निर्णय नं. २१६३ - उत्प्रेषण
राजस्व न्यायाधीकरण (संशोधन सहितको) ऐन, ०३१ को दफा ९(१) ले पनि लागेको महसूल जरिवाना धरौटी राखी मात्र पुनरावेदन लाग्ने भन्ने समेत प्रष्ट उल्लेख भएको देखिने । (प्रकरण नं. ११)
पूर्ण पाठ हेर्नुहोस् राजस्व न्यायाधीकरण (संशोधन सहितको) ऐन, ०३१ को दफा ९(१) ले पनि लागेको महसूल जरिवाना धरौटी राखी मात्र पुनरावेदन लाग्ने भन्ने समेत प्रष्ट उल्लेख भएको देखिने । (प्रकरण नं. ११)
पूर्ण पाठ हेर्नुहोस् विवादित जग्गा निवेदकले पशुपतिनाथको होइन भनी भन्न देखाउन लेख्न सकेको समेत पाइन्न । यस्तो स्थितिमा निर्विवाद हकको प्रचलन गर्न मिल्ने देखिन आएन । (प्रकरण नं. १०)
पूर्ण पाठ हेर्नुहोस् निवेदकलाई सजाय दिनुभन्दा पहिले निजसँग कुनै स्पष्टीकरण लिएको र कुनै जानकारी समेतको सफाइको मौका नदिई ग्रेड रोक्का गर्ने गरेको देखिन्छ । यस्तो स्थितिमा विद्यालय सञ्चालक समितिले र जिल्ला शिक्षा समितिले गरेको निर्णय प्राकृतिक न्याय सिद्धान्तको बिपरीत निर्णय गरेको देखिँदा सो दुबै निर्णयहरू बदर हुने । (प्रकरण नं. ७)
पूर्ण पाठ हेर्नुहोस् नगरपञ्चायत ऐनको दफा १७(ढ) समेतको आधारमा नगर र नगरबासी जनतालाई सफाई र स्वच्छ राख्ने मूल उद्देश्य लिनु ढलसम्म खुलाई दिने गरी गरेको काठमाडौं नगरपञ्चायतको निर्णयमा कुनै कानुनी त्रुटि र हक बेहकको अवस्था विद्यमान रहेको नदेखिँदा प्रस्तुत रिट निवेदन खारेज हुने । (प्रकरण नं. ७)
पूर्ण पाठ हेर्नुहोस् आफूले लिएको जग्गा नापी भई लालपूर्जा लिइसकेपछि जग्गा घटी बढी नाप नक्सा के कसो हो भनी वादीले स्वयं जानकारी राख्नुपर्ने । (प्रकरण नं. १२)
पूर्ण पाठ हेर्नुहोस् मिसिल सामेल रहेको विवादित सक्कल भर्पाई हेर्दा सो भर्पाईमा लागेको सहिछाप तथा भर्पाई रीतपूर्वक देखिन आएन । यस्तो स्थितिमा क्षेत्रीय अदालतले गरेको इन्साफमा कुनै त्रुटिपूर्ण देखिन नआउने । (प्रकरण नं. ११)
पूर्ण पाठ हेर्नुहोस् सामाजिक लोकलाजबाट बच्नको लागि जातकलाई मारेको देखिन आउने हुँदा अपराधको प्रकृति र अवस्था समेतलाई ध्यानमा राखी निज अभियुक्तलाई सर्वस्वसहित जन्मकैदको सजाय गर्दा चर्को पर्ने । (प्रकरण नं. १७)
पूर्ण पाठ हेर्नुहोस् फिराद दिएको देखिनाले विवादको जग्गामा मोही पत्याउन बाँकी रहेको भन्न प्रत्यर्थीले एकपटक स्वीकार गरेकोलाई विबन्धनका सिद्धान्त अनुसार पुनः अस्वीकार गर्न पाउँदैन । (प्रकरण नं. १०)
पूर्ण पाठ हेर्नुहोस् बन्धकी छोडी दिएको भनेको कागज निवेदकको इच्छा विरूद्ध प्रमुख जिल्ला अधिकारीले अधिकार बाहिर गई क्षेत्रात्मक त्रुटि गरेको हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । (प्रकरण नं. १०)
पूर्ण पाठ हेर्नुहोस् पछि पाएको मान्यतालाई अघि नै मान्यता पाए सरह गणना गरिएन भन्ने कुरा मिल्दो देखिएन । (प्रकरण नं. १०) दर्खास्त दिने म्याद सम्ममा योग्यता पुगेकालाई पनि समावेश गर्ने हो भने सोही अनुरूप सूचना प्रकाशित भएको हुनुपर्ने । (प्रकरण नं. ११)
पूर्ण पाठ हेर्नुहोस् अंशियारले आफ्नो ज्ञान वा सीप या प्रयासबाट निजी आर्जन गरेको भनी पक्का रूपले प्रमाणित नभएसम्म संग बसेका अंशियारले बढेबढाएको सम्पत्तिलाई निजी आर्जनको भनी अंशियारलाई भाग लाग्दैन भन्न मिल्दैन । (प्रकरण नं. ११)
पूर्ण पाठ हेर्नुहोस् नियमले कर लगाउने अधिकार नभएकोमा कर लगाएकोले उक्त कर लगाउने विपक्षी गाउँ पञ्चायतको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी दिएको छ । (प्रकरण नं. ७)
पूर्ण पाठ हेर्नुहोस् प्रष्ट आरोप खुलाई स्पष्टीकरण नलिई रिट निवेदकलाई बर्खास्त गर्ने गरेको निर्णहरूलाई कानुन अनुरूप भएको भन्न मिल्ने अवस्था रहेन । (प्रकरण नं. १२)
पूर्ण पाठ हेर्नुहोस् भूमिसम्बन्धी ऐन, २०२१ हेर्दा मोही बेदखली गरेमा यति समयभित्र उजूर गर्नुपर्ने भन्ने हदम्यादको व्यवस्था गरिएको पाइँदैन । (प्रकरण नं. १०)
पूर्ण पाठ हेर्नुहोस् निवेदकलाई बर्खास्ती गर्ने गरेको निर्णयहरू बदर भएपछि रिट निवेदकको हैसियत निर्णय हुनु अगाडि जे जस्तो छ सोही बमोजिमको हुन जान्छ । (प्रकरण नं. ११)
पूर्ण पाठ हेर्नुहोस् भर्पाई दिलाई पाउँ भन्ने दावी भएकोमा त्यो भन्दा बाहिर गई भू.सु.का. बाराले जग्गाधनी प्रमाणपूर्जामा मोहीको नाम छुट भएको देखिएकोले मालपोत कार्यालयको श्रेस्ता चढाउन भू.सु.का. मा लेखी पठाउने भनी गरेको निर्णय उपरोक्त कानुनको बिपरीत भई त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ११)
पूर्ण पाठ हेर्नुहोस् विशेष अदालतबाट भएको निर्णय हेर्दा रेजाड्ढित चिन्ह भन्दा बढी मत खसेकोमा मतदान अधिकृत पनि सहमत हुनुभएको र स्थानीय पञ्चायत (सदस्य निर्वाचन) निर्देशिका, २०३८ को दफा ४०(२), ३३(१३) र (१४) अनुसार गरे भएको पनि पाइएन । (प्रकरण नं. १०)
पूर्ण पाठ हेर्नुहोस् वादीले दावी गरेभन्दा बाहिर गई नभएको मितिको निर्वाचन बदर गर्ने गरेको निर्वाचन विशेष अदालतको फैसला अ.बं. १२८ नं. को प्रतिकूल हुने । (प्रकरण नं. ९)
पूर्ण पाठ हेर्नुहोस् एकै वारदात देख्ने चस्मदिद व्यक्तिहरूको भनाई व्यहोरा फरक फरक हुने स्थिति हुँदैन । (प्रकरण नं. ४५)
पूर्ण पाठ हेर्नुहोस् दृष्टि भोगबन्धकी नभएको अवस्थामा लेनदेन व्यवहारको २३ नं. लाई पक्रन मिलेन । (प्रकरण नं. १५)
पूर्ण पाठ हेर्नुहोस्