विस्तृत खोजी

 
 
 
 
 
      

३३ खोजी नतिजाहरु

निर्णय नं. १९८४ - ज्यान

 फैसला मिति:२०४१/०३/१६  डिभिजन वेन्च इजलास  १९९९
 पुनरावेदक/ प्रतिवादी : वादी/पुनरावेदक : गोविन्दबहादुर सार्कीको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : विपक्षी/प्रतिवादी : जि. झापा गौरादह गा.पं. वार्ड नं. ३ बस्ने तुलबहादुर सार्की

 भात पका भन्दा नमानेकीले तत्काल उठेको रिस थाम्न नसकी मुड्कीले निजको मुख तथा छातीमा हिर्काउँदा मरेकी हो भनेको देखिँदा यस्तो अवस्थामा प्रहरी प्रतिवेदन दावी अनुसार प्रतिवादीलाई सजाय गर्नु न्यायोचित नदेखिने । (प्रकरण नं. १९

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९८३ - नक्सा बेगर ढोका गोठ बनाएको भत्काई पाउँ

 फैसला मिति:२०४०/०९/०४  डिभिजन वेन्च इजलास  २०४१
 पुनरावेदक/ प्रतिवादी : का.जि. थापाथली बस्ने महाराज कुमार मन्सुरी शमशेर ज.ब.रा. बिरुद्ध विपक्षी/वादी : ऐ घर भई हाल बानेश्वर बस्ने दावा उक्याप

 नक्सा पास गर्नुपर्ने वा नपर्ने निष्कर्षमा पुग्नलाई सो बाटो सार्वजनिक हो होइन भन्ने निर्णय हुनु पर्ने अवस्था पर्छ अधिकार प्राप्त निकायबाट बाटो सार्वजनिक वा निजी के हो सो सम्बन्धमा निर्णय नभएको स्थितिमा उक्त बाटोलाई नगरपञ्चायतले आफैं सार्वजनिक मानी गोठ र गेट भत्काउन आदेश दिएको कानून अनुरूप भएको देखिएन । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९८२ - कर्तव्य ज्यान

 फैसला मिति:२०४१/०२/२५  डिभिजन वेन्च इजलास  २१२३
 पुनरावेदक/ प्रतिवादी : : रोल्पा धोरागाउँ गा.पं. वार्ड नं. ३ थुप्पाको घर भै हाल श्री कारागार शाखा रोल्पामा थुनामा रहेको पुनाराम घर्ति क्षेत्री बिरुद्ध विपक्षी/वादी : कुवारी क्षेत्रीनीको जाहेरीले वादी श्री ५ को सरकार

 मृतकलाई प्रतिवादीले कर्तव्य गरी मारी झुण्डाएको देखिँदा निजलाई ज्यानसम्बन्धीको १३(१) बमोजिम सर्वस्वसहित जन्मकैद गरेको निर्णय मनासिब ठहर्ने । (प्रकरण नं. २१)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९८१ - दर्ता बदर हक कायम

 फैसला मिति:२०४१/०४/११  डिभिजन वेन्च इजलास  २०८८
 पुनरावेदक/ प्रतिवादी : जि. मकवानपुर हेटौंडा न.पं. वार्ड नं. ९ पशुपतिनगर बस्ने गगनसिंह रावल बिरुद्ध विपक्षी/वादी : हेटौंडा न.पं. वार्ड नं. ८ हेटौंडा औद्योगिक क्षेत्रस्थित टोबाको कम्पनीका मेनेजर ऐ औद्यगिक क्षेत्रस्थित नेपाल टोबाको कम्पनी प्रा.लि

 तामेली मितिले ३५ दिनभित्रै अदालतमा नालेश परेको देखिन्छ । हदम्याद नाघेको भन्न मिलेन । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९८० - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 फैसला मिति:२०४१/०३/३०  डिभिजन वेन्च इजलास  २१०४
 पुनरावेदक/ प्रतिवादी : जि. ललितपुर ल.पु.न.पं. वा.नं. २२ नागबहाल बस्ने चक्रराज शाक्य बिरुद्ध विपक्षी/वादी : भूमिसुधार कार्यालय ललितपुर जावलाखेल ल.पु. न.पं. वा.नं. ४ धोवीधाट बस्ने कृष्ण बहादुर बस्नेत

 भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिम साविक मोहीको शेषपछि मोही रोज्ने काम जग्गाधनीको हुने कुरा प्रष्ट छ । यस्तो अवस्थामा मोही नामसारी सम्बन्धी निर्णय गर्नु पूर्व जग्गाधनीलाई बुझी निर्णय गर्नुपर्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९७९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०३/११  डिभिजन वेन्च इजलास  १९८८
 पुनरावेदक/ प्रतिवादी : जि. सप्तरी वेल्ही गा.पं. वा.नं. ३ वेल्ही बस्ने मनमोहन झा मैथिल ब्राम्हण बिरुद्ध विपक्षी/वादी : भूमिसुधार कार्यालय सप्तरी ऐ साविक बेल्ही गा.पं. वा.नं. ३ र हाल वा.नं. १ बस्ने भू.पु. वा.स.स. सोभित यादव

 कार्यालय आफैंले तारेख टुटाएकोमा पक्षको अनुपस्थितमा निर्णय फैसला गर्न सकिन्छ भन्न नमिल्ने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९७८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/०५/०६  डिभिजन वेन्च इजलास  २०९६
 पुनरावेदक/ प्रतिवादी : का.जि. का.न.पं. वडा नं. २३ ओम बहाल बस्ने बाबुराम श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : प्रधानपञ्च कमल चित्रकार, काठमाडौं न.पञ्चायत मुकाम धर्मपथ का.जि. का.न.पं. वडा नं. १० भिमसेन गोला बस्ने डिम्फुटी शेर्पा

 हक बेहक उपस्थित भएको जग्गामा नक्सा पास हुने ठहर्याउएको नगरपञ्चायतको निर्णयमा नगरपञ्चायत ऐन, २०१९ को दफा ४९(२) को त्रुटि देखिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९७७ - उत्प्रेषणयुक्त परमादेश वा उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 फैसला मिति:२०४१/०३/१५  डिभिजन वेन्च इजलास  २१६१
 पुनरावेदक/ प्रतिवादी : जावलाखेल डिस्टिलरी प्रा.लि. ललितपुर जावलाखेलको तर्फबाट ऐ को सञ्चालक ल.पु. जावलाखेल बस्ने विजयकुमार शाह बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार अर्थमन्त्रालय काठमाडौं श्री अन्तशुल्क विभाग काठमाडौं श्री अन्तशुल्क कार्यालय डिल्ली बजार काठमाडौं का.जि. न. पं. वार्ड नं. २ गैरी धारा सरस्वती स्थान बन्धु निवास बस्ने मथुरा प्रसाद मास्के ऐ ऐ बस्ने देशबन्धु मास्के का.जि. गौशाला बस्ने दिनेशराज शर्मा का.जि. वालुवाटार बस्ने प्रकाश पाध्यानी

 रकम र सरकारी ठेक्का बन्दोबस्त ऐन, २०२० को दफा ७ को उपदफा (१) मा दफा ५ अन्तर्गत प्रकाशित सूचना बमोजिमको रीत नपुगेको टेण्डर उपर ठेक्का दिने कुराका सम्बन्धमा विचार वा कारबाही गरिने छैन भन्ने उल्लेख भएको । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९७६ - कर्तव्य ज्यान

 फैसला मिति:२०४१/०२/२९  डिभिजन वेन्च इजलास  २३४६
 पुनरावेदक/ प्रतिवादी : जि. भोजपुर सिद्धेश्वर गा.पं. घर भै भोजपुर कारागारमा थुनामा रहेको युवराज कोइराला बिरुद्ध विपक्षी/वादी : कृष्णराजको जाहेरीले श्री ५ को सरकार

 सह–अभियुक्तले पोलेको कुरा अन्य सबूत प्रमाणबाट समर्थित नभएमा सह अभियुक्तको पोलाइलाई मात्र विश्वसनीय मान्न मिलेन । (प्रकरण नं. १८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९७५ - ज्यान मारी लास दबायो

 फैसला मिति:२०४१/०२/२५  डिभिजन वेन्च इजलास  २२४४
 पुनरावेदक/ प्रतिवादी : अमृती थरूनीको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जि. कञ्चनपुर कृष्णपुर गा.पं. वडा नं. ६ बस्ने चुकन डगौरा ऐ ऐ बस्ने दुर्गा प्रसाद डगौरा ऐ वडा नं. ६ बस्ने धनीराम कामी

 चस्मदिद गवाह तथा अधिकांश सरजमीनका व्यक्तिहरूले प्रतिवादी समेतले मारेको हो भनी देखाउन सकेको छैन यस्तो अवस्थामा शुरू जिल्ला अदालतले प्रतिवादीहरूलाई सफाई दिने ठहर्यााएको ईन्साफ मनासिब छ । (प्रकरण नं. ७६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९७४ - उत्प्रेषण मिश्रित परमादेश वा उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 फैसला मिति:२०४१/०३/१५  डिभिजन वेन्च इजलास  २६१०
 पुनरावेदक/ प्रतिवादी : जाउलाखेल डिस्टिलरी प्रा.लि. ल.पु. जाउलाखेलको तर्फबाट ऐ को संचालक ल.पु. जाउलाखेल बस्ने विजयकुमार शाह बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार अन्तःशुल्क विभाग, काठमाडौं श्री ५ को सरकार, अर्थ मन्त्रालय

 इजाजतपत्र नवीकरणको लागि रीतपूर्वक म्यादैभित्र दर्खास्त दिएकोमा इजाजतपत्र नवीकरण नगर्नु जस्ता काम कारबाहीलाई कानून तथा सूचनाको शर्त अनुरूप भन्न मिलेन । (प्रकरण नं. १३

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९७३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०९/०६  डिभिजन वेन्च इजलास  २११५
 पुनरावेदक/ प्रतिवादी : जि. धनुषा देवडिहा गा.पं. वडा नं. ८ बस्ने बासुदेव झा बिरुद्ध विपक्षी/वादी : मन्त्रीपरिषद् सचिवालय सिंहदरबार निर्माण तथा यातायात मन्त्रालय, बबरमहल नि. सचिव, निर्माण तथा यातायात मन्त्रालय

 नियम ७.४ मा २० वर्ष पुग्न नपुग अवधि थप गरेर निजामती कर्मचारीलाई अवकाश दिने व्यवस्था नै छैन । (प्रकरण नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९७२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०३/१९  डिभिजन वेन्च इजलास  २३४६
 पुनरावेदक/ प्रतिवादी : जि. कैलाली धनगढी स्थित ज्ञान ईण्डष्ट्रिज प्रा.लि.को तर्फबाट ऐ को सञ्चालक मोरङ वि.न.पं. वडा नं. ८ बस्ने मोतीलाल दुगड बिरुद्ध विपक्षी/वादी : कैलाली भन्सार कार्यालय, धनगढी भन्सार विभाग, त्रिपुरेश्वर, काठमाडौं

 भन्सार महसूल नलाग्ने निर्णय भई निकासी भइसकेको मालको भन्सार महसूल छूट भएको भनी सो रकम दिलाउन कुनै कानूनले अधिकार प्रदान गरेको नदेखिने । (प्रकरण नं. ६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९७१ - कर्तव्य ज्यान

 फैसला मिति:२०४१/०३/०६  डिभिजन वेन्च इजलास  २११५
 पुनरावेदक/ प्रतिवादी : जि. सिरहा गा.पं. लक्ष्मीपुर वडा नं. १ घर भै हाल जि.का.कारागार शाखा सिरहामा कैदमा बसेको जहुरी मलाह बिरुद्ध विपक्षी/वादी : शिवनारायण यादवको जाहेरीले श्री ५ को सरकार पुनरावेदक : शिवनारायण यादवको जाहेरीले श्री ५ को सरकार

 तपसील खण्डमा ऐन बमोजिम जन्मकैद मात्र लेखिनु पर्नेमा सर्वस्वसहित भन्ने शब्द ऐन विपरीतको बढी सजाय लेखिएकोले सो शब्दको हदसम्म पूर्वाञ्चल क्षेत्रीय अदालतले गरेको फैसला मिलेको देखिएन । (प्रकरण नं. २२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९७० - ज्यान मारी लाश वेपत्ता पार्यो.

 फैसला मिति:२०४१/०३/२२  डिभिजन वेन्च इजलास  ३६१७
 पुनरावेदक/ प्रतिवादी : वलदेव वरैको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जि. सप्तरी रा.वि.न.पं. वडा नं. ६ बस्ने बलराम राउत वरै ऐ ऐ बस्ने रामेश्वर राउत वरै ऐ ऐ बस्ने सावित्री देवी वरै

 अ.बं.को २९ नं. को देहाय २ को (१) मा ज्यानसम्बन्धीको महलले सजाय हुने मुद्दा अपराध भएको ईलाकाको अड्डाबाट हेर्नु पर्छ भन्ने उल्लेख भएको पाइने । अपराध गरेको इलाका नेपाल सरहद नभई भारतीय भूमि भन्ने हुँदा खारेज गर्ने गरेको पू.क्षे.अ.को ईन्साफ मिलेकै देखिने। (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९६९ - पद कायम

 फैसला मिति:२०४१/०१/१०  डिभिजन वेन्च इजलास  १९५७
 पुनरावेदक/ प्रतिवादी : : जि.महोत्तरी मौजे मधुवा विर्ता घर भै वझाङ जिल्लाको प्रमुख जि. अ.मा पोष्टिङ भई प्र.जि. अ.वर्दिया काजमा हुँदा बर्खास्त भएको हाल वर्दिया गुलरिया बस्ने मनमोहन झा बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार मार्फत प्रशासन व्यवस्था विभाग (कर्मचारी प्रशासन शाखा) सिंहदरबार काठमाडौं

 पुनरावदेनको अन्तिम टुंगो लागेको मितिदेखि नालेश गर्ने म्याद कायम गर्ने व्यवस्था ऐनमा भएको देखिँदैन । नालेश गर्नुपर्ने म्याद बर्खास्त भएको मितिबाट गणना गर्नुपर्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९६८ - जालसाज

 फैसला मिति:२०४१/०३/०७  डिभिजन वेन्च इजलास  २८६६
 पुनरावेदक/ प्रतिवादी : जि. वाके साई गाउँ गा.पं. वडा नं. १ बस्ने नन्को खाँ पठान बिरुद्ध विपक्षी/वादी : बलदेव प्रसादको श्रीमती ऐ ऐ बस्ने कृष्णादेवी श्रीवास्तव ऐ ऐ बस्ने बलदेव प्रसाद श्रीवास्तव

 जालसाजी नठहर्या.इएको र लेनदेन व्यवहारको १० नं. अनुसार वादीको हक जति बदर हुने र थैली बढाए भनेतर्फ साक्षी प्रमाण समेतका अभावमा बढाएको नठहर्या्ई सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको ईन्साफ मिलेकै देखिने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९६७ - लागु औषधी

 फैसला मिति:२०४१/०२/१६  डिभिजन वेन्च इजलास  २३३६
 पुनरावेदक/ प्रतिवादी : रुपन्देही जिल्ला बुटवल खस्यौली न.पं. वार्ड नं. ६ खस्यौली बस्ने मानबहादुर भट्टचन बिरुद्ध विपक्षी/वादी : क. रामबहादुरको प्रतिवेदनले वादी श्री ५ को सरकार

 प्रहरी उपरीक्षक कार्यालयले खानतलासीको कारबाही गर्दा आफ्नो अन्तर्गतका कुनै कार्यालयको कर्मचारीबाट गराउन पाउनेमा कुनै प्रतिवन्ध लागेको नदेखिने । (प्रकरण नं. १८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९६६ - उत्प्रेषण

 फैसला मिति:२०४१/०३/१९  डिभिजन वेन्च इजलास  २२६२
 पुनरावेदक/ प्रतिवादी : काठमाडौं जिल्ला का.न.पं. वार्ड नं. १० बानेश्वर बस्ने श्रीराम बास्कोटा बिरुद्ध विपक्षी/वादी : सञ्चालक समिति जनकपुर चुरोट कारखाना लि. जनकपुरधाम कार्यकारणी अध्यक्ष महाप्रवन्धक जनकपुर चुरोट कारखाना लि. जनकपुरधाम नायव महा प्रबन्धक भव सागर शर्मा जनकपुर चुरोट कारखाना लि. जनकपुरधाम सचिव, संचालक समिति जनकपुर चुरोट कारखाना लि. जनकपुरधाम

 नियमले स्पष्ट व्यवस्था गरेको सजाय सम्बन्धी कार्यविधिको अनुशरण नगरी रिट निवेदकलाई बढुवा गर्ने गरेको सञ्चालक समितिको निर्णय र त्यस उपर परेको पुनरावेदन सुनी सोही निर्णयलाई सदर गरेको सञ्चालक समितिको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १०

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९६५ - कर्तव्य ज्यान

 फैसला मिति:२०४१/०३/१४  डिभिजन वेन्च इजलास  २०७३
 पुनरावेदक/ प्रतिवादी : अजमत मियाँको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जि. दाङ लालमटिया गा.पं. वा.नं. ५ रिवनता घर भै कारागार शाखा दाङमा थुनामा रहेको फरसुराम चौधरी

 आमासँग अनुचित यौन सम्बन्ध राख्ने नियामतलाई मार्ने ईरादा पूरा गर्ने क्रममा अर्को अपराध समेत हुन गएको देखिएकोले यस्तो स्थितिमा सर्वस्वसहित जन्मकैदको सजाय गर्दा चर्को पर्न जाने भएकाले प्र.लाई १० वर्ष कैदको सजाय हुने ठहर्ने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु