१७ खोजी नतिजाहरु
प्रतिवादी वद्री प्रसाद पाण्डे अदालत समक्ष आरोपित कसुरमा इन्कार रहेको र इन्कार रहने कारणमा औषधी उपचार भई रहेको अवस्था उल्लेख भएको देखिन्छ । एलेवी लिए तर्फ तत्काल मूल्याङ्कन हुने नभई मुद्दा किनारा हुँदाका वखत मूल्याङ्कन हुने विषय हुन आउँछ । तत्काल प्राप्त प्रमाणको आधारमा मात्र थुनछेक तर्फ विचार गर्नु पर्ने देखिंदा तत्काल प्राप्त प्रमाणबाट निजलाई थुनामा राखी मुद्दा पुर्पक्ष गरिनु पर्ने सम्मको आधार प्रमाण पुगेको नदेखिंदा पछि वुझ्दै जांदा देखिन आएको आधार प्रमाणबाट थुनछेक तर्फ विचार गर्न मिल्ने नै देखिंदा हाल प्राप्त प्रमाणको आधारले मात्र प्रतिवादी वद्रि प्रसाद पाण्डेलाई मुद्दा पुर्पक्षको लागि थुनामा राख्नु पर्ने स्थिति नदेखिंने ।
पूर्ण पाठ हेर्नुहोस्
पुनरावेदक/ प्रतिवादी : निवेदकः कपिलवस्तु जिल्ला मोतीपुर गा.वि.स. वडा नं. ३ वनगाई वस्ने कृष्ण प्रसाद वेलवासे । बिरुद्ध विपक्षी/वादी : विपक्षीः श्री कार्य समिति यातायात मजदुर भलाई कोष, मुकाम रुपन्देही जिल्ला वुटवल नगरपालिका वार्ड नं. ७ हाटवजार समेत जना ३ ।
विवादित विधान व्यवसायिक रुपमा सँगठित यातायात मजदुरहरुको भलाइको निमित्त सो संस्थाको साधारण सभाबाट बनेको र सो विधानले संविधानको मनसाय अनुरुपको परिधि अन्तर्गतको स्थान लिन नसक्ने ।
(प्र.नं. ११)
पूर्ण पाठ हेर्नुहोस्
३५ वर्षको उमेर पुगेको विवाह नभएकी छोरीले छोरा सरह अंश पाउछे भन्ने अंशवण्डाको १६ नं. मा उल्लेख भएको पाइन्छ । निज विमला देवीले प्रमाण दिएको एस.एल.सी को प्रमाण पत्रबाट निजको जन्म मिति २०१८।३।१५ ले निजको उमेर ३५ वर्ष नाघी सकेको देखिंदा विमला देवीले अंश पाउने नै देखिन्छ । वादी प्रतिवादी समेतको लेखबाट निज विमला देवी समेत ७ अंशियार भएको देखिन्छ । तसर्थ ७ अंशियार कायम गरी ७ भागको ५ भाग वादीले प्रतिवादीबाट अंश पाउने ठहर्याशएको शुरु काठमाण्डौ जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ ।
(प्र.नं. १६)
पूर्ण पाठ हेर्नुहोस्
भर्पाइ समेत लिई दिई वाली वुझाई आएको भन्ने नै मुख्य दावी जिकिर देखिएकोमा वाली वुझेको भर्पाइ भए नै पनि सो भर्पाइलाई मात्र यथेष्ठ प्रमाण मान्न मिल्ने देखिंदैन । विधिवत श्रेस्ता प्रमाण समेतबाट मोही कायम भएको नदेखिंएको अवस्थामा मोहीको हैसियत रहेछ भनी मान्न मिल्ने स्थिति नदेखिंने ।
(प्र.नं. १३)
पूर्ण पाठ हेर्नुहोस्
लेनदेन व्यवहारको १० नं. ले सगोलको सम्पत्ति कसैलाई हक छोडी दिंदा अन्य अंशियारको मंजुरी लिनु पर्ने र नलिएमा नलिएको अंशियारहरुको जति वदर हुने भन्ने व्यवस्था गरेको पाइन्छ । राजिनामा गरिदिएको सम्पत्ति निजी आर्जनको भनी प्रतिवादीले लिएको जिकिरलाई निजले सवुद प्रमाणद्वारा पुष्टि गर्न सकेको देखिंदैन । अंशवण्डाको १९ नं. मा व्यवहार चलाउनलाई स्वास्नी छोरा वुहारीको मंजुरी नभएपनि आफू खुस गर्न पाउने भन्ने प्रावधान भएकोले दाजुभाई अंशियारको सन्दर्भमा सो ऐन आकर्षित हुने भन्न नमिल्ने ।
(प्र.नं. ११)
पूर्ण पाठ हेर्नुहोस्
प्रमाण ऐन, २०३१ को दफा २५ ले कसुर प्रमाणित गर्ने भार वादीको भन्ने प्रतिवादीको पुनरावेदन जिकिर तर्फ जीउ मास्ने वेच्ने कार्यलाई नियन्त्रण गर्न वनेको जीउ मास्ने वेच्ने (कार्य नियन्त्रण) ऐन, २०४३ को दफा ७(२) अनुसार निर्दोषिताको प्रमाण पनि यिनै प्रतिवादीले पुर्यावउनु पर्ने हुन्छ भने यस अलावा प्रमाण ऐन, २०३१ को दफा २७ अनुसार सजाय हुन नपर्ने कुराको प्रमाण पनि यिनै प्रतिवादीले पुर्या उनु पर्ने कानूनी व्यवस्था रहेकोमा यि प्रतिवादी डालु भन्ने वाटुली लामाले आफ्नो साक्षी सवुद प्रमाण केही दिन सकेको पाइदैन । केवल इन्कारी कै भरमा आरोपित कसुर यी प्रतिवादीले गरिनन् होला भनी संझन नमिल्ने ।
(प्र.नं. २०)
पूर्ण पाठ हेर्नुहोस्
वकसपत्रको लिखत द्वारा लिनु दिनु गरेको विवादित सम्पत्ति प्र. मोहन कुमारीको निजी आर्जनको आफू खुस गर्न पाउने वण्डा नलाग्ने सम्पत्ति हो भन्ने पुनरावेदक प्रतिवादीहरुको कथन पुष्टि हुनका लागि त्यस्तो कथन अन्य विश्वसनीय आधार प्रमाणबाट समेत समर्थित भएको हुनुपर्ने ।
(प्र.नं. १२)
पूर्ण पाठ हेर्नुहोस्
विवादको जग्गा यी प्रतिवादीको हक भएको भन्न सकिने जग्गाको दर्ता स्वामित्वको प्रमाणहरु निजवाट पेश हुन सकेको देखिंदैन । कुनै व्यक्ति विशेषको नाममा दर्ता हक नभएको जंगल भनी सर्भे नापी भै श्रेस्तामा जनिएको त्यस्तो वन सिमाना भित्रको जग्गालाई वन जंगल कायम गरेको शुरुको फैसलाबाट हक वेहक भएको भन्न सकिने अवस्था पनि छैन । तसर्थ विवादित जग्गा वन कायम गर्ने गरेको शुरु एक सदस्यीय वन संरक्षण विशेष अदालत, जिल्ला वन कार्यालय पाल्पाको इन्साफ मनासिव ठहर्ने ।
(प्र.नं. १८)
पूर्ण पाठ हेर्नुहोस्
२०२०।७।१० को लिखतमा यो यति सम्पति अंश वापत वण्डा लिएको भन्ने उल्लेख नभएको उक्त लिखतमा वण्डा पाउने सम्पतिको आधाको मूल्य लिई सकेको भन्ने उल्लेख भएको र कुन मितिमा कुन कुन सम्पति वा कति रकम लिई अंश छोडपत्र गरेको हो भन्ने उल्लेख नभएको अंश वापत रुपैया र चल सम्पति लिई अंश छोडपत्र गरेको भनेको लिखत कानूनको रीत पुगेको पनि देखिएन । तसर्थ रजिष्ट्रेशन हुनु पर्ने कुरा तत्कालिन अंशवण्डाको ३० नं. को अन्तिम वाक्यले गरेकोले उक्त लिखतलाई मान्यता दिन मिलेन । साथै खेदुको नाउँको जग्गा वादी तर्फ सरी आएको नदेखिएको र ७ नं. फाराम पनि पुर्खौली सम्पत्तिको भरेको नदेखिएको प्रतिउत्तर पत्रमा केही जग्गा निजी आर्जन भन्ने जिकिर लिएपनि यस मितिमा खरीद गरेको वा यस आधारवाट निजी आर्जन हो भन्ने नखुलाएको र सो वमोजिमको कुनै प्रमाण समेत पेश हुन आएको नदेखिएको हुँदा व्यवहार प्रमाणबाट वण्डा भएको भन्न पनि मिलेन । अतः वादी दावी पुग्न नसक्ने ठहराएको इन्साफ उल्टी गरी वादी दावी वमोजिम पेश हुन आएको तायदातीको २ भागको १ भाग अंश वादीले पाउने ठहराएको पुनरावेदन अदालत वुटवलको इन्साफ मिलेकै देखिंदा सदर हुने ।
(प्र.नं. २३)
पूर्ण पाठ हेर्नुहोस्
भूमि सम्वन्धी ऐनको दफा २६(क) ले स्पष्ट रुपले मोही हक विक्रि गर्न दान दातव्य गर्न वा अन्य किसिमले हक हस्तान्तरण गर्न वन्देज गरेको कुरामा उक्त वन्देजको प्रतिकूल हुने गरी यी प्रतिवादीले अन्य व्यक्तिलाई मोही हक उल्लेखित किसिमले हस्तान्तरण गर्न सक्ने अवस्था पनि देखिदैन । पृथ्वीमानले झपट वहादुरलाई जग्गा जोत्न दिएको भनेको लिखत मिति २०४४।३।१० मा भएको तर ०४६ सालमा यिनै प्रतिवादी उपर वाली भराई पाउँ भन्ने मुद्दा दिंदा पृथ्वीमान मोही भएको कुरालाई स्वीकार गरेको पाईन्छ । तसर्थ उल्लेखित कानूनी व्यवस्थाहरुवाट मिति २०४४।३।१० का लिखतको आधारमा पुनरावेदक प्रतिवादीले मोही हक छोडेको भन्न सकिने अवस्था नेदेखिंने ।
(प्र.नं. १७ र १८)
पूर्ण पाठ हेर्नुहोस्
हालैको वक्स पत्र भएको कुनै पनि किताका जग्गाहरु वादीले लेनदेन मुद्दाका आधारबाट रोक्का राख्न सकेको देखिंदैन । यसरी रोक्का नरहेको जग्गामा रुपैया कर्जा लिएका आधारबाट मात्र प्रतिवादीहरुका जग्गामा वादीको हक पुगेको भन्न मिल्ने देखिंदैन । हकै नपुगेको कुरामा प्रतिवादीहरुका वीच जग्गा वक्सपत्र गरी लिनु दिनु गरेको कुरामा वादीको रुपैया भूस पार्ने उद्देस्यबाट नै सो कार्य गरेको भन्न अनुमान गर्न नमिल्ने हुँदा जालसाजी नठहराएको पु.वे.अ. को फैसलालाई सदर गर्ने गरी यसै लगाउको यिनै वादी प्रतिवादी वीच चलेको सम्वत् २०५० सालको फौ.पु.नं. ६६४ को जालसाजी मुद्दामा आजै फैसला भएको हुँदा प्रतिवादीहरुको वीच भएको जग्गामा वक्सपत्र वदर गर्ने उपर्युक्त कानूनी आधारको अभावमा वक्सपत्र वदर गरी पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहराएको पुनरँवेदन अदालत जनकपुरको फैसला मिलेकै देखिंदा सदर हुने ।
(प्र.नं. ८)
पूर्ण पाठ हेर्नुहोस्
लालमती कलवारिनले पुजारी शुकेश्वर पाण्डेलाई मिति २००४।८।६।६ मा वेच विखन गर्न नपाउने गरी रामजानकी मन्दिरको पुजाआजाको कार्य चलाउने साधु सन्तलाई दान पुण्य भोजन गराई वांकी आयस्ता खानु भनी दानपत्र गरी दिएको सम्म देखिएको सो गरी दिएको दानपत्रमा शुकेश्वर पाण्डे धर्मछोरा भनी रामजानकी मन्दिरको पुजाआजा समेत संचालन गर्न संचालक समिति गठन गर्न सक्ने अधिकार दिएको नदेखिएको र अधिकार विना गठन भएको संचालक समितिले दिएको निवेदन नै अनाधिकार समेत देखिएको कारण समेतबाट निषेधाज्ञाको निवेदन पत्र खारेज गर्ने गरेको पुनरावेदन अदालत हेटौंडाको निर्णय आदेश मिलेकै देखिंदा पुनरावेदन जिकिर पुग्न नसक्ने ।
(प्र.नं. ९)
पूर्ण पाठ हेर्नुहोस्
रोक्का रहे उपर विवादको कित्ता जग्गाका संयुक्त दर्तावाला मध्ये शुरश्यामको जिल्ला अदालतमा उजुर परेकोमा कानून वमोजिम गर्नु भनि ०४७।४।१८ मा जिल्ला अदालतबाट भएको आदेशलाई कोशी अन्चल अदालतले सदर गरेको तथ्यलाई लोप गरी रिट निवेदक आएकोले रिट निवेदक सफा हातले नआएको र विवादित कित्ता जग्गा पुरै निवेदकको आफ्नो नाममा कायम नभै संयुक्त दर्ताको देखिने र संयुक्त दर्ता मध्ये एकजना दर्तावालाको जग्गा फुकुवा तर्फ निवेदन परी मिति ०४७।४।१८ मा कानून वमोजिम भै सो आदेश कायम रहेको अवस्थामा निवेदकको माग वमोजिम रोक्का आदेश वदर गरी जग्गा फुकुवा गर्ने स्थिति समेत नहुँदा प्रस्तुत रिट निवेदक खारेज हुने ।
(प्र.नं. १०)
पूर्ण पाठ हेर्नुहोस्
प्र. लेख बहादुर प्रहरीमा फरार रहि अदालतमा आई वयान गरेको देखिन्छ । निजको वयानलाई हेर्दा अपराध गर्ने योजनामा पहिला देखि नै सरिक भएको देखिन्छ । त्यसै गरी निजले कर्तव्य पछि रु.१४००। निकालिएको सो रु.१४००। रुपैया मध्येबाट आफुले रु.३००। लिएको कुरा पनि स्विकार गरेको निजकै वयानबाट देखिन्छ । उल्लेखित वयानलाई पुष्टि गर्दै प्रतिवादी रण बहादुर, खड्ग बहादुर समेतले स्यानी मेजर्नीलाई रंगेली कान्छा भन्ने लेख बहादुरले घांटी अठ्याएका दवाएका हून भनी प्रहरी अदालतमा वयान गरेका र प्रतिवादी रण बहादुरले लेखाएको वयानमा पनि अपराध गर्नु भन्दा पहिले तेज कुमारीको पसलमा को को छन् भनी रंगेली कान्छा भन्ने रण बहादुर हेर्न गएको भनेका र सो कूरालाई लेख बहादुर समेतले स्वीकार गरेको पाइन्छ । यसरी पैसाको प्रलोभनमा मार्ने पुर्व तयारी गरी योजना वनाई घांटी अठ्याई मृतक राम बहादुर अस्लामी मगर, सानी मेजर्नी भन्ने यनीसरा मगर्नी र तेज कुमारी मगर्नीलाई मारेकोमा प्रतिवादी रण बहादुर समेत सावित भएको र उल्लेखित कुरालाई पुष्टि गर्दै अदालतमा उपस्थित सर्जमीनका मानिसहरु समेतले किटानी रुपमा लेखाई दिएको पाइन्छ ।
पूर्ण पाठ हेर्नुहोस्
पुनरावेदक/ प्रतिवादी : रिट निवेदकः ओखलढुंगा जिल्ला वैतेनी गा.वि.स.घर भै हाल का.म.न.पा.वार्ड नं. ३३ बस्ने अधिवक्ता तेजनाथ धमला समेत जम्मा २ । बिरुद्ध विपक्षी/वादी : विपक्षीः जिल्ला पांचथर गा.वि.स.यासोक वार्ड नं. ३ घर भै का.म.न.पा. वार्ड नं. ११ बस्ने प्रतिनिधिसभा सांसद पद्म सुन्दर लावती समेत जम्मा ८ ।
विपक्षी पद्म सुन्दर लावती मन्त्री पदमा वहाल रहंदा अख्तियार दुरुपयोग गरी भ्रष्टाचार गरेको कसुरमा मुद्दा दायर हुनासाथ निजले सम्हालेका सवै पदबाट स्वतः निलम्वन भएकाले निज समेतले गरेको प्रतिनिधि सभाको विशेष अधिवेशनको समावेदन र प्रधानमन्त्री शेर बहादुर देउवा उपर प्रतिनिधिसभाको विश्वास छैन भन्ने अविश्वासको प्रस्तावमा निजले गरेको दरखास्त समेत गैरकानुनी भएकाले उत्प्रेषणको आदेशद्वारा वदर गरी मिति २०५३।९।१ गते श्री ५ बाट आव्हान गरिवक्सेको प्रतिनिधि सभाको विशेष अधिवेशनमा अधिवेशन अवधिभर निज उपस्थित हुन छलफल गर्न मत प्रकट गर्न, मतदान प्रकृयामा सहभागी हुन समेत नपाउने गरी अन्तरिम आदेश जारी गरी पाउं भन्ने समेतको निवेदन जिकिर भएको देखियो । यस अदालतले २०५३।९।९ मा वृहत विशेष इजलासबाट रिट निवेदनको रुपबाट अन्तरिम आदेश जारी गर्नु पर्ने उचित र आवश्यक देखिन आएन भनी अन्तरीम आदेश जारी नहुने गरी आदेश गरेको देखिन्छ । जहांसम्म माथि उल्लेख भए वमोजिम उत्प्रेषण आदेशको माग छ, श्री ५ बाट विशेष अधिवेशनको आव्हान गरिवक्से वमोजिम विशेष अधिवेशन वसी कार्य सम्पन्न भै परिणामतः सरकार समेत परिवर्तन भैसकेपछि पनि संसदका नियमित अधिवेशनहरु वसी कार्य सम्पन्न गरी आएको अवस्था समेत देखिएको छ र यस्तो अवस्थामा यस अदालतले असाधारण अधिकार क्षेत्रको स्वविवेकीय अधिकार प्रयोग गरी माग वमोजिम आदेश जारी गर्दा निस्प्रयोजन हुन जाने र साथै न्यायसंगत पनि हुने देखिदैन । तसर्थ प्रस्तुत रिट निवेदन खारेज हुने ।
(प्र.नं. १०)
पूर्ण पाठ हेर्नुहोस्
पुनरावेदक/ प्रतिवादी : विन्तिकर्ता/वादीः भ.पु.जि. भ.पु.न.पं. वडा नं. १३ लायकु ढोका कोलाछे बस्ने गजेन्द्र बहादुर विजुक्छे मरी मु.स. गर्ने निजको छोरा भुपेन्द्र हाडा । बिरुद्ध विपक्षी/वादी : विपक्षी/प्रतिवादीः भ.पु.जि. भ.पु.न.पं. वडा नं. १३ लायकु ढोका खोभाकोलाछे बस्ने मोहन कुमारी विजुक्छे हाडा समेत जम्मा ३ ।
वादीले सौतेनी आमा मोहन कुमारीले मिति २०३७।२।२२ मा गरिदिएको लिखत वदर गरी पाउँ भनी प्रस्तुत मुद्दामा दावी लिएको देखिन्छ । वादी गजेन्द्र बहादुर र निजका वावु डि.गणेश बहादुर हाडा, सौतेनी आमा मोहन कुमारी र निज पट्टिको छोरा गंभीर बहादुर समेत ४ अंशियारको भाग वण्डा लगाई मिति २०२१।७।२७ मा वण्डा पत्र पारित भएको र मिति २०२१।७।२२ मा वन्देज पत्र (शर्तनामा) को कागज समेत भएको देखिन्छ । सो कागजमा रहेको शर्त वन्देजमा वादी स्वयं पनि संलग्न रहेको, सो कागजमा रहेको शर्त वन्देजमा वादी स्वयम पनि संलग्न रहेको सो कागजका शर्त अनुसार वावु आमा दुवैको शेषपछि वावु आमाको नाउंमा रहेको सम्पत्ति छोराहरुले वांडी खान भन्ने उक्त शर्तनामा (वन्देजपत्र) को व्यहोराबाट देखिन्छ । वावु डि.गणेश बहादुरको शेषपछि आमाले सो सम्पत्ति आफ्नो नाममा नामसारी गरी वेचेकोमा त्यसरी वेच्न नपाउने उक्त शर्त वन्देज पत्रले कुनै वन्देज नराखेको र कानुनले पनि निषेध नगरेको देखिंदा वादी दावी नपुग्ने ठहर्यााएको वाग्मती अंचल अदालतको इन्साफ सदर हुने ठहर्यााएको यस अदालत संयुक्त इजलासको इन्साफ मनासिव ठहर्ने ।
(प्र.नं. १८)
पूर्ण पाठ हेर्नुहोस्
पुनरावेदक/ प्रतिवादी : निवेदकः कास्की पोखरा न.पा. वडा नं. १५ वस्ने हेडम्वराज पराजुली बिरुद्ध विपक्षी/वादी : विपक्षीः श्री अंचलाधीश, अंचलाधीशको कार्यालय, गण्डकी अञ्चल पोखरा समेत जम्मा २२ ।
परापूर्वकाल देखि सार्वजनिक रुपमा प्रयोग गर्दै आएको जग्गा दर्ता भएपनि मालपोत कार्यालयले त्यस्तो दर्ता वदर गर्न सक्ने व्यवस्था मालपोत ऐन, २०३४ को दफा २४ को उपदफा (३)(४) वमोजिम मालपोत कार्यालयले वदर गर्न सक्ने नै देखिन आयो । निवेदकले दर्ता गराएको विवादीत जग्गाहरु सार्वजनिक देखिएको भनी निवेदकको नाउँमा मिति २०३७।१।२६ मा भएको दर्ता वदर गर्ने गरेको विपक्षी मालपोत कार्यालयको मिति २०३८।२।३० को निर्णय र सो निर्णय सदर गर्ने गरेको तत्कालिन अंचलाधीश कार्यालयको निर्णयमा समेत कुनै कानूनी त्रुटी देखिन नआउने ।
(प्र.नं. १६)
पूर्ण पाठ हेर्नुहोस्