विस्तृत खोजी

 
 
 
 
 
      

३० खोजी नतिजाहरु

निर्णय नं. ३०८० - उत्प्रेषणको आदेश जारी गरिपाउँ ।

 फैसला मिति:२०४४/०४/१७  एक न्यायाधीशको इजलास  १९९५
 पुनरावेदक/ प्रतिवादी : निवेदक : का.न.पं.वडा नं. १४ कूलेश्वर बस्ने पूर्ण लक्ष्मी श्रेष्ठ । बिरुद्ध विपक्षी/वादी : विपक्षी : परराष्ट्र मन्त्रालयका सचिव नरेन्द्रविक्रम शाह । अतिथि सत्कार विभागका निमित्त महा-निर्देशक भजोकृष्ण तमोट ।

निजामती सेवा नियमावली, २०२१ को नियम १०.११ अनुसार परिक्षणकालको अवधिमा नियुक्ति भएकोलाई निजको कुनै दोष अथवा अनुपयुक्तताले गर्दा परिक्षण कालको अवधिभित्र अथवा परिक्षणकालको अवधिको अन्तमा कुनै निजामती कर्मचारीको नोकरी अन्त गर्नु परेमा नियम ११.९ तथा १०.१० को कार्यविधि अपनाउनु नपर्ने अर्थात् स्पष्टीकरण माग नगरिकन पनि अन्त गर्न सकिने । (प्रकरण नं. ५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३०७९ - ज्यान

 फैसला मिति:२०४४/०१/२९  संयुक्त इजलास  २२०४
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/प्रतिवादी:झापा गारामनी गा.पं.वार्ड नं.३ घर भै हाल चन्द्रगढी कारागारमा थुनामा रहेका प्रल्हाद भन्ने कमल कार्की । बिरुद्ध विपक्षी/वादी : विपक्षी/वादी: ध्रुव कुमार सुवेदीको जाहेरीले श्री ५ को सरकार ।

मुलुकी ऐन अ.बं. १७६ नं. हेर्दा गैह्र मुद्दामा अभियोग लागेको मानिस फैसला नहुँदै मर्यो१ भने सो मर्नेलाई खत वापत लाग्दैन, सकार गरेको मुद्दामा पनि सकार गर्ने व्यक्तिलाई सो सकार गरेको नाताले मात्र अपराधी ठहर्यानउन हुँदैन । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३०७८ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४३/११/१०  संयुक्त इजलास  २१२१
 पुनरावेदक/ प्रतिवादी : निवेदक : भ.पु.जि.चपाचो गा.पं. वार्ड नं. २ कुण्डोल बस्ने डम्बरबहादुर खड्का । बिरुद्ध विपक्षी/वादी : विपक्षी :माननीय निर्माण तथा यातायात राज्यमन्त्री श्री प्रसाद बुढाथोकी । निर्माण तथा यातायात मन्त्रालय,बबर महल । काठमाडौं नगर विकास योजना कार्यान्वयन समिति,भक्तपुर

निर्देशिकामा व्यवस्था भएका कुराहरू सम्म उल्लेख नभएकोमा ऐन नियम प्रतिकूल हुने गरी निर्माण गरी सो उल्लंघन भएको भनेर कुनै आधार कारण नखोली गरेको प्रत्यर्थी काठमाडौं नगर विकास योजना कार्यान्वयन समिति भक्तपुरको निर्णय र सो सदर गर्ने गरेको प्रत्यर्थी माननीय निर्माण तथा यातायात राज्यमन्त्रीबाट भएको पुनरावेदन फैसला समेत मनासिब भन्न नमिल्ने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३०७७ - कर्तव्य ज्यान

 फैसला मिति:२०४३/१०/०५  संयुक्त इजलास  २६९१
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/वादी: भरत तेलीको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : विपक्षी/प्रतिवादी: जि.नवलपरासी रामनगर गा.पं. वा.नं.८ बस्ने जनक नारायण शाह । ऐ.ऐ बस्ने सुरेन्द्र विक्रम शाह । ऐ.ऐ बस्ने जिव विक्रम शाह । ऐ.ऐ बस्ने रेख विक्रम शाह । ऐ.ऐ बस्ने देव विक्रम शाह । ऐ.ऐ बस्ने बोध नारायण शाह ।

एक पटक स.स.अ. तथा प्रहरीको संयुक्त अभियोग पत्र दायर भइसकेपछि पुनः सोही विषयमा उही प्रतिवादीहरू उपर अर्को अभियोग लगाई अभियोग पत्र दायर गर्न पाउने कानूनी व्यवस्था भएको नपाइने । (प्रकरण नं. २३) प्रहरीको संलग्नता नभएको अभियोग पत्रलाई रीतपूर्वकको मान्न नमिल्ने । (प्रकरण नं. २३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३०७६ - हक कायम लिखत बदर

 फैसला मिति:२०४३/०९/०९  संयुक्त इजलास  २१५९
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/वादी: जिल्ला कास्की पो.न.पं. वडा नं. ५ पस्याङ बस्ने गीरा कोइराला । बिरुद्ध विपक्षी/वादी : विपक्षी/प्रतिवादी: ऐ.ऐ. बस्ने रमादेवी कोइराला । ऐ.ऐ बस्ने शंकर प्रसाद कोइराला ।

अदालतमा मुद्दा नपरी घरसारको रजिष्ट्रेशन पारीत भएको बण्डापत्रमा अंशबण्डाको २० नं. को त्रुटि हुने अवस्था नै भएन बिज माना ।।२ को जग्गा मध्ये बिज माना ।।१ को जग्गा अंशियारको अंश भागमा पर्ने भन्ने उल्लेख भएको अवस्थामा बाँकी बिज माना ।।१ को जग्गाको सम्बन्धमा वादीलाई जानकारी भएन र बण्डापत्रमा जग्गा नै उल्लेख गरेन भन्न मिलेन । (प्रकरण नं. ९) दावीको जग्गा राजीनामा गरिसकेपछि मात्र दपोटमा उजूर गरेको देखिँदा सगोलको सम्पत्ति किने बेचेको अवस्थामा वा सगोलमा रहँदाको अवस्थामा मात्र लेनदेन व्यवहारको १० नं. अन्तर्गत उजूर लाग्ने हुँदा लेनदेन व्यवहारको १० नं. को त्रुटि भएको भन्न पनि मिलेन । (प्रकरण नं. ९) छुट्टी भिन्न भएको अंशियारले हस्तान्तरण भई सकेको सम्पत्ति लिखत बदर गराउन पाउँछ भन्न मिलेन । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३०७५ - उत्प्रेषण

 फैसला मिति:२०४४/०२/०८  संयुक्त इजलास  २८४३
 पुनरावेदक/ प्रतिवादी : निवेदक : काठमाडौं नगरपञ्चायत वार्ड नं. १७ कुरले चौउर बस्ने भैरवप्रसाद उपाध्याय भट्टराई । बिरुद्ध विपक्षी/वादी : विपक्षी : श्री ५ को सरकार मन्त्रीपरिषद् सचिवालय। श्री ५ को सरकार सामान्य प्रशासन मन्त्रालय । श्री ५ को सरकार अर्थ मन्त्रालय । श्री ५ को सरकार अर्थ मन्त्रालय भंसार विभाग

पर्चामा के कति कारणबाट सफाईको सबुद पेश गर्ने मौका दिँदा अव्यवहारिक हुने हो सो नखुलाएको वा कारण उल्लेख गरेकै भए पनि दिइएको कारण मनासिब नदेखिएमा त्यस्तो पर्चाको आधार लिई सफाईको सबुद पेश गर्ने मौकासम्म पनि नदिई गरेको निर्णयलाई कानूनसंगत मान्न नमिल्ने । (प्रकरण नं. १३) नि.से.नि., २०२१ को नियम १०.९(३) मा नै सजायँको आदेशको एकप्रति नक्कल सम्बन्धित व्यक्तिलाई विना दस्तुर दिइनेछ भन्ने किटानी व्यवस्था भएकोले यस अवस्थामा कागज जाँचको ऐनको १७ नं. को आधार लिई नक्कल नपाउने भनी नदिएको कानून मिल्दो नदेखिने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३०७४ - लिखत बदर

 फैसला मिति:२०४३/०८/०९  संयुक्त इजलास  २०६५
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/वादी: ल.पु.जि.चापागाउँ गा.पं. वडा नं. ६ ताहाखेल बस्ने रामकुमार विष्ट बिरुद्ध विपक्षी/वादी : विपक्षी/प्रतिवादी: ल.पु.चापागाउँ गा.पं. वडा नं. ६ बस्ने सानुनानी विष्टिनी ऐ.ऐ. वडा नं.४ बस्ने मुकुन्द प्रसाद आचार्य ।

सगोल अंश हकको जग्गा बकसपत्र गरी दिँदा सगोलको अंशियारको मन्जूरी लिन पर्ने । (प्रकरण नं. १३

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३०७३ - लिखत बदर ।

 फैसला मिति:२०४३/०७/२७  संयुक्त इजलास  २१३९
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/प्रतिवादी: जिल्ला प्यूठान सारी गा.पं. वार्ड नं. ५ तल्लासारी बस्ने सावित्री जैशीनी । बिरुद्ध विपक्षी/वादी : विपक्षी/वादी: ऐ.ऐ. बस्ने मित्रा देवी अधिकारी

विशेषज्ञबाट सहिछाप जाँच गराइएकोमा पनि अन्तर साक्षी पुनारामको नाउँमा लागेको ल्याप्चेको जात विवाद रहित पुनारामले २०३१।११।१०।७ मा दिएको राजीनामा ७ नं. फारामको महलमा लागेको पुनरामको ल्याप्चे सहिछापको जातै नमिलेको भनी विशेषज्ञ अदालतमा आई बकपत्र गर्दा समेत स्पष्ट भनेबाट सो ल्याप्चे पुनारामको भन्न नमिल्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३०७२ - लेनदेन ।

 फैसला मिति:२०४४/०२/१८  संयुक्त इजलास  २८२२
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/वादी: जि.धनुषा, जनकपुर नगरपञ्चायत वडा नं. ९ स्थित जनकपुर चुरोट कारखाना लि.को तर्फबाट ऐ.ऐ. को कार्यकारी अध्यक्ष देवेन्द्र बहादुर शाह। बिरुद्ध विपक्षी/वादी : विपक्षी/प्रतिवादी: पर्सा जिल्ला, वीरगञ्ज नगरपञ्चायत वडा नं. ११ मिना बजार बस्ने सुन्दरबहादुर गोर्खाली । पुनरावेदक/प्रतिवादी: सुन्दरबहादुर गोर्खाली ।

बाँकी रुपैयाँ नबुझाएकोले विपक्षी प्रतिवादीबाट दिलाई पाउँ भन्ने वादीको मुख्य फिराद जिकिर भएकोले प्रस्तुत विवादलाई करार कार्यान्वयन सम्बन्धी मुद्दाको समकक्षमा राख्नु पर्ने अवस्था भएको नपाइने । (प्रकरण नं. १४) भुक्तानी पाउने वालाले रकम भुक्तानी गरी फछ्र्यौट गर्न बराबर ताकेता गर्दा पनि भुक्तानी नदिई आखिरीमा आएर आचरणबाट समेत रकम भुक्तानी दिन इन्कार गरेको देखिएकोले यस स्थितिमा विन्तिपत्रमा उल्लेख भएको व्यहोरालाई साँचो नै मान्नु पर्ने र म्याद थामी पाएको मान्नु पर्ने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३०७१ - कर्तव्य ज्यान

 फैसला मिति:२०४३/११/०६  संयुक्त इजलास  २३०४
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/वादी: कालो पुनको जाहेरीले श्री ५ को सरकार । बिरुद्ध विपक्षी/वादी : विपक्षी/प्रतिवादी: जि.रुकुम नुवाकोट गा.पं. वार्ड नं. १ नाउँको बस्ने झुपे राना समेत ।

मृतकले जग्गा आफ्नो बाबुलाई नदिई देवरलाई घरसारमा दिई भन्ने रीसले आफ्नो घरमा बोलाई अमानुसिक किसिमबाट हत्या गरेकोमा कसको चोटबाट मृतक अमृतीको प्राण गएको हो सो खुल्न नआएकोले प्र. झुपे राना र प्र.देवबहादुर रानालाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) अनुसार जन्मकैद र प्रतिवादी दुर्गी रानाले मार्न संयोग पारी दिन निमित्त मृतकको जिउ हात खुट्टा समाती राखेको देखिनाले प्र.दुर्गी रानालाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(४) बमोजिम जन्मकैद गर्ने इन्साफ मनासिब ठहर्छ । (प्रकरण नं. २०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३०७० - अंश

 फैसला मिति:2043/11/03  संयुक्त इजलास  २३२५
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/प्रतिवादी: जि.बारा गंजभवानीपुर गा.पं. वडा नं. ८ बस्ने मीश्रीलाल साह कानु। बिरुद्ध विपक्षी/वादी : विपक्षी/वादी: ऐ.ऐ. बस्ने मटुक साह कानु ।

एका सगोलको सम्पत्ति नै अंशियारमा भागबण्डा हुनु पर्ने सम्पत्ति हो, प्रतिवादीले तायदातीमा निजी आर्जनको भनी देखाएको देखिन्छ तापनि निजी आर्जनको हो भन्ने सबुद निजले पेश गर्न सकेको देखिँदैन, निजी आर्जनको सम्पत्ति भागबण्डा नलाग्ने भन्ने ऐनको संशोधन पछि मात्र निजी आर्जनको सम्पत्ति भाग बण्डा नलाग्ने हुँदा प्रतिवादीले तायदातीमा खुलाई देखाएको सगोलको सम्पत्ति अंश भाग लाग्ने नै देखिन आयो । (प्रकरण नं. १३) भूमिसुधारको फैसला स्वतन्त्र रुपमा भएको देखिँदैन, किनभने शुरु जि.अ.को फैसलाको परिणाममा पहिलो फैसला भएको तथा क्षेत्रीय अदालतको फैसला पछि दोश्रो फैसला भएको छ, जुन फैसलाले अदालतको फैसलामा प्रतिकूल असर पार्न नसक्ने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३०६९ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ।

 फैसला मिति:२०४३/०९/२८  संयुक्त इजलास  २२७२
 पुनरावेदक/ प्रतिवादी : निवेदक : काठमाडौं जिल्ला का.न.पं. वार्ड नं. ३० भोटाहिटी टोल बस्ने वर्ष ६९ की चन्द्रकुमारी श्रेष्ठ । बिरुद्ध विपक्षी/वादी : विपक्षी : श्री ५ को सरकार निर्माण तथा यातायात मन्त्रालय, बबरमहल। श्री काठमाडौं उपत्यका नगर विकास योजना कार्यान्वयन समिति माइतीघर,काठमाडौं ।

कानूनी निकायले निर्णय गर्दा तजबिजी अधिकार प्रयोग गर्दा पनि कानून बमोजिम निर्णय गर्नु पर्ने हुन्छ साथै ऐन बमोजिम निर्णय गर्दा समान व्यक्तिहरूलाई समान संरक्षण दिनु पर्ने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३०६८ - कीर्ते

 फैसला मिति:२०४३/०९/०६  संयुक्त इजलास  २२१४
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/प्रतिवादी: का.जि.का.न.पं. वा.नं. २ लाजिम्पाट बस्ने माधव प्रसाद उपाध्याय। ऐ.वा.नं २९ बकैनापाटी बस्ने लीलादेवी थपलिया बिरुद्ध विपक्षी/वादी : विपक्षी/वादी: गुल्मी अर्ताथोक तोस घर भई का.जि.का.न.पं.वा.नं. १७ क्षेत्रपाटी डेरा गरी बस्ने माधवप्रसाद उपाध्याय अर्याल ।

पुनरावेदन तहबाट नै निर्णय गर्न सकिने हुनाले एक पटक बोलिसकेको कुरामा नै पुनः निर्णय गर्न पठाउने गरेको फैसला बदर हुने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३०६७ - उत्प्रेषणयुक्त परमादेश सहित जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४३/०६/१२  डिभिजन वेन्च इजलास  २१४८
 पुनरावेदक/ प्रतिवादी : निवेदक : झापा जि.घैलाडुवा गा.पं. वडा नं. ७ बस्ने कृष्णानन्द गिरी। बिरुद्ध विपक्षी/वादी : विपक्षी : प्रहरी चौकी, घैलाडुवा, झापा। झापा जिल्ला चारपाने गा.पं वार्ड नं.३ बस्ने मोहन राजवंशी। ऐ.ऐ बस्ने जमुलाल राजवंशी। ऐ. घैलाडुवा गा.पं वडा नं.७ बस्ने शैशलाल राजवंशी। ऐ.ऐ बस्ने जि.पं.स गंगा प्रसाद प्रसाई। ऐ.ऐ बस्ने दिपक पोखरेल। ऐ.ऐ बस्ने राजेन्द्र पोखरेल। ऐ. डागीवाडी गा.प. बस्ने हंश नारायण चौधरी। जिल्ला प्रहरी कार्यालय,झापा।

प्रत्यर्थीहरूले गरेको भनिएको काम कारवाहीका सम्बन्धमा जाहेरी दिन जाँदा प्रहरी चौकीले दर्ता नगरेको भए हुलाक मार्फत समेत पठाउन सकिने अवस्था नभएको होइन । त्यसरी अन्य बाटो पहिल्याउने अवस्था छँदाछँदै सो तर्फ नगई दर्ता गरेन भन्ने भनाईलाई मात्र पत्यार लाग्दो मान्न नसकिने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३०६६ - घरबाट उठाई निष्कासन गरिपाउँ

 फैसला मिति:२०४३/११/११  संयुक्त इजलास  २०६८
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/वादी: का.जि.का.न.पं. वडा नं. ३२ रामशाहपथ पुतलीसडक बस्ने दलबबहादुर कार्की। बिरुद्ध विपक्षी/वादी : विपक्षी/प्रतिवादी: ऐ.ऐ. बस्ने दिलिपकुमार कार्की

घर पसलबाट बसिरहेका मानिसलाई कुनै व्यहोराले उठाउन पर्ने भएमा ३५ दिन अगावै सूचना दिई उठाउन पाउने । (प्रकरण नं. ११

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३०६५ - उत्प्रेषण

 फैसला मिति:२०४३/०९/१०  संयुक्त इजलास  २१४८
 पुनरावेदक/ प्रतिवादी : निवेदक : का.जि.का.न.पं. वार्ड नं. ४ चण्डोल बस्ने राजेन्द्र बहादुर बस्नेत। बिरुद्ध विपक्षी/वादी : विपक्षी : श्री ५ को सरकार मालपोत विभाग। मालपोत कार्यालय,काठमाडौं। जि.पर्सा वीरगंज न.पं. वडा नं.११ बस्ने मोहन प्रसाद लाखे। का.न.पं.वार्ड नं.२१ बस्ने तुल्सी बहादुर प्रधान। ऐ.ऐ बस्ने राम कृष्ण प्रधान।

दुवै थरको निवेदन परेपछि एकाको निवेदन अर्कालाई सुनाई त्यसमा दुवै थरको प्रतिवाद सुनी दुवै निवेदनमा निर्णय गर्ने अधिकारीले बेग्लाबेग्लै निर्णय आफैंले गर्नु पर्ने । (प्रकरण नं. ११) कानून बमोजिम निर्णय गर्ने अधिकार प्राप्त अधिकारीले कुनै कानूनले निर्दिष्ट गरे बमोजिम निर्णय गर्दा सबुद प्रमाणको मूल्यांकन गरी न्यायिक मनको प्रयोग गरी आफू निष्कर्षमा पुगेको कुरा उल्लेख गर्नु पर्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३०६४ - उत्प्रेषण

 फैसला मिति:२०४३/०८/१९  संयुक्त इजलास  २२३१
 पुनरावेदक/ प्रतिवादी : निवेदक : जि.प्र.का.कलैया मातहत सिमरौनगढ थानाका प्रहरी पद्म बहादुर बुढाथोकी। बिरुद्ध विपक्षी/वादी : विपक्षी/प्रत्यर्थी : जि.प्र.का. ओखलढुंगा। सगरमाथा अञ्चल प्र.का.राजविराज। ऐ.कार्यालय प्र.नि.नरेश कुमार सिंह लामा। ऐ.कार्यालय प्र.उ.नि.मोतिलाल बोहरा। पूर्वान्चल क्षे.प्र.का. का प्रहरी नायव महानिरीक्षक रण बहादुर चन्द।

विभागीय वर्खास्त गर्ने सम्बन्धमा दिइने निर्णय अर्ध न्यायिक अधिकार भएको हुँदा यस्तो निर्णय गर्न पाउने अधिकारी आफैंले सफाई पेश गर्ने मौका दिई सबुद प्रमाण समेतको मूल्यांकन गरी आफ्नो राय उल्लेख गरी निर्णय गर्नु पर्ने । (प्रकरण नं. ६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३०६३ - हिसाब दिलाई पाउँ

 फैसला मिति:२०४३/१२/२६  संयुक्त इजलास  २८६०
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/वादी: का.जि.का.न.पं वडा नं. ११ थापाथली बस्ने होटल लुम्बिनी प्रा.लि.का. सञ्चालक सोमराज गौतम । बिरुद्ध विपक्षी/वादी : विपक्षी/प्रतिवादी: नेपाल औद्योगिक विकास कर्पोरेशन, दरवार मार्ग, काठमाडौं

वादीले दावी लिँदा वादीले जुन ऐन र दफाहरूको आधारहरू लिएका छन् सो दफाहरूमा कुनैमा पनि यस किसिमको दावी लिई फिराद दिन पाउने व्यवस्था नभएको हुँदा प्रस्तुत फिरादबाट इन्साफ दिन नपर्ने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३०६२ - उत्प्रेषण

 फैसला मिति:२०४३/१२/१०  संयुक्त इजलास  २०३४
 पुनरावेदक/ प्रतिवादी : निवेदक : जि.पर्सा चैनपुर (बहुवारी) वीरगञ्ज स्थित नारायणी राइस मिल्स प्रा.लि.को तर्फबाट अधिकार प्राप्त शुल्कबहादुर उप्रेती । बिरुद्ध विपक्षी/वादी : विपक्षी : श्री ५ को सरकार कर विभाग, लाजिम्पाट। श्री ५ को सरकार उद्योग विभाग,काठमाडौं। श्री कर कार्यालय,वीरगन्ज ।

०३२।१२।१६ मा इजाजत प्राप्त गरी ०३४।१०।२४ देखि उत्पादन शुरु गरेको देखिन्छ, आधुनिक किसिमको उद्योग हो भन्नेमा कुनै विवाद देखिन्न, प्रस्तुत उद्योगको स्थिर पुँजी २५ लाख भन्दा बढीको भन्ने पनि देखिन्छ, यस्तो स्थितिमा औ.व्य. ऐन, ०३० को दफा ८(ग) तथा दफा ९ (१)(ग)(१) तथा दफा ९(३)(ख) को अनुसूची २ र ऐ. ऐन, ०३८ को दफा १४(१) समेतको विपरीत हुने गरी ०३४ साल माघ देखि मात्र उत्पादन शुरु गरेको मितिले ५ वर्ष सम्म आयकर लाग्न नसक्ने प्रष्ट देखिने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३०६१ - लागु औषधि निकासी

 फैसला मिति:२०४४/०४/१५  संयुक्त इजलास  २३१२
 पुनरावेदक/ प्रतिवादी : वादी: त्रिभुवन विमानस्थल भन्सार कार्यालयको पत्रले वादी श्री ५ को सरकार। बिरुद्ध विपक्षी/वादी : प्रतिवादी: थोमस कोनेन।

विदेशी हुँदा भागी जाने सम्भावना भएको भनी तारेखमा छाड्न इन्कार गर्नाको आधार खुलाई इन्कार गरेको कुरालाई अ.बं. १९४ नं. को (४) र (५) को विपरीत भयो भनी भन्न सकिने अवस्था देखिँदैन । (प्रकरण नं. ४)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु