विस्तृत खोजी

 
 
 
 
 
      

३१ खोजी नतिजाहरु

निर्णय नं. १८३४ - परमादेशको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/०९/१८  डिभिजन वेन्च इजलास  २२१९
 पुनरावेदक/ प्रतिवादी : तनहुँ जिल्ला फुर्कोट गा.पं.वडा नं.२ बस्ने फणिन्द्रबहादुर पाण्डे बिरुद्ध विपक्षी/वादी : श्री मालपोत कार्यालय तनहुँ दमौलीसमेत

(१) ऐनको रीत नपुगेको कागज रजिष्ट्रेशन गरी दिन परमादेश जारी गर्न नमिल्ने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८३३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/११/२२  डिभिजन वेन्च इजलास  २३५५
 पुनरावेदक/ प्रतिवादी : पर्सा जि.सुगौली गा.पं.वडा नं.५ बस्ने बासुदेव दहेत थारू बिरुद्ध विपक्षी/वादी : पर्सा जिल्ला अदालतसमेत

(१) आफ्नो अधिकार प्रति समयमा वास्ता नगर्नेलाई कानुनले मद्दत गर्न नसक्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८३२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/११/२२  डिभिजन वेन्च इजलास  २२०८
 पुनरावेदक/ प्रतिवादी : वीरगञ्ज न.पं.वडा नं.६ कुम्हालटोल बस्ने विमलप्रसाद श्रीवास्तव बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ वडा नं.१० बस्ने गोपालप्रसाद प्रधानसमेत

(१) मतगन्ति गर्ने तारिख निर्वाचन विशेष अदालतले तोक्दैमा निवेदकको कुनै मौलिक हकमा आघात पर्योग भन्न सकिने अवस्था विद्यमान नहुने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८३१ - बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/०९/२९  डिभिजन वेन्च इजलास  २३२९
 पुनरावेदक/ प्रतिवादी : जिल्ला झापा गा.पं.सनिसरे वडा नं.६ घर भई ल.पु.जि.कारागार शाखा नखुमा थुनामा रहेको दधिराम उप्रेती बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार कानुन तथा न्याय मन्त्रालयद्वारा गठित विशेष अदालत मुकाम मेचीको हाल श्री ५ को सरकार कानुन तथा न्याय मन्त्रालय

(१) एकै कागजको मुद्दा भए पनि नभए पनि सर्वस्व भएपछि सो हुनुभन्दा अघिको कसूरमा जरिवानाको खत नखापिने । (प्रकरण नं. ८) (२) एकै मुद्दा नभई विभिन्न मुद्दाहरूको ठहर फैसला बमोजिम कैद ठेकिएको देखिएको, जरिवाना दाखिल गरिसकेको भन्ने पनि देखिन नआएकोले निवेदकको माग बमोजिम दण्डसजायको १० नं.आकर्षित हुने अवस्था नहुने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८३० - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/११/२२  डिभिजन वेन्च इजलास  २२८५
 पुनरावेदक/ प्रतिवादी : जि.बारा बरियापुर गा.पं.वडा नं.२ बस्ने सीताराम शाह कानुसमेत बिरुद्ध विपक्षी/वादी : श्री भूमिसुधार अधिकारी, भूमिसुधार कार्यालय बारासमेत

(१) मोहीको मृत्युपछि जग्गावालाले मोही रोजिसकेको नदेखिएबाट निवेदकहरूको हक स्थापित भइसकेको देखिँदैन । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८२९ - उत्प्रेषण

 फैसला मिति:२०४०/११/१६  डिभिजन वेन्च इजलास  २२३५
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पं.वडा नं.७ चाहविल बस्ने तडिमाया महर्जन बिरुद्ध विपक्षी/वादी : का.न.पं.वडा नं.७ को वडाअध्यक्ष सानुकाजी शाक्यसमेत

(१) का.न.पं.का वडाअध्यक्षलाई बनेको चर्पी हटाउने अधिकार समेत भएको नदेखिँदा तत्सम्बन्धी कारवाही उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८२८ - नाता कायम

 फैसला मिति:२०४०/०८/२६  डिभिजन वेन्च इजलास  २४५८
 पुनरावेदक/ प्रतिवादी : रौतहट जिल्ला धर्मपुर गा.पं.वडा नं.८ घर भई हाल सर्लाही जिल्ला गडहीया गा.पं.वडा नं.३ बस्ने तपेश्वरी यादवनीसमेत बिरुद्ध विपक्षी/वादी : रौतहट जिल्ला धर्मपुर गा.पं.वडा नं.८ बस्ने महेन्द्रराय यादव समेत

(१) अदालतले वादीको देवानी दावी, फौजदारी हो भनी दावी नै परिवर्तन गर्ने कानुनमा कुनै प्रावधान नदेखिने । (प्रकरण नं. १८) (२) फिरादी आफैंले कानुनको रीत पुर्यानई देवानीमा दायर गरेको मुद्दालाई अदालत स्वयम् आफैंले फौजदारीमा परिणत गर्न मिल्दैन । (प्रकरण नं. १९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८२७ - उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/११/१८  डिभिजन वेन्च इजलास  २१९३
 पुनरावेदक/ प्रतिवादी : नेपाल बैंक लिमिटेड क्षेत्रीय कार्यालय विराटनगरको का.मु.अधिकृत चतुर्थ पदबाट हटाइएको जि.सुनसरी धरान न.पं.वडा नं.४ बस्ने मदनप्रसाद शर्मा बिरुद्ध विपक्षी/वादी : नेपाल बैंक लिमिटेड प्रधान कार्यालय धर्मपथसमेत

(१) अधिकार प्राप्त अधिकारीले सेवाबाट हटाइएको निर्णयमा कुनै त्रुटि नदेखिँदा आदेश जारी गरिरहनु नपर्ने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८२६ - हक कायम दर्ता बदर

 फैसला मिति:२०४०/११/०८  डिभिजन वेन्च इजलास  २३९८
 पुनरावेदक/ प्रतिवादी : जि.बारा लक्ष्मीमियाँ गा.पं.वडा नं.४ बस्ने अजिम मियाँ अन्सारी बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ वडा नं.२ बस्ने रामधारी राउत अहिरसमेत

(१) अंश मुद्दामा तायदातीमा नदेखाई दबाए छपाएकोले जग्गा दपोट ठहर्छ । (प्रकरण नं. ३१)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८२५ - बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/११/२१  डिभिजन वेन्च इजलास  २३६८
 पुनरावेदक/ प्रतिवादी : कारागार शाखा पर्सामा थुनामा रहेको अन्जनीकुमार सहायको हकमा ईश्वरलाल श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : वीरगञ्ज भन्सार कार्यालय वीरगञ्ज पर्सासमेत

(१) अपराध र ऐनले हुनसक्ने सजाय खोली धरौट मागेको देखिँदा गैरकानुनी तरीकाले थुनामा रखेको भन्न नमिल्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८२४ - लिखत दर्ता बदर

 फैसला मिति:२०४०/११/०८  डिभिजन वेन्च इजलास  २४३९
 पुनरावेदक/ प्रतिवादी : जि.बारा लक्ष्मीनिया गा.पं.वडा नं.४ बस्ने अजिम मियाँ अन्सारी बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ बस्ने अजिज मियाँ अन्सारीसमेत

(१) मुद्दाको अन्तिम निर्णय भएको मितिले ऐनको हदम्यादभित्र वादीको नालेश पारेको हुँदा म्याद नाघेको भन्न मिल्दैन । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८२३ - लिखत दर्ता बदर

 फैसला मिति:२०४०/११/०८  डिभिजन वेन्च इजलास  २४८४
 पुनरावेदक/ प्रतिवादी : जि.वारा लक्ष्मीमियाँ गा.पं.वडा नं.४ बस्ने अजिम मियाँ अन्सारी बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ बस्ने अजिज मियाँ अन्सारीसमेत

(१) बैनाको कागजमा परेको साक्षीलाई वादीबाट स्वीकारै भएकोले जग्गा बिक्री गर्न वादीको मञ्जूरी थिएन भन्न नमिल्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८२२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/११/१९  डिभिजन वेन्च इजलास  २३१६
 पुनरावेदक/ प्रतिवादी : जि.सप्तरी गा.पं.जमुनी मधेपुरा वार्ड नं.९ बस्ने परमी यादव बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ बस्ने बहादुर साहुतेली

(१) जग्गा कमाएको आधारभूत प्रमाण नभएको भनी प्रमाणपत्र पाउनसक्ने देखिएन भन्ने भूमिसुधार कार्यालय सप्तरीको निर्णय सबूत प्रमाणको मूल्याड्ढन नभई हचुवा देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर गरिने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८२१ - परमादेश मिश्रित उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/११/२२  डिभिजन वेन्च इजलास  २३१३
 पुनरावेदक/ प्रतिवादी : जि.भक्तपुर ऐ.नगरपञ्चायत वा.नं.१० यालाछे व्यासी बस्ने तिर्थबहादुर सुवाल बिरुद्ध विपक्षी/वादी : मध्यमाञ्चल क्षेत्रीय अदालतसमेत

(१) विवादको लिखत अंशबण्डाको लिखत नभई रिट निवेदकले सोही सम्बन्धमा छोडपत्रको कागज गरी मुलुकी ऐन रजिष्ट्रेशनको १ नं.अनुसार पारित समेत गरेको देखिएकोले अंशबण्डाको ३२ नं.को अवस्था नदेखिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८२० - उत्प्रेषण

 फैसला मिति:२०४०/१०/२७  डिभिजन वेन्च इजलास  २३१७
 पुनरावेदक/ प्रतिवादी : जि.सप्तरी वारिया गा.पं.वडा नं.४ बस्ने दुर्गाप्रसाद वैश्य बिरुद्ध विपक्षी/वादी : ऐ.वडा नं.३ बस्ने भागवत सिंह मौंरसमेत

(१) भू.सं.नियमहरू, २०२१ को नियम ६ को प्रतिबन्धात्मक वाक्यांशमा कुनै व्यक्तिको नियम ३ बमोजिम लगत लिन छुट हुन गई अनुसूची २ बमोजिमको ढाँचामा तयार भएको लगत प्रकाशनमा नाम तथा जग्गा छुट हुनगएको देखिएमा पुनः लगत लिई सो छुट लगत प्रकाशित गर्नसक्नेछ भन्ने उल्लेख भएको पाइने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८१९ - उत्प्रेषण

 फैसला मिति:२०४०/११/०१  डिभिजन वेन्च इजलास  २४८३
 पुनरावेदक/ प्रतिवादी : जि.पाल्पा तानसेन न.पं.वडा नं.८।८१ घर भई जि.कास्की पोखरा न.पं.वडा नं.२ भैरबटोल डेरा गरी बस्ने तुलसीप्रसाद श्रेष्ठसमेत बिरुद्ध विपक्षी/वादी : जिल्ला सभा कास्की जिल्ला, जिल्ला पञ्चायत सचिवालय कास्कीसमेत

(१) विवादको ठेक्का सामान्य किसिमको ठेक्का नभई उद्योग सञ्चालन सम्बन्धी श्री ५ को सरकारको निर्णय र जिल्ला पञ्चायत सचिवालयको पत्रद्वारा प्राप्त गरेको ढुंगाखानीमा खास कानुनी प्रमाणिक आधार बेगर काम रोक्का गर्ने गरी निवेदकलाई जिल्ला पञ्चायत सचिवालयले दिएको पत्र तथा सो सम्बन्धित सम्पूर्ण काम कारवाही, निर्णयहरू गैरकानुनी हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८१८ - दर्ता बदर गरी हक कायम गरिपाउँ

 फैसला मिति:२०४०/१०/१५  डिभिजन वेन्च इजलास  २४४५
 पुनरावेदक/ प्रतिवादी : ल.पु.जि.ल.पु.न.पं.जावलाखेल बस्ने फणिन्द्रनाथको छोरी तारादेवी शर्मा बिरुद्ध विपक्षी/वादी : शंकरप्रसादको जेठी धर्मपत्नी बर्दिया जि.मनाउ गा.पं. बस्ने इन्दिरादेवी उपाध्यायसमेत

(१) नापी दर्ता गराएकोमा २ वर्ष नाघी दर्ता गरेकोले फिराद दावी खारेज हुने ठहराई गरेको निर्णय मिलेको नदेखिने । (प्रकरण नं. १७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८१७ - अंश

 फैसला मिति:२०४०/११/०८  डिभिजन वेन्च इजलास  २३२२
 पुनरावेदक/ प्रतिवादी : जि.भक्तपुर बागेश्वरी गा.पं.वडा नं.८ बस्ने नन्दकुमारी नायजु बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ बस्ने धनबहादुर नायजू

(१) अंश मुद्दा गर्दा दावी छाडी मिलापत्र गरेको देखिन आएको अघि लोग्ने देखाई अघिल्ला लोग्ने तर्फका नावालकको सम्पत्ति जिम्मा लगाइपाउँ भनी दिएको उजूरीमा तारेख छाडी नावालकको सम्पत्ति माथवर मानिस जिम्मा लगाउने ठहर भएको तर लोग्ने कायम भएको देखिन नआएको समेतबाट वादी दावी बमोजिम प्रतिवादीबाट अंश पाउन नसक्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८१६ - ज्यान

 फैसला मिति:२०४०/११/०८  फूल बेन्च इजलास  २४४८
 पुनरावेदक/ प्रतिवादी : जि.कञ्चनपुर महेन्द्रनगर गा.पं.वडा नं.१३ घर भई हाल कञ्चनपुर कारागारमा बन्दीमा रहेको पदमराज जोशी बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार (जगी सिंह साउदको जाहेरीले) समेत

(१) अदालतमा गरेको बयान समेतलाई दृष्टिगत गर्दा मानसिक रूपले असन्तुलित रहेभएको भन्न सकिने अवस्थाको नदेखिँदा आफ्नो श्रीमतीलाई सचेत अवस्थामा नै बन्चरोले हानी कर्तव्य गरी मारेको ठहराई सजाय गर्ने गरेको निर्णय मिलेकै देखिने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८१५ - उत्प्रेषण

 फैसला मिति:२०४०/१०/०८  डिभिजन वेन्च इजलास  २४३७
 पुनरावेदक/ प्रतिवादी : नापी गोश्वरा भोजपुरका ख.गिताकान्त मण्डल बिरुद्ध विपक्षी/वादी : भू.सु.म.नापी विभाग १ नापी गोश्वारा भोजपुर समेत

(१) जुन सजायको सम्बन्धमा स्पष्टीकरण भई माग गरिएको छैन सो सजाय गरेको निजामती सेवा नियमावली, २०२१ को नियम १०.९ तथा १०.१० को विपरीत हुने । (प्रकरण नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु