विस्तृत खोजी

 
 
 
 
 
      

२८ खोजी नतिजाहरु

निर्णय नं. २२९१ - उत्प्रेषण समेत ।

 फैसला मिति:२०४२/०२/२९  डिभिजन वेन्च इजलास  २२३४
 पुनरावेदक/ प्रतिवादी : ल.पु.न.पं.वार्ड नं. ९ बस्ने भिमसेनलाल श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने काजिलाल महर्जन । जग्गा जाँच ऐन,२०१९ को दफा ६(५) बमोजिम गठित समिति,३ नं.नापी गोश्वारा पुल्चोक ललितपुर । नापी गोश्वारा पुल्चोक,ललितपुर । ३ नं.नापी गोश्वारा पुल्चोक ललितपुर। ३ नं.नापी गोश्वारा ५ नं. नापी टोली पुल्चोक,ललितपुर ।

जग्गा नाप जाँच ऐन, २०१९ को दफा ६(५) ले सबूत प्रमाण बुझी हक बेहकमा निर्णय गर्न पाउने अधिकार विपक्षी समितिलाई प्रदान गरेको देखिन्न, त्यस्तो हक बेहकको प्रश्न उपस्थित भएमा अदालतमा जानु भनी सुनाउनुपर्ने । (प्रकरण नं.१०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२९० - उत्प्रेषण समेत

 फैसला मिति:२०४२/०२/३२  डिभिजन वेन्च इजलास  २३६३
 पुनरावेदक/ प्रतिवादी : जिल्ला स्याङजा थुमपोखरा गा.पं.वार्ड नं. ६ खनिया डाँडा बस्ने दिल प्रसाद तिवारी । ऐ.ऐ बस्ने मुवाडी बस्ने गुनाखर डुम्रे । ऐ.ऐ बस्ने काशिराम डुम्रे । ऐ.ऐ बस्ने लिला वल्ली डुम्रे बिरुद्ध विपक्षी/वादी : जिल्ला स्याङजा स्थित पेखू बाघखोर गा.पं. कार्यालय । जि.स्याङजा पेखू बाघखोर गा.पं. वार्ड नं.४ रैपाले बस्ने कुल बहादुर कामी

निर्णय कानुनले तोकेको कार्यविधि अपनाई भएको नभई त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं.९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२८९ - उत्प्रेषण

 फैसला मिति:२०४२/०२/३२  डिभिजन वेन्च इजलास  २५९६
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पं.वडा नं. ८ बस्ने दयालक्ष्मी पकवान बिरुद्ध विपक्षी/वादी : श्री महानिर्देशक, भन्सार विभाग, त्रिपुरेश्वर । श्री अर्थ सचिव,श्री ५ को सरकार,अर्थ मन्त्रालय । श्री प्रमुख भन्सार अधिकृत,त्रि.वि.भन्सार कार्यलय,गौचर । गंभिरमान बज्राचार्य ऐ.ऐ

अधिकार विहिन प्रमुख भन्सार अधिकृतले सोधेको स्पष्टीकरण र निजैले उठाएको टिप्पणीको आधारमा निवेदिकालाई सेवाबाट बर्खास्त गर्ने गरेको विपक्षी भन्सार विभागको निर्णय र सो निर्णय सदर गरेको विपक्षी अर्थ सचिवको निर्णय समेत त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं.१०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२८८ - उत्प्रेषण

 फैसला मिति:२०४२/०२/३१  डिभिजन वेन्च इजलास  २२५४
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पं.वडा नं. २१ गणबहाल बस्ने जीतकृष्ण श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : जिल्ला कार्यालय, काठमाडौं, डिल्लिबजार । प्रहरी शिविर,काठमाडौं जनसेवा। का.न.पं.वडा नं.१८ बाङ्गेमुढा बस्ने नेत्र बहादुर अर्याल । ऐ.ऐ बस्ने अमृत माया अर्याल

आफ्नो अधिकार नभएको विषयमा जिल्ला कार्यालय काठमाडौंले गराएको कागज अधिकार क्षेत्रात्मक त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं.१०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२८७ - कर्तव्य ज्यान

 फैसला मिति:२०४२/०२/२४  डिभिजन वेन्च इजलास  २२५३
 पुनरावेदक/ प्रतिवादी : जिल्ला कैलाली गोदावरी गा.पं.को जन्म घर भै हाल कैलाली कारागारमा थुनामा रहेको देवीराम आचार्य बिरुद्ध विपक्षी/वादी : गोवर्धन खत्रीको जाहेरीले श्री ५ को सरकार

कुनै रिसइवी भएको र ज्यान मार्नुपर्ने सम्मको इवीलाग वा मनसाय रहेको पनि देखिन आउँदैन । ऐन बमोजिम सर्वस्वसहित जन्मकैद गर्दा सजायँ चर्को पर्ने देखिएकोले अदालती बन्दोवस्तको १८८ नं. बमोजिम कैद हुने । (प्रकरण नं.२३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२८६ - निषेधाज्ञा

 फैसला मिति:२०४२/०२/२४  डिभिजन वेन्च इजलास  २३२१
 पुनरावेदक/ प्रतिवादी : जि.तनहुँ बन्दीपुर आदर्श गा.पं. वडा नं. ५ बस्ने हेमन्त कुमार श्रेष्ठ । जि.चितवन भरतपुर न.पं.वडा नं.४ बस्ने रवी कुमार श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार, अन्तःशुल्क कार्यालय, भरतपुर

निषेधाज्ञाको आदेश जारी हुनको लागि अधिकारमा आघात पर्ने आशंकाको विद्यमानता हुनु आवश्यक हुने । (प्रकरण नं.१०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२८५ - उत्प्रेषण

 फैसला मिति:२०४२/०२/२१  डिभिजन वेन्च इजलास  २३७०
 पुनरावेदक/ प्रतिवादी : जि.धनुषा जनकपुर न.पं.वार्ड नं. ८ विहार कुणड बस्ने श्रीराम दास वैष्णव बिरुद्ध विपक्षी/वादी : गुठी संस्थान केन्द्रीय कार्यालय, रामशाहपथ काठमाडौं । प्रमुख जिल्ला अधिकारी,जिल्ला कार्यालय,धनुषा

निवेदकलाई असर पर्ने गरी निजले पाउने क्षतिपूर्तिको रकम रोक्का गरी जग्गा गुठी संस्थान अन्तर्गत राख्ने भनी गुठी संस्थान केन्द्रीय कार्यालयले निर्णय गर्दा रिट निवेदकलाई बुझी निजलाई आफ्नो कुरा भन्ने प्रतिवाद गर्ने मौका दिएर निजको कुरा समेत सुनी निर्णय गर्नुपर्ने । (प्रकरण नं.९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२८४ - उत्प्रेषण

 फैसला मिति:२०४२/०२/२०  डिभिजन वेन्च इजलास  २४४५
 पुनरावेदक/ प्रतिवादी : का.जि.चम्पादेवी गा.पं. वडा नं. ५ बस्ने गोविन्द थापा बिरुद्ध विपक्षी/वादी : डिठ्ठा पदपूर्ति गर्न श्रीमान जिल्ला न्यायाधीश देवेन्द्र शर्माको अध्यक्षतामा बसेको बढुवा समिति रसुवा जि.अ. । अंचल न्यायाधीश राजेन्द्र राज नाख्वा,वागमती अं.अदालत । रसुवा जि.अ.मा.डिठ्ठा पदमा कार्यरत भंभीरमान घले ।

रा.प.अ.द्वितीय श्रेणीको बढुवा समितिको बैठक जिल्लाको सदरमुकाममा बस्नुपर्ने बाध्यात्मक कानुनी व्यवस्था भइरहेको देखिएकोले सोको विपरीत रसुवा धुन्चेमा बस्नुपर्ने बढुवा समितिको बैठक बागमती अञ्चल अदालतमा बसेको कानुनी नदेखिने । (प्रकरण नं.१२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२८३ - राजीनामा पास

 फैसला मिति:२०४२/०२/१३  डिभिजन वेन्च इजलास  ३०६२
 पुनरावेदक/ प्रतिवादी : जि.कपिलवस्तु,वीरपुर हाम जवाभारी गा.पं.वा.नं. ४ वालानगर बस्ने पटेश्वरी पाण्डे। ऐ.हाल तौलिहवा न.पं.वा.नं.५ मौजे वर्गदवा बस्ने पटेश्वरी लाल भैया । ऐ.बहादुर गंज गा.पं.वा.नं.२ बहादुर गंज बस्ने बद्री प्रसाद उपाध्याय । ऐ.जवाभारी गा.पं.वा.नं.५ वालानगर बस्ने रामलखन कुर्मी । बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने चन्द्रा पडाइन

विशेषज्ञले प्रष्ट रूपमा दिएको राय र त्यसलाई अदालतको आदेशानुसार अदालतमा उपस्थित भई प्रमाणित समेत गरिदिएकोलाई शंका गरी बोर्ड गठन गरी पुनः जाँच गरिपाउँ भन्ने जिकिर पुग्न सक्तैन । (प्रकरण नं. १७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२८२ - प्रतिषेध वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४२/०२/१३  डिभिजन वेन्च इजलास  २४८९
 पुनरावेदक/ प्रतिवादी : का.जि. जोरपाटी गा.पं.वा.नं. ८ बस्ने सुरेन्द्र बहादुर लामा बिरुद्ध विपक्षी/वादी : चक्र बहादुर ठकुरी, प्रधानपञ्च,जोरपाटी गा.पं.का. काठमाडौं । ऐ.गा.पं.वा.नं. ७ आरुबारी बस्ने लाल बहादुर पण्डित क्षेत्री । ऐ.ऐ बस्ने यज्ञ बहादुर पण्डित क्षेत्री ।

बन्न लागिरहेको घर नबनाउनु भनी रोक्का पुर्जी दिन पाउने अधिकार गा.पं.का. लाई गाउँ पञ्चायत ऐन, २०१८ को कुनै दफाले प्रदान गरेको नदेखिने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२८१ - उत्प्रेषण

 फैसला मिति:२०४२/०२/११  डिभिजन वेन्च इजलास  २४३९
 पुनरावेदक/ प्रतिवादी : जि.सर्लाही सिमरा गा.पं. वार्ड नं. ८ बस्ने नागेन्द्र तिवारी बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने प्रसाद पण्डित भूमि सुधार कार्यालय सर्लाही

फाँटवालाले उठाएको टिप्पणीलाई निर्णय गर्ने अधिकारीले कुनै आधार र कारण समेत नखोली सदर गरी निर्णय गरेको देखिन्छ । निर्णय गर्ने अधिकारीले निर्णयमा पुगिएको प्रमाण र आधारहरू समेत खोली निर्णय गर्नुपर्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२८० - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४२/०२/२२  डिभिजन वेन्च इजलास  २३१३
 पुनरावेदक/ प्रतिवादी : जनकपुर अंचल सिन्धुली जिल्ला डाडी गुरासे गा.पं. वडा नं.७ हाल महादेवस्थान गा.पं.वा.नं.१ बस्ने विष्णु प्रसाद आचार्य बिरुद्ध विपक्षी/वादी : भूमि सुधर अधिकारी., भूमि सुधार कार्यालय, सिन्धुली । सिन्धुली जिल्ला डाडी गुरासे गा.पं.को हाल महादेव स्थान गा.पं.वडा नं. ४ बस्ने रत्न बहादुर श्रेष्ठ।

कमाई आएको जग्गाको बाली बुझाउँदै आएको मोही देखिँदा भन्दै निजको आचरण समेतलाई आधार बनाई मोही यथावत कायम राख्ने गरेको निर्णयमा न्यायिक मनको प्रयोग भएको भन्नुपर्ने । (प्रकरण नं.१०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२७९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४२/०२/२०  डिभिजन वेन्च इजलास  २१२६
 पुनरावेदक/ प्रतिवादी : सुनसरी जिल्ला,धरान न.पं.वार्ड नं. १ बस्ने विजय कुमार श्रेष्ठ । झापा जिल्ला दमक न.पं. वार्ड नं.११ बस्ने चमेली प्रधान । तनहुं जिल्ला,आदर्श वन्दीपुर गा.पं. वार्ड नं.३ बस्ने लक्ष्मीमाया श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : मोरङ जिल्ला,मधुमल्ला गा.पं.८ बस्ने बुद्धिमान दमाई । भूमि सुधार कार्यालय,मोरङ

सबूद प्रमाणको मूल्याङ्कन नगरी विपक्षीको नाउँमा मोही कायम हुने ठहराएको भूमि सुधार कार्यालयको निर्णय हचुवा भई त्रुटिपूर्ण देखिँदा उक्तनिर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२७८ - बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४२/०२/१३  डिभिजन वेन्च इजलास  २३४८
 पुनरावेदक/ प्रतिवादी : भारत जिल्ला हजारीयावाग गाउँ चतरा घर भई हाल वीरगंज कारागारमा थुनामा रहेको अन्जनी कुमार सहाय बिरुद्ध विपक्षी/वादी : नारायणी अञ्चलाधीशको कार्यालय, वीरगंज । जि.का.कारागार शाखा वीरगंज, कारागार वीरगंज । वीरगंज भन्सार कार्यालय,वीरगंज

निवेदकको पुनरावेदन नपरी फैसला हुन बाँकी नै हुँदा उक्त अञ्चलाधीश कार्यालयको पुनरावेदन निर्णयमा असर पर्ने गरी यो यस्तो कानुन हो भनी रिट क्षेत्रबाट उक्त दण्ड सजायँको महलको ३८ नं. को व्याख्या गर्दा पुनरावेदन दिने निकायको निर्णयमा प्रतिकूल असर पर्न जाने भई निजको अधिकारमा समेत हस्तक्षेप हुन जाने स्थिति पर्ने । (प्रकरण नं.११) जमानी लिने व्यवस्था मुलुकी ऐनले जमानी गर्नेको महलमा व्यवस्था भएकोले कसलाई पत्याउने र नपत्याउने भन्ने अधिकार जमानी लिने कार्यालयको हो । (प्रकरण नं.१२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२७७ - बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४२/०२/०७  डिभिजन वेन्च इजलास  २२९८
 पुनरावेदक/ प्रतिवादी : जिल्ला कार्यालय कारागार शाखा, नख्खुमा कैद रहेका कृष्ण प्रसाद सेढाईको हकमा दिपकराज ढकाल बिरुद्ध विपक्षी/वादी : जिल्ला कार्यालय कारागार शाखा, नख्खु । अंचलाधीश वागमती अंचलाधीशको कार्यालय,काठमाडौं । गृह मन्त्रालय,सिंहदरबार,काठमाडौं । प्रहरी प्रधान कार्यालय,नक्साल

सार्वजनिक सुरक्षा ऐन, २०२८ को दफा ३(१)(ख) को कुरामा विरोध पर्न जाने भनी ऐनको दफा मात्र उल्लेख गरी नजरबन्द राख्ने आदेश दिँदैमा पूर्वावस्था छ भन्न मिल्दैन । (प्रकरण नं.१५) आदेश दिने अधिकारीले ऐनको दफा ३(१) को विरोध पर्न जाने ठानेर मात्र हुँदैन सो ठान्न पूर्वावस्था विद्यमान हुनुपर्छ । (प्रकरण नं.१८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२७६ - ज्यान

 फैसला मिति:२०४१/०१/१३  डिभिजन वेन्च इजलास  २२७९
 पुनरावेदक/ प्रतिवादी : सियाराम सिंहको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जि. स.सुदामा गा.पं. वडा नं. ६ बस्ने रूप नारायण सिंह समेत

ज्यान लिनेसम्मको अवस्था नपुग्दै वा गुहार मद्दत माग्न नसक्ने वा गुहार मद्दत मागे पनि बखतमा नै मद्दत पुग्न सक्ने अवस्थामा आत्मरक्षाको कसैले चोट छाडी कुनै व्यक्ति मरेमा त्यस्तोमा ज्यानसम्बन्धी महलको ७ नं. आकर्षित हुन सक्दैन । (प्रकरण नं.२३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२७५ - उत्प्रेषण

 फैसला मिति:२०४२/०२/०३  डिभिजन वेन्च इजलास  २२७९
 पुनरावेदक/ प्रतिवादी : का.न.पं. १९ वार्ड का.जि.ढोकाटोल बस्ने बलभद्र मिश्र समेत बिरुद्ध विपक्षी/वादी : जिल्ला भूमि सुधार कार्यालय काठमाडौं डिल्लीबजार । का.न.पं. १९ वार्ड का.जि. दमाईटोल बस्ने प्राणमाया महर्जन

मोहीको मृत्यु पछि मोही हक कसलाई प्राप्त हुने भन्ने कानुनी व्यवस्था तर्फ हेरिएमा भू.सं. ऐन, २०२१ को दफा २६(१) मा...“मोहीले कमाई आएको जग्गामा मोही सम्बन्धी निजको हक निज पछि निजको पति, पत्नी वा छोराहरू मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई हुने ।” (प्रकरण नं.१६) बुहारी नाताकी व्यक्तिलाई भर्पाई गरिदिएकै भए पनि उक्त भर्पाईहरूले प्रत्यर्थीलाई मद्दत गर्न नसक्ने र हकदारहरूले जोत नामसारीका लागि मञ्जूरी दिन सक्ने कानुनी व्यवस्था समेत नदेखिने । (प्रकरण नं.१६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२७४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४२/०२/१७  डिभिजन वेन्च इजलास  २२६८
 पुनरावेदक/ प्रतिवादी : जि.दोलखा गा.पं. माटी वा.नं. ४ बस्ने लक्ष्मण खत्री बिरुद्ध विपक्षी/वादी : जिल्ला प्रहरी कार्यालय काठमाडौं । प्रहरी नायव निरीक्षक,जिल्ला प्रहरी कार्यालय काठमाडौं । बागमती अन्चल प्रहरी कार्यालय,काठमाडौं । मध्यक्षेत्र प्रहरी कार्यालय,काठमाडौं । प्रहरी नायव-महा-निरीक्षक,मध्यक्षेत्र प्रहरी कार्यालय,काठमाडौं। प्रहरी प्रधान कार्यालय । प्रहरी महानिरीक्षक,प्रहरी प्रधान कार्यालय,काठमाडौं।

प्रहरी नियमावलीको नियम ९.६(२) को प्रतिबन्धात्मक वाक्यांशको खण्ड (ग) अनुसार सफाईको मौका दिन मनासिव नपरेको भन्ने व्यहोरा सो पर्चामा खुलाएको देखिँदैन । तसर्थ त्यस्तो पर्चालाई उक्त नियम ९.६(२)(ग) अनुसारको पर्चा भन्न मिल्दैन । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२७३ - लेनदेन

 फैसला मिति:२०४२/०२/०३  डिभिजन वेन्च इजलास  २६७९
 पुनरावेदक/ प्रतिवादी : धनुषा जिल्ला जनकपुर नगर पञ्चायत वडा नं. ६ बस्ने झावरमल गोयन्का बिरुद्ध विपक्षी/वादी : राष्ट्रिय वाणिज्य बैंक जनकपुर शाखा धनुषाका मैनेजर वेदमान सिंह मल्ल

हक अधिकार नै नभएको व्यक्तिबाट दायर भएको फिरादबाट इन्साफ गर्न नमिल्ने । (प्रकरण नं.१४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२७२ - जातक मार्यो

 फैसला मिति:२०४२/०२/०४  फूल बेन्च इजलास  २८२५
 पुनरावेदक/ प्रतिवादी : जि.भोजपुर टक्सार गा.पं.वा.नं.६ मोहोरिया घर भै हाल जि.का. कारागार शाखा भोजपुरमा थुनामा रहेको कमला विश्वकर्मा बिरुद्ध विपक्षी/वादी : प्रेम बहादुरको जाहेरीले श्री ५ को सरकार

मरेको जातक फेला पर्दैमा जीउँदो नै जन्माई मारेको भन्न स्पष्ट सबूत प्रमाणको अभावमा नमिल्ने । (प्रकरण नं.२३) जिउँदो बच्चा जन्माई मारेको हो भनी निष्कर्षमा पुग्दा पनि आफ्नो नवजात सन्तान प्रतिको ममता, जुन प्राकृतिकरूपले मातृकोखबाट निस्कन्छ त्यसलाई पनि न्यायकर्ताले बिर्सिन सक्दैन । (प्रकरण नं.२३) पक्राउ भएको व्यक्तिलाई पहिलो पटक अदालतमा उपस्थित गराउँदा निजको कागज भइसकेको हुनुपर्छ भन्ने सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को दफा ७(४) को प्रतिबन्धात्मक वाक्यांश (क) मा उल्लेख भएको पाइन्छ । (प्रकरण नं.२४)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु