विस्तृत खोजी

 
 
 
 
 
      

८४ खोजी नतिजाहरु

निर्णय नं. ८५८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३१/०६/२९  डिभिजन वेन्च इजलास  १७३५
 पुनरावेदक/ प्रतिवादी : जि. झापा चारपाने गा.पं. वार्ड नं. १ बस्ने गणेशबहादुर कार्की बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार भूमिसुधार मन्त्रालय समेत

१) कुनै कानूनको अधिकार प्रयोग नगरी तथा यो कानूनको अनियमितता भएको हो भनी खुलाउन नसकी कित्ता जफत गरेको निर्णय बदर हुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ८५७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३१/०८/२५  डिभिजन वेन्च इजलास  १६९८
 पुनरावेदक/ प्रतिवादी : का.जि. न.पं. वडा नं. २७ कमलादी बस्ने मोहनराम भण्डारी बिरुद्ध विपक्षी/वादी : भूमिप्रशासक, भूमिप्रशासन कार्यालय काठमाडौं

१) कानूनी व्यवस्थाको विपरीत निवेदकको घर जग्गाको बहाल खान नपाउने गरी कारवाईको सिलसिलामा रोक्का गर्ने अधिकार भूमिसम्बन्धी ऐनमा व्यवस्था भएको नपाइने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ८५६ - बन्धकी थैली बुझाई पाउँ

 फैसला मिति:२०३१/०९/०२  फूल बेन्च इजलास  १९३४
 पुनरावेदक/ प्रतिवादी : ऐ.ऐ. सांगे डाडा पयर बस्ने रेबलाल माध्या बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. सांगे फाँट बस्ने केशवराज वाग्ले

१) तत्काल प्रचलित साहू आसामीको १ नं. अनुसार गरी अर्को गराई लिन नसकी बन्धकीको दोहरी हराएकोले दर्खास्त दिएको भन्ने सम्मले हराएको कायम मान्न मिल्ने नदेखिने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ८५५ - जग्गा खिचोला

 फैसला मिति:२०३१/०९/०५  फूल बेन्च इजलास  २०६८
 पुनरावेदक/ प्रतिवादी : डोटी सावल लुंसाकोट गाउँ पञ्चायत वार्ड नं.२ वखते गाउँ बस्ने तारानाथ ओझा समेत बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. खडगाडा गाउँ बस्ने कालो वोहरा समेत

१) हद माथि वा मुनिको छुट्याउँदा वादीले नालेसमा खुलाई कोर्टफी दाखिल समेत गरेको विगोलाई नै कायम मान्न पर्ने, पहिले नै कोर्टफी राखेकोमा पछि खुलाएको विगोबाट हदमाथिको गर्न नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ८५४ - ठगी

 फैसला मिति:२०२८/०९/२९  डिभिजन वेन्च इजलास  २१४१
 पुनरावेदक/ प्रतिवादी : का.इ. ठमेल बस्ने भगिरथ नरसिं प्रधान बिरुद्ध विपक्षी/वादी : का.ई. जुद्ध सडक बस्ने वि.एल.शर्मा भन्ने विश्वम्भरलाल शर्मा, इन्डीयन एयर लाइन्स कर्पोरेशन काठमाडौं स्थित अफिसर इन्चार्ज का.ई.कुपन्डोल बस्ने सत्यदास गुडा

क) जुन कामको निमित्त भनी रूपैयाँ लिएको हो सो काम पूरा गरेको नदेखिए पछि धोका दिएको होइन भन्न नमिल्ने । (ख) हिस्सेदारको रूपबाट दिएको रूपैयाँ आफूतर्फबाट दाखिला गरेकोमा बेइमानीको नियतले धोका दिई गफलतमा पारी ठगी गरेको प्रष्ट हुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ८५३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३१/१०/११  डिभिजन वेन्च इजलास  १७११
 पुनरावेदक/ प्रतिवादी : सिन्धुली जिल्ला भिमेश्वर सुर्कोट गा.पं.वडा नं.३ बस्ने नरविक्रम थापा बिरुद्ध विपक्षी/वादी : श्री भुमिसुधार अधिकारी भिमबहादुर गुरुङ भू.सु.अ.कार्यालय, सिन्धुलीसमेत

(१) मोहिकै लगत दर्ता भएको व्यक्तिको स्थानमा निज धेरै उमेर भएको कारणवाट भने व्यक्तिलाई मोही कायम गर्ने व्यवस्था गरेको नदेखिने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ८५२ - बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३१/०७/०५  डिभिजन वेन्च इजलास  १७३३
 पुनरावेदक/ प्रतिवादी : दार्चुला जिल्ला धुली गाडा गा.पं.घर भई हाल डोटी कारागार थुनामा रहेको हुनमान सिं बुढा समेत बिरुद्ध विपक्षी/वादी : श्री वन संरक्षण विशेष अदालत डोटी डिभिजन बेञ्च कार्यालय डोटी समेत

१) जङ्गली जीवजन्तु संरक्षण ऐन, २०१५ अन्तर्गतको कसूरमा पक्राउ परेको व्यक्तिलाई कारवाईको निमित्त अदालतमा बुझाउने व्यवस्था भएको यस्तो मुद्दा वन संरक्षण विशेष अदालत ऐन कानूनमा व्यवस्था नभएको ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ८५१ - हाडनाता करणी

 फैसला मिति:२०२९/०८/१९  डिभिजन वेन्च इजलास  २४००
 पुनरावेदक/ प्रतिवादी : पर्वत पैयु बस्ने मु.कृष्णप्रसाद खडाल बिरुद्ध विपक्षी/वादी : ऐ. सर्खुश्वारा बस्ने उमाकान्त खडाल

मुद्दा : हाडनाता करणी (१) करणी गर्ने अनुकुल वातावरण नभएको र सरजमिनले पनि शंकासम्म नगरेकोमा करणी गरेको ठहराउन नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ८५० - लिखत जालसाजी

 फैसला मिति:२०३१/०८/२८  फूल बेन्च इजलास  २१७६
 पुनरावेदक/ प्रतिवादी : वैतडी जिल्ला श्रीकोट मौनाकोट बस्ने नारद जोशी बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. मौनाकोट बस्ने जयानन्द जोशीसमेत

१) पक्षले जालसाजीमा सजाय गरी जालसाजी लिखत बदर गरिपाउँ भनी दावी लिई फिराद गर्छ भने जालसाजीको ठहर निर्णय नगरी हकबेहकको प्रश्न हुनाले दिन नहुने जग्गा दियो लियो भन्ने देवानी मुद्दा लाउनुपर्छ । जालसाजीमा दावी लाग्दैन भनी खारेज गर्न मिल्ने नदेखिने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ८४९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३१/०८/२१  फूल बेन्च इजलास  १८२३
 पुनरावेदक/ प्रतिवादी : काठमाडौं नगरपञ्चायत वडा नं.९ इन्द्रचोक बस्ने दानबहादुर सिंह बिरुद्ध विपक्षी/वादी : निर्देशक श्री ५ को सरकार उद्योग वाणिज्य मन्त्रालय उद्योग विभाग का.न.पं.वडा नं.९ चोखाछे गल्ली इन्द्रचोक बस्ने मोहनमान महर्जन ऐ.ऐ.बस्ने काजीमान सिंह, कास्की जि.पोखरा गणेशटोल बस्ने लक्ष्मीप्रसाद पालिखेल

१) म्यानेजिङ एजेण्टको बर्खासीमा कम्पनी ऐन, २०२१ को दफा ८२, ८३ लागू हुने, उक्त दफाहरूको रीत नपुगेको बर्खासी कानूनको रीत नपुर्या‍ई गरेको निर्णय भई कानूनी मान्यता दिन नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ८४८ - राजकाज

 फैसला मिति:२०२९/०२/१२  डिभिजन वेन्च इजलास  १९०२
 पुनरावेदक/ प्रतिवादी : जि. मोरङ कञ्चनवाडी गा.पं.वडा नं.५ घर भई केन्द्रीय कारागारमा कैदमा बस्ने राजेन्द्र विरही अधिकारी बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार

१) अभियुक्तले स्वतन्त्र रूपमा आफू खुसी बयान दिएको वा बयानमा भनिएको कुराहरू जस्ताको तस्तै लेख्पढ् भएको हो वा होइन भनी शंका लिनु पर्ने कुनै मनासिव कारण देखिन्छ भने अन्य प्रमाणबाट समर्थित नभएसम्म त्यस्तो साविकको नै आधारमा मात्र अभियुक्तलाई अपराधी ठहराउन न्यायसंगत नहुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ८४७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३१/०७/२०  फूल बेन्च इजलास  १७६७
 पुनरावेदक/ प्रतिवादी : मोरंग फोराहाट गा.पं.वडा नं.७ बस्ने तियालाल माझी थारु बिरुद्ध विपक्षी/वादी : भूमिप्रशासन कार्यालय विराटनगर मोरंग सिघ्राहा गा.पं.वडा नं.१ बस्ने नगटुदास थारु

१) भूमिसम्बन्धी नियमहरू, २०२१ को नियम ६, ७ को व्यवस्थामा जग्गा नापजाँच ऐनको दफा ६ को उपदफा ४ र दफा ८ ले कुनै बाधा पुर्या्एको नदेखिने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ८४६ - मुनाफाको हिस्सा दिलाई वर्किङ पार्टनर कायम गरिपाउँ

 फैसला मिति:२०३१/०६/०१  फूल बेन्च इजलास  १७५०
 पुनरावेदक/ प्रतिवादी : विराटनगर नगरपञ्चायत वडा नं.२ बस्ने सागर मल संथालिया बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने सत्यनारायण धनावत

१) वादीले विगो खुलाउन नसक्नेमा अदालतले बाध्य गराई अनुमानित विगो लेखी निवेदन दिएको भरमा मुद्दा हदमाथिको गराई निर्णय गर्ने प्रश्न उपस्थित नहुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ८४५ - लिखत बदर

 फैसला मिति:२०३०/०५/२१  डिभिजन वेन्च इजलास  १८७३
 पुनरावेदक/ प्रतिवादी : का.जि.धुम्बाराही का.न.पं.वडा नं.२३ बस्ने समुन्द्रबहादुर पाण्डे क्षेत्री बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने कृष्णकुमारी पाण्डे क्षेत्री, ऐ.बस्ने श्यामप्रसाद उपाध्याय चापागाईं

१) हकवालाको मञ्जूरी लिन पर्ने लिएको छैन भने त्यस्तो व्यवहार ऐनले स्वतः बदर हुनेमा अचल सबै सुक्रिबिक्री गरेकोमा सोउपर उजूर परेपछि त्यसभन्दा पछाडि खरीद गरेको आर्जन बिक्री गरेको आर्जनमा समावेश गरी खण्ड बाँकी छ । हकदारको मञ्जूरी नभए पनि लिखत कायमै हुन्छ भन्दा ऐनले गरेको व्यवस्थाको प्रतिकूल हुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ८४४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३१/०५/०३  डिभिजन वेन्च इजलास  १८०७
 पुनरावेदक/ प्रतिवादी : बागमती अञ्चल प.१ नं.नुवाकोट जिल्ला बेलकोट गा.पं.वडा नं.५ तल्लो ति गाउँ बस्ने पद्मकुमारी थपलिया बिरुद्ध विपक्षी/वादी : जिल्ला भूमिसुधार कार्यालय, प.१ नं.नुवाकोट विदुर, जिल्ला विलकोट गा.पं.वडा नं., ५ तल्लो ति गाउँ बस्ने धनबहादुर लोहनी

१) आफ्नो कुरा भन्न पाउने मौका दिई मात्र निर्णय गर्नुपर्नेमा सो गरेको नदेखिए प्राकृतिक न्याय सिद्धान्तको विपरीत निर्णय गरेको देखिने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ८४३ - दर्ता बदर

 फैसला मिति:२०३१/०६/२५  फूल बेन्च इजलास  २६९५
 पुनरावेदक/ प्रतिवादी : विदुर उप्रेती समेत बिरुद्ध विपक्षी/वादी : खम्बसिंह बस्नेत समेत

१) प्रमाण निमित्त आएको निर्णय गर्ने काम बाँकी राखी मुल्तवी राखेको मुद्दालाई मुल्तवी जगाई कारवाई किनारा गर्न जि.अ.मा नपठाई पुनरावेदनको तह काटिने गरी अञ्चल अदालतमा सरुवा गरिपठाउन मिल्ने नदेखिने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ८४२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०२७/०९/१७  फूल बेन्च इजलास  १८२३
 पुनरावेदक/ प्रतिवादी : वागवीर बुढाको छोरा जिल्ला डोल्पाअन्तर्गत तारागाउँ पञ्चायत सगर तारागाउँ बस्ने डोल्पा जिल्लाको सभासद ताकला बुढा बिरुद्ध विपक्षी/वादी : जिल्ला डोल्पा गुम्बाहा तारागाउँ बस्ने रा.पं.स.कमलबहादुर बुढा समेत

१) ऐनको दृष्टिमा निर्वाचित जिल्ला सभा सदस्य तथा मनोनित जिल्ला सभा सदस्यमा समान अधिकार कर्तव्य दिएको पाइने । २० वटा गाउँपञ्चायत नपुगेको कारणले मनोनित जिल्ला सभा सदस्य २० वटा गाउँ पुगेपछि स्वतः हट्ने भन्न कानूनसंगत नहुने । (२) पद रिक्त नरहेको अवस्थामा निर्वाचनलाई जिते तापनि कानूनले निर्वाचनबाट कानूनी हक प्राप्त भएको नदेखिने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ८४१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३१/०५/२१  फूल बेन्च इजलास  १७९२
 पुनरावेदक/ प्रतिवादी : जि.भू.प.मौजे धवौली मलीवारा टोल बस्ने सोखत अन्सारी बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.भलियवारा पछवारी टोल बस्ने रामविलास पाण्डे भूमिहार समेत

१) भूमिसम्बन्धी ऐन, २०२१ प्रारम्भ हुनुअगावै मोहियानीमा कमाएको भन्ने र भूमिसम्बन्धी ऐन, २०२१ प्रारम्भ भइसकेपछि कमाएको भन्ने तथ्यमा फरक परी डिभिजन बेञ्चबाट कानून प्रयोग गरी भएको निर्णयलाई रुलिंग बाझिएको भन्न मिल्ने नदेखिने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ८४० - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३१/०३/२८  फूल बेन्च इजलास  १७४७
 पुनरावेदक/ प्रतिवादी : जि.पर्सा वहर्वा माटा गा.पं. वडा नं. ३ बस्ने दरोगाप्रसाद कुर्मी बिरुद्ध विपक्षी/वादी : भूमिप्रशासक, भूमि प्रशासन कार्यालय पर्सा

(१) गुठी संस्थान अधिनस्थ गुठी जग्गामा तत्काल प्रचलित कानूनअनुसार मोहियानी हक नलाग्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ८३९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३१/०५/२१  फूल बेन्च इजलास  १९००
 पुनरावेदक/ प्रतिवादी : का.जि. भाटभटेनी बस्ने लोचनशमशेर थापा बिरुद्ध विपक्षी/वादी : काठमाडौं नगरपञ्चायत सभा, का.जि. भाटभटेनी बस्ने तेजबहादुर थापा क्षेत्री

(१) हकबेहकसम्बन्धी प्रश्न उठेको देखिए नगरपञ्चायत ऐन, २०१९ को दफा १७ (ढ) ले नगरपञ्चायतको अधिकार क्षेत्र भित्र नपर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु