विस्तृत खोजी

 
 
 
 
 
      

३४ खोजी नतिजाहरु

निर्णय नं. २१३६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०९/१७  डिभिजन वेन्च इजलास  २५२९
 पुनरावेदक/ प्रतिवादी : जि. झापा गा.पं. गारामुनी वार्ड नं. ४ बस्ने पदमलाल श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : जि. झापा भद्रपुर नगर पञ्चायत वार्ड नं. १ बस्ने बद्रीलाल श्रेष्ठ भू.सु. का झापाको भू.सु. अधिकारी

 वादीले तारिख गुजारी बसेमा अ.बं. १८५ क नं. ले मुद्दा डिसमिस हुने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१३५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०९/१४  डिभिजन वेन्च इजलास  २३९१
 पुनरावेदक/ प्रतिवादी : चितवन जिल्ला मघौला गा.पं. वा.नं. ७ घर भइ हाल बर्दिया जिल्ला सोरहवा गा.पं. वा.नं. २ बस्ने अम्बिकादेवी पौडेल बिरुद्ध विपक्षी/वादी : मालपोत अधिकृत मालपोत कार्यालय, बर्दिया बर्दिया जिल्ला सोरहवा गा.पं. वा.नं. २ बस्ने जायश्वर शर्मा पौडेल भन्ने जायश्वार पौडेल चितवन जिल्ला भरतपुर नगर पञ्चायत वा.नं. १२ बस्ने शालीग्राम पौडेल बर्दिया जिल्ला सोरहवा गा.पं. वा.नं. २ बस्ने तुलसी देवी देवकोटा

 एकाको नाउँमा लालपूर्जा प्राप्त भइसकेकोलाई बदर गरी सो कि.नं. को लालपूर्जा अन्य व्यक्तिलाई दिनु पर्ने भएमा पहिले लालपुर्जा पाउने व्यक्तिलाई पनि बुझी निजको कथनलाई समेत विचार गरी निर्णय गर्नुपर्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१३४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०९/१३  डिभिजन वेन्च इजलास  २०७३
 पुनरावेदक/ प्रतिवादी : सर्लाही जिल्ला ब्रम्हापुरी गा.पं. वार्ड नं. ४ बस्ने रामएकवाल साह कलवार बिरुद्ध विपक्षी/वादी : भू.सु. अधिकारी, भूमिसुधार कार्यालय सर्लाही सर्लाही जिल्ला ब्रम्हपुरी गा.पं. वार्ड नं. ८ बस्ने राम असिस अघोरी

 पछिल्लो सालको बाली बुझाएको भनी लिएको त्यस्तो आधारलाई न्यायिक आधार भन्न मिल्ने नदेखिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१३३ - उत्प्रेषण

 फैसला मिति:२०४१/०९/३०  डिभिजन वेन्च इजलास  २१३१
 पुनरावेदक/ प्रतिवादी : जिल्ला झापा सुरुङ्गा गा.पं. वार्ड नं. ४ बस्ने नन्दलाल पाण्डे बिरुद्ध विपक्षी/वादी : भूमिसुधार कार्यालय झापा चन्द्रगढी जि. धनुषा यज्ञभूमि गा.पं. वार्ड नं. ४ बस्ने खेच बहादुर शाही ऐ ऐ बस्ने धावा मोक्तान जि. धनुषा भरतपुर गा.पं. वार्ड नं. ८ घर भर्इ हाल जि. झापा सुरुङ्गा गा.पं. वार्ड नं. ४ बस्ने सूर्य बहादुर मल्ल ठकुरी

 एकै विषयमा पहिले पर्न आएको निवेदनमा कुनै कारवाही नगरी पछि पर्न आएमा विपक्षीहरूका निवेदनबाट बिक्री वितरणमा विपक्षीहरूलाई जग्गा प्रदान गर्ने गरेको निर्णय बदर हुने। (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१३२ - जग्गा खिचोला पर्चा र दर्ता बदर

 फैसला मिति:२०४१/०९/१३  डिभिजन वेन्च इजलास  २२०३
 पुनरावेदक/ प्रतिवादी : नुवाकोट जिल्ला बेलकोट गा.पं. वडा नं. ५ तल्लोती गाउँ बस्ने तिर्थबहादुर थपलिया बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. होमनाथ मुडवरी

 नक्साको किल्लामा दुवैथरले विवाद उत्पन्न गरेको यस स्थितिमा २०० गज फरकमा जग्गा रहेको देखिन नआएको र फिल्डबुक उतारबाट पनि किल्लामा मिल्न भिड्न आएको प्रमाणित हुन आएकोले विशेष अदालतको फैसलामा लेखिएको सबूत प्रमाणबाट समेत वादी दावी पुग्न नसक्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१३१ - उत्प्रेषण

 फैसला मिति:२०४१/०९/१८  डिभिजन वेन्च इजलास  २२०५
 पुनरावेदक/ प्रतिवादी : जि.रुपन्देही परोहा गा.पं. वार्ड नं. ५ बस्ने दिपकुमारी पाण्डे बिरुद्ध विपक्षी/वादी : प्रमुख मालपोत अधिकृतज्यू मालपोत कार्यालय रुपन्देही

 ०२८ साल र ०३० सालदेखि खनजोत गरेको भन्नेसम्म भनाई भई ऐन बमोजिम हक स्थापित भएको देखाई दर्ता गर्ने माग गरेको देखिँदैन । यस्तो स्थितिमा हक बेहकको प्रश्न उपस्थित भएको भन्न मिल्दैन । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१३० - उत्प्रेषण

 फैसला मिति:२०४१/०९/३०  डिभिजन वेन्च इजलास  २११८
 पुनरावेदक/ प्रतिवादी : इलाम, नामसालिङ गा.पं. वार्ड नं. ६ बस्ने गम्भीरबहादुर पौडेल बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने नन्दकेश्वर सुवेदी भूमि सुधार कार्यालय, इलाम

 सामूहिकरुपमा नामसारी गरी लिएकोमा एकजनाले मात्र गरिदिएको भर्पाईलाई पनि रीतपूर्वकको भन्न मिल्दैन । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१२९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०९/१०  डिभिजन वेन्च इजलास  २१४९
 पुनरावेदक/ प्रतिवादी : भ.पु. जि.न.पं. वडा नं. ६ गोलमढी टोल चरेचा बस्ने सिद्धीनारायण गोर्खाली बिरुद्ध विपक्षी/वादी : भूमिसुधार शाखा भक्तपुरका शाखा अधिकृत धनेन्द्रराज शर्मा

 बाली बुझाई पाउँ भनी दर्खास्त परेपछि सो अनुसार कानुन बमोजिमको म्याद जारी गर्नुपर्ने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१२८ - जग्गा खिचोला

 फैसला मिति:२०४१/०९/१३  डिभिजन वेन्च इजलास  २४२८
 पुनरावेदक/ प्रतिवादी : नु.जि.बेलकोट गा.पं. वडा नं. ५ तल्लो ती गाउँ बस्ने तोरणबहादुर पाण्डे क्षेत्री बिरुद्ध विपक्षी/वादी : नु.जि.दाङ भैकालीका गा.पं. वडा नं. ६ पाखुरे बस्ने देवनाथ पनेरु

 एउटै जग्गा दोहोरो दर्ता देखिन आएकोले पछि दर्ता गराउने वादीको दर्ताले कानुनी मान्यता पाउन नसक्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१२७ - उत्प्रेषण

 फैसला मिति:२०४१/०९/२८  डिभिजन वेन्च इजलास  २२८३
 पुनरावेदक/ प्रतिवादी : सिरहा जिल्ला वस्तीपुर गा.पं. वडा नं. ८ बस्ने बिन्देश्वर यादव बिरुद्ध विपक्षी/वादी : जिल्ला भूमिसुधार कार्यालय सिरहाका भूमिसुधार अधिकारी श्री शम्भुप्रसाद श्रेष्ठ सिरहा जिल्ला बस्तीपुर गा.पं. वडा नं. ९ बस्ने रामेश्वर साहु तेली

 प्रमाण बुझी निर्णय गर्नुपर्नेमा नगरी गरेको भूमिसुधार कार्यालय सिरहाको निर्णय त्रुटिपूर्ण हुँदा बदर हुने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१२६ - उत्प्रेषण

 फैसला मिति:२०४१/०९/२३  डिभिजन वेन्च इजलास  २११४
 पुनरावेदक/ प्रतिवादी : जिल्ला सुनसरी न.पं. वार्ड नं. २ बस्ने हुकुमचन्द्र अग्रवाल बिरुद्ध विपक्षी/वादी : धरान नगरपञ्चायत सुनसरी प्र.पं. कृष्ण कुमार रार्इ ध.न.पं. सुनसरी ढ नं. वडाध्यक्ष शंकर प्रसाद आचार्य ऐ ऐ प्रहरी थाना धरान, सुनसरी जि. सुनसरी धरान न.पं. वडा नं. ५ बस्ने रामावतार अग्रवाल ऐ वार्ड नं. १३ बस्ने र्इन्द्र चन्द्र अग्रवाल ऐ वार्ड नं. १ बस्ने राम औतार अग्रवाल ऐ वस्ने चन्द्रिया भन्ने चन्द्रमान अग्रवाल ऐ वार्ड नं. ५ बस्ने छविलाल दास अग्रवाल

 प्रधानपञ्चको अध्यक्षतामा बसेको बैठकबाट भएको मिलापत्र कागज र सो सम्बन्धमा भएका काम कारवाही समेत क्षेत्राधिकारको अभावमा त्रुटिपूर्ण हुँदा बदर हुने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१२५ - उत्प्रेषण समेत

 फैसला मिति:२०४१/०९/०७  डिभिजन वेन्च इजलास  २१०५
 पुनरावेदक/ प्रतिवादी : का.जि.चोभार बस्ने शिवहरि थापा बिरुद्ध विपक्षी/वादी : लोकसेवा आयोग, कमलपोखरी, काठमाडौंसमेत

 निवेदककै गल्तीबाट निजलाई मर्का पर्न गएको देखिएकोले निवेदकको हक विपक्षीबाट हनन् गरिएको भन्न नमिल्ने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१२४ - उत्प्रेषण

 फैसला मिति:२०४१/०९/२३  डिभिजन वेन्च इजलास  २०२८
 पुनरावेदक/ प्रतिवादी : जि. संखुवासभा चैनपुर गा.पं. वा.नं. २ बस्ने पद्मकुमारी श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : भूमिसुधार कार्यालय झापा जि. झापा गरामनी गा.पं. वा.नं. ५ बस्ने कुकुर सिंह राजवंशी

 कानुनले तोकेको प्रावधान बमोजिम कूत बुझेको देखिन्न । साक्षीको बकपत्रको आधारमा कूत बुझेको भन्ने स्थिति नहुने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१२३ - कर्तव्य ज्यान

 फैसला मिति:२०४१/०९/१३  डिभिजन वेन्च इजलास  २२९६
 पुनरावेदक/ प्रतिवादी : हरिबहादुर राईको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जि. नुवाकोट नर्जा गणेश स्थान घर भै हाल के.का. कारागार शाखामा थुनामा बस्ने गोविन्द गिरी

 प्रमाण सम्बन्धी ऐन, २०३१ को दफा २५(२) बमोजिम वादी दावी प्रमाणित गर्ने भार वादीको हुने । (प्रकरण नं. २०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१२२ - उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०९/११  डिभिजन वेन्च इजलास  २०१५
 पुनरावेदक/ प्रतिवादी : जिल्ला धनुषा, गोविन्दपुर गा.पं. वा.नं. ९ मगुराहा बस्ने पञ्चुव्याहुत सुँडी बिरुद्ध विपक्षी/वादी : भूमिसुधार अधिकारी, भूमिसुधार कार्यालय धनुषा जि. धनुषा, गोविन्दपुर गा.पं. ९ वा.नं. मगुराहा बस्ने लक्ष्मेश्वर साहु व्याहुत सुँडी

 अंश नछुट्टिएको अवस्थामा नै विवादित जग्गाको मोही प्रत्यर्थी भएकोलाई निज उपर्युक्त बमोजिमको मोहीको परिभाषाभित्र परेको भन्न मिल्ने नदेखिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१२१ - उत्प्रेषण

 फैसला मिति:२०४१/०८/२९  डिभिजन वेन्च इजलास  २१३७
 पुनरावेदक/ प्रतिवादी : का.प.जि.बनेपा न.पं. वडा नं. १ बस्ने कार्जिप्रसाद बेदार श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : जिल्ला कार्यालय भूमि सुधार शाखा काभ्रेका का.मु. शाखा अधिकृत श्री बासुदेव रिमाल का.प. जि. न.पं. वडा नं. १ बस्ने ज्ञान दास मल्ली

 साविकमा के कति कूत लिने दिने गरेको त्यस्तो प्रमाण फैसलामा उल्लेख नगरी गरेको निर्णय कानुन अनुरुप नहुने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१२० - हकसफा

 फैसला मिति:२०४१/०९/२४  डिभिजन वेन्च इजलास  २०३६
 पुनरावेदक/ प्रतिवादी : रूपन्देही जिल्ला सिलोटिया गा.पं. वडा नं. ३ बस्ने गणेशलाल भैया मरी मु.सु.गर्ने विहारीलाल भैया श्रीवास्तव बिरुद्ध विपक्षी/वादी : ऐ. मर्चवारकटवा गा.पं. वा.नं. १ बस्ने अमरनाथ दुवे ऐ ऐ बस्ने समानाथ दुवे ऐ ऐ बस्ने तयनाथ दुवे ऐ सिलोटिया गा.पं. वडा नं. ३ बस्ने महादेव प्रसाद भैया

 थैली थाहा पाएपछि म्यादभित्रै धरौटी राखेको अवस्थामा निखन्न पाउँदैन भन्न नमिल्ने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २११९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०९/०३  डिभिजन वेन्च इजलास  २१०१
 पुनरावेदक/ प्रतिवादी : जि.दाङ विजौरी गा.पं. वा.नं. ३ मानिकपुर बस्ने टेकबहादुर पुन मगर बिरुद्ध विपक्षी/वादी : दाङ जिल्ला पञ्चायत न्यायिक समिति, जिल्ला पञ्चायत कार्यालय दाङ विजौरी गाउँ पञ्चायत गाउँ न्यायिक समिति, विजौरी गाउँ पञ्चायत कार्यालय दाङ हेमन्तपुर जि. दाङ विजौरी गा.पं. वा.नं. ३ मनिकापुर बस्ने छबी कुमार पौडेल ऐ ऐ बस्ने श्रीधर पौडेल ऐ ऐ बस्ने राम बहादुर वली ऐ ऐ बस्ने चन्द्र बहादुर वली

 ऐनमा उल्लेख भएको प्रकृया बमोजिम गठन भएको न्यायिक समितिले मात्र दफा ४१ को उपदफा (१) अन्तर्गतको मुद्दा हेर्न सक्षम हुने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २११८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०९/२०  डिभिजन वेन्च इजलास  २१४१
 पुनरावेदक/ प्रतिवादी : जिल्ला लमजुङ गाउँशहर गा.पं. वा.नं. ६ धुपी चौर बस्ने नेत्रनाथ बराल ऐ ऐ बस्ने मुक्ति नाथ बराल ऐ ऐ बस्ने केदार नाथ बराल ऐ ऐ बस्ने नरहरी शर्मा बराल बिरुद्ध विपक्षी/वादी : श्री जिल्ला पञ्चायत लमजुङ न्याय समिति, जिल्ला पंचायत लमजुङ जि. लमजुङ गाउँ शहर गा.पं. वा.नं. ६ तालफाँट बस्ने कलमबहादुर कडेल क्षेत्री

 ३ जना भएको न्यायिक समितिमा २ जना मात्र उपस्थित भएर निर्णय गर्न पाउने अधिकार कानुनले प्रदान गरेको पाइँदैन । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २११७ - जालसाजी

 फैसला मिति:२०४१/०३/२२  डिभिजन वेन्च इजलास  २०४७
 पुनरावेदक/ प्रतिवादी : जिल्ला काठमाडौं न.पं. काठमाडौं वडा नं. १७ ठहीटी बस्ने रामबहादुर राजभण्डारी ऐ ऐ बस्ने चैनबहादुर राजभण्डारी बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने केशरबहादुर राजभण्डारी

 म समेतका हकदार अंशियार नदेखाई अदालतमा दिएको दर्खास्त, जालसाजबाट तामेल गराएको म्याद बदर गरिपाउँ भन्ने दावी कीर्ते कागजको परिभाषाभित्र रहेको नदेखिने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु