विस्तृत खोजी

 
 
 
 
 
      

२९ खोजी नतिजाहरु

निर्णय नं. ३९८२ - उत्प्रेषण

 फैसला मिति:२०४६/१०/२६  एक न्यायाधीशको इजलास  २०८३
 पुनरावेदक/ प्रतिवादी : जिल्ला सप्तरी राजविराज न.पं. वार्ड नं. १ बस्ने वर्ष ६० को चैनरुप दुगडसमेत बिरुद्ध विपक्षी/वादी : जि. स. जमुनी मधेपुरा गा.पं. वार्ड नं. १ बस्ने सचनादेवी दाससमेत

 तथ्यगत त्रुटि केलाई हेर्ने हो भने पुनरावेदनको कार्यविधि अपनाई नक्शा, किल्ला सीमाना भिडाई निर्णय गर्नु पर्ने हुन जान्छ । रिट क्षेत्रबाट त्यसरी हेर्न नमिल्ने । (प्रकरण नं. ५)  तथ्यहरुमा प्रवेश नगरी कुनै कानुनी त्रुटि रहेको भएको स्पष्ट देखिने अवस्थाको नभई रिट क्षेत्रबाट हेर्न नमिल्ने । (प्रकरण नं. ५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३९८१ - उत्प्रेषण

 फैसला मिति:२०४६/०९/१७  संयुक्त इजलास  २५९२
 पुनरावेदक/ प्रतिवादी : लमजुङ्ग चिनीपानी गा.पं.वार्ड नं. ५ बस्ने श्रीमती पद्मकुमारी जोशी बिरुद्ध विपक्षी/वादी : लमजुङ्ग चिती गा.पं.वार्ड नं. ३ बस्ने जङ्गबहादुर विष्टसमेत

 आफ्नो अधिकार क्षेत्र भित्रको कुरामा मिलापत्र गर्न संयुक्त दर्खास्त लिँदा पनि आफ्नो अधिकार क्षेत्र भित्रकै कुरामा सीमित राखी दर्खास्त लिनु पर्ने । (प्रकरण नं. १२)  आफ्नो अधिकार क्षेत्र भित्र नपर्ने गर्भको कुरा समेत संयुक्त दर्खास्तमा उल्लेख भएको र त्यस्तो दर्खास्त सनाखत गराएको देखिन आएको भए पनि आफ्नो अधिकार क्षेत्र भित्रको कुरामा दर्खास्त लिई सनाखत सम्म गराएको देखिन आएकोले निवेदकको जिकिर बमोजिम निवेदकको लोग्नेबाट निवेदन दावी बमोजिम जबरजस्ती डरत्रास देखाई विपक्षीले कागज गराएको नदेखिने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३९८० - तहविल मसौट

 फैसला मिति:२०४६/०८/०५  संयुक्त इजलास  २७८१
 पुनरावेदक/ प्रतिवादी : जि. रौतहट गौर पञ्चायत वडा नं. ८ बस्ने तारणीप्रसाद अधिकारी बिरुद्ध विपक्षी/वादी : नेपाल खाद्य संस्थान प्रधान कार्यालयको तर्फबाट महाप्रबन्धक सूर्यबहादुर

 संथान ऐन, २०२१ को दफा ३(४) ले संस्थानले वा संस्था उपर मुद्दा लाग्न सक्ने व्यवस्था गरी नेपाल खाद्य संस्थानको विनियम, २०३१ को परिच्छेद १ को नियम २(५) ले संस्थानको सम्पूर्ण कार्य सम्पादन गर्ने गराउने उत्तरदायित्व महाप्रबन्धकको हुनेछ भन्ने व्यवस्था गरेकोबाट संस्थान वादी भई चलाउनु पर्ने मुद्दा चलाउने उत्तरदायित्व महाप्रबन्धक कै देखिने । (प्रकरण नं. १८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३९७९ - कर्तव्य ज्यान

 फैसला मिति:२०४६/०९/०२  संयुक्त इजलास  २३९९
 पुनरावेदक/ प्रतिवादी : दोलखा स्यामा गा.पं. वडा नं. ९ घर भई हाल दोलखा कारागार थुनामा रहेको ज्ञानबहादुर बस्नेतसमेत बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.वडा नं. ८ बस्ने चक्रबहादुर खत्रीको जाहेरीले श्री ५ को सरकार

 धम्की दिएको कारणबाट बाबुको भनाईमा लागेर आफ्नो व्यक्तिगत रिसइवी वा स्वार्थ नभएको एस.एल.सी. पढ्ने नवयुबक अपराध गर्दाको अवस्था १७ वर्षको देखिँदा मु.ऐ.ज्यानसम्बन्धी १३(४) अनुसारको सजायँ गर्दा चर्को पर्न जाने हुँदा अ.बं. १८८ नं. अनुसार १० वर्ष कैद हुने । (प्रकरण नं. २२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३९७८ - उत्प्रेषणयुक्त परमादेश

 फैसला मिति:२०४६/०९/१३  संयुक्त इजलास  २२१९
 पुनरावेदक/ प्रतिवादी : नेपालगंजमा कार्यालय रहेको इमेज कलर ल्याव (प्रा.)लि.को तर्फबाट ऐ.को अध्यक्ष तथा प्रबन्ध संचालक जङ्गबहादुर आले बिरुद्ध विपक्षी/वादी : अर्थ मन्त्रालय बागदरवारसमेत

 उद्योग ऐन संशोधन हुनु अगावै सेवा उद्योगको रुपमा दर्ता भएको र सुविधा निहित उद्योग भएकोले संशोधित ऐनको प्रावधान निवेदकको सेवा उद्योगको हकमा आकर्षित हुन्छ भन्न मिल्ने देखिँदैन साथै उद्योगको स्थापनाको लागि आवश्यक हुने मेसिनरीज पार्टपूर्जा पटक पटक आउने नभई एकपटक मात्र पैठारी गरिने भएबाट ऐनबाट प्राप्त भइसकेको सुविधाबाट बञ्चित गर्न नमिल्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३९७७ - लेनदेन

 फैसला मिति:२०४६/०९/२५  संयुक्त इजलास  ३५१७
 पुनरावेदक/ प्रतिवादी : जि. रौतहट, गा.पं. जयनगर वा.नं. ४ बस्ने मौजेलाल यादव बिरुद्ध विपक्षी/वादी : जि. रौतहट, गा.पं. जयनगर, वा.नं. १ बस्ने रामवरण राय यादव

 अपुताली नखाए पनि सदगत गर्नु गराउनु पर्ने कानुनी कर्तव्यका साथै एक हिन्दूको सांस्कृतिक तथा धार्मिक कर्तव्य समेत भएबाट सदगत गरेकै कारणबाट मृतकको अपुताली त्यस्तो सदगत गर्नेले खाएकै होला भन्न नमिल्ने । (प्रकरण नं. १५)  तथ्यगत रुपमा के कति अपुताली खाएकोले के कति रकम भराई पाउने हो वादीले प्रष्ट दावी लिन सक्नु पर्ने । (प्रकरण नं. १५)  हालैदेखिको बकसपत्रबाट सम्पत्ति पाउनु र अपुतालीबाट सम्पत्ति पाउनु बेग्ला बेग्लै कुरा हुन् । (प्रकरण नं. १६)  साक्षीले अपुताली खाएकै हो भनी बकेकै भरमा त्यसलाई पुष्टि गर्ने भरपर्दो अन्य प्रमाणको अभावमा अपुताली खाएको मान्न नमिल्ने । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३९७६ - उत्प्रेषण

 फैसला मिति:२०४६/०८/१६  संयुक्त इजलास  २४२५
 पुनरावेदक/ प्रतिवादी : काठमाडौं न.पं. वडा नं. २१ लगन दलाछी बस्ने वशन्तप्रसाद प्रधान बिरुद्ध विपक्षी/वादी : नेपाल यातायात संस्थान, टेकु काठमाडौंसमेत

 पुनरावेदन तहबाट सजायँ घटाउने गरी निर्णय गरिंदा शुरु कारवाही गरिंदाको अवस्थामा अपनाइनु पर्ने कार्यविधि अपनाई निजलाई स्पष्टिकरणको मौका दिइरहनु पर्ने कानुनी व्यवस्था नभएकोले र यस्तो परिपाटी व्यवहारिक पनि नहुँदा निवेदकको सफाइको मौका दिइएन भन्ने जिकिर मनासिब नदेखिने । (प्रकरण नं. १०)  निवेदक उपर कारवाही चलाइँदाको अवस्थामा संशोधन पूर्वको विनियम ६.२ प्रचलित रहेको देखिन्छ । उक्त विनियम ६.२ मा संशोधन हुनु पूर्वको निवेदक हाजिर नभएको दिनको हकमा तलब भत्ता वा सुविधा नपाउने गरी गरेको निर्णय मिलेको नदेखिँदा सो संशोधन हुनु पूर्व निज अनुपस्थित रहेको अवधिको निवेदकले पाउने तलब भत्ता सुविधा दिनु भन्ने विपक्षीका नाउँमा परमादेशको आदेश जारी हुने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३९७५ - उत्प्रेषणयुक्त परमादेश

 फैसला मिति:२०४६/०९/१६  संयुक्त इजलास  २२०४
 पुनरावेदक/ प्रतिवादी : का.न.पं. वडा नं. १० निर्माण सेवाको प्रोप्राइटर शम्भु बुढाथोकी बिरुद्ध विपक्षी/वादी : मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय, टेकुसमेत

 निवेदकलाई ठेक्का सम्झौता गर्न बोलाइएकोमा बराबर सम्पूर्ण ठेक्का पाउनु पर्ने जिकिर साथ विपक्षी कार्यालयमा निवेदन गरेको र सो बमोजिम ठेक्का गर्न मन्जूर रहेको देखिन्छ, यस्तो अवस्थामा आर्थिक प्रशासन सम्बन्धी नियमहरु, २०४२ को नियम ३५(२)(३) बमोजिम निवेदकको जमानत जफत गर्ने गरेको हदसम्म मिलेको नदेखिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३९७४ - वाक तथा प्रकाशन स्वतन्त्रता

 फैसला मिति:२०४६/०८/१९  संयुक्त इजलास  ३६००
 पुनरावेदक/ प्रतिवादी : प्र.ना.उ. अनन्तराम भट्टराईको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : कालिकोट जिल्ला सिउना गा.पं. वा.नं. ५ का प्रेम कैदी

 वादीले लिएको दावीको समर्थन हुने स्वतन्त्र आधार प्रमाणको अभावमा वाक तथा प्रकाशन स्वन्त्रता ऐन, २०३७ को दफा २ को उपदफा (३)(ग) विपरीत कसूर गरेको ठहर्यातई प्रतिवादीलाई जरीवाना गरेको इन्साफ बदर गर्ने गरी गरेको इन्साफ मिलेकै देखिँदा सदर हुने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३९७३ - उत्प्रेषण

 फैसला मिति:२०४६/०९/०६  संयुक्त इजलास  २१८९
 पुनरावेदक/ प्रतिवादी : ल.पु.न.पं. वा.नं. २ सानेपा बस्ने अजयकुमार झा बिरुद्ध विपक्षी/वादी : प्रिन्सीपल (प्रधानअध्यापिका) ज्ञानोदय वालबाटीका आवाशीय माध्यमिक विद्यालय ललितपुरसमेत

 शिक्षा नियमावली, २०२८ को नियम २८(२)(क) हेर्दा विद्यालयका शिक्षकलाई विभागीय सजायँ गर्ने सम्बन्धमा बर्खास्त गर्ने सजायँका लागि विद्यालयका प्रधानअध्यापकलाई अधिकार रहे भएको नपाइने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३९७२ - उत्प्रेषण

 फैसला मिति:२०४६/०८/१९  संयुक्त इजलास  २२७३
 पुनरावेदक/ प्रतिवादी : का.न.पं. थापाथली बस्ने मकबुल अहमद लारी बिरुद्ध विपक्षी/वादी : महेन्द्र नगर न.पञ्चायत महेन्द नगरसमेत

 बिक्री गर्ने मालको मूल्यको आधारमा व्यापार कर लगाउनु पर्नेमा सो बमोजिम नगरी निवेदकको मदिरा उत्पादनको प्रतिलिटरको आधारमा व्यापार कर लगाउने भनी विपक्षी नगर सभाबाट भएको निर्णय र सो बमोजिम विपक्षी नगरपञ्चायतको पत्रानुसार विपक्षी ठेकेदारबाट व्यापार कर उठाउने गरेको काम कारवाही उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३९७१ - दर्ता बदर

 फैसला मिति:२०४६/०९/०३  संयुक्त इजलास  २१२४
 पुनरावेदक/ प्रतिवादी : का.न.पं.वा.नं. ३१ बस्ने रत्नकुमारीको मु.स.गर्ने ताराबहादुर विष्ट बिरुद्ध विपक्षी/वादी : का.जि. कोटेश्वर बस्ने सिवलालको मु.स. गर्ने प्रेममाया श्रेष्ठसमेत

 दर्ता गर्ने गरेको निर्णय नै बदर नभएसम्म सो निर्णयानुसार गरिएको दर्ता पनि बदर हुन नसक्ने । (प्रकरण नं. १६)  मुद्दा पर्दाका बखतमा दर्ता हक नै नभएका व्यक्तिलाई प्रतिवादी बनाएको एवं कानुनको हदम्याद समेत नघाई ल्याएको फिरादपत्रबाट इन्साफ तहकिकात गर्न नमिल्ने । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३९७० - फैसला दर्ता बदर

 फैसला मिति:२०४६/०८/०७  संयुक्त इजलास  २३६५
 पुनरावेदक/ प्रतिवादी : बारा जि. बिसमपुर गा.पं.वा.नं. ८ बस्ने खातुन नेसा सोखिन बिरुद्ध विपक्षी/वादी : बारा जि. कलैया न.पं.वा.नं. १० बस्ने मादेव राउत अहिर

 फिराद अ.बं. ८६ नं. को हदम्याद भित्र परेको स्थितिमा हदम्याद नाघी फिराद दायर भएको मान्न मिल्ने नदेखिने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३९६९ - माना चामल

 फैसला मिति:२०४६/१०/०६  संयुक्त इजलास  ५३४८
 पुनरावेदक/ प्रतिवादी : का.जि. साँखु पुखुलाक्षी वा.नं. ३ बस्ने पूर्णराज मुनि बज्राचार्य बिरुद्ध विपक्षी/वादी : का.जि. साँखु पुखुलाक्षी वा.नं. ३ बस्ने चैत्यलक्ष्मी बज्राचार्यसमेत

 लोग्ने स्वास्नीको ४ नं. मा सासू ससुराले मात्र निकाला गरेकोमा इज्जत आमद अनुसार खान लाउन दिनुपर्छ भन्ने बोली परेकोबाट वादीहरुले सासू ससुरा उपर दावी नलिई लोग्ने बाबु विपक्षी उपर मात्र दावी लिएको देखिन आउँछ, लोग्ने स्वास्नीको ४ नं. अनुसार ईज्जत आमद अनुसार खान लाउनको लागि लोग्ने बाबु उपर दावी आउने स्थिति नदेखिने। (प्रकरण नं. १७)  वादी छोरा र स्वास्नीको प्रतिवादी लोग्ने उपर माना चामलमा दावी हुँदा प्रस्तुत मुद्दामा लोग्ने स्वास्नीको ४ नं. अन्तर्गतको दावी रहेछ भन्ने अवस्था नदेखिने । (प्रकरण नं. १८)  अंशबण्डाको महलको १० नं. बमोजिम माना चामल भराउने हदम्याद सो ऐनमा उल्लेख नभएको हुँदा अ.बं. ३६ नं. लाई नै अंगाल्नु पर्ने । (प्रकरण नं. १९)  अंशबण्डाको महलमा समेत १ वर्षको माना चामल मात्र भराउनु पर्छ भन्ने कानुनी व्यवस्था भएको नदेखिने । (प्रकरण नं. १९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३९६८ - उत्प्रेषण

 फैसला मिति:२०४६/०८/२२  संयुक्त इजलास  २०७८
 पुनरावेदक/ प्रतिवादी : जि. कैलाली प्रतापपुर गा.पं. वा.नं. ६ बस्ने मानसिंह नेपाली बिरुद्ध विपक्षी/वादी : ऐ.वा.नं. ४ बस्ने सीताराम थारुसमेत

 कागज गराएको भन्ने कतैबाट देखिन नआएको अवस्थामा त्यस तर्फ जबरजस्ती गराइएको कागज बदर गरिपाउँ भन्ने निवेदन जिकिर पुग्न नसक्ने हुँदा रिट जारी गर्ने अवस्था नरहने । (प्रकरण नं. १२)  जग्गाको नामसारी दा.खा. जस्ता कार्य अञ्चलाधीशको आदेशद्वारा रोक्का राख्न सकिने कानुनी अधिकार यो छ भनी देखाउन नसकेको र त्यस्तो कानुनी व्यवस्था समेत नहुँदा प्रत्यर्थी अञ्चलाधीश कार्यालयको पत्र एवं कारवाही र सो अनुरुप प्रत्यर्थी मालपोत कार्यालयले रोक्का राखेको कार्य समेत कानुन अनुरुप नदेखिने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३९६७ - उत्प्रेषण वा जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४६/०९/११  संयुक्त इजलास  २२९७
 पुनरावेदक/ प्रतिवादी : झापा जि. लखनपुर गा.पं. वा. नं. १ बस्ने विष्णुकुमारी राई बिरुद्ध विपक्षी/वादी : भू.पु. सैनिक संगठनका सभापति हरिबहादुर राईसमेत,

 कानुनी एवं न्यायिक वा अर्धन्यायिक निकायबाट नभएका त्यस्तो निर्णयको कुनै कानुनी मान्यता नभई त्यस्तो निर्णय सुन्यको स्थिति हुने । (प्रकरण नं. १०)  निवेदन जिकिर अनुसारको निर्णय भएको समेत नदेखिँदा त्यस्ता संगठनलाई प्रतिषेध जारी गरियोस् भन्ने समेत निवेदक तर्फका विद्वान अधिवक्ताको बहस जिकिरसंग समत हुन नसक्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३९६६ - अंश

 फैसला मिति:२०४६/१०/०२  संयुक्त इजलास  २५६३
 पुनरावेदक/ प्रतिवादी : झापा, चारआली गा.पं. वा.नं. ३ बस्ने उपकार धिमाल बिरुद्ध विपक्षी/वादी : झापा, काकडभिट्टा गा.पं. वा.नं. ३ बस्ने राजकुमारी धिमाल

 अंश पाउने सुरु ठहर भई सकेपछि जन्मेका छोराहरुमा बण्डा हुनु पर्ने भन्ने पुनरावेदन जिकिर मिल्न आउने नदेखिने । (प्रकरण नं. १८)  अदालतबाट अंशियार कायम भई सकेपछि जन्मेका अंशियारको कानुन बमोजिम नालेश परेको बखत कानुन बमोजिम हुने नै हुँदा प्रस्तुत मुद्दाबाट विचार गरी रहन नमिल्ने । (प्रकरण नं. १८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३९६५ - डाँका

 फैसला मिति:२०४६/०८/२६  संयुक्त इजलास  २५७९
 पुनरावेदक/ प्रतिवादी : जि. पर्सा, पकहामैनपुर गा.पं. वा.नं. ३ बस्ने शिव पुजन महतो चाई बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार

 आफू समेत कसूरमा सामेल रहेको व्यक्तिले अन्य व्यक्तिलाई कसूरमा मुछी पोल गरी मर्नु पूर्व व्यक्त गरेको कुरालाई लेखबद्ध गरी राखेको नहुँदा त्यस्तो लेखबद्ध नभई मौखिक भनाईलाई मृत्युकालीन घोषणाको रुपमा प्रमाणमा लिन हुन्छ भन्न नमिल्ने । (प्रकरण नं. ३१)  वारदातमा सरिक भई डाँका गरेको भन्ने कुराको शंकारहित तवरबाट पुष्टि हुन नआएसम्म शंकाको भरमा दोषी ठहराउन नमिल्ने । (प्रकरण नं. ३२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३९६४ - परमादेश

 फैसला मिति:२०४६/१०/०६  संयुक्त इजलास  २४४४
 पुनरावेदक/ प्रतिवादी : का.न.पं. वडा नं. १ मा केन्द्रीय कार्यालय भएको मेची स्टोन्स एण्ड मिनरल्स अमाल गाटेड इण्ड्रष्ट्रिज (प्रा.)लि.का तर्फबाट ऐ. का अधिकार प्राप्त अध्यक्ष झलकबहादुर निरौला बिरुद्ध विपक्षी/वादी : कोरियान डेभलपमेन्ट कर्पोरेशन, काठमाडौं ब्रांच, का.जि. का.न.पं. वा.नं. ७ समेत

 आफ्नो खानी क्षेत्रबाट कसले कति खानी पदार्थ प्रयोग गरे बापत के कति रकम पाउनु पर्ने भन्ने हो सो कुरा खुलाई ऐनका म्यादभित्र रीतपूर्वक नालेश दिएमा कानुन बमोजिम हुने नै हुँदा रिट क्षेत्रबाट यसबाट यो यति रकम क्षतिपूर्ति भराई दिनु भनी हिसाब गरी निर्णय गर्न नमिल्ने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३९६३ - उत्प्रेषण

 फैसला मिति:२०४६/०७/२८  संयुक्त इजलास  २८५०
 पुनरावेदक/ प्रतिवादी : बुटवल स्थित नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक (प्राइभेट) लिमिटेडको तर्फबाट ऐ. का महाप्रबन्धक कालीप्रसाद चौधरी बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार श्रम तथा सामाजिक कल्याण मन्त्रालयसमेत

 कानुन बमोजिम अख्तियार प्राप्त अधिकारीले कानुन बमोजिम दिएको आदेश निर्देशनसम्म कानुनी हुने, उद्योगलाई नसिहत र चेतावनी समेत दिने अधिकार कारखाना निरीक्षकलाई कानुनले प्रत्यायोजन गरेको नदेखिँदा निजले दिएको आदेश निर्देश, कानुनी मान्न नमिल्ने । (प्रकरण नं. ११ )

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु