विस्तृत खोजी

 
 
 
 
 
      

३० खोजी नतिजाहरु

निर्णय नं. ३०१३ - उत्प्रेषण

 फैसला मिति:२०४३/११/२९  संयुक्त इजलास  २६३७
 पुनरावेदक/ प्रतिवादी : निवेदक : कैलाली धनगढी न.पं. वार्ड नं. २ बस्ने टेककुमारी शाह बिरुद्ध विपक्षी/वादी : विपक्षी : जिल्ला कार्यालय कैलाली। मेन्टिनेन्स नापी शाखा कैलाली। वालमन्दिर कैलाली।

विवाद उठेको कहिँकतैबाट पुष्टि हुन सकेको छैन, विवाद उठेको ठहर्याशई सो सम्बन्धमा प्रमाण बुझी निर्णय गर्ने अधिकार प्र.जि.अ.लाई भएको देखिँदैन । अधिकार प्राप्त निकाय अर्थात् नगरपञ्चायतबाट भएको नक्शा पासको निर्णय बमोजिम बन्न लागेको घर रोक्का गरी न.पं.को निर्णय नै निष्कृय तुल्याउने गरी प्र.जि.अ. बाट भएको आदेश मिलेको नदेखिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३०१२ - उत्प्रेषण मिश्रित परमादेश लगायत जो चाहिने उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ।

 फैसला मिति:२०४३/०९/१८  संयुक्त इजलास  २४५४
 पुनरावेदक/ प्रतिवादी : निवेदक : का.न.पं. वडा नं. ७ सिफल बस्ने वर्ष ४१ को विदुरविक्रम अधिकारी बिरुद्ध विपक्षी/वादी : विपक्षी : श्री ५ को सरकार मन्त्री परिषद् सचिवालय, काठमाडौं।

निजामती सेवा नियमावली, २०२१ को नियम ७.१(३) बमोजिम निवृत्तभरण पाक्ने अवस्था पुगेको निजामती कर्मचारीलाई श्री ५ को सरकारले अवकाश दिन सक्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३०११ - बहुविवाह

 फैसला मिति:२०४४/०२/०५  संयुक्त इजलास  ७१४४
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/वादी : नजिवुल्ला मियाँको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : विपक्षी/प्रतिवादी : जि. झापा बनियानी गा.पं. वा.नं. ९ बस्ने इन्द्रिस मियाँ।

ऐनमा भएको व्यवस्थाले नेपाल अधिराज्यका नेपाली नागरिकलाई एउटा स्वास्नी भई भई कन निजसंग सम्बन्ध विच्छेद हुनु बेगर अर्को स्वास्नी मानिससँग विवाह गर्न निषेध गरेको हुँदा नेपालको नागरिकको हैसियतबाट निज जहाँसुकै रहे पनि निजउपर सो ऐनले लगाएको प्रतिबन्ध छुट्न नसक्ने । (प्रकरण नं. १८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३०१० - उत्प्रेषण

 फैसला मिति:२०४४/०१/२५  संयुक्त इजलास  २३३५
 पुनरावेदक/ प्रतिवादी : रिट/निवेदक: जि. सप्तरी पलौनिया गा.पं. वार्ड नं. ६ मौजे लैनिया बस्ने असर्फी खंग खत्वे। बिरुद्ध विपक्षी/वादी : विपक्षी : ऐ. ऐ. बस्ने भागवत खंग खत्वे। भूमि सुधार अधिकारी भू.सु.का सप्तरी ।

२ जना भलादमी मात्र राखी तामेल भएको अ.बं. ११० नं. ले अनिवार्य गरे बमोजिम पञ्च सदस्य वा सम्बन्धित वडाको गा.स.स. वा सचिव साक्षी रहेको देखिन नआएकोले रीतपूर्वक तामेल भएको भनी भन्न कानूनले नमिल्ने । (प्रकरण नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३००९ - लिखत बदर गरी हक कायम गरिपाउँ।

 फैसला मिति:२०४४/०१/२५  संयुक्त इजलास  २५७६
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/प्रतिवादी : नेपालगञ्ज न.पं. वार्ड नं. ३ बस्ने रामशुमिरन बैष्य। बिरुद्ध विपक्षी/वादी : विपक्षी/वादी : साविक इन्द्रपुर गा.पं.हाल ने.गा.न.पं. वार्ड नं. १६ बस्ने राम फल धोवी

सगोलका अंशियारले सगोलको सम्पत्ति अरु अंशियारको मन्जूरी नलिई बिक्री गरेमा जो जस्को जति कुरामा हक लाग्छ उस्ले उति कुरामा दावी लिई लेनदेनको १० नं. अन्तर्गत दावी लिनु पर्ने र त्यस्तो उजूर परेकोमा उजूर गर्नेको हक जति बदर हुने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३००८ - अंश

 फैसला मिति:२०४३/११/०६  संयुक्त इजलास  ३३०१
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/प्रतिवादी: जि. बाँके भवानीपुर गा.पं. वार्ड नं. २ बस्ने अयोध्या प्रसाद पाठक। बिरुद्ध विपक्षी/वादी : विपक्षी/वादी: जि. बाँके शिवपुरी गा.पं. वार्ड नं. १ बस्ने रामदुलारे पाठक

लिखत कानूनले पास हुनु पर्नेमा पास नभएको भए पनि सो कागजको कानूनी असरमा सम्म मान्यता नपाउने भए पनि सो लिखतमा लेखिएको व्यहोरा सम्बन्धित पक्षका सम्बन्धमा प्रमाणमा लिन मिल्ने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३००७ - उत्प्रेषणयुक्त परमादेशको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ।

 फैसला मिति:२०४४/०२/२१  संयुक्त इजलास  २३३५
 पुनरावेदक/ प्रतिवादी : निवेदक : गोसाइकुण्ड निर्माण कम्पनी काठमाडौंका प्रोप्राइटर ठमेल काठमाडौं बस्ने वर्ष ४६ को रामकृष्ण उपाध्याय बिरुद्ध विपक्षी/वादी : विपक्षी : श्री मध्यमाञ्चल क्षेत्रीय अदालत, जमल, काठमाडौं। श्री ५ को सरकार कर विभाग,लाजिम्पाट,काठमाडौं। श्री कर कार्यालय,बबरमहल,काठमाडौं।

आयकर ऐन, ०३१ को दफा ३४ को उपदफा (२) ले गरेको व्यवस्था बमोजिम पुनः कर निर्धारणमा पुनरावेदन नलाग्ने व्यवस्था गरेको भए तापनि प्रतिबन्धात्मक प्रावधानले सो मूल उपदफालाई नियन्त्रण गरी केही खास अवस्थामा अनुमतिको माध्यमबाट पुनरावेदन लाग्ने । (प्रकरण नं. २०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३००६ - प्रतिषेध, उत्प्रेषण वा जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ।

 फैसला मिति:२०४४/०१/१०  संयुक्त इजलास  २५२२
 पुनरावेदक/ प्रतिवादी : निवेदक : रोल्पा गजुल गा.पं. वा.नं. १ बस्ने माण्डवी निर्माण सेवाका प्रो.नरेशविक्रम सुवेदी बिरुद्ध विपक्षी/वादी : विपक्षी : प्र.जि.अ. जिल्ला कार्यालय रोल्पा लिवाङ्ग। इन्जिनीयर,सार्वजनिक निर्माण शाखा,जिल्ला पन्चायत सचिवालय रोल्पा लिवाङ्ग

करार सम्बन्धी उठेका कुनै विवादको सम्बन्धमा सोही करारनामाको शर्त बमोजिम गर्नु पर्ने र प्रस्तुत विषय करार ऐनको अधिकार क्षेत्रभित्र पर्ने भई सो अधिकार क्षेत्रबाट उपचार प्राप्त गर्न सक्ने देखिएकोले यस्तो दुई पक्ष बीच सम्पन्न भएको करारको सम्बन्धमा उठेको विवादमा यस अदालतको असाधारण अधिकार क्षेत्रबाट हस्तक्षेप गर्न नमिल्ने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३००५ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ।

 फैसला मिति:२०४३/०८/२४  संयुक्त इजलास  २४६१
 पुनरावेदक/ प्रतिवादी : निवेदक :का.जि.का.न.पं. वा.नं. ९ बस्ने गणेशबहादुर श्रेष्ठ। बिरुद्ध विपक्षी/वादी : विपक्षी : मालपोत कार्यालय, काठमाडौं। अर्थ मन्त्रालय,मालपोत विभाग,बबरमहल,काठमाडौं।

जग्गा ०२६ सालमा नदी उकास भएपछि निवेदकले नै जोतभोग गरी ०३० सालसम्मको मालपोत धरौटी राखेको भन्ने कुरामा कुनै विवाद खडा भएको नदेखिनुका अतिरिक्त निवेदक बाहेक अन्य कुनै व्यक्तिले नदी उकास भएको विवादको जग्गा सकार गरेको भन्ने पनि देखिँदैन र विभागको परिपत्रले कानूनको रुप धारण गर्न समेत सक्तैन । तसर्थ कानूनी व्यवस्थानुसार निवेदकको नाममा विवादको जग्गा दर्ता गरी दिनमा कुनै कानूनी व्यवधान खडा हुने नदेखिने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३००४ - उत्प्रेषण

 फैसला मिति:२०४४/०१/३१  संयुक्त इजलास  ३०२८
 पुनरावेदक/ प्रतिवादी : निवेदक :नेपाल औद्योगिक विकास कर्पोरेशनको विभागिय प्रमुख प्रथम श्रेणी अधिकृत चार्टड एकाउन्टेण्टको दरबन्दी रही हाल अख्तियार दुरुपयोग निवारण आयोग काठमाडौंमा काजमा रहेको कुन्जविहारी क्याल। बिरुद्ध विपक्षी/वादी : विपक्षी : श्री संञ्चालक समिति नेपाल औद्योगिक विकास कर्पोरेशन दरवारमार्ग काठमाडौं।

नियमले गरेको व्यवस्था अनुसार शुरु नियुक्ति गर्दाकै अवस्था अन्तिम स्केल पाउने गरी नियुक्ति गरिएको र त्यसपछि तलब बृद्धि हुँदा समेत अन्तिम स्केल नै दिई आएकोमा हाल नयाँ स्केल लागु हुँदा मात्र अन्तिम स्केल नपाउने भन्न नियमले नमिल्ने । (प्रकरण नं. २१)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३००३ - उत्प्रेषण

 फैसला मिति:२०४३/०९/२०  संयुक्त इजलास  २४७७
 पुनरावेदक/ प्रतिवादी : निवेदक : भ.पु.जि. छालिङ गा.पं. वडा नं. २ कालिटार बस्ने वर्ष ६५ को गोविन्द लिगलिगे। बिरुद्ध विपक्षी/वादी : विपक्षी : मध्यमाञ्चल क्षेत्रीय अदालत। वागमती अचंल अदालत ।

एक न्यायाधीशको इजलासबाट निर्णय भई अन्तिम रुपमा रहेको फैसला सोही अदालतको संयुक्त इजलासबाट बदर गर्न नमिल्ने । (प्रकरण नं. २१)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३००२ - उत्प्रेषण

 फैसला मिति:२०४३/०८/०८  संयुक्त इजलास  २८८६
 पुनरावेदक/ प्रतिवादी : निवेदक : जि. सुन्सरी बकलौरी गा.पं. वडा नं. ८ पञ्चायत झोरा बस्ने खड्गबहादुर लिम्बू समेत ७७ जना। बिरुद्ध विपक्षी/वादी : विपक्षी : मोरङ सुन्सरी वनक्षेत्र सुदृढिकरण अधिकार सम्पन्न समिति।

नापी हुँदा फिल्डबुकमा नाम लेखिएका निवेदकहरूलाई नबुझी फिल्डबुक र नक्शा ट्रेश बदर हुने ठहर्छ भन्ने निर्णय गरेको प्राकृतिक न्याय सिद्धान्तको विपरीत हुने । (प्रकरण नं. २१)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३००१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४३/०८/०१  संयुक्त इजलास  २४९९
 पुनरावेदक/ प्रतिवादी : निवेदक : जि. झापा काकरभित्ता गा.पं. वार्ड नं. १ बस्ने भाउनिय धिमाल। बिरुद्ध विपक्षी/वादी : विपक्षी : श्री भूमिसुधार कार्यालय, झापा। जि.झापा काकरभित्ता गा.पं. वार्ड नं.१ बस्ने उजूर बहादुर पाण्डे।

निवेदकको आचरणबाट नै निवेदकले विवादित जग्गा आफ्नो हक परित्याग गरी अरुलाई नै भोग्न दिएको देखिएकोले विवादित जग्गामा रिट निवेदकको पिताको मृत्यु पश्चात रिट निवेदकले मोहीको हैसियतले जोतभोग गरेको प्रमाण पेश गर्न नसकेको र उमेशचन्द्र थापाका नामको भर्पाईबाट वादीका नाममा मोही नामसारी हुन नसक्ने । (प्रकरण नं. १९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३००० - अंश मुद्दामा पुनरावेदनको अनुमति पाउँ

 फैसला मिति:२०४४/०१/२९  पूर्ण इजलास  २८२२
 पुनरावेदक/ प्रतिवादी : निवेदक/वादी: जिल्ला रुपन्देही पडसरी गाउँ पञ्चायत वडा नं. ७ बस्ने चन्दर केवट। बिरुद्ध विपक्षी/वादी : विपक्षी/प्रतिवादी : ऐ. ऐ. बस्ने राजवली केवट।

अ.बं. १७९ नं. मा डिसमिस भई सकेपछि त्यसै वादी वा पुनरावेदकको त्यसै प्रतिवादी वा विपक्षी उपर त्यसै मुद्दामा अर्को नालेश वा पुनरावेदन लाग्न सक्दैन भन्ने स्पष्ट व्यवस्था भएको पाइन्छ । (प्रकरण नं. ७) पछि आएको संशोधित कानूनले पहिले प्रचलनमा रहेको कानूनले प्राप्त गरी सकेको हक तथा दायित्वलाई सो संशोधित ऐनमा सोही बमोजिमको स्पष्ट व्यवस्था नभएसम्म कुनै किसिमले असर पार्ने भन्न नेपाल कानून व्याख्या सम्बन्धी ऐन, २०१० को दफा ४(ग) ले समेत नमिल्ने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९९९ - लिखत बदर

 फैसला मिति:२०४३/१२/२०  पूर्ण इजलास  २९२८
 पुनरावेदक/ प्रतिवादी : निवेदक/प्रतिवादी: भुवनराज शाक्य। बिरुद्ध विपक्षी/वादी : विपक्षी/वादी: राधादेवी शर्मा समेत।

छलफलको निमित्त झगडिया झिकाउने कुरा कारवाहीसम्मको कुरा हुँदा एकजना माननीय न्यायाधीशको झगडिया झिकाउने भन्ने राय भएको अवस्थामा छलफलको निमित्त झगडिया झिकाउन कुनै आपत्ति नदेखिने । (प्रकरण नं. ३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९९८ - घरजग्गा खिचोला

 फैसला मिति:२०४४/०२/१५  पूर्ण इजलास  २५६०
 पुनरावेदक/ प्रतिवादी : निवेदक/प्रतिवादी: का.जि. ज्ञानेश्वर बस्ने पोषणनाथ उपाध्याय। ऐ.ऐ बस्ने दामोदर प्रसाद उपाध्याय। बिरुद्ध विपक्षी/वादी : विपक्षी/वादी: ऐ.ऐ. बस्ने अम्बिकादेवी उपाध्याय

लुटपिट र खिचोलातर्फ फिराद लिई आएकोमा खिचोलातर्फ मात्र इन्साफ हुँदै आएको देखिएकोले फौज्दारी र देवानी दुई विषयका दावी कुराहरू फिरादपत्रमा समावेश भएकै कारणबाट पूरै फिराद नलाग्ने भन्न सकिने स्थिति देखिँदैन । (प्रकरण नं. १८) प्रतिवादी कायम गरिएकालाई अदालतले झिकाई बयान गराउँदा निजको बयान समेतबाट निजलाई कारणी सरहदेखि प्रतिवादी कायम गरेको अ.बं. १३९ ले मिल्ने । (प्रकरण नं. १८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९९७ - अंश

 फैसला मिति:२०४४/०१/०४  पूर्ण इजलास  २३२३
 पुनरावेदक/ प्रतिवादी : निवेदक/वादी:जिल्ला मोरङ बुधनगर गाँउ पञ्चायत वडा नं. ६ घर भई वीरगन्ज कारागारमा थुनामा परेको अवस्थामा मुत्यु भएको मिठन यादवको मु.स. गर्ने डोमी यादव। बिरुद्ध विपक्षी/वादी : विपक्षी/प्रतिवादी : जिल्ला मोरङ बुधनगर गा.पं. वडा नं. ६ बस्ने अनुपलाल यादवको मु.स. गर्ने विन्देश्वर यादव।

थुनामा रहेका आफ्नो बाबु मरेको जानकारी नपाई मुद्दा सकार गर्न जाने अवस्था नै नपर्ने र सो जानकारी नभएबाट वादीको वारिस तारिख बसेको छँदै वादीले मुद्दा सकार गरी तारिखमा नरहेको भनी मुद्दा किनारा हुँदा प्रचलनमा रहेको मुलुकी ऐनमा भएको व्यवस्थाबाट पनि मुद्दा डिसमिस गर्न कानूनले नमिल्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९९६ - दर्ता लिखत बदर गरी दर्ता गरिपाउँ

 फैसला मिति:२०४३/१२/०३  पूर्ण इजलास  २८३२
 पुनरावेदक/ प्रतिवादी : निवेदक/प्रतिवादी:लुम्बिनी अञ्चल नवलपरासी जिल्ला कावासोती गाउँ पञ्चायत वडा नं. ४ विष्णुपुर बस्ने रामनाथ पराजुली। बिरुद्ध विपक्षी/वादी : विपक्षी/वादी: ऐ.ऐ. परासी गा.पं. वडा नं. ८ परासी बजार बस्ने हरि केशवलाल दाश।

जालसाजी मुद्दाबाट जबसम्म लिखत बदर मुद्दालाई समेत असर पार्न प्रतिकूल निर्णय हुँदैन तबसम्म लिखत बदर मुद्दाबाट विवादित सट्टापट्टाको लिखत बदर भएको कुरालाई कायमै राखी सो आधारमा जालसाजी सम्ममा दावी नपुग्ने गरेको कुरामा पुनरावेदन नगरेकै आधारमा वादीले चित्त बुझाएको भनी लिखत बदर मुद्दाको फिराद नै खारेज हुने कुरा आउँदैन । (प्रकरण नं. १७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९९५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४३/११/०५  पूर्ण इजलास  २५९५
 पुनरावेदक/ प्रतिवादी : का.जि. का.न.पं. वडा नं. १० भिमसेनगोला बस्ने नेपु सार्की मरी मु.स. गर्ने निजको छोरा कुमाले अछामी सार्की। ऐ.ऐ मरी मु.स गर्ने निजको छोरा ऐ.ऐ बस्ने लोक बहादुर अछामी सार्की। बिरुद्ध विपक्षी/वादी : विपक्षी : मध्यमाञ्चल क्षेत्रीय अदालत काठमाडौं। का.जि. का.न.पं. वडा नं.१० बस्ने रत्न बहादुर थापा क्षेत्री ।

न्याय माग्न आउनेले आफ्नो कुरा सबै देखाई आउनु पर्छ तथ्य लुकाई आउनेलाई अदालतले मद्दत गर्न सक्ने हुँदैन । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९९४ - उत्प्रेषण

 फैसला मिति:२०४४/०१/२२  पूर्ण इजलास  २४३७
 पुनरावेदक/ प्रतिवादी : निवेदक/विपक्षी : शाही नेपाल वायु सेवा निगम प्रधान कार्यालय, काठमाडौ । बिरुद्ध विपक्षी/वादी : विपक्षी/रिट निवेदक: काठमाडौं नगरपञ्चायत वडा नं. ३२ डिल्लीबजार बस्ने रमेशचन्द्र उपाध्याय

निगमको नियमावलीले खराब आचरण भएको कर्मचारीलाई सेवाबाट बर्खास्त गर्न सक्ने अधिकार शा.ने.वा.नी. लाई प्रदान गरेकै देखिने । (प्रकरण नं. १६) मिति २०३७।११।५ मा सञ्चालक समितिबाट निर्णय भएपछि सोही निर्णय बमोजिम मिति २०३७।११।९ को पत्रद्वारा जानकारी गराइएकोलाई अघिदेखि हटाएको भन्न नमिल्ने । (प्रकरण नं. १७)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु