विस्तृत खोजी

 
 
 
 
 
      

१९ खोजी नतिजाहरु

निर्णय नं. १०३१९ - उत्प्रेषण / परमादेश

 फैसला मिति:२०७६/०३/१०  संयुक्त इजलास  २२५०
 पुनरावेदक/ प्रतिवादी : रौतहट जिल्ला, साबिक मन्सरी गाउँ विकास समिति वडा नं. ५ बस्ने नन्दलाल झाको छोरा शैलेन्द्रकुमार झा बिरुद्ध विपक्षी/वादी : आयुर्वेद विभाग, टेकु, काठमाडौंसमेत

गोरखापत्रमा छपाएको सूचना स्वन्त्र तवरले पुष्टि हुन नसकेसम्म ‘सफाइ पेस गर्न लेखिएको पत्र सम्बन्धित कर्मचारीले नै पाएको हुनुपर्ने’ भनी विशेष कानूनले तोकिदिएको बाध्यात्मक कार्यविधिको पालना विभागीय सजाय गर्न पाउने अधिकारीले यस कारबाहीको क्रममा पूरा गरेको भनी मान्न मिल्ने नदेखिने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०३१८ - बन्दीप्रत्यक्षीकरण

 फैसला मिति:२०७६/०३/२४  संयुक्त इजलास  ३००२
 पुनरावेदक/ प्रतिवादी : मानबहादुर शाहीको नाति बलबहादुर शाहीको छोरा कालिकोट जिल्ला कालिका गाउँपालिका वडा नं. ५ घर भई हाल कारागार कार्यालय जगन्‍नाथदेवल काठमाडौंमा कैदमा रहेका सिंहबहादुर शाही बिरुद्ध विपक्षी/वादी : नेपाली सेना, मुकाम नेपाली सेनाको प्रधान कार्यालय, जंगी अड्डा भद्रकाली काठमाडौंसमेत

पछिल्लो ऐनले नै अघिल्लो ऐनबमोजिम भए गरेका काम कारबाहीहरूलाई निरन्तरता दिएको अवस्था हुँदा अघिल्लो ऐनबमोजिम कसुर गरेको मानिने क्रियाकलापलाई अघिल्लो ऐन खारेज भइसकेको भन्‍ने आधारमा मात्र कसुरबाट उन्मुक्ति दिन नमिल्ने । सैनिक ऐनबमोजिमको कसुर हुने कार्यलाई विस्तृत शान्ति सम्झौताले सम्बोधन गरेको अवस्था नदेखिँदा सो कसुर शान्‍ति सम्झौताको परिधिभित्र परेको भनी अर्थ गर्न मिल्ने नदेखिने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०३१७ - उत्प्रेषण / परमादेश

 फैसला मिति:२०७६/०६/०५  संयुक्त इजलास  ३४२०
 पुनरावेदक/ प्रतिवादी : काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. ४ धुम्बाराही घर भई हाल नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव पदमा राष्ट्रिय सतर्कता केन्द्र, सिंहदरबारमा कार्यरत वर्ष ५४ का लक्ष्मी जोशीसमेत बिरुद्ध विपक्षी/वादी : लोक सेवा आयोग केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौंसमेत

अवकाश भइसकेकाहरूको हकमा बढुवा सिफारिस बदर गर्नुको कुनै औचित्य हुँदैन । बढुवा भई हाल कार्यरत रहेकाहरूका हकमा बढुवा सिफारिस बदर गर्दा निजहरूलाई साबिक पदमा पदस्थापन गर्न, काम गर्न एवम् जिम्मेवारी बहन गर्न कठिनाई उत्पन्‍न हुने । राजप्रासाद सेवाबाट निजामती सेवामा प्रवेश गराइएका कर्मचारीहरूको हैसियत नेपाल प्रशासन सेवाको सामान्य प्रशासन समूहमा कार्यरत अन्य कर्मचारीहरूसरह समान हुने । सम्मानजनक रूपमा निजामती सेवामा समाहित गर्ने कुरा स्वीकार गरिसकेपछि निजहरूले उपभोग गरिरहेको पूर्वऐन नियमले प्रत्याभूत गरेको सेवाका सर्तहरू निजामती सेवा ऐनको आधारभूत व्यवस्थाअनुकूल लागू हुने गरी व्यवहार गरिनु न्यायोचित र विवेकसम्मत हुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०३१६ - निर्णय बदर

 फैसला मिति:२०७६/०५/०४  संयुक्त इजलास  ५०२०
 पुनरावेदक/ प्रतिवादी : काठमाडौं जिल्ला का.म.न.पा. वडा नं.३१ कमलादी स्थित नेपाल विकास बैंक लिमिटेडको सञ्‍चालक समितिको तत्कालीन अध्यक्ष जंगबहादुर पुनको नाति हेमबहादुर पुनको छोरा जिल्ला कास्की पोखरा उपमहानगरपालिका वडा नं.१० उत्तमचोक बस्ने उत्तमबहादुर पुन बिरुद्ध विपक्षी/वादी : नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, काठमाडौं जिल्ला का.म.न.पा. वडा नं.४ बालुवाटारसमेत

नियामक निकायले पारदर्शीरूपबाट अमुक व्यक्तिले के गरेको हो भन्ने जान्न खोजेको छ; अनुगमन वा निरीक्षणमा देखिएका कुराबारे सम्बन्धित व्यक्तिलाई आफ्नो कुरा भन्ने मौका दिएको छ; निर्णय र सोमार्फत प्राप्त गर्न खोजिएको परिणामबिच तर्कसङ्गतता छ र तथ्यको विश्लेषण र निष्कर्षलाई अभिलेखीकरण गरिएको छ भने त्यसले प्रशासनिक मौद्रिक जरिवाना (Administrative Monetary Penalty) को उद्देश्य पूरा गरेको मानिन्छ । ती सर्तहरू पूरा भएको स्थितिमा निर्णय टिप्पणीबाट गरियो वा न्यायिक निकायबाट गरिने जस्तो फैसलाको ढाँचामा निर्णय लेखिएन भन्ने कुराहरू गौण रहने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०३१५ - उत्प्रेषण / परमादेश

 फैसला मिति:२०७४/०७/३०  संयुक्त इजलास  ५०७७
 पुनरावेदक/ प्रतिवादी : जिल्ला बर्दिया, मगरगाडी गाउँ विकास समिति वडा नं. २ स्थायी घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २७ बस्ने अधिवक्ता राजीव जंग शाहसमेत बिरुद्ध विपक्षी/वादी : आन्तरिक राजस्व विभाग, लाजिम्पाट, काठमाडौंसमेत

प्रमाण ऐन, २०३१ को दफा १४ बमोजिम नियमित रूपमा खाता, बही, हिसाब, किताब वा अन्य स्रेस्तामा जनिएको कुराहरूमा राजस्व प्रशासनको पहुँच वाञ्छनीय भएको र त्यसको खाताबही हिसाब आदि भौतिक रूपमा नराखी आफ्नो सुविधा एवं पारदर्शिताको लागि कुनै कम्प्युटर सफ्टवेयरको माध्यमबाट राखिएको वा कानूनले त्यसरी लेखा राख्‍नु पर्ने बाध्यता भए त्यसमा प्रवेश गर्नु अपरिहार्य हुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०३१४ - निर्णय बदर हक कायम

 फैसला मिति:२०७५/१०/०८  संयुक्त इजलास  २४४९
 पुनरावेदक/ प्रतिवादी : कृष्णबहादुरको छोरा ललितपुर जिल्ला गोदावरी गा.वि.स. वडा नं. ९ बस्ने गणेशबहादुर घर्ती परलोक भई मुद्दा सकार गर्ने गणेशबहादुरको श्रीमती ऐ.ऐ. बस्ने श्रीमती कान्छी घर्ती बिरुद्ध विपक्षी/वादी : मानबहादुरको छोरा ललितपुर जिल्ला गोदावरी गा.वि.स. वडा नं. ९ बस्ने बलबहादुर घले

अदालतबाट घोषणा गरिएको हक निर्विवाद रूपले भोग चलन गरेको अवस्थामा सो फैसला कार्यान्वयन गराउन निवेदन नपरेकै कारणले मात्र सोमा उनाउ व्यक्तिको हक स्थापित हुन नसक्ने । अघिल्लो फैसलाद्वारा स्थापित हकलाई पछिल्लो फैसलाले मान्यता नदिएको अवस्थामा पछिल्लो फैसलालाई लोप गरी अघिल्लो फैसला कार्यान्वयन भएको कुरालाई दूषित कार्य मान्नु पर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०३१३ - उत्प्रेषण

 फैसला मिति:२०७६/०५/१५  संयुक्त इजलास  ५४०१
 पुनरावेदक/ प्रतिवादी : जिल्ला भक्तपुर, दुवाकोट गा.वि.स. वडा नं. १ घर भई महानगरीय प्रहरी प्रभाग दरबारमार्गमा दरबन्दी रही महानगरीय प्रहरी वृत्त बालाजुमा तत्काल सहायक निरीक्षक पदमा रहँदा पदबाट बरखास्त गरिएका नवराज थापा बिरुद्ध विपक्षी/वादी : प्रहरी प्रधान कार्यालय, नक्साल, काठमाडौंसमेत

बहुविवाहलाई नैतिक पतन देखिने फौजदारी कसुरको कोटीमा राखेको नदेखिँदा नैतिक पतन देखिने फौजदारी कसुर हो भनी मान्‍न मिल्ने नदेखिने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०३१२ - कर्तव्य ज्यान

 फैसला मिति:२०७५/०५/२१  संयुक्त इजलास  ७६२९
 पुनरावेदक/ प्रतिवादी : तेह्रथुम जिल्ला ओख्रे गा.वि.स. वडा नं. ५ घर भई हाल मोरङ जिल्ला शनिश्चरे नगरपालिका वडा नं. ४ घर भई हाल कारागार कार्यालय तेह्रथुममा कैदमा रहेको जीतबहादुर भन्‍ने जितेन्द्र कार्की बिरुद्ध विपक्षी/वादी : टेकबहादुर तामाङको जाहेरीले नेपाल सरकार

बकपत्रमा उल्लेख भएको मृत्युकालीन घोषणा मौकाको कागजातबाट पुष्टि हुन नसकेको अवस्था हुँदा सोलाई प्रमाणको रूपमा ग्रहण गर्न मनासिब नदेखिने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०३११ - बाँध भत्काई भागबमोजिम पानी चलन

 फैसला मिति:२०७५/०९/२७  संयुक्त इजलास  २४८५
 पुनरावेदक/ प्रतिवादी : जिल्ला पर्सा, गा.वि.स. सोनवर्षा वडा नं. ७ बस्ने मनिफ मियाको छोरा एमाम मियासमेत बिरुद्ध विपक्षी/वादी : जिल्ला पर्सा, गा.वि.स. शंकरसैया वडा नं. १ बस्ने रामनाथ दास थारूसमेत

भाठाखोला र घोडमसान खोलासमेतको जलाधार क्षेत्र, दुवै खोलाको हिउँद र वर्षात्‌मा उपलब्ध हुने र हुनसक्ने पानी, पानी सञ्चयका सम्भावनालाई दृष्टिगत गर्दै योजनाबद्ध रूपमा गुरूयोजनासमेत निर्माण गरी दुवै खोलामा स्थायी बाँध निर्माण गरी के कति पानी किसानहरूले लगेका छन् सोको नाप जाँचसमेत गरी समन्यायिक रूपमा खोलाको पानी सिँचाइको लागि लैजान समानुपातिक वितरण र उपयोगको व्यवस्था गरिनुपर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०३१० - जबरजस्ती करणी

 फैसला मिति:२०७६/०४/१६  संयुक्त इजलास  ४४३३
 पुनरावेदक/ प्रतिवादी : जुगमानी थारूको जाहेरीले नेपाल सरकार बिरुद्ध विपक्षी/वादी : जिल्ला कैलाली वलिया गा.वि.स. वडा नं. ९ बस्‍ने गोविन्द खड्का

अपराधका सम्बन्धमा समाजमा रहेको चेतनाको स्तर, आर्थिक सामाजिक परिवेश, पीडितलाई पुग्न जाने थप सामाजिक क्षति, पारिवारिक तथा सामाजिक प्रतिष्ठा, इज्जत तथा सामाजिक पृष्ठभूमि र संस्कारसमेतले असर गरेको हुने । पीडित पक्ष जाहेरवाला अदालतमा नआएको भन्दैमा स्पष्टरूपमा जबरजस्ती करणी गरेको चिह्नहरू रहेको भन्ने पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनलाई नजर अन्दाज गरी प्रतिवादीलाई सफाइ दिन नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०३०९ - बन्दीप्रत्यक्षीकरण

 फैसला मिति:२०७५/०९/३०  संयुक्त इजलास  ३७५०
 पुनरावेदक/ प्रतिवादी : गोरखा जिल्ला बारपाक सुलीकोट गाउँपालिका वडा नं. ५ बस्ने अखिल नेपाल क्रान्तिकारी हाइड्रो तथा खानी मजदुर संघका केन्द्रीय उपाध्यक्ष विकास थापाको हकमा ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं.२५ बस्ने नवराज थापा बिरुद्ध विपक्षी/वादी : महानगरीय प्रहरी परिसर, टेकु, काठमाडौंसमेत

बन्दीलाई एउटा कसुरको लागि भनी पक्राउ गरी पक्राउ पुर्जी दिने तर अर्कै कसुरमा म्याद थप गरी हिरासतमा राख्‍ने, निजको बयान लिनेबाहेक अन्य कुनै अनुसन्धान नगरी निजलाई १२ दिनसम्म हिरासतमा राख्‍ने र निवेदकलाई थुनामा नै राखी अनुसन्धान गर्नुपर्नेसम्मको उचित एवं प्रर्याप्त आधार र कारण उल्लेख नगरी भएको उक्त म्याद थपसम्बन्धी कार्यहरूसमेत कानूनसम्मत रहेको भन्न सकिने अवस्था नदेखिने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०३०८ - उत्प्रेषण / परमादेश

 फैसला मिति:२०७५/०९/०१  संयुक्त इजलास  ३२०९
 पुनरावेदक/ प्रतिवादी : पाल्पा जिल्ला, साबिक दर्लमडाँडा गा.वि.स. वडा नं. ८ (हाल बगनासकाली गा.पा. वडा नं. ५ घर भई) खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्र काठमाडौंमा रा.प.तृ.श्रेणी इन्जिनियरिङ सेवा जियोलोजी समूह जनरल जियोलोजी उपसमूहमा कार्यरत भरतप्रसाद कोइराला बिरुद्ध विपक्षी/वादी : लोक सेवा आयोग, अनामनगर काठमाडौंसमेत

निजामती सेवा ऐन, २०४९ मा मिति २०७०/१२/१२ मा भएको तेस्रो संशोधनबाट थप भएको जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा बढुवा गर्ने प्रणाली र सोको लागि विधायिकाले नै शैक्षिक योग्यता तोकेको अवस्थामा सोअगावै २०५१ सालमा लागू भएको नियमको प्रावधान आकर्षित गरिँदा विधायिकी कानून पराजित हुने । कानूनबमोजिम कार्य गर्ने सार्वजनिक निकाय एवं पदाधिकारीले कानून कार्यान्वयन गर्ने सामान्य व्यवस्था र मान्य सिद्धान्तअनुसार कानूनको व्याख्या र कार्यान्वयन गर्नुपर्नेमा ऐनको व्यवस्थालाई अनदेखा गरी नियमलाई अग्राधिकार दिई भएको कार्य विधिसम्मत देखिन नआउने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०३०७ - गौवध

 फैसला मिति:२०७५/०९/१८  संयुक्त इजलास  ३२३७
 पुनरावेदक/ प्रतिवादी : जिल्ला दैलेख, मालिका गाउँ विकास समिति वडा नं. ५ घर भई हाल कारागार कार्यालय बाँकेमा थुनामा रहेका चन्द्रबहादुर शाही बिरुद्ध विपक्षी/वादी : केशवबहादुर शाहीको जाहेरीले नेपाल सरकार

तत्कालीन मुलुकी ऐन, चौपायाको महलको १ नं. विपरीतको कसुर गरेकोले उक्त कसुरमा चौपायाको महलको ११ मा रहेको व्यवस्थाको सन्दर्भमा प्रतिवादीलाई ऐ. महलको ११ नं. बमोजिम १२ वर्षको सजाय गरेको मिलेको देखिन आए तापनि फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ५ र केही नेपाल कानूनलाई संशोधन, एकीकरण समायोजन र खारेज गर्ने ऐन, २०७४ को दफा ३९(२) (ख) बमोजिम प्रतिवादीलाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २८९ को उपदफा (२) बमोजिम कैद ३ वर्ष हुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०३०६ - परमादेश

 फैसला मिति:२०७६/०५/१६  संयुक्त इजलास  ४२०२
 पुनरावेदक/ प्रतिवादी : संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का अधिकारप्राप्त व्यक्ति ऐ. का अध्यक्ष सांग्रिला पब्लिक स्कुल जोरपाटी-४ का शिक्षक नन्दलालका छोरा मुकुन्द गौतमसमेत बिरुद्ध विपक्षी/वादी : नेपाल सरकार, शिक्षा मन्त्रालय, सिंहदरबार, काठमाडौंसमेत

संविधानमा रहेको विद्यार्थीहरूको शिक्षा प्राप्त गर्ने हकमा शिक्षकहरूले अवरोध गर्न सक्दछन् भन्ने कुरा कल्पनासम्म गर्न नसकिने । संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरूको कानूनबमोजिम दर्ता भएको ट्रेड युनियन खारेज गर्न र उसको प्रतिनिधित्वलाई निषेध गर्न मिल्ने नदेखिने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०३०५ - उत्प्रेषण / परमादेश

 फैसला मिति:२०७५/१०/०३  संयुक्त इजलास  ३१८९
 पुनरावेदक/ प्रतिवादी : जिल्ला भोजपुर माने भञ्याङ, गाउँपालिका वडा नं. १ घर भई हाल का.जि. गोकर्णेश्वर न.पा. वडा नं. ८ बस्ने अर्जुन गिरीसमेत बिरुद्ध विपक्षी/वादी : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, सिंहदरबार काठमाडौंसमेत

यातायात क्षेत्रमा नागरिकहरूलाई सरल पहुँच र सुविधा पुर्‍याउने र विकास निर्माण गर्ने दायित्व राज्यको भए तापनि यातायातमा सर्वसाधारणलाई पहुँच दिने नाउँमा हुने कुनै पनि कार्यले वातावरण, जनस्वास्थ्य र जीवनको सुरक्षामा नै प्रतिकूल असर पार्न सक्ने अवस्थामा त्यस्ता कार्यलाई रोक नलगाउने हो भने सरकारले नागरिक र कानूनप्रतिको आफ्नो दायित्व औचित्यपूर्ण र प्रभावकारी रूपमा पूरा गर्न सक्दैन र यस्तो अवस्था दिगो विकासको सिद्धान्तसमेतको विपरीत हुन जाने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०३०४ - निर्णय बदर

 फैसला मिति:२०७५/०३/३२  संयुक्त इजलास  ४०९३
 पुनरावेदक/ प्रतिवादी : रूपन्देही जिल्ला, बुटवल नगरपालिका वडा नं. १२ स्थित सन फिटिङ प्रा.लि. बिरुद्ध विपक्षी/वादी : 25-Netaji, Subash Road Punjab, India स्थित SANDEEP INDUSTRIES का तर्फबाट अधिकारप्राप्‍त का.जि.का.म.न.पा. वडा नं. ३१ बागबजारस्थित इन्टेलेक्चुअल प्रोपर्टी प्रोटेक्सन ब्युरो प्रा.लि.का सञ्‍चालक अधिवक्ता सरोजकुमार दाहाल

जाँचबुझ र छानबिन गर्दा ट्रेडमार्क दर्ता गरी प्रमाणपत्र दिन नसकिने अवस्था भएमा ट्रेडमार्क दर्ताको निवेदन पहिला दर्ता भएको भन्ने आधारमा मात्र ट्रेडमार्क प्रदान गर्न सकिने नहुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०३०३ - ट्रेडमार्क दर्तासम्बन्धी

 फैसला मिति:२०७६/०३/०९  संयुक्त इजलास  ८४१७
 पुनरावेदक/ प्रतिवादी : ९३, चन्द्रलोक प्रितमपुरा, दिल्ली अवस्थित तेजराम धरमपाल फर्मको अख्तियार प्राप्त ल.पु.जि., ल.पु.म.न.पा. वडा नं. १० बस्ने सीए के.एन. मोदी बिरुद्ध विपक्षी/वादी : झापा जिल्ला मेचीनगर न.पा. वडा नं. १२ अवस्थित श्री गणपति टोबाको प्रा.लि. को अ.प्रा. ऐ.ऐ.का सञ्चालक ऐ.ऐ. बस्ने प्रदीपकुमार आँचलिया

कुनैपनि फर्म कम्पनी वा व्यक्तिले आफ्नो Creation लाई सांकेतिक रूपबाट चिनाउन, अरूको भन्दा फरक देखाउन तथा त्यस्तो उत्पादन आफ्नो Creation हो भनी पुष्टि गर्न, प्रयोगमा ल्याइने शब्द, चिह्न वा चित्र वा यी तीनै कुराको संयुक्त रूपलाई ट्रेडमार्क भनिने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०३०२ - कर्तव्य ज्यान

 फैसला मिति:२०७६/०२/३०  पूर्ण इजलास  ७९३९
 पुनरावेदक/ प्रतिवादी : जिल्ला मोरङ पोखरिया गा.वि.स. वडा नं.६ वस्ने रमेश मण्डल गनगाईसमेत बिरुद्ध विपक्षी/वादी : श्यामप्रसाद मण्डलको जाहेरीले नेपाल सरकार

वारदातको लास जाँच प्रकृति मुचुल्का हेर्दा मृतकको नाक तथा कानबाट रगत निस्केको भन्ने देखिएको र शव परीक्षण प्रतिवेदनबाट मृतकको घाँटीमा रगत जमेको भन्ने देखिएबाट मृतकको लासमा hanging को कुनै पनि लक्षण नदेखिएको हुँदा मृतकको मृत्यु hanging को कारणले नभई strangulation कै कारणबाट भएको हो भनी मान्नु पर्ने । परिस्थितिजन्य प्रमाणको लागि तथ्यका प्रत्येक कडी एकआपसमा आबद्ध र अन्योन्याश्रित भएको हुनुपर्ने र तथ्यको कुनै एक कडीको पनि अनुपस्थिति भएमा सो प्रमाण खण्डित भएको मान्नु पर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०३०१ - उत्प्रेषण / परमादेश

 फैसला मिति:२०७६/०५/०९  वृहद पूर्ण इजलास  ७८०९
 पुनरावेदक/ प्रतिवादी : ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. ४, एकान्तकुनामा रजिस्टर्ड कार्यालय रहेको एनसेल प्रा.लि. प्राइभेट लिमिटेडको तर्फबाट अख्तियारप्राप्त अधिकृत रमेश घिमिरे बिरुद्ध विपक्षी/वादी : ठुला करदाता कार्यालय, हरिहरभवन, ललितपुरसमेत

कर निर्धारण गर्दा कर अधिकृतले कानूनी व्यवस्थाको भावना र मर्मअनुकूल हुने गरी निर्धारण गर्नुपर्छ । कर निर्धारण गर्दा न्यायोचित (Justiciable) आधारलाई वास्तविक व्यवहारमै अवलम्बन गर्न सकेको अवस्थामा मात्र कर निर्धारणको कार्यको कानूनी प्रक्रियाले पूर्णता प्राप्त गरेको मानिन जाने ।

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु