विस्तृत खोजी

 
 
 
 
 
      

२६ खोजी नतिजाहरु

निर्णय नं. १९१८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०१/३१  डिभिजन वेन्च इजलास  २०७८
 पुनरावेदक/ प्रतिवादी : निवेदक : भारत वर्ष कलकत्ता २३ ए।४९ ए ब्लक सि. न्यू ललिपुर स्थित मूल चन्दानी कन्स्ट्रक्सन कं.प्रा.लि.का तर्फबाट ऐ को संचालक समितिको अध्यक्ष नारायणदास मूलचन्दानी बिरुद्ध विपक्षी/वादी : विपक्षी : कर कार्यालय लुम्बिनी अञ्चल भैरहवा राजश्व न्यायाधिकरण पोखरा

 डाइरेक्टरलाई दिएको पारिश्रमिकको हकमा मुख्यलाई पारिश्रमिक छूट भएकोले अरूलाई पनि दिनुपर्छ भन्ने आयकर ऐन, २०३१ को दफा ४१(ङ) मा नलेखिएको । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९१७ - हातहतियार खरखजाना

 फैसला मिति:२०४१/०१/०६  डिभिजन वेन्च इजलास  २४८८
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/प्रतिवादी : जि. स्याङजा चित्रे भन्ज्याङ गा.पं. वडा नं. ७ बस्ने मनोरथ रिजाल बिरुद्ध विपक्षी/वादी : विपक्षी/वादी : श्री ५ को सरकार

 अधिकार नभएको व्यक्तिले गराएको बयानलाई कानूनी मान्यता दिन नमिल्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९१६ - ज्यान

 फैसला मिति:२०४१/०२/२२  डिभिजन वेन्च इजलास  १८७१
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/वादी : धर्मि भाटको जाहेरी श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : विपक्षी/प्रतिवादी : जि. अछाम तमे नाडा गा.पं. वा.नं. ५ तिम्वा गाउँ बस्ने दत्ते भाट

 अदालतको आदेशानुसार जोहरवाला र सरजमीनका मानिसहरूलाई उपस्थित गराउनु वादी पक्षको दायित्व हो । (प्रकरण नं. १७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९१५ - उत्प्रेषण

 फैसला मिति:२०४१/०१/०४  डिभिजन वेन्च इजलास  १९३४
 पुनरावेदक/ प्रतिवादी : निवेदक : जिल्ला धनुषा खरीहानी गा.पं. वा.नं. ३ बस्ने कारी साहु व्याहुत सुढी बिरुद्ध विपक्षी/वादी : विपक्षी : जि. ध.सतोषर गा.पं. वा.नं. २ बस्ने रामेश्वर राय अमात्य भू.सु. का. धनुषा

 तारेख छाडेकै कारणले मात्र वादीको दावी स्वीकार गरेको भन्न मिल्ने देखिन आउँदैन । (प्रकरण नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९१४ - उत्प्रेषण वा अन्य उपर्युक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 फैसला मिति:२०४१/०१/१२  डिभिजन वेन्च इजलास  १८९१
 पुनरावेदक/ प्रतिवादी : जि. धनुषा, रघुनाथपुर गा.पं. वा.नं. ६ बस्ने पोषण वल्लभ पन्त ऐ ऐ वा.नं. ३ बस्ने गोपी कृष्ण पाण्डे बिरुद्ध विपक्षी/वादी : भु.सु.का. धनुषा, जि. धनुषा, रघुनाथपुर गा.पं. वा.नं. ५ बस्ने शिव कुमार दनुवार

 ऐनमा भएको व्यवस्थानुसार बाली नबुझाउने मोहीलाई सर्वप्रथम निष्कासन गर्ने या नगर्ने तर्फ निर्णय गर्न पर्ने र त्यसपछि बाली भराउने या नभराउने तर्फ विचार गर्नुपर्ने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९१३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०२/०७  डिभिजन वेन्च इजलास  १८९५
 पुनरावेदक/ प्रतिवादी : निवेदक : महोत्तरी जि. पर्सा परेली गा.पं. वडा नं. ६ बस्ने रामेश्वर मिश्र भूमिहार बिरुद्ध विपक्षी/वादी : विपक्षी : ऐ ऐ बस्ने मदन भन्ने मोदनारायण मिश्र महोत्तरी जिल्ला अदालत, जलेश्वर मध्यमाञ्चल क्षेत्रीय अदालत काठमाडौं

 सबूद प्रमाणको मूल्याङ्कन गरी क्षेत्रीय अदालतको निर्णय ठीक बेठीक के छ भनी रिट क्षेत्रबाट हेरी निर्णय गर्न नमिल्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९१२ - जवरजस्ती करणी

 फैसला मिति:२०४१/०२/१८  डिभिजन वेन्च इजलास  २६३५
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/प्रतिवादी : जिल्ला मोरङ राजघाट गा.पं. वार्ड नं. ४ बस्ने कुलबहादुर कार्की बिरुद्ध विपक्षी/वादी : विपक्षी/वादी : राजकुमारी थरूनीको जाहेरीले श्री ५ को सरकार

 शड्ढाजन्य स्थितिमा प्र.ले जवर्जस्ती करणी गरेको भनी सजाय गर्नु न्यायोचित नहुने । (प्रकरण नं. २४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९११ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 फैसला मिति:२०४१/०२/२१  डिभिजन वेन्च इजलास  १९५९
 पुनरावेदक/ प्रतिवादी : का.जि. आदर्श गा.पञ्चायत वा.नं. ७ बस्ने कृष्णप्रसाद उपाध्याय आचार्य बिरुद्ध विपक्षी/वादी : भूमिसुधार कार्यालय, काठमाडौं जोरपाटी अदर्श गा.पं. जोरपाटी का.जि. का.न.पं. वार्ड नं. १० भिमसेन गोला बस्ने हरिमान सिंह बस्नेत क्षेत्री

 हनन भएको आफ्नो हकको संरक्षणको लागि उचित समयभित्रै अदालतको सहयोग गुहार्न आउनु पर्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९१० - उत्प्रेषण लगायतको आज्ञा, आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०२/०४  डिभिजन वेन्च इजलास  १९४१
 पुनरावेदक/ प्रतिवादी : निवेदक : दाङ जिल्ला पुरनधारा गा.पं. वार्ड नं. ३ बस्ने दुर्गाप्रसाद कामी बिरुद्ध विपक्षी/वादी : विपक्षी : श्री अञ्चलाधीश राप्ती अञ्चलाधीश कार्यालय तुल्सीपुर दाङ जि. दाङ्ग पुरनधारा गा.पं. वार्ड नं. ३ हस्तिनापुर बस्ने भिम बहादुर कामी मालपोत कार्यालय दाङ्ग

 निर्विवाद हकलाई लिएर रिट निवेदक आएको नदेखिएकोले निवेदकका माग बमोजिमको आदेश जारी गर्न मिल्ने अवस्था नहुने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९०९ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 फैसला मिति:२०४१/०१/१२  डिभिजन वेन्च इजलास  १८१८
 पुनरावेदक/ प्रतिवादी : निवेदक : जि. धनुषा, रघुनाथपुर गा.पं. वा.नं. ६ बस्ने पोषण बल्लभ पन्त ऐ ऐ वा.नं. ३ बस्ने गोपीकृष्ण पाण्डे बिरुद्ध विपक्षी/वादी : भू.सु.का.धनुषा जि. धनुषाऽ रघुनाथपुर गा.पं. वा.नं. ६ बस्ने रेशम दुसाधनी

 विशेष कारण नपरी बाली नबुझाउने मोहीलाई निष्कासन गर्न सकिने र त्यस्तो मोहीबाट कूत समेत भराई दिने तजविजी अधिकारी भूमिसुधार अधिकारीलाई भएकै देखिन्छ । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९०८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४२/०२/१२  डिभिजन वेन्च इजलास  २०७९
 पुनरावेदक/ प्रतिवादी : निवेदक : सोलुखुम्बु जिल्ला चौलाखर्क गा.पं. वार्ड नं. १ बस्ने देवी ध्वज बस्नेत बिरुद्ध विपक्षी/वादी : विपक्षी : जिल्ला कार्यालय शिक्षा शाखा सोलुखुम्बु स्थित जिल्ला शिक्षा समिति जिल्ला शिक्षा अधिकारी जिल्ला कार्यालय जिल्ला शाखा सोलुखुम्बु सोलुखुम्बु जिल्ला चौलाखर्क गा.पं. वार्ड नं. ८ स्थित हिमगंगा निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक

 २ वर्षको अवधि भुक्तान भइसकेकोले हाल रिट जारी गरेमा सो निष्प्रयोजन हुन जाने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९०७ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 फैसला मिति:२०४१/०१/१४  डिभिजन वेन्च इजलास  १८७३
 पुनरावेदक/ प्रतिवादी : निवेदक : जि. दाङ हापुर बिजौरी गा.पं. वा.नं. ५ वेलहिया बस्ने निधु कुँवर क्षेत्री बिरुद्ध विपक्षी/वादी : विपक्षी : उच्चस्तरीय समिति, दाङ घोराही जि. दाङ्ग हापुर विजौरी गा.पं. वा.नं. ५ बस्ने झुम बहादुर सुवेदी

 उच्चस्तरीय समितिलाई भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३२ बमोजिम मोही बेदखली सम्बन्धी मुद्दा हेर्ने अधिकार छैन भन्ने रिट निवेदनको भनाई कानूनसंगत देखिन आएन । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९०६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०१/२८  डिभिजन वेन्च इजलास  १९७३
 पुनरावेदक/ प्रतिवादी : निवेदक : जिल्ला सर्लाही गा.पं.हरिपूर्वा वार्ड नं. ७ बस्ने रामकुमार दास वैष्णव बिरुद्ध विपक्षी/वादी : विपक्षी : जनकपुर अञ्चलाधीशको कार्यालय जलेश्वर महोत्तरी जिल्ला कार्यालय मलंगवा सर्लाही गाउँ पंचायत कार्यालय हरिपूर्वा जिल्ला सर्लाही

 धर्मलोप भएमा त्यस्ता विवाद हेर्ने अधिकार प्र.जि. अ.लाई भएको छैन । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९०५ - ज्यान

 फैसला मिति:२०४१/०१/११  डिभिजन वेन्च इजलास  २१८४
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/वादी : छिरिङ छेदरको जाहेरीले वादी श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : विपक्षी/प्रतिवादी : संखुवासभा सिमा प्रशासन शाखाका शाखा अधिकृत धरणीधर भण्डारी समेत

 भरपर्दो एवं तथ्ययुक्त सबूत प्रमाणको अभावमा ज्यान जस्तो गम्भीर फौजदारी अभियोगमा दोषी मान्न मिल्दैन । (प्रकरण नं. ३०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९०४ - फैसला बदर हक कायम

 फैसला मिति:२०४१/०२/०५  डिभिजन वेन्च इजलास  २०९९
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/वादी : पोखरा न.पं. वार्ड नं. १६ बस्ने मोतिबहादुर बनिया क्षेत्री ऐ ऐ को श्रीमती ऐ ऐ बस्ने गिता देवी बनिया क्षेत्री बिरुद्ध विपक्षी/वादी : विपक्षी/प्रतिवादी : ऐ ऐ बस्ने नेत्रबहादुर बनिया क्षेत्री ऐ ऐ बस्ने भद्रकाली वनिया क्षेत्री

 सगोलको सम्पत्ति बिक्री गर्दा मुलुकी ऐन, लेनदेन व्यवहारको १० नं. अनुसार वादीको मञ्जूरी लिनु पर्ने बाध्यात्मक कानूनी व्यवस्था भएको पाइने । (प्रकरण नं. १९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९०३ - उत्प्रेषण लगायतको उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०१/२९  डिभिजन वेन्च इजलास  १९५५
 पुनरावेदक/ प्रतिवादी : निवेदक : दाङ, नारायणपुर गा.पं. वार्ड नं. २ बस्ने वर्ष ४० को छवादेवी न्यौपाने बिरुद्ध विपक्षी/वादी : विपक्षी : उच्चस्तरीय समिति दाङ, घोराही ऐ का अध्यक्ष श्री झपट सिंह रावल ऐ का सदस्य श्री खिम बहादुर शाहा (जि.पं. सभापती) ऐ का सदस्य सचिव का.मु. भू.सु.अ. श्री भोलानाथ शर्मा दाङ्ग नारायणीपुर गा.पं. वार्ड नं. ३ चार वगिया बस्ने वलसिंह वाठा मगर

 भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(क) बमोजिम वास्तविक जग्गा जोत्ने मोहीको उजूरी लिई कारवाही गर्दा समितिले भूमिसम्बन्धी नियमहरू, २०२१ को संशोधित नियम ११(क) मा व्यवस्थित कार्यविधिहरूलाई बाध्यात्मक रूपले अपनाई निर्णय गर्नुपर्ने । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९०२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०१/३१  डिभिजन वेन्च इजलास  १९५३
 पुनरावेदक/ प्रतिवादी : निवेदक : जिल्ला वारा कवही गा.पं. वार्ड नं. ५ बस्ने जोखन राउत अहिर बिरुद्ध विपक्षी/वादी : विपक्षी : ऐ ऐ बस्ने सम्पत राउत अहिर भूमि सुधार कार्यालय बारा

 एउटा निर्णय भई टुङ्गो लागिसकेको मुद्दाको पूरकको रूपमा अरू कुनै कारवाई नगरी पहिलेकै मुद्दाको कारवाहीमा आधारित गरी मुद्दाको निर्णय गरेकोलाई त्रुटिपूर्ण निर्णय गरेको भन्नु पर्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९०१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/१२/२४  डिभिजन वेन्च इजलास  १९५९
 पुनरावेदक/ प्रतिवादी : निवेदक : स्याङ्जा, अर्जुन चौपारी गा.पं. वार्ड नं. ५ डुरुङ खोला सिमलचौर बस्ने देवबहादुर रोक्का क्षेत्री बिरुद्ध विपक्षी/वादी : विपक्षी : सचिव, श्री ५ को सरकार स्वास्थ्य मन्त्रालय, रामशाहपथ काठमाडौं महानिर्देशक, श्री ५ को सरकार स्वास्थ्य सेवा विभाग टेकुपचली

 हाजिर भएको मितिदेखि परीक्षणकाल प्रारम्भ भएको भन्नु पर्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९०० - जालसाजी

 फैसला मिति:२०४१/०१/१२  डिभिजन वेन्च इजलास  २००४
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/प्रतिवादी : का.जि. का.न.पं. वडा नं. १३ कालीमाटी बस्ने अम्बीकादेवी मानन्धर ऐ ऐ वडा नं. २५ मखन टोल बस्ने पन्ना लाल कपाली ऐ ऐ वडा नं. ३१ बागबजार बस्ने कृष्ण कुमारी ठकुर्नी ऐ ऐ वडा नं. २० भिमसेन स्थान बस्ने बेद कुमार उपाध्याय सुवेदी ऐ ऐ वडा नं. १९ थापाथली बस्ने जगत बहादुर कार्की बिरुद्ध विपक्षी/वादी : विपक्षी/वादी : का.जि. का.न.पं. वडा नं. २५ मखन टोल बस्ने राधिकादेवी मानन्धर

 हक टुटेको लिखत प्रमाण बेगर भोगबन्धकी थैली तिरी निखनी लिई पुनः बन्धकी दिई बन्धकी निखनी आफ्नै परिवारमा बण्डा गरी नक्सा पास समेत गरेको समेत कारणबाट अपुतालीमा हक नपुग्ने वादीको हकको सिर्जना हुन्छ भन्न सर्वथा न्यायसंगत नहुने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८९९ - परमादेशको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०२/०९  डिभिजन वेन्च इजलास  १९६४
 पुनरावेदक/ प्रतिवादी : निवेदक : महोत्तरी जिल्ला श्रीपुर गा.पं. वार्ड नं. १ बस्ने रामप्रसाद यादव बिरुद्ध विपक्षी/वादी : विपक्षी : भूमिसुधार कार्यालय महोत्तरी मुकाम जलेश्वर महोरी जिल्ला बथनाहा गा.पं. वार्ड नं. ट बस्ने सुनिल कुमार झा श्रीपुर गा.पं. वार्ड नं. २ मा डेरा गरी बस्ने हरदेव राय यादव

 भू.सु.अ.ले अ.बं.८६ नं. अन्तर्गतको अधिकार क्षेत्र–ग्रहण गरी निर्णय गर्न सक्तैन भन्न नमिल्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु