विस्तृत खोजी

 
 
 
 
 
      

२९ खोजी नतिजाहरु

निर्णय नं. १७३५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/०८/२३  डिभिजन वेन्च इजलास  २२४८
 पुनरावेदक/ प्रतिवादी : धर्मसागर तुलाधर का.जि.कमलाछी बिरुद्ध विपक्षी/वादी : कर कार्यालय काठमाडौं

(१) कम्पनिको प्रोप्राईटर दानसोभा तुलाधर भएकोमा रिट निवेदक धर्मसागर तुलाधरको नाममा कर निर्धारण गरेको आदेश कानुन अनुकूल भएको नदेखिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७३४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/०८/११  डिभिजन वेन्च इजलास  २३१५
 पुनरावेदक/ प्रतिवादी : काठमाडौं जिल्ला काठमाडौं नगरपञ्चायत वार्ड नं.१० वालाजु बस्ने रूपा श्रेष्ठ सुनसरी जिल्ला धरान न.पं.वार्ड नं.५ बस्ने शारदा मास्केसमेत बिरुद्ध विपक्षी/वादी : भूमिसुधार कार्यालय मोरङसमेत

(१) निर्णय गर्ने अधिकार नभएको कर्मचारीले पेश गरेको टिप्पणीलाई सदर भनी गरेको निर्णय न्यायिक मनको प्रयोग नगरी त्रुटिपूर्ण निर्णय गरेको भन्ने देखिने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७३३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/०८/२५  डिभिजन वेन्च इजलास  २४३३
 पुनरावेदक/ प्रतिवादी : का.जि.बालाजु स्थित दि नेपाल डिष्टीलरीज (प्रा) लि.का मार्फतबाट ऐ.को प्रबन्धक सञ्चालक ऐ.ऐ बस्ने सोली रुस्तमणी मानेक शाह बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार अन्तःशुल्क विभागसमेत

अन्तःशुल्कको सम्बन्ध उत्पादन भएको मदिरासँग रहन्छ । मदिरा उत्पादन नभएपछि त्यसमा अन्तःशुल्क लाग्ने प्रश्न नआउने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७३२ - नाता कायम

 फैसला मिति:२०४०/०८/२६  डिभिजन वेन्च इजलास  २३६४
 पुनरावेदक/ प्रतिवादी : सर्लाही जि.अडहिया गा.पं.वडा नं.३ बस्ने तपेश्वरी यादवनीसमेत बिरुद्ध विपक्षी/वादी : रौटहट जिल्ला धर्मपुर गा.पं.वडा नं.८ बस्ने महिन्द्र राय यादवसमेत

(१) कानुनले दिएको परिधि नाघेर फिरादी आफैंले कानुनको रीत पुर्या्ई देवानीमा दायर गरेको प्रस्तुत मुद्दालाई अदालत स्वयम् आफैंले फौजदारीमा परिणत गर्न नमिल्ने। (प्रकरण नं. १७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७३१ - प्रतिषेध वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 फैसला मिति:२०४०/०८/१३  डिभिजन वेन्च इजलास  २२४५
 पुनरावेदक/ प्रतिवादी : का.न.पं.वार्ड नं.३३ कमलपोखरी बस्ने शिवप्रसाद पोखरेल बिरुद्ध विपक्षी/वादी : ऐ.न्यूरोड पिपलको रुख अगाडिकै एम गार्मेन्टस नामक टेलरिङ पसल खोली बसको केदारमान श्रेष्ठ समेत

जवरजस्ती कागज गराई तारेखमा राखेको भन्ने लिखितजवाफबाट देखिँदैन । यसबाट निवेदकको हकमा आघात परेको भन्ने देखिन नआएको । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७३० - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/०८/१३  डिभिजन वेन्च इजलास  २४३३
 पुनरावेदक/ प्रतिवादी : जिल्ला कपिलवस्तु बसन्तपुर रामनगर गा.पं.वार्ड नं.२ बस्ने शत्रुघ्नप्रसाद कायस्त बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ वार्ड नं.२ बस्ने बासुदेव नाउसमेत

(१) सबूत प्रमाणको मूल्याड्ढन नै नगरी आधार समेत नदेखाई न्यायिक मनको अभावमा गरेको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७२९ - उत्प्रेषण

 फैसला मिति:२०४०/०७/२७  डिभिजन वेन्च इजलास  ३५२६
 पुनरावेदक/ प्रतिवादी : जि.दोलखा नाम्दु गा.पं.वा.नं.५ बस्ने वर्ष ५१ को हेमकुमारी सिवाकोटी बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार अर्थमन्त्रालय अन्तर्गत दोलखा मालकार्यालयका मालपोत अधिकृत

(१) अन्तिम फैसला भएको मितिले ३ वर्ष भित्र आफूले राखेको धरौटी फिर्ता लिनआएको नदेखिएको, थाहापाएको मितिले धरौटी फिर्ता लिन आउनसक्ने दण्डसजायको ५१ नं.मा व्यवस्था भएको नदेखिएको । (प्रकरण नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७२८ - उखुबालीको क्षतिपुर्ति दिलाई पाउँ

 फैसला मिति:२०३९/०८/०४  डिभिजन वेन्च इजलास  २४१८
 पुनरावेदक/ प्रतिवादी : विराटनगर नगर पं.वार्ड नं.४ बस्ने निलमप्रकास गौतम बिरुद्ध विपक्षी/वादी : मोरङ सुगर मिल्सका महाप्रवन्धक श्री धुर्वकुमार थापा

(१) सिफारिश अनुसार कर्जा पाएकै नाताबाट उक्त जमीनमा लगाएको उखु स्पष्ट शर्तको अभावमा मोरङ सुगर मिल्सले लिनै पर्छ भन्न नमिल्ने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७२७ - ज्यान कर्तव्य

 फैसला मिति:२०४०/०७/२९  डिभिजन वेन्च इजलास  २६३४
 पुनरावेदक/ प्रतिवादी : उविमान बुढामगरको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : रुकुम जिल्ला हुकाम गा.पं.वार्ड नं.४ बस्ने लाखप्रताप बूढा मगर

(१) अभियुक्तहरूले कर्तव्य गरेकै हो भन्ने अरू तथ्ययुक्त आधार मिसिल प्रमाणबाट देखिन नआएको हुँदा पुनरावेदन जिकिर पुग्न नसक्ने । (प्रकरण नं. ३०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७२६ - उत्प्रेषण

 फैसला मिति:२०४०/०८/०६  डिभिजन वेन्च इजलास  २२१४
 पुनरावेदक/ प्रतिवादी : जि.सिराहा कल्याणपुर गा.पं.वार्ड नं.८ बस्ने जनकप्रसाद साहु बिरुद्ध विपक्षी/वादी : भूमिसुधार कार्यालय सिराहाका भूमिसुधार अधिकारीसमेत

(१) निष्काशन नहुनेको कारण भन्न नसकिने, कारण दिँदा न्यायोचित तर्कसड्डत र कार्य कारण सम्बन्ध स्थापित हुनसक्ने कारण हुनुपर्ने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७२५ - उत्प्रेषण

 फैसला मिति:२०४०/०८/१२  डिभिजन वेन्च इजलास  २२२४
 पुनरावेदक/ प्रतिवादी : जिल्ला कपिलवस्तु शिवगढी गा.पं.वडा नं.७ बस्ने इर्खबहादुर पुन मगरसमेत बिरुद्ध विपक्षी/वादी : जिल्ला कपिलवस्तु शिवगढी गा.पं.वार्ड नं.२ बस्ने पलटु थारु

जग्गा खरीद गरेको भन्ने कुरा प्रत्यर्थी भूमिसुधार अधिकारी समक्ष आउन सकेको देखिँदैन । यस्तो अवस्थामा निवेदकलाई नबुझेको भनी दोष लगाउन सकिने स्थिति नहुने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७२४ - सम्बन्ध बिच्छेद

 फैसला मिति:२०४०/०८/०६  डिभिजन वेन्च इजलास  ८५५६
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पं.वार्ड नं.३ महाराजगञ्ज बस्ने माधवीदेवी राणा बिरुद्ध विपक्षी/वादी : का.जि.का.न.पं.वार्ड नं.३ महाराजगञ्ज बस्ने मे.ज. ब्रम्हशमशेर ज.ब.रा.

मुद्दा मामिला दिँदैमा ठूलो शारीरिक कष्ट हुने काम वा जाल प्रपञ्च गरेको भन्न नमिल्ने । (प्रकरण नं. २०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७२३ - उत्प्रेषण

 फैसला मिति:२०४०/०८/१९  डिभिजन वेन्च इजलास  २३३६
 पुनरावेदक/ प्रतिवादी : जि.मोरड्ड विराटनगर न.पं.वार्ड नं.३ बस्ने तेजनारायण महतो बिरुद्ध विपक्षी/वादी : जिल्ला हुलाक कार्यालय मोरंग विराटनगरको प्रवर हुलाक हाकिम प्रेमचन्द्र भण्डारीसमेत

(१) नि.से.नि., २०२१ को नियम १०.१४(२) ले व्यवस्था गरे अनुसार रिट निवेदकसँग स्पष्टीकरण नलिई निवेदकलाई निजामती सेवा नियमावली, २०२१ को नियम १०.१(६) अनुसार सरकारी नोकरीको निमित्त भविष्यमा सामान्यतया अयोग्य ठहरिने गरी नोकरीबाट बरखास्त गर्ने गरेको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७२२ - लिखत बदर

 फैसला मिति:२०४०/०८/०९  डिभिजन वेन्च इजलास  २३६९
 पुनरावेदक/ प्रतिवादी : वीरगञ्ज नगरपञ्चायत अन्तर्गत वडा नं.१३ बस्ने प्रेमबहादुर तामाङ समेत बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने धुर्वबहादुर तामाङसमेत

बिक्री गरेको लिखतमा मेरो एकलौटी हकभोगको भनी लेखिएको देखिन्छ । सगोलको आर्जन भन्ने देखिन नआएको हुनाले पुनरावेदन जिकिर पुग्न नसक्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७२१ - उत्प्रेषण

 फैसला मिति:२०४०/०८/१२  डिभिजन वेन्च इजलास  २१६०
 पुनरावेदक/ प्रतिवादी : जिल्ला कपिलवस्तु दोहनी गा.पं.वार्ड नं.४ बस्ने रामबरण कुर्मी बिरुद्ध विपक्षी/वादी : ऐ.हरनामपुर गा.पं.वार्ड नं.२ बस्ने बेचु लोनियासमेत

(१) उखडा फाराम भरेको नदेखिएको भन्दै मोही प्रमाणपत्र समेत पाइसकेको भन्ने आधारमा मोही बदर गर्नु परेन भनी गरेको निर्णय त्रुटिपूर्ण छ भन्न नसकिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७२० - लिखत बदर

 फैसला मिति:२०४०/०८/०९  डिभिजन वेन्च इजलास  २४०१
 पुनरावेदक/ प्रतिवादी : जि.खोटाङ काहुले भन्ज्याङ गा.पं.वार्ड नं.७ बस्ने जितबहादुर बस्नेत बिरुद्ध विपक्षी/वादी : जि.सुनसरी भोक्राहा गा.पं.वार्ड नं.९ बस्ने रणमाया बस्नेत क्षेत्रीनीसमेत

पितापूर्खाको पालाको होइन, निजको निजी आर्जनको हो भन्ने कुराको तथ्ययुक्त आधार प्रमाण दिनसकेको देखिँदैन । यस्तो अवस्थामा लिखत बदर हुनु नपर्ने भन्ने पुनरावेदन जिकिर पुग्न सक्दैन । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७१९ - लिखत पारित जालसाजी

 फैसला मिति:२०४०/०७/२८  डिभिजन वेन्च इजलास  २२९९
 पुनरावेदक/ प्रतिवादी : धनुषा जिल्ला जनकपुर नगरपञ्चायत वार्ड नं.१० बस्ने लक्ष्मण साहू सुडी बिरुद्ध विपक्षी/वादी : सिराहा जिल्ला ब्रम्हपुरी गा.पं.वार्ड नं.८ बस्ने बैजनाथप्रसाद साहू रौनियार

(१) जालसाजी भनी बयान गर्ने प्रतिवादीले तारेख गुजारे पनि अ.बं.१८५ क.नं.को दहाय १ बमोजिम सबूत प्रमाण बुझी त्यसतर्फ ठहर गरी सो ठहरलाई प्रमाण लगाई वादी दावीको लिखत पारित हुने नहुने के हो ? त्यसको निर्णय गर्नुपर्ने । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७१८ - कीर्ते जालसाजी

 फैसला मिति:२०४०/०७/२८  डिभिजन वेन्च इजलास  २२९६
 पुनरावेदक/ प्रतिवादी : जि.महोत्तरी भुनाहा खजुरिया गा.पं.वा.नं. ३ बस्ने सिल्टु राय यादव बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने खट्टर राय यादव

(१) जिल्ला अदालतको अन्तिम फैसलाबाट पारित भई कायम रहेको लिखतलाई प्रस्तुत कीर्ते जालसाजीको दावीबाट बदर हुने स्थिति समेत नभएको । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७१७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/०८/१९  डिभिजन वेन्च इजलास  २४७८
 पुनरावेदक/ प्रतिवादी : भ.पु.जि.ठिमी बालकुमारी गा.पं.वार्ड नं.१ बस्ने लक्ष्मीनारायण न्हुछे श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.गा.पं.वार्ड नं.१ बस्ने तुइसिं फसी श्रेष्ठ समेत

(१) न्यायिक निर्णय गर्नुपर्ने अधिकारीले निर्णय गर्दा सबूत प्रमाणको मूल्याड्ढन गरी आधार देखाई निर्णय गर्नुपर्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७१६ - लिखत बदर

 फैसला मिति:२०४०/०७/२९  डिभिजन वेन्च इजलास  २५४४
 पुनरावेदक/ प्रतिवादी : कास्की जिल्ला अमेलाछहरे पानी गा.पं.वार्ड नं.२ भीमकला उपाध्याय बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने खिमलाल आचार्य समेत

(१) वादी दावीको लिखत पारित हुँदाका अवस्था वादीको उमेर २१ वर्ष नाघेको भन्ने देखिँदैन, यस्तोमा निजको मञ्जूरी लिनुपर्ने अवस्था नदेखिने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु