्यका आधारमा फरक कानूनी व्यवस्था (intelligible differentia) गर्न सकिने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११३९२ - उत्प्रेषणसमेत

 फैसला मिति:२०७९/१०/२६  संयुक्त इजलास  १४
 पुनरावेदक/ प्रतिवादी : तनहुँ जिल्ला, रूपाकोट गा.वि.स. वडा नं. ४ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. ३१ बस्ने अधिवक्ता रामचन्द्र पौडेल बिरुद्ध विपक्षी/वादी : व्यवस्थापिका संसद्‌को सचिवालय, सिंहदरबार, काठमाडौंसमेत

रीतपूर्वक संसद्‌बाट पारित भइसकेको बजेटको वैधानिकता कानूनसरह हुने । बजेटमा उल्लिखित सरकारका नीति तथा कार्यक्रम व्यवस्थापिका संसद्‌बाट पारित भएपश्‍चात् सोको आधारमा कार्यपालिकाले गरेको निर्णयलाई कानूनविपरीत मान्‍न नमिल्ने । सरकार व्यवस्थापिका संसद्‌प्रति उत्तरदायी रहनुपर्ने । व्यवस्थापिका संसद्‌बाट पारित बजेट कानूनबमोजिम आफ्नो कामकारबाही सञ्‍चालन गर्नुपर्ने सरकारको कर्तव्यभित्र पर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११३९१ - नामसारी दर्ता हक कायमसमेत

 फैसला मिति:२०७९/११/१८  संयुक्त इजलास  १८
 पुनरावेदक/ प्रतिवादी : अनिरूद्र श्रेष्ठको नाति, केदारनाथको छोरा, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. १७ घर भई हाल काठमाडौं जिल्ला, तारकेश्‍वर नगरपालिका, वडा नं. १८ गैह्रीगाउँ लामाबगर, लालीगुराँस टोल बस्ने रामेश्‍वर श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : सूर्यमान श्रेष्ठको नाति, सूर्यबहादुर श्रेष्ठको छोरा, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. १८ किलागल बस्ने ऋषि केशवमान श्रेष्ठसमेत

फिल्डबुकबाट नापी भएको जग्गाको जग्गाधनी, जोताहा र जग्गाको नाप यकिन गरिने हुँदा हाम्रो कानूनी व्यवस्थाअनुसार यसको अभावमा जग्गामा व्यक्तिको स्वामित्व सिर्जित हुन कठिन हुने जग्गामा स्वामित्वको सम्बन्धमा विवाद उठान भई अन्य निश्‍चयात्मक प्रमाणहरूको अभाव रहे सो विवादलाई सुल्झाउन प्रथमतः फिल्डबुकतर्फ नै दृष्टिपात गर्नु वाञ्छनीय हुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११३९० - उत्प्रेषण

 फैसला मिति:२०७७/११/१८  संयुक्त इजलास  १२
 पुनरावेदक/ प्रतिवादी : जिल्ला महोत्तरी, खयरमारा गा.वि.स. वडा नं. ५ घर भई हाल का.जि.का.म.न.पा. वडा नं. १६ बस्ने, नेपाल प्रहरी अस्पताल महाराजगन्जमा तत्काल कार्यरत प्र.स.नि. सूर्यबहादुर सुनुवार बिरुद्ध विपक्षी/वादी : नेपाल सरकार, गृह मन्त्रालय, सिंहदरवार काठमाडौंसमेत

भ्रष्टाचारजन्य वा अन्य अवाञ्छित कार्य गरेको भन्ने तथ्य मात्र कारबाहीको लागि पर्याप्त आधार नहुने । अवाञ्छित कार्यका सम्बन्धमा कारबाहीको निमित्त कानूनले निर्धारण गरेको प्रक्रिया पनि अनिवार्य रूपमा अनुसरण गर्नुपर्ने । कानूनमा तोकिएका विभागीय सजायसम्बन्धी कारबाही गर्दा अपनाउनुपर्ने कार्यविधिको पालना नगरी वा पूर्वाग्रही भावना राखी भए गरिएका काम कारबाही त्रुटिपूर्ण र बदरयोग्य हुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११३८९ - अंश दर्ता

 फैसला मिति:२०७९/०८/१३  संयुक्त इजलास  २९
 पुनरावेदक/ प्रतिवादी : जिल्ला सिराहा, गा.वि.स. ढोडना वडा नं. २ बस्ने स्व. रामजी चौधरीको मु.स. गरी आफ्ना हकमा समेत ऐ.ऐ. बस्ने रामजी चौधरीको छोरा सुदिलाल चौधरी बिरुद्ध विपक्षी/वादी : जिल्ला सिराहा, गा.वि.स. ढोडना वडा नं. २ बस्ने स्व. काशिलाल चौधरीको मु.स. गर्ने काशीलालको श्रीमती सितली देवी चौधरी

लामो समयदेखि आ–आफ्नो व्यवहार अलगअलग गरी बसी सम्पत्ति भोगचलन गरिआएको स्थितिले बन्डा भएको पुष्टि भएको र सम्पत्तिको विभाजनको स्थिति हेर्दा पनि प्रतिवादीका नाउँमा भन्दा वादीका नाउँमा बढी नै जग्गा रहेकोमा वादीले आफ्ना नाउँमा भएको जग्गा बिक्री गरी सबै सम्पत्ति सिध्याइसकेपछि हाल आएर अंशबन्डाको लिखत नभएको भन्ने आधारमा अंशमा दाबी गर्न नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११३८८ - दरपिठ आदेश बदर गरिपाऊँ

 फैसला मिति:२०८०/०२/१८  पूर्ण इजलास  २४
 पुनरावेदक/ प्रतिवादी : बज्रसिं लामा बिरुद्ध विपक्षी/वादी : नेपाल सरकार

शंकारहित प्रमाणबाट प्रतिवादीको कसुर प्रमाणित गर्ने जिम्मेवारी वादी पक्ष, (नेपाल सरकार) मा हुने फौजदारी कसुरको हकमा प्रतिवादी फरार रहेमा वा आफैँले म्याद सूचना बुझेरसमेत आफ्नो पक्ष राख्‍न अदालतमा उपस्थित नभएको अवस्थामा एकपक्षीय सुनुवाइको आधारमा फैसला हुँदा कतिपय निर्णायक प्रमाण लुकेर बसेको वा गम्भीर कानूनी त्रुटिको विद्यमानताका बिच फैसला भएकोसमेत हुन सक्ने । यस्तो अवस्थामा निर्दोष व्यक्ति दोषी प्रमाणित भएर बसेको स्थितिलाई सुधार्ने अवसर प्रतिवादीको पुनरावेदनबाट प्राप्‍त हुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११३८७ - अंश

 फैसला मिति:२०७९/०८/२९  पूर्ण इजलास  ३३
 पुनरावेदक/ प्रतिवादी : पर्वत जिल्ला, चुवा गा.वि.स. वडा नं.३ बस्ने भनिएको सो नभई बर्दिया जिल्ला, जमुनी गा.वि.स. वडा नं.१ बस्ने युवराज सुवेदी बिरुद्ध विपक्षी/वादी : पर्वत जिल्ला, चुवा गा.वि.स. वडा नं.३ बस्ने भोलाप्रसाद सुवेदीसमेत

अंशबन्डा नभएका एकासगोलको घरपरिवारको नाममा रहेको सम्पत्तिलाई एकासगोलको मान्नुपर्ने । त्यस्तो सम्पत्ति सबै अंशियारहरूलाई बन्डा गर्नुपर्ने । कुनै अंशियारको नाउँमा रहेको सम्पत्ति निजी आर्जनको भई अंशबन्डाको १८ नं. बमोजिम बन्डा गर्नु नपर्ने सम्पत्ति हो भनी दाबी गर्नेले त्यस्तो सम्पत्ति पैतृक सम्पत्तिको लगानीबेगर आफूले निजी ज्ञान, सिप वा प्रयासबाट आर्जन गरेको हो भनी प्रमाणित गर्नुपर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु