विस्तृत खोजी

 
 
 
 
 
      

५५ खोजी नतिजाहरु

निर्णय नं. ५८१ - डाँका

 फैसला मिति:२०२४/०५/२६  स्पेशल बेञ्च इजलास  ३०३९
 पुनरावेदक/ प्रतिवादी : हरिचरण राय यादवको हकमा प्रभुनारायण लाल कायष्ट बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार

(१) सरकारी मुद्दा सम्बन्धी नियमावलीको नियम ५ को उपनियम (१),(२),(४) र (५)–पुलिस कर्मचारीले आफ्नो उपस्थितिमा अपराध भएको देखि अभियुक्तलाई पक्री घटना स्थलमा अपराध भएको देख्ने व्यक्तिहरुको रोहवरमा मात्र ठाडो कागज गराउन सक्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ५८० - पास गरिपाउँ भन्ने

 फैसला मिति:२०२७/०८/०६  फूल बेन्च इजलास  २४०२
 पुनरावेदक/ प्रतिवादी : जि.स.प्र.ब. मौजे भगौती पु.बस्ने वाशुदेव महतो कोइरी बिरुद्ध विपक्षी/वादी : ऐ. ऐ.वस्ने ब्रमपुर बस्ने वाशुदेव साहू कलवा

(१) सबूदको अभावमा झुक्याई कागज गराएको भन्ने भनाई साँचो भन्न नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ५७९ - चलन चलाई लिखत बदर गरिपाउँ

 फैसला मिति:२०२७/०८/१६  फूल बेन्च इजलास  ३१९२
 पुनरावेदक/ प्रतिवादी : का.जि.नक्साल बस्ने अशोक बम मल्ल बिरुद्ध विपक्षी/वादी : ऐ. बस्ने पद्मादेवी उपाध्याय

१) बण्डापत्रमा सबै अंशियारको भाग किटानी उल्लेख नगरी समुच्चै उल्लेख भएमा–अंशीयाहरुले अंश छुट्याएको भन्न नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ५७८ - जग्गा खिचोला

 फैसला मिति:२०२७/०९/२१  फूल बेन्च इजलास  २६१८
 पुनरावेदक/ प्रतिवादी : जिल्ला कपिलबस्तु तप्पे सिवराज मौजे बकोली बस्ने बलेश्वर वरै समेत बिरुद्ध विपक्षी/वादी : ऐ. मोतिपुर बस्ने अन्जनीकुमार श्रीवास्तव

(१) रसिद गरी दिनेलाई उक्त रसिद देखाई बयान गराउन झिकाउँदा हाजिर हुन नआई गुजारी बसेमा–उक्त रसिद गरी दिएको भनी स्वीकार गरेको देखिने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ५७७ - ज्यान

 फैसला मिति:२०२७/०९/१७  फूल बेन्च इजलास  २२३९
 पुनरावेदक/ प्रतिवादी : जि.पर्सा प्रगन्ना सिघमास मौजे बलुवा बस्ने जितन महतो थारु समेत बिरुद्ध विपक्षी/वादी : जि.मोतिहारी सुगौली मौ.करमुवा गाउँ बस्ने फोदी राउत अहिर समेत

(१) जाहेरी फैसलामा–साधक तहबाट उचित निकास दिनपर्ने बेञ्च (डि.वे.) ले उक्त मुद्दाको निर्णय दिनुपर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ५७६ - जग्गाबाट मोही निष्कासन गराई पाउँ

 फैसला मिति:२०२७/०९/०३  फूल बेन्च इजलास  २४८२
 पुनरावेदक/ प्रतिवादी : का.प.जि.बनेपा दछु टोल बस्ने सानुकाजी कटाल बिरुद्ध विपक्षी/वादी : का.प.जि.बनेपा जनागाल बस्ने तिलकबहादुर आले मगर

(१) तत्काल प्रचलित भू.सं.ऐनको दफा २९–बढी बाली दावी गरेको कारण बाली बाँकी रहेको देखिएमा–बाली नबुझाएकोले मोहिबाट निष्कासन गर्न मुद्दा चलाइसकेपछि कुत बाली बुझी मोही कायम गरेको देखिएमा–जग्गाबाट मोही निष्कासन गर्ने वा नगर्ने आदेश जारी गर्न अदालतको तजविज हो भन्ने तत्काल प्रचलित भू.सं.ऐनको दफा २९ को तात्पर्य भएकोले–उपरोक्त अवस्थामा मोहीलाई निष्कासन गर्न नहुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ५७५ - ज्यान

 फैसला मिति:२०२७/०८/१२  फूल बेन्च इजलास  २६०३
 पुनरावेदक/ प्रतिवादी : सिन्धुली जिल्ला मरिपंत्रीगा बारविसे कपिलाकोट बस्ने टेकबहादुर माझी बिरुद्ध विपक्षी/वादी : ऐ. मरी डाँडी बस्ने चुडामणी उपाध्या समेत

(१) तत्काल प्रचलित साहू आसामीको ८ नं.–उजुर गर्दा नाघेको म्याद थाम्ने माग नगरेमा–बक्स भएको हुकुम प्रमांगीमा बुझी ऐन सवाल बमोजिम गर्नु भन्नेसम्म उल्लेख भएमा–म्याद नाघी सकेको उक्त उजूरीबाट इन्साफमा तहकिकात गर्न नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ५७४ - बकसपत्र पारित जालसाजी

 फैसला मिति:२०२७/०९/०८  फूल बेन्च इजलास  ३७१०
 पुनरावेदक/ प्रतिवादी : जि.बाँके तप्पे कारकादो मौजे राझा बस्ने दशरथ कुर्मी बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.गिजरा बस्ने गौरीशंकर कुर्मी समेत

(१) तथ्य बारेमा दुई बेन्चको दुई मत भए पनि रुलिङ्ग बाझिएको नदेखिने

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ५७३ - उत्प्रेषणको आदेश जारी पाउँ भन्ने

 फैसला मिति:२०२७/०२/२१  फूल बेन्च इजलास  २४६०
 पुनरावेदक/ प्रतिवादी : : भु.पु.जिल्ला सिपाडोल सोचे गाउँको हाल जि.बाँके नकारकादो मौखास बाँकी गाउँ बस्ने नोहरमिन लमेनीको वा.भु.पु.जि.सिपाडोल सोचे गाउँ बस्ने ज्ञानबहादुर लामा बिरुद्ध विपक्षी/वादी : भूमिसुधार अधिकारी जिल्ला भूमिसुधार कार्यालय बाँके समेत

(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५१–सम्बन्धीत व्यक्तिको अनुपस्थितिमा गरेको निर्णय गैरकानूनी र प्राकृतिक न्यायको सिद्धान्तको खिलाप हुने कारण तमसुकको साहूलाई बुझ्दै नबुझी भूमिसुधार अधिकारीले उक्त तमसुकको कानूनी मान्यता लोप गर्न नहुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ५७२ - उत्प्रेषणको आदेश जारी पाउँ

 फैसला मिति:२०२५/०९/२६  डिभिजन वेन्च इजलास  २४१६
 पुनरावेदक/ प्रतिवादी : जि.सिराहा प्र.पीहार मौजे बलही बस्ने पञ्ची महतो कोइरीको वा. भोलाप्रसाद शर्मा बिरुद्ध विपक्षी/वादी : श्री भूमिसुधार अधिकारी जिल्ला भूमिसुधार कार्यालय सिराहा समेत

(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा १८ (१)–जग्गावालाले म्याद भित्रै जग्गाको लगत दाखिल गरी सकेपछि–अरुले उक्त जग्गा आफ्नो लगतमा पारी म्याद नाघे पछि लगत दाखेल गरेकोले जग्गाधनीसंग नबुझी उक्त जग्गा जफत गरेमा–प्राकृतिक न्यायको सिद्धान्त विपरित हुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ५७१ - बाली

 फैसला मिति:२०२७/०२/०६  फूल बेन्च इजलास  २२९४
 पुनरावेदक/ प्रतिवादी : का.ई. बटुसगोल बस्ने सिंहमान प्रधानको सकारगर्ने लक्ष्मीमाया प्रधाननी बिरुद्ध विपक्षी/वादी : ऐ. मरुटोल बस्ने टुलकमान प्रधान समेत

(१) बाली मुद्दाको स्वतन्त्ररुपले निर्णय गर्न मिल्ने देखिएमा–जग्गातर्फ छुट्टै उजूर गरी हक कायम गरी ल्याउनु पर्ने भन्ने तर्कसंग सहमत हुन नमिल्ने । प्रस्तुत मुद्दाको हकमा स्वतन्त्ररुपले निर्णय गर्न मिल्ने नै देखिनाले ०२३।१०।२५।३ को डिभिजन बेञ्चको उपरोक्त तर्कसंग सहमत हुन मिलेन । (प्रकरण नं. १२

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ५७० - मोहीयानी हक सुरक्षित

 फैसला मिति:२०२७/०७/०७  फूल बेन्च इजलास  २५३२
 पुनरावेदक/ प्रतिवादी : का.ई. अख्यात खड्का गाउँ बस्ने मंगलदास महर्जन बिरुद्ध विपक्षी/वादी : ऐ. बस्ने कुलबहादुर थापा क्षेत्री

(१) जग्गाको सँधियारसमेतले वादी मोहिया भई कमाएको भनी लेखी दिएमा–उक्त जग्गा वादीलाई बन्धकी दिई थैली तिरी उक्त बन्धकी फट्टा गरेकोसम्म नाताले निज वादीले उक्त जग्गा नकमाएको भन्न नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ५६९ - मोहीयानी हक सुरक्षित

 फैसला मिति:२०२७/०७/०७  फूल बेन्च इजलास  ३०५६
 पुनरावेदक/ प्रतिवादी : का.ई. अख्यात खड्का गाउँ बस्ने रामबहादुर महर्जन बिरुद्ध विपक्षी/वादी : ऐ. बस्ने कुलबहादुर थापा

१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४ (१)–उपरोक्त ऐन प्रकाशित हुन पूर्व (२५।२६ वर्ष अगावै) देखि जग्गा कमाइआएको भन्ने दावी भएमा–उपरोक्त दफा ३४ अनुसार कबुलियत र रसिदको प्रमाण नभएकोसम्म कुराले मोहिया भई कमाएको कायम नहुने भन्न नहुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ५६८ - जग्गा

 फैसला मिति:२०२६/११/०९  फूल बेन्च इजलास  ३०२९
 पुनरावेदक/ प्रतिवादी : जि.सप्तरी प्र.जगदर मौजे मलीकपुर वसस्नतपुर टोली बस्ने नथर यादव बिरुद्ध विपक्षी/वादी : ऐ. बस्ने वलदेव यादव

(१) आफ्नो जग्गा अरुको नाममा दर्ता हुँदा–नामसारी दाखेल दर्ता गर्नु भनी दर्तावालाले गरी दिएको मञ्जुरनामा छोडपत्र–तत्कालिन रजिष्ट्रेशनको ३ नं.अनुसार रजिष्ट्रेशन पास नभएमा–उक्त लिखत तत्काल कार्यान्वित नगरी धेरै पछि मात्र दाखेल दर्ता गरेको भन्ने प्रमाणको अभावमा–उक्त जग्गा आफ्नो हकको भन्ने भनाई सन्दिग्ध देखिने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ५६७ - लिखत पास

 फैसला मिति:२०२७/०४/२७  फूल बेन्च इजलास  २७२१
 पुनरावेदक/ प्रतिवादी : तप्पे ढोलिया मौजे हरिहरपुर बस्ने रामखेलावन कुर्मी बिरुद्ध विपक्षी/वादी : तप्पे ढोलिया मौजे बहरवासी बस्ने अशोककुमार कुर्मी

(१) भूमिसम्बन्धी (प्रथम संशोधन) ऐन, २०२२ को उपदफा ७ (३)–जग्गा हक छाडी दिएको लिखत मान्यता नदिने व्यवस्था उक्त दफाको तात्पर्यको लागि मात्र सिमित–उक्त लिखत पास हुँदैमा उक्त दफाको तात्पर्यको लागि मान्यता नदिई छाड्ने दाताको साथमा रहे सरह मानी कारवाई गर्न केही असर नपर्ने “यस दफाको तात्पर्यको लागि मान्यता दिइने छैन” भन्ने शब्दहरु सम्मको प्रयोगले रजिष्ट्रेशन पास गर्नमा बाधा नदिने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ५६६ - अंश

 फैसला मिति:२०२७/०८/०५  फूल बेन्च इजलास  ३०४०
 पुनरावेदक/ प्रतिवादी : का.जि.मरुटोल बस्ने गोपालबहादुर प्रधान बिरुद्ध विपक्षी/वादी : ऐ ठमेल बस्ने सु.कटकबहादुर प्रधान

(१) रजिष्ट्रेशनको ३ नं.–मानु छुट्टिएको मिति बारे दुवै थरको मुख नमिलेमा–ऐनले तोकेको बन्देजमा रहनुपर्ने–रजिष्ट्रेशन पासको अभावमा–यो मितिमा मानु छुट्टिएको हो भनी मञ्जुर गरे पनि मान्यता दिन नसक्ने कारण फिराद परेको मिति छुट्टिएको मिति कायम हुने । कुनै खास दिनमा मानु छुट्टिएको भन्ने दुवैथरको लेखाई नभई यति गते भन्ने कुरामा मुख नमिलेकोले ऐनले तोकेको बन्देजमा रहनुपर्ने हुन आयो । त्यसतर्फ हेर्दा रजिष्ट्रेशनका ३ क नं.ले रजिष्ट्रेशन पास भएको लिखत बेगर यो मितिमा मानु छुट्टिएको हो भनी मञ्जुर गरे पनि अदालतले मान्यता दिन नसक्ने हुनाले फिराद परेको मिति ०५।२।१७ मा मानु छुट्टिएको मिति कायम हुन्छ । (प्रकरण नं. १४) (२) अंशबण्डाको ३३ नं.–सबै छोरालाई अंश गर्नुपर्ने सम्पत्ति आमाले एउटा छोरालाई मात्र लेखी दिएमा–कानून विरुद्ध देखिने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ५६५ - जग्गा पत्ता लगाई पाउँ

 फैसला मिति:२०२७/०८/०५  फूल बेन्च इजलास  २४००
 पुनरावेदक/ प्रतिवादी : का.जि.नैकाप पुरानो भञ्ज्याङ बस्ने श्री लक्ष्मीबहादुर डंगोल बिरुद्ध विपक्षी/वादी : ऐ झोले गाउँ बस्ने बाबुमान श्रेष्ठ समेत

(१) सर्वोच्च अदालतबाट अन्तिम निर्णय भई टुंगो लागी सकेको बिषयलाई अदालतमा हक बेहकमा नालेस गर्न जानु भनी सुनाएमा उक्त निर्णय मिलेको नदेखिने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ५६४ - राजकाज अपराध सम्बन्धी

 फैसला मिति:२०२७/०८/०४  डिभिजन वेन्च इजलास  ३२६९
 पुनरावेदक/ प्रतिवादी : जि.ध.प्रगन्ना मौजे ज.धाम घरभई हाल के.का.का. थुनिएको महेन्द्रनारायण निधी बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार

(१) मुलुकी ऐन, अ.बं.को २९ नं.–राजकाज अपराध तथा सजाय सम्बन्धी (संशोधन) ऐन, २०२१ को दफा १० र मुलुकी ऐन भाग १ प्रारम्भिक कथनको ४ नं. ले गरेको व्यवस्था अनुसार स्थानीय अञ्चलाधीशको कार्य सम्बन्धी अवस्था न्यायिक भएको कारण–निज अञ्चलाधीश (अञ्चलको मुख्य प्रशासक) ले प्रशासनबाट अभियोग लगाइएको मुद्दा हेरी छिनेको नमिल्ने भन्ने कुरामा विचार गर्न नपर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ५६३ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

 फैसला मिति:२०२६/११/२५  डिभिजन वेन्च इजलास  २५६७
 पुनरावेदक/ प्रतिवादी : ज.अं.धनुषा इटरहवा गा.पं. इटरहवा स्थान मठका महन्त शिवशंकर पुरी सन्यासी बिरुद्ध विपक्षी/वादी : जिल्ला भूमिसुधार कार्यालय धनुषाका भूमिसुधार अधिकारी समेत

(१) गुठी संस्थानबाट अधिकारप्राप्त महन्त हुँ भन्ने भनाईलाई खण्डन गर्न नसकेमा–मठाधीशको जबाफदेहिको कुरामा निज मठाधीशले मुद्दा चलाउन पाउने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ५६२ - गैरकानूनी पुस्तिका बिक्री गरेको

 फैसला मिति:२०२७/०८/१५  डिभिजन वेन्च इजलास  २७३५
 पुनरावेदक/ प्रतिवादी : स.अ.सप्तरी लाहान बजार घर भई हाल का.जि.भाटभटेनी बस्ने रामप्रसाद उपाध्याय समेत बिरुद्ध विपक्षी/वादी : काठमाडौं डि.एस.पी. कार्यालयको पत्रले श्री ५ को सरकार

(१) छापाखाना र प्रकाशन सम्बन्धी ऐन, २०१९ को दफा २७–कुनै पुस्तिका गैरकानूनी ठहर्नु भन्दा अगाडि बिक्री गर्दा उक्त बिक्रीलाई गैरकानूनी पुस्तिका बिक्री गरेको भनी निर्णय गरेमा–उक्त निर्णय मिलेको नदेखिने ।

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु