विस्तृत खोजी

 
 
 
 
 
      

१०० खोजी नतिजाहरु

निर्णय नं. १३२१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३६/०६/२६  डिभिजन वेन्च इजलास  २२०१
 पुनरावेदक/ प्रतिवादी : जि. वैतडी गा.पं.ढिक न्वाली वडा नं. ९ बस्ने रामदत्त भट्ट बिरुद्ध विपक्षी/वादी : निर्वाचन विशेषअदालत, वैतडी जिल्ला अदालतका जि. न्या. श्री दिव्यनारायण श्रेष्ठ, जि. वैतडी ढीक न्वाली गा.पं. वडा नं. १ गोवडा बस्ने काशीचन्द

जुन पदको लागि जिकिर गर्दै रिट निवेदन पर्न आएको हो सोही पदमा पुनः निवेदक निर्विरोध निर्वाचित भइसकेको भन्ने कुरा देखिँदा निवेदकका माग बमोजिम आदेश जारी गर्न निरर्थक देखिने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३२० - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३६/११/०६  डिभिजन वेन्च इजलास  २३१०
 पुनरावेदक/ प्रतिवादी : जिल्ला मोरङ बर्दीया विर्ता गा.पं.वार्ड नं. ३ बस्ने सु.वे.हरिप्रसाद खतिवडा बिरुद्ध विपक्षी/वादी : जिल्ला कार्यालय भूमिसुधार शाखा मोरङ जि. मोरङसमेत

(१) एकपटक आफ्नो कार्यालयबाट निर्णय भइसकेको ऋण सम्बन्धी कुरामा पुनः सोही विषयको कुरामा रीतपूर्वक कानून बमोजिमको उजूरी नभई सोही एउटै कुरामा फेरी त्यसको विपरीत हुने निर्णय गर्न न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १२ को विरूद्ध देखिँदा भूमिसुधार शाखा मोरङबाट भएको निर्णय उत्प्रेषणको आदेशबाट बदर हुने । (प्रकरण नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३१९ - जग्गा वाली

 फैसला मिति:२०३६/०८/२५  फूल बेन्च इजलास  ३३२७
 पुनरावेदक/ प्रतिवादी : ल.पु.जाउलाखेल बस्ने पं.तोयनाथको मु.स.गर्ने छोरा कृष्णप्रसाद शर्मा बिरुद्ध विपक्षी/वादी : वि.न.पं. वडा नं. १ बस्ने रघुनाथ रिजालसमेत

(१) एकाले हक प्राप्त गरिसकेको जग्गालाई अर्कोले हाल आवादी दर्ता गर्न पाउने कानूनमा व्यवस्था नभएको र आफ्नै पुरानो लम्बरी हो भनेको हकमा पनि लालमोहर मठबन्दी समेतबाट पर्ति बाँझो जग्गा देखिन आएको र त्यस्तो वादीको हकको जग्गालाई मेरो पुरानो साविक दर्ताको भन्ने जिकिर मनासिव नदेखिने । (प्रकरण नं. ३६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३१८ - अंश

 फैसला मिति:२०३६/११/२७  डिभिजन वेन्च इजलास  २४४०
 पुनरावेदक/ प्रतिवादी : जि. लम्जुङ्ग चिति पञ्चायत वार्ड नं. ७ बस्ने भोजबहादुर सेढाई क्षेत्री बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने ईश्वरीदत्त सेढाई

(१) अ.बं.८३ नं. बमोजिम विक्षिप्त भई वेपत्ता परेको हो होइन भनी बुझिएको सरजमीनबाट वादी लिखत बमोजिम विक्षिप्त भई वेपत्ता भएको भन्ने नदेखिएको र प्रधानपञ्चले गरी दिएको सिफारिशपत्रको नक्कलमा पनि विक्षिप्त भई वेपत्ता भएको भन्ने किटानी साथ लेखिएको नभई विक्षिप्त जस्तो भनी अन्दाजी किसिमसँग लेखिएको देखिएकोले बाबु विक्षिप्त भई वेपत्ता भएको भन्ने प्रमाण प्राप्त हुन नसकेकोले बाबु जीवित छँदै बाबुको अख्तियारनामा बेगर वादीले नालिस गर्न अ.बं.८२ नं. ले हकदैया पुग्ने देखिन नआएकोले वादी दावी खारेज हुने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३१७ - अंश दपोट

 फैसला मिति:२०३६/०९/२३  डिभिजन वेन्च इजलास  २४४३
 पुनरावेदक/ प्रतिवादी : कैलाली जिल्ला त्रिनगर गा.पं.वार्ड नं. २ बस्ने बालकुमारी क्षेत्रीनी बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने लोचनाथ रिजाल समेत जना ९

(१) वादीले आफ्नो फिरादमा किटान साथ दावी गर्न नकसेको र सो वादी दावीको जग्गा ०२२ सालमै बिक्री भई खरीद गर्ने साहुले घर समेत बनाएको भन्ने कुरा ०२३ सालमै वादीले थाहा पाएपछि मुलुकी ऐन जग्गा मिच्नेका १८ नं. र घर बनाउनेको ११ नं. अनुसार म्यादभित्रै उजूर गर्नुपर्ने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३१६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३६/१०/१७  डिभिजन वेन्च इजलास  २१५९
 पुनरावेदक/ प्रतिवादी : डोटीराजमार्ग योजनाका नि.डि.ई.शशिधर नेपाली बिरुद्ध विपक्षी/वादी : निर्माण यातायात मन्त्रालय, बबरमहलसमेत

(१) दरखास्त फाराम शीर्षक अन्तर्गत खण्ड (क) र द्रष्टव्यमा उपाधिको स्तर निर्धारण भएको हुनुपर्छ भन्ने उल्लेख भएको हुँदा, निवेदकले दरखास्त दिँदाको समयमा आफ्नो डिग्रीको स्तर निर्धारण भएको प्रमाण संलग्न गर्नुपर्ने, सो गरेको नदेखिएकोले लोक सेवा आयोगले उजूरी सुनी गरेको निर्णय कानून बमोजिम देखिने । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३१५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३६/११/०६  डिभिजन वेन्च इजलास  २३२७
 पुनरावेदक/ प्रतिवादी : जिल्ला बाँके नेपालगञ्ज न.पं. वडा नं. ४ कधैलाल भुजवा बिरुद्ध विपक्षी/वादी : श्री नेपालगञ्ज नगरपञ्चायत नेपालगञ्ज बाँकेसमेत

(१) कसैको उजूरै नपरी केवल सरजमीनको भनाइको भरमा अदालतमा जानु भनी विपक्षी नगरपञ्चायतबाट निवेदकलाई सुनाई दिई गरेको निर्णय नगरपञ्चायत (संशोधन सहित) ऐन, २०१९ को दफा ४९ को उपदफा (२) समेतको त्रुटि देखिएको र नगरपञ्चायतका प्रधान अधिकृतको पर्चा र नगरपञ्चायतको बैठकको बहुमतद्वारा भएको फैसला उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३१४ - निखनी पाउँ

 फैसला मिति:२०३६/०८/२८  फूल बेन्च इजलास  २४३८
 पुनरावेदक/ प्रतिवादी : का.जि. न.पं. वडा नं. १३ नरदेवी नेटपाचो बस्ने सुन्दरचरण बैद्य बिरुद्ध विपक्षी/वादी : भ.पु.जि. भ.पु.न.पं. वडा नं. ८ तुलाछे टोल बस्ने कृष्णचरण बैद्य

(१) तत्काल प्रचलित मुलुकी ऐन लेनदेन व्यवहारको ११ नं. को व्यवस्थाले मुख्यले थाहा पाएकोमा एकाघर सगोलका सबैले थाहा पाएको मान्नु पर्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३१३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३६/१०/०४  फूल बेन्च इजलास  २४३५
 पुनरावेदक/ प्रतिवादी : जि. नवलपरासी बेणी मणिपुर गा.पं वडा नं. २ बस्ने भीमदेव भुर्तेल जैशी बिरुद्ध विपक्षी/वादी : श्री का.मु भूमिप्रशासक भूमिप्रशासन शाखा नवलपरासीसमेत

(१) अदालतमा मुद्दा परी रहेको छँदै दरपीठको आधार लिई फट्टा प्रमाणित गर्ने गरेको निर्णय सम्बन्धमा रिट निवेदनबाट निर्णय गर्दा उक्त अदालतमा परी राखेको कीर्ते जालसाजी मुद्दामा असर पर्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३१२ - राजकाज

 फैसला मिति:२०३६/१०/२२  फूल बेन्च इजलास  २९७८
 पुनरावेदक/ प्रतिवादी : फिदिम गा.पं. वडा नं. ३ घर भई का.जि. कमलपोखरी डेरा गरी बस्ने शुभाष नेम्वाङ बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार

१) पुनरावेदनबाट इन्साफ जाँची निर्णय गर्दा पुनरावेदन नपर्नेको हकमा समेत इन्साफ उल्टने भयो भने निजको हकमा समेत इन्साफ उल्टाई निर्णय गर्ने भन्ने कानूनमा व्यवस्था प्रष्ट देखिने। (प्रकरण नं. २७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३११ - उत्प्रेषण परमादेशको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३६/०८/१८  डिभिजन वेन्च इजलास  २२७२
 पुनरावेदक/ प्रतिवादी : सर्लाही जि. कविलासी गा.पं.व.नं. ७ बस्ने पुरन शाह बिरुद्ध विपक्षी/वादी : जि. न्या. श्री लिलाबहादुर बस्नेत रहनु भएको निर्वाचन विशेष अदालत मुकाम जिल्ला अदालत सर्लाही, सर्लाही जिल्ला कविलासी गा.पं. वडा नं. ७ बस्ने राजकुमार शाह

(१) अधिकार प्राप्त अदालतबाट निवेदकलाई बुझी निर्वाचन बदर गरेकोमा प्राकृतिक न्यायको सिद्धान्त विरूद्ध तथा दोषपूर्ण निर्णय गरेको भन्न नमिल्ने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३१० - उत्प्रेषण लगायत जुन उपयुक्त हुन्छ आज्ञा, आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३६/०६/२६  डिभिजन वेन्च इजलास  २३९७
 पुनरावेदक/ प्रतिवादी : सगरमाथा अञ्चल सिराह जिल्ला दहिपोरी गा.पं.को हाल सुखिपुर गा.पं. वडा नं. ८ बस्ने रतिमाया मुसहरको छोरा वर्ष ४१ को बौका मुसहर बिरुद्ध विपक्षी/वादी : भूमिसुधार कार्यालय सिराहाका का.मु.भू.सु.अ., सिराहा जिल्ला सुखिपुर गा.पं.वार्ड नं. ९ बस्ने विष्णुप्रसाद खत्री

(१) निवेदन बमोजिम मोहियानी हकको प्रमाणपत्र निवेदकलाई दिनुपर्ने सो नदिएबाट भूमिसम्बन्धी नियमको प्रतिकूल देखिने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३०९ - बालहत्या

 फैसला मिति:२०३६/०९/२२  डिभिजन वेन्च इजलास  २३७०
 पुनरावेदक/ प्रतिवादी : ईन्द्रबहादुर क्षेत्रीको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : बागलुङ जिल्ला कुडले गा.पं. वडा नं. ३ कुडेल ठूलो स्वारा बस्ने गंगादेवी आचार्य क्षेत्री

(१) प्रतिवादीले ज्यूँदो बालक जन्माएकोमा बारीमा लगी फालेको कारणबाट स्याहार र खान नपाई मृत्यु भएको भन्ने प्रमाणको अभाव भएकोले ज्यूँदो बालकलाई मारेको नठहराई सफाई दिने गरेको इन्साफ मनासिव देखिने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३०८ - जि. पर्सा वीरगञ्ज नगरपञ्चायत वार्ड नं. ९ बस्ने मालिराम अग्रवाल समेत

 फैसला मिति:२०३६/०९/२३  डिभिजन वेन्च इजलास  २२४२
 पुनरावेदक/ प्रतिवादी : जि. पर्सा वीरगञ्ज नगरपञ्चायत वार्ड नं. ९ बस्ने मालिराम अग्रवाल समेत बिरुद्ध विपक्षी/वादी : श्री कर फर्छ्यौट आयोग बबरमहलसमेत

(१) कर फर्छ्यौट आयोगले कायम गरेको आय र त्यसको आधारमा नारायणी अञ्चल कर कार्यालयले निर्धारण गरेको कर सम्बन्धी निर्णयहरू त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३०७ - उत्प्रेषणको आदेश जारी गरि पाउँ

 फैसला मिति:२०३६/०६/१०  डिभिजन वेन्च इजलास  २२१३
 पुनरावेदक/ प्रतिवादी : बर्दीया जि. मानपुर मैना पाखेर गा.पं.वार्ड.नं. ७ख बस्ने हरिबल्लभ पौडेल बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार भूमिसुधार मन्त्रालय जग्गा बिक्री वितरण छानविन आयोग वर्दियाको हाल भूमिसुधार मन्त्रालय

(१) जग्गामा हक प्राप्त गरिसकेको निवेदकलाई बुझ्दै नबुझी कसूरै नखुलाई गरेको विपक्षी आयोगको निर्णय तथा त्यसको आधारमा प्रकाशित गरेको अनुसूची तथा जफत गरेको निर्णयहरू उत्प्रेषणको ओदशद्वारा बदर हुने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३०६ - ज्यान

 फैसला मिति:२०३६/१०/१६  डिभिजन वेन्च इजलास  २७८३
 पुनरावेदक/ प्रतिवादी : जिल्ला कार्यालय काठमाडौं कारागार शाखा भद्रगोल थुनामा रहेको सन्ते भन्ने श्यामकृष्ण महर्जनसमेत बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार (जाहेरवाला श्याम महर्जन

(१) मार्ने नै मनसाय लिई पूर्वयोजना अनुसार तत्कालै उठेको रिसले वारदात भए गरेको देखिन आएको र कुटपिट हुँदा कडा चोट पर्न गई मृत्यु भएकोमा ज्यान मार्नेको १४ नं. बमोजिम १० वर्ष कैद हुने । (प्रकरण नं. ९०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३०५ - अदालतको अपहेलना

 फैसला मिति:२०३६/१०/१५  डिभिजन वेन्च इजलास  ३६७१
 पुनरावेदक/ प्रतिवादी : का.जि. का.न.पं. वडा नं. १२ बस्ने अधिवक्ता निरञ्जनकुमार थापा बिरुद्ध विपक्षी/वादी : ललितपुर जिल्ला ल.पु.नगरपञ्चायत वडा नं. २ सानेपा बस्ने भु.पू.प्रधानमन्त्री डा. कुँवरइन्द्रजित सिंह

(१) न्याय सम्पादनमा कार्य गरिरहेका न्यायाधीशलाई भ्रष्ट्राचारको आरोप लगाएबाट त्यस अदालतको न्यायप्रशासनको कार्यप्रति गम्भीर तवरले अविस्वास वा अनास्था उत्पन्न हुने गरी भाषण गरेबाट अदालतको अपहेलना हुने । (प्रकरण नं. ३५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३०४ - डाँका मुद्दामा जेथाजमानी लिई पुनरावेदनको अनुमतिको निवेदन दर्ता गरी तारेखमा बस्न पाउँ

 फैसला मिति:२०३६/०८/२७  स्पेशल बेञ्च इजलास  २२५३
 पुनरावेदक/ प्रतिवादी : जि. धुनषा हरिपुर गा.पं. वडा नं. ३ बस्ने रामबहादुर महत्तो कोईरी समेत बिरुद्ध विपक्षी/वादी : बतहु महतोको जाहेरीले श्री ५ को सरकार

(१) क्षेत्रीय अदालतले लाग्ने गरेको दण्ड सजायमा धरौट जमानी राख्न चाहने निवेदकले अ.बं.१९४ नं. बमोजिम सुविधा पाउने । (प्रकरण नं. ५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३०२ - उत्प्रेषण

 फैसला मिति:२०३६/०६/२५  डिभिजन वेन्च इजलास  २३५४
 पुनरावेदक/ प्रतिवादी : जि. धुनषा जनकपुर न.पं.वार्ड नं. ९ बस्ने माधवप्रसाद आचार्य बिरुद्ध विपक्षी/वादी : प्रधानपञ्च जनकपुर न.पं.जनकपुरधाम, प्रधान अधिकृत जनकपुर नगरपञ्चायत जनकपुरधाम समेत

(१) एकपटक नक्सा पास गरिदिने आदेश गरी सकेपछि कानून बमोजिम सो नक्सा पास गर्ने आदेश निर्णय उपर म्यादभित्र पुनरावेदन परेकोमाबाहेक नगरपञ्चायत स्वयम्ले सो पहिले पास भईसकेको नक्सालाई बदर गर्न नमिल्ने । (प्रकरण नं. ६)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु