विस्तृत खोजी

 
 
 
 
 
      

२७ खोजी नतिजाहरु

निर्णय नं. २१६३ - उत्प्रेषण

 फैसला मिति:२०४१/०५/१५  डिभिजन वेन्च इजलास  २४८४
 पुनरावेदक/ प्रतिवादी : भगवती होजीयारी उद्योग बत्तिसपुतली काठमाडौंको का.जी. झोछे टोल का.न.पं. वा.नं. २३ बस्ने शिवकुमार अग्रवाल बिरुद्ध विपक्षी/वादी : राजस्व न्यायाधीकरण काठमाडौं विरगंज भन्सार कार्यालय

 राजस्व न्यायाधीकरण (संशोधन सहितको) ऐन, ०३१ को दफा ९(१) ले पनि लागेको महसूल जरिवाना धरौटी राखी मात्र पुनरावेदन लाग्ने भन्ने समेत प्रष्ट उल्लेख भएको देखिने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१६२ - उत्प्रेषण

 फैसला मिति:२०४१/०५/०१  डिभिजन वेन्च इजलास  २३८४
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पं. वा.नं. ७ बस्ने गणेशप्रसाद उपाध्याय खरेल बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. वडा नं. ८ बस्ने लक्ष्मी श्रेष्ठ ऐ ऐ बस्ने कान्छी श्रेष्ठ ऐ ऐ बस्ने जितमाया भण्डारी पशुपति भण्डार तहविल कार्यालय मालपोत कार्यालय काठमाडौं

 विवादित जग्गा निवेदकले पशुपतिनाथको होइन भनी भन्न देखाउन लेख्न सकेको समेत पाइन्न । यस्तो स्थितिमा निर्विवाद हकको प्रचलन गर्न मिल्ने देखिन आएन । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१६१ - उत्प्रेषण

 फैसला मिति:२०४१/०५/१८  डिभिजन वेन्च इजलास  २१९३
 पुनरावेदक/ प्रतिवादी : नारायणी अञ्चल जिल्ला मकवानपुर हेटौडा न.पं. वडा नं. ४ कर्रा हेटौंडा बस्ने श्रीमती चन्द्रकान्ता श्रेष्ठनी बिरुद्ध विपक्षी/वादी : जिल्ला शिक्षा समिति मुकाम जिल्ला कार्यालय शिक्षा शाखा भवन जि. मकवानपुर भीमफेदी

 निवेदकलाई सजाय दिनुभन्दा पहिले निजसँग कुनै स्पष्टीकरण लिएको र कुनै जानकारी समेतको सफाइको मौका नदिई ग्रेड रोक्का गर्ने गरेको देखिन्छ । यस्तो स्थितिमा विद्यालय सञ्चालक समितिले र जिल्ला शिक्षा समितिले गरेको निर्णय प्राकृतिक न्याय सिद्धान्तको बिपरीत निर्णय गरेको देखिँदा सो दुबै निर्णयहरू बदर हुने । (प्रकरण नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१६० - उत्प्रेषण

 फैसला मिति:२०४१/०५/१८  डिभिजन वेन्च इजलास  २२५२
 पुनरावेदक/ प्रतिवादी : का.न.पं. वडा नं. १ का.जि.नक्साल बस्ने धर्मरत्न सिन्दुराकार बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने सूर्यमुनी शाक्य ऐ ऐ का.न.पं. का प्रधान पञ्च कमल चित्रकार

 नगरपञ्चायत ऐनको दफा १७(ढ) समेतको आधारमा नगर र नगरबासी जनतालाई सफाई र स्वच्छ राख्ने मूल उद्देश्य लिनु ढलसम्म खुलाई दिने गरी गरेको काठमाडौं नगरपञ्चायतको निर्णयमा कुनै कानुनी त्रुटि र हक बेहकको अवस्था विद्यमान रहेको नदेखिँदा प्रस्तुत रिट निवेदन खारेज हुने । (प्रकरण नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१५९ - जग्गा खिचोला

 फैसला मिति:२०४१/१०/०८  डिभिजन वेन्च इजलास  ३२८६
 पुनरावेदक/ प्रतिवादी : चितौन भरतपुर न.पं. वडा नं. ९ शरदपुर बस्ने बलभद्रको मु.स. गर्ने शैलेश न्यौपाने बिरुद्ध विपक्षी/वादी : ऐ शिवनगर गा.पं. वडा नं. ७ कान्तिपुर बस्ने महेश्वर पौडेल

 आफूले लिएको जग्गा नापी भई लालपूर्जा लिइसकेपछि जग्गा घटी बढी नाप नक्सा के कसो हो भनी वादीले स्वयं जानकारी राख्नुपर्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१५८ - लेनदेन

 फैसला मिति:२०४१/०७/१४  डिभिजन वेन्च इजलास  २३१४
 पुनरावेदक/ प्रतिवादी : धौलागिरी अञ्चल वाग्लुङ जिल्ला मुलपानी गा.पं. वडा नं. ५ बस्ने बुद्धिबहादुर खत्री बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने गंगादत्त पन्त

 मिसिल सामेल रहेको विवादित सक्कल भर्पाई हेर्दा सो भर्पाईमा लागेको सहिछाप तथा भर्पाई रीतपूर्वक देखिन आएन । यस्तो स्थितिमा क्षेत्रीय अदालतले गरेको इन्साफमा कुनै त्रुटिपूर्ण देखिन नआउने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१५७ - ज्यान

 फैसला मिति:२०४१/०७/१५  डिभिजन वेन्च इजलास  २३४७
 पुनरावेदक/ प्रतिवादी : जि. सोलुखुम्बु का.को गा.पं. घर भै हाल जिल्ला कार्यालय सदरखोर शाखा डिल्लीबजारमा थुनामा बस्ने दिलकुमारी तामाङनी बिरुद्ध विपक्षी/वादी : प्रहरी रामबहादुर समेतको जाहेरीले श्री ५ को सरकार

 सामाजिक लोकलाजबाट बच्नको लागि जातकलाई मारेको देखिन आउने हुँदा अपराधको प्रकृति र अवस्था समेतलाई ध्यानमा राखी निज अभियुक्तलाई सर्वस्वसहित जन्मकैदको सजाय गर्दा चर्को पर्ने । (प्रकरण नं. १७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१५६ - उत्प्रेषण

 फैसला मिति:२०४१/०५/०७  डिभिजन वेन्च इजलास  २३९५
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पं. वडा नं. १३ कालीमाटी बस्ने तुयुदास मानन्धर समेत ऐ ऐ बस्ने मंगला देवी मानन्धरनी बिरुद्ध विपक्षी/वादी : भूमिसुधार अधिकारी भूमिसुधार कार्यालय काठमाडौं का.जि. का.न.पं. वडा नं. २० कोहिटी बस्ने चन्द्र मान शाक्य ऐ ऐ बस्ने ज्ञान बहादुर शाक्य ऐ ऐ बस्ने तेजरत्न शाक्य ऐ ऐ बस्ने हिरा रत्न शाक्य ऐ ऐ बस्ने रत्न मान शाक्य ऐ ऐ बस्ने चिनीया मान शाक्य ऐ ऐ बस्ने जगत कुमारी शाक्य ऐ ऐ वडा नं. १३ कालीमाट बस्ने कृष्ण दास मानन्धर

 फिराद दिएको देखिनाले विवादको जग्गामा मोही पत्याउन बाँकी रहेको भन्न प्रत्यर्थीले एकपटक स्वीकार गरेकोलाई विबन्धनका सिद्धान्त अनुसार पुनः अस्वीकार गर्न पाउँदैन । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१५५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०९/३०  डिभिजन वेन्च इजलास  २१८७
 पुनरावेदक/ प्रतिवादी : राप्ती अञ्चल प्यूठान जिल्ला धर्मावती गा.पं. वडा नं. ४ उपल्ला दम्पति बस्ने पदमबहादुर थापा क्षेत्री बिरुद्ध विपक्षी/वादी : प्रमुख जिल्ला अधिकारी, जिल्ला कार्यालय राप्ती अञ्चल प्यूठान जिल्ला खलंग प्यूठान जिल्ला धर्मावती गा.पं. कार्यालय वाग्ढुला राप्ती अञ्चल प्यूठान जिल्ला धर्मावती गा.पं. वडा नं. ४ उपल्ला दम्पति बस्ने नारायण बहादुर थापा

 बन्धकी छोडी दिएको भनेको कागज निवेदकको इच्छा विरूद्ध प्रमुख जिल्ला अधिकारीले अधिकार बाहिर गई क्षेत्रात्मक त्रुटि गरेको हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१५४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/१०/१९  डिभिजन वेन्च इजलास  २१८६
 पुनरावेदक/ प्रतिवादी : बागमती अञ्चल ल.पु.न.पं. वडा नं. ज्ञ कोपुण्डोल घर भइ सोही न.प. वडा नं. ३ पुल्चोक बस्ने श्री ५ को सरकार शिक्षा तथा संस्कृति मन्त्रालय अन्तर्गतको संरक्षण अधिकृत रमेन्द्रराज शर्मा बिरुद्ध विपक्षी/वादी : बढुवा समितिमार्फत निर्माण तथा यातायात मन्त्रालय बबरमहल लोक सेवा आयोग कमलपोखरी, काठमाडौं हरिहर कोइराला, अ. इन्जिनियरले आवास भवन तथा भौतिक परियोजना विभाग बबरमहल काठमाडौं

 पछि पाएको मान्यतालाई अघि नै मान्यता पाए सरह गणना गरिएन भन्ने कुरा मिल्दो देखिएन । (प्रकरण नं. १०)  दर्खास्त दिने म्याद सम्ममा योग्यता पुगेकालाई पनि समावेश गर्ने हो भने सोही अनुरूप सूचना प्रकाशित भएको हुनुपर्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१५३ - दर्ता बदर हक फिर्ता

 फैसला मिति:२०४१/१०/१२  डिभिजन वेन्च इजलास  २६००
 पुनरावेदक/ प्रतिवादी : जि.मोरङ दादर वैरिया गा.पं. वार्ड नं. ३ बस्ने गुलावसरी राजवंशीनी बिरुद्ध विपक्षी/वादी : जि. मोरङ विराटनगर न.पं. वार्ड नं. १४ बस्ने शिवरत्न साहु तेली ऐ दादर बैरिया वार्ड नं. ३ बस्ने उमेश कुमार राजवंशी

 अंशियारले आफ्नो ज्ञान वा सीप या प्रयासबाट निजी आर्जन गरेको भनी पक्का रूपले प्रमाणित नभएसम्म संग बसेका अंशियारले बढेबढाएको सम्पत्तिलाई निजी आर्जनको भनी अंशियारलाई भाग लाग्दैन भन्न मिल्दैन । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१५२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/१०/११  डिभिजन वेन्च इजलास  २२५६
 पुनरावेदक/ प्रतिवादी : पशुपति विस्कुट इण्डष्ट्रीज प्रा.लि.को तर्फबाट कम्पनी अफिसर शंकरप्रसाद उपाध्याय बिरुद्ध विपक्षी/वादी : जि.सुनसरी दुहवी आदर्श गा.पं. कार्यालयसमेत

 नियमले कर लगाउने अधिकार नभएकोमा कर लगाएकोले उक्त कर लगाउने विपक्षी गाउँ पञ्चायतको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी दिएको छ । (प्रकरण नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१५१ - उत्प्रेषण

 फैसला मिति:२०४१/१०/०४  डिभिजन वेन्च इजलास  २४०१
 पुनरावेदक/ प्रतिवादी : जिल्ला सप्तरी विसहरीया गा.पं. वार्ड नं. ८ विसहरिया बस्ने पुलकितनारायण देव बिरुद्ध विपक्षी/वादी : विशेष प्रहरी अधिकृत, कोशी अञ्चलाधीश, अंचलाधीशके कार्यालय कोशी अञ्चल श्री ५ को सरकार, मन्त्री परिषद् सचिवालय सिंह दरवार काठमौं

 प्रष्ट आरोप खुलाई स्पष्टीकरण नलिई रिट निवेदकलाई बर्खास्त गर्ने गरेको निर्णहरूलाई कानुन अनुरूप भएको भन्न मिल्ने अवस्था रहेन । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१५० - उत्प्रेषण वा अन्य आज्ञा, आदेश वा पूर्जिं जारी गरिपाउँ

 फैसला मिति:२०४१/१०/०७  डिभिजन वेन्च इजलास  २१९१
 पुनरावेदक/ प्रतिवादी : जि.सिरहा गा.पं. हनुमाननगर वा.नं. ४ बस्ने असर्फी मुखिया बिरुद्ध विपक्षी/वादी : भूमिसुधार कार्यालय, सिराहा जि. सिराहा गा.पं. हनुमान नगर वा.नं. ३ बस्ने माधव प्रसाद उपाध्याय

 भूमिसम्बन्धी ऐन, २०२१ हेर्दा मोही बेदखली गरेमा यति समयभित्र उजूर गर्नुपर्ने भन्ने हदम्यादको व्यवस्था गरिएको पाइँदैन । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१४९ - परमादेश

 फैसला मिति:२०४१/१०/०४  डिभिजन वेन्च इजलास  २३११
 पुनरावेदक/ प्रतिवादी : जिल्ला सर्लाही मलंगवा गा.पं. वार्ड नं. २ बस्ने मलंगवा माध्यामिक व्यवसायिक विद्यालयको प्र.अ. रामहरि जोशी बिरुद्ध विपक्षी/वादी : मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय, काठमाडौं जिल्ला कार्यालय शिक्षा शाखा सर्लाही पब्लिक ब्यावसायिक मा.वि. सञ्चालक समिति मलंगवा सर्लाही प्रधानाध्यापक बनाइएका महेन्द्रलाल कर्ण म. व्या.मा.वि. मलंगवा

 निवेदकलाई बर्खास्ती गर्ने गरेको निर्णयहरू बदर भएपछि रिट निवेदकको हैसियत निर्णय हुनु अगाडि जे जस्तो छ सोही बमोजिमको हुन जान्छ । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१४८ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 फैसला मिति:२०४१/१०/११  डिभिजन वेन्च इजलास  २०९७
 पुनरावेदक/ प्रतिवादी : बारा, पतहटी गा.पं. वा.नं. भैवरा बस्ने मेथुर राउत अहिर बिरुद्ध विपक्षी/वादी : जि.भू.सु.का. बारा, कलैया जि. बारा, पतरहटी गा.पं. ३ वा. भैवरा बस्ने हवल्दार राउत कुर्मि

 भर्पाई दिलाई पाउँ भन्ने दावी भएकोमा त्यो भन्दा बाहिर गई भू.सु.का. बाराले जग्गाधनी प्रमाणपूर्जामा मोहीको नाम छुट भएको देखिएकोले मालपोत कार्यालयको श्रेस्ता चढाउन भू.सु.का. मा लेखी पठाउने भनी गरेको निर्णय उपरोक्त कानुनको बिपरीत भई त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१४७ - उत्प्रेषण

 फैसला मिति:२०४१/०६/०८  डिभिजन वेन्च इजलास  २५५८
 पुनरावेदक/ प्रतिवादी : म.अं. कञ्चनपुर जिल्ला कालिका गा.पं. वा. नं. ३ रामवस्ती बस्ने क्षेत्रबहादुर लामा बिरुद्ध विपक्षी/वादी : जिल्ला न्यायाधीश कञ्चनपुर, विशेष अदालत कञ्चनपुर म.अं. कन्चनपुर जिल्ला कालिका गा.पं. वा.नं. ८ पुरेनाथ शिवस्ती बस्ने तनुराज पन्त

 विशेष अदालतबाट भएको निर्णय हेर्दा रेजाड्ढित चिन्ह भन्दा बढी मत खसेकोमा मतदान अधिकृत पनि सहमत हुनुभएको र स्थानीय पञ्चायत (सदस्य निर्वाचन) निर्देशिका, २०३८ को दफा ४०(२), ३३(१३) र (१४) अनुसार गरे भएको पनि पाइएन । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१४६ - उत्प्रेषण

 फैसला मिति:२०४१/१०/०५  डिभिजन वेन्च इजलास  २२९७
 पुनरावेदक/ प्रतिवादी : जिल्ला नवलपरासी कावासोती गा.पं. वा.नं. ५ बस्ने प्रधान पञ्च प्रेमबहादुर गुरूङ बिरुद्ध विपक्षी/वादी : निर्वाचन विशेषा अदालत नवलपरासी जिल्ला अदालतका न्यायाधीश श्री गोविन्दप्रसाद घिमिरे जि. नवलपरासी कावास्वती गा.पं. वा.नं. २ बस्ने निरप्रताप सिंह

 वादीले दावी गरेभन्दा बाहिर गई नभएको मितिको निर्वाचन बदर गर्ने गरेको निर्वाचन विशेष अदालतको फैसला अ.बं. १२८ नं. को प्रतिकूल हुने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१४५ - कर्तव्य ज्यान

 फैसला मिति:२०४१/१०/०८  डिभिजन वेन्च इजलास  २३४५
 पुनरावेदक/ प्रतिवादी : नरबहादुर लावतीको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : पाँचथर, यासोक गा.पं. वार्ड नं. ३ बस्ने भू.पू.मन्त्री नरेन्द्रकुमार प्रधान

 एकै वारदात देख्ने चस्मदिद व्यक्तिहरूको भनाई व्यहोरा फरक फरक हुने स्थिति हुँदैन । (प्रकरण नं. ४५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१४४ - लेनदेन

 फैसला मिति:२०४१/०९/०७  डिभिजन वेन्च इजलास  २३४३
 पुनरावेदक/ प्रतिवादी : नुवाकोट जिल्ला सुनखानी गा.पं. वार्ड नं. ३ थापागाउँ बस्ने सन्तकुमारी थपलिया बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने चुडाराज उपाध्याय थपलिया

 दृष्टि भोगबन्धकी नभएको अवस्थामा लेनदेन व्यवहारको २३ नं. लाई पक्रन मिलेन । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु