विस्तृत खोजी

 
 
 
 
 
      

२७ खोजी नतिजाहरु

निर्णय नं. २६७० - परमादेशको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४३/०३/२९  सिङ्गल बेञ्च इजलास  २२७२
 पुनरावेदक/ प्रतिवादी : हाल का.न.पं.वडा नं.२६ नरदेवी बस्ने उपेन्द्रधर सुवेदी बिरुद्ध विपक्षी/वादी : श्री काठमाडौं जिल्ला अदालतसमेत

(१) अदालतमा कारवाही उठे चलेको मुद्दामा निवेदकका जिकिर बमोजिम अ.बं. ७२ नं., अ.बं. ७३ नं. र अ.बं. १८० नं. समेतको जे जस्तो त्रुटिहरू भएका छन् ती सबैको निराकरण अदालतबाटै अदालती कारवाहीद्वारा हुने हुँदा यस्तोमा रिट क्षेत्रबाट हस्तक्षेप गर्न नमिल्ने । (प्रकरण नं. ६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६६९ - बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४३/०१/१९  सिङ्गल बेञ्च इजलास  २२३९
 पुनरावेदक/ प्रतिवादी : हाल सदर खोर डिल्लीबजारमा थुनामा रहेको बाबुराम तामाङको हकमा मीतभाई नाता पर्ने का.न.पं.वडा नं.३१ बस्ने कालीराम चौधरी बिरुद्ध विपक्षी/वादी : मध्यमाञ्चल क्षेत्रीय अदालत रानी पोखरी (जमल)समेत

(१) पूर्पक्षको निमित्त थुनामा राख्नेि भनी दिएको आदेश मुद्दाको रोहमा गरिने अन्तिम आदेश नभई कारवाहीको सिलसिलामा दिइने आदेश भएको । (प्रकरण नं. ९) (२) अधिकार प्राप्त सदस्यहरूबाट भएको थुनछेकको आदेशलाई त्रुटिपूर्ण छ, भन्न सकिने स्थिति नहुँदा गैरकानुनी थुनामा परेको भन्न नमिल्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६६८ - उत्प्रेषणयुक्त परमादेशको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४३/०३/२५  डिभिजन वेन्च इजलास  २५५६
 पुनरावेदक/ प्रतिवादी : ल.पु.न.पं.वार्ड नं. १६ बस्ने सामुदायिक वन विकास तथा वृक्षारोपण महाशाखा हात्तिसार काठमाडौंको सहायक वृक्षारोपण अधिकृत बद्रीराज जोशी बिरुद्ध विपक्षी/वादी : श्री लोकसेवा आयोग केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंसमेत

(१) कुनै पनि कर्मचारी कुनै कार्यालयमा रुजु हाजिर रहेको भन्नाले सो कार्यालयमा कार्यरत रही सोही कार्यालयमै हाजिर रहेको हुनुपर्छ । (प्रकरण नं. २३) (२) पाल्पामा लियन पद रही काठमाडौंमा काज रहेको अवधिलाई पाल्पामा रुजु हाजिर रहेको मानी सो अवधि समेत जोडी अंक प्रदान गरेको अनियमित तथा गैरकानुनी देखिने । (प्रकरण नं. २५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६६७ - उत्प्रेषण

 फैसला मिति:२०४३/०३/३०  डिभिजन वेन्च इजलास  २३७३
 पुनरावेदक/ प्रतिवादी : गगनसिंह विष्ट बिरुद्ध विपक्षी/वादी : गृह मन्त्रालय सिंहदरबारसमेत

(१) निवेदकले गरेको लापरबाहीबाट निवेदकलाई नै फाइदा हुने र विपक्षीलाई आघात पर्ने गरी रिटबाट निर्णय हुन न्यायोचित हुँदैन । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६६६ - दर्ता बदर गरी दर्ता गरिपाउँ

 फैसला मिति:२०४३/०३/०२  डिभिजन वेन्च इजलास  २४२६
 पुनरावेदक/ प्रतिवादी : जि.सुनसरी सोनापुर गा.पं.वडा नं.८ बस्ने अच्छेलाल ठाकुर हजामसमेत बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.घर भई हाल वविया गा.पं.वार्ड नं. ९ बस्ने सिविया ठाकुर हजामनी

(१) यो यस परिबन्धबाट हाम्रो हक भोगको हामीले नपाउन पाउने जग्गा हो भनी प्रतिवादीको प्रमाण खण्डमा प्रमाण दिई प्रतिवाद गर्न नसकेको र वादीले देखाएको निजको हक भोगको श्रोतलाई खण्डन गर्न पनि नसकेको हुँदा यसप्रकारको दुषित दर्तालाई मान्यता दिन नमिल्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६६५ - भ्रष्टाचार

 फैसला मिति:२०४३/०२/१३  डिभिजन वेन्च इजलास  ३४२८
 पुनरावेदक/ प्रतिवादी : नारायणी धान चामल निर्यात कम्पनी लिमिटेड वीरगञ्जको लेखा प्रमुख शंकरप्रसाद उपाध्यायसमेत बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार

(१) पेश्की फर्छ्यौट गर्ने कार्यमा टिप्पणी सहित पेश गरेको र सो लाई लेखा प्रमुखले सदर गरी पेश्की फर्छ्यौट गर्ने कार्य गरेकोमा निजहरू सो काममा संलग्न थिएनन् भन्न सकिने स्थिति नदेखिने । (प्रकरण नं. ३१)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६६४ - लिखत दर्ता बदर

 फैसला मिति:२०४३/०१/३०  डिभिजन वेन्च इजलास  २४०९
 पुनरावेदक/ प्रतिवादी : जि.सर्लाही गा.पं.हथिऔला वडा नं.७ बस्ने रामस्वरुप सहनी मलाह बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने रामसेवक सहनी मलाहसमेत

(१) वादी स्वयंले भिन्न भएको भनी उल्लेख गरेपछि भिन्न भएको छैन भन्न विबन्धनको सिद्धान्तले समेत नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६६३ - उत्प्रेषण लगायत उपयुक्त आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४३/०३/३०  डिभिजन वेन्च इजलास  २२७३
 पुनरावेदक/ प्रतिवादी : ललितपुर जिल्ला, खोकना गा.पं.वार्ड नं. ३ बस्ने बेखाबहादुर महर्जन बिरुद्ध विपक्षी/वादी : मध्यमाञ्चल क्षेत्रीय अदालतसमेत

(१) अधिकार प्राप्त अधिकारीबाट कानुन बमोजिम गरेको निर्णयमा कुनै कानुनी त्रुटि विद्यमान नदेखिँदा निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिलेन । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६६२ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४२/१२/१८  डिभिजन वेन्च इजलास  २२४७
 पुनरावेदक/ प्रतिवादी : ल.प.जि.कुपण्डोल स्थित मयूर निटिङ इण्डष्ट्रिजका प्रोप्राइटर ऐ.ऐ.बस्ने प्रदीपकुमार शर्मा बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार, अर्थ मन्त्रालयसमेत

(१) सूचना राजपत्रमा प्रकाशित भएको भन्दा अगावै निवेदकको उद्योग घरेलु तथा ग्रामीण उद्योग विभागमा दर्ता भएको देखिएबाट उक्त ऐनको सुविधा उपभोग गर्न पाउने होइन भन्न नमिल्ने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६६१ - चरेश बिक्री

 फैसला मिति:२०४२/१२/१३  डिभिजन वेन्च इजलास  २८००
 पुनरावेदक/ प्रतिवादी : सिंजा नराकोट गा.पं.वार्ड नं.२ नराकोट बस्ने खड्ग सिंह भन्ने खड्गबहादुर खत्री बिरुद्ध विपक्षी/वादी : प्रहरी जयबहादुर खत्रीको जाहेरीले वादी श्री ५ को सरकार

(१) सुनेका हौं भन्ने कुरालाई अन्य प्रमाणबाट समर्थन नभएसम्म प्रमाणमा लिन नमिल्ने । (प्रकरण नं. २३) (२) केबल प्रहरीमा भएको साविती बयानलाई आधार लिएर प्रतिवादीलाई कसूरदार ठहर्‍याउन नमिल्ने । (प्रकरण नं. २३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६६० - खिचोला

 फैसला मिति:२०४३/०२/२२  डिभिजन वेन्च इजलास  २४४१
 पुनरावेदक/ प्रतिवादी : भ.पु.जि.ठिमी बालकुमारी गा.पं.वडा नं.३ माझटोल बस्ने काजीबहादुर नानीचा श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : ऐ.वडा नं.८ इनाम बस्ने जनकबहादुर श्रेष्ठ

(१) मोहियानी हक नरहेको देखिँदा देखिंदै मोहियानी हक बेहकको प्रश्नअ देखाई भूमिसुधार कार्यालयको अधिकार क्षेत्रभित्र पर्ने भनी खारेज गर्ने गरेको बा.अं.अ.को फैसला मिलेको नदेखिएकोले उल्टी भई वादी दावा अनुसार प्रतिवादीले खिचोला गरेको ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६५९ - ज्यान

 फैसला मिति:२०४३/०१/२५  डिभिजन वेन्च इजलास  २५५२
 पुनरावेदक/ प्रतिवादी : सदर खोर डिल्ली बजारमा थुनामा रहेकी माया तामाड्डनी बिरुद्ध विपक्षी/वादी : जयबहादुर मुक्तानको जाहेरीले श्री ५ को सरकार

(१) तथ्य प्रमाणको अभावमा दोषी ठहर्‍याउनु न्यायोचित नहुने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६५८ - कपाली सामाब्याज समेत दिलाई पाउँ

 फैसला मिति:२०४३/१२/२२  डिभिजन वेन्च इजलास  २३७३
 पुनरावेदक/ प्रतिवादी : का.न.पं.वडा नं.२१ बस्ने पुण्यविक्रम राणा बिरुद्ध विपक्षी/वादी : का.न.पं.वडा नं.१७ ठहिटी बस्ने केशरबहादुर राजभण्डारी

(१) कानुनी म्याद छ वा छैन सो सम्बन्धमा स्वयं पक्ष नै जागरुक हुनुपर्दछ अन्यथा कानुनी हक गुम्न जाने हुन्छ र कानुनमा उल्लेख नभएसम्म कानुनमा कपालीको हदम्याद १० वर्ष तोकिएको अवधिपछि म्यादभित्रको मुद्दा हो भन्न मिल्दैन । (प्रकरण नं. ११) (२) म्यादभित्र नपरी म्याद नघाई परेको वादीको फिरादबाट कारवाही गर्न नमिल्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६५७ - जालसाजी फैसला बदर

 फैसला मिति:२०४२/१२/१०  डिभिजन वेन्च इजलास  २५१७
 पुनरावेदक/ प्रतिवादी : ल.पु.जि.छम्पी गा.पं.वार्ड नं. ३ घाइछाप बस्ने रुपबहादुर गौतम बिरुद्ध विपक्षी/वादी : का.जि.सोखेल गा.पं.वार्ड नं. ५ कोरीखाना बस्ने दिव्यश्वरी चौलागाईसमेत

(१) दाताकै हक नरहेपछि वादीका हक रहने प्रश्नै नहुँदा विवादीत जग्गा बण्डा हुने ठहर गरेको ल.पु.जि.अ.को फैसला बदर गरी पाउँन भन्ने वादी दावी नपुग्ने भनी ठहर गरेको इन्साफ म.क्षे.अ.को मनासिब ठहर्छ । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६५६ - धनीपूर्जा पाउँ

 फैसला मिति:२०४३/०३/२१  डिभिजन वेन्च इजलास  २२१९
 पुनरावेदक/ प्रतिवादी : विराटनगरनगर पञ्चायत वडा नं.४ बस्ने ठगनाथ उपाध्याय चापागाई बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.वडा नं.१ बस्ने गंगाप्रसाद उपाध्याय भट्टराई

(१) तेरो मेरोको प्रश्नय उठेकोमा अदालतमा उजूर गरी आफ्नो हक कायम गरी ल्याएपछि सोही बमोजिम गर्ने प्रष्ट कानुनी व्यवस्था भएको पाइने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६५५ - आयकर (आ.ब.२०३० बै.चै.)

 फैसला मिति:२०४३/०३/०२  डिभिजन वेन्च इजलास  २३७७
 पुनरावेदक/ प्रतिवादी : भक्तपुर स्थित नवदुर्गा चित्र मन्दिरको प्रोप्राइटर भ.पु.न.पं.वा.नं. १५ बस्ने दैवज्ञरत्नव विजुक्ष बिरुद्ध विपक्षी/वादी : कर कार्यालय, काठमाडौं

(१) डिष्ट्रीब्यूटर करको नामबाटै सो कर डिष्ट्रीब्यूटरले तिर्नु पर्ने भन्ने प्रष्ट रुपमा देखिएकोमा सिनेमा धनीले तिरेको देखिँदा सो सिनेमा धनीले तिरेको डिष्ट्रीब्यूटर कर मिन्हा दिनुपर्ने । (प्रकरण नं. ११) (२) काम गर्नेहरूको भविष्यको बचत सम्बन्धमा राखेको र राख्नड पर्ने रकम मनासिबै भएको र प्रतिष्ठाको लागि र कर्मचारी रहेछन भनी सर्वसाधारणले जान्नको लागि यूनिफर्मको समेत व्यवस्था गरेको हुँदा संचय कोष र यूनिफर्ममा खर्च गरेको विवादीत रकमहरू मनासिब नै देखिएको छ । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६५४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४३/०३/२२  डिभिजन वेन्च इजलास  २३४८
 पुनरावेदक/ प्रतिवादी : विराटनगर न.पं.वार्ड नं. १० बस्ने पुष्पनिधि तिवारी बिरुद्ध विपक्षी/वादी : जि.मोरङ बविया विर्ता गा.पं.वार्ड नं.३ स्थित निम्न माध्यमिक विद्यालय दौलतपुरसमेत

(१) आफ्नो जग्गा कसैले दर्ता गराएको भए सबूद प्रमाणको आधारमा अदालतमा नालेश गरी हक गराउनु पर्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६५३ - उत्प्रेषण लगायत जो चाहिने उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४३/०२/२६  डिभिजन वेन्च इजलास  २२०२
 पुनरावेदक/ प्रतिवादी : जिल्ला सप्तरी गा.पं.रामनगर बहुअर्वा वडा नं.५ बस्ने राम औतार मण्डल धानुक बिरुद्ध विपक्षी/वादी : जिल्ला भूमिसुधार अधिकारीको कार्यालय, सर्लाहीसमेत

(१) छुट्टाछुट्टै उजूरी निवेदन परेकोमा छुट्टाछुट्टै मिसिल बनाई छुट्टाछुट्टै निर्णय गर्नुपर्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६५२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४३/०१/२१  डिभिजन वेन्च इजलास  २३७०
 पुनरावेदक/ प्रतिवादी : ल.पु.न.पं.वडा नं.२२ न्याघल बस्ने सम्यक गुठी नाग बहालका थकाली आशाकाजी बज्राचार्य बिरुद्ध विपक्षी/वादी : श्री प्रमुख जिल्ला अधिकारी, जिल्ला कार्यालय ललितपुरसमेत

(१) श्रेस्ता अड्डा मालपोत कार्यालयको निर्णय उपरको पुनरावेदन सुनी प्रमुख जिल्ला अधिकारीले निर्णय गरेको देखिन्छ, त्यसरी पुनरावेदन हेरी सबूद प्रमाणको आधारमा प्रमुख जिल्ला अधिकारीले गरेको निर्णयलाई अधिकार विहिन भन्न सकिने स्थिति नहुँदा निवेदकका माग अनुसारको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६५१ - हरहिसाब गरी हिसाब दिलाई पाउँ

 फैसला मिति:२०४३/०३/०६  फूल बेन्च इजलास  ३५१३
 पुनरावेदक/ प्रतिवादी : विराटनगर न.पं.वडा नं.३ स्थित भूदेव ट्रेडिङ पार्टनर रामलाल गोल्छा मरी मु.स.गर्ने महेन्द्रकुमार गोल्छा बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.वडा नं.२ मा अवस्थित जुट विकास तथा व्यापार संस्थान

(१) स्टोरेज चार्जका विषयमा पहिले नै इन्कार गरी सकेको कुरालाई अहिले आएर त्यसको भिन्नै नामाकरण गरी अर्थात् हिसाब दिलाई पाउँ भन्दैमा विषय अर्को हुन जाने होइन । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु